ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ मुख्य समाचार

पूर्व राजा वीरेन्द्रको सालिक कसरी पुनर्स्थापना गरियो ?

जावेद अन्सारी by जावेद अन्सारी
१०:४१ मध्यान्ह, जेष्ठ १९, २०७९
पूर्व राजा वीरेन्द्रको सालिक कसरी पुनर्स्थापना गरियो ?
1.3k
सेयर
1.3k
VIEWS
ShareTweetSendShare

१९ जेष्ठ विहान करिव ८ बजेदेखि नै नेपालगन्जको धम्बोझी चोक (पहिलेको वीरेन्द्र चोक) र आसपास क्षेत्रमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता, कार्यकर्ता देखिन थाले ।

नेता, कार्यकर्ताहरु कानेखुसी गर्दै पूर्व राजा वीरेन्द्रको सालिक पुनस्र्थापना गर्ने दाउपेच गरिरहँदा पनि ड्यूटीमा रहेका प्रहरीले चाल पाएनन् । प्रहरीको आँखा छल्दै करिव ९ बजेतिर राप्रपाका नेता, कार्यकर्ताहरु वीरेन्द्रको सालिक लिएर चोकमा पुगे । ड्यूटीमा रहेका प्रहरीले भ्याउ नपाउँदै वीरेन्द्रको सालिक पुनस्र्थापना भइसकेको थियो ।

त्यसपछि ड्यूटीमा रहेका प्रहरीले बाँकेका निमित्त प्रहरी प्रमुख डिएसपी मधुसुदन न्यौपानेलाई रिपोर्टिङ गरे । उनी तत्काल धम्बोझी चोक पुगे । त्यतिन्जेल वीरेन्द्रको सालिक ठडिसकेको थियो । डिएसपी न्यौपाने पनि रनभुलमा परे । उनले बाँकेका प्रमुख जिल्ला अधिकारीलाई घटनाको विवरण सुनाए । लगतै वीरेन्द्रको सालिक उठाउने निश्कर्षमा पुगे, तर सालिक झिक्न त्यति सजिलो थिएन । उनी बल प्रयोग गरेर भए पनि सालिक उठाउने निर्णयमा पुगे ।

उनले सालिक उठाउन आफू मातहतका प्रहरीलाई निर्देशन दिए, तर प्रहरीको तुलनामा सालिक राख्नेको संख्या धेरै भएकोले सम्भव भएन । उनी र उनको टोलीलाई राप्रपाका नेता, कार्यकर्ताले घेरा हाले । आक्रमणको प्रयास गरे । उनलाई प्रहरीले घेरा हालेर राष्ट्र बैँकको पर्खालमा स्थापना गरिएको एमविएल बैँकको एटिएममा लुकाएर राखे । त्यसपछि पनि केहि सीप नचलेपछि डिएसपी न्यौपानेको निर्देशनमा उनकै सुरक्षामा खटिएका प्रहरीले एटिएमको ढोकामा प्वाल पारेर त्यहिँबाट फायरिङ खोले । त्यतिन्जेल जिल्लाका अन्य ठाउँका प्रहरी पनि धम्बोझी चोक पुगिसकेका थिए ।

सम्बन्धित समाचार

फोहोर व्यवस्थापन नहुँदा इस्लाम धर्मवलम्बीको मोहर्रम कार्यक्रममा असर

नेपाली व्यवसायीका लागि केरुङ आकर्षक बन्दै

सीमाक्षेत्रको अपराध नियन्त्रणमा सशस्त्र प्रहरीले उच्च सतर्कता अपनाउने

प्रहरीले हवाई फायर गरेपछि राप्रपाका नेता, कार्यकर्ता तितरवितर भए । प्रहरीले वीरेन्द्रको सालिक उठाएर जिल्ला प्रहरी कार्यालय पुर्याएपछि राप्रपाका नेता, कार्यकर्ता आक्रोशित भए र प्रहरी माथि ढुंगा बर्साए । उनीहरुले प्रहार गरेको ढुंगा लागेर ९ जना प्रहरी घाइते भएको डिएसपी न्यौपानले बताए । घाइतेको टाउको, छाती, हात र खुट्टामा चोट लागेको अनलाईन खोजखवरलाई जानकारी दिए ।

उनले प्रदर्शनकारीले ढुंगामुढा बर्साएपछि बाध्य भएर हवाई फायर र अश्रुग्यास प्रहार गरेको बताए । उनले प्रहरीले पाँच राउण्डभन्दा बढी हवाई फायर गरेको बताए पनि प्रत्यक्षदर्शीले कम्तीमा दुई दर्जन हवाई फायर भएको बताए । स्थानीय प्रशासनले पूर्वराजा वीरेन्द्रको सालिक राख्न नदिने आदेश गरेपछि प्रहरीले पूर्वराजाका समर्थकलाई रोकेको उनले बताए ।

राप्रपाका आक्रोशित कार्यकर्ताले सेतु विक चोकमा रहेको सहिद सेतु विकको सालिकमा समेत क्षति पु¥याएका छन् । सेतु विकको सालिकको निधारको भाग फुटेको छ ।

ADVERTISEMENT

सालिक तोड्फोड गरेको आरोपमा प्रहरीले एकजनालाई नियन्त्रणमा लिएको छ ।
२०६२–०६३ को जनआन्दोलनको क्रममा आन्दोलनकारीले धम्बोझी चोकमा रहेको पूर्व राजा वीरेन्द्रको सालिक तोड्फोड गरेका थिए । आजभन्दा पाँच बर्षअघि पनि राजाबादीको समुहले धम्बोझी चोकमा वीरेन्द्रका सालिक पुनस्र्थापना गरेको थियो । त्यतिबेला पनि स्थानीय प्रशासनले प्रहरी लगाएर सालिक हटाएको थियो ।

त्यसैगरि, राष्ट्रबादी यूवाहरुको समुहले तीन महिना अघि नेपालगन्जको त्रिभुवन चोकमा पूर्व राजा त्रिभुवनको सालिक पुनस्र्थापना गरेको थियो ।

उक्त समयमा पनि स्थानीय प्रशासनले सालिक हटाउने प्रयास गरेको थियो । स्थानीय र सर्वसाधारणले सालिक नहटाउन दवाव दिएपछि स्थानीय प्रशासन पछाडी हटेको थियो ।

त्यतिबेला प्रमुख राजनीतिक दल एमाले र काँग्रेसले मौन समर्थन जनाएका थिए । माओवादी केन्द्र, राष्ट्रिय जनमोर्चा र जनता समाजबादी पार्टी (जसपा) ले विरोध जनाउँदै प्रमुख जिल्ला अधिकारीकालाई ध्यानाकर्षण पत्र बुझाएका थिए ।

फाइल तस्वीर

राप्रपाका महामन्त्री धवलशमशेर राणाले सालिक राख्न अवरोध गरेर प्रशासनले निन्दनीय कार्य गरेको आरोप लगाएका छन् । उनले राष्ट्रवादीहरूले सालिक राख्न खोज्दा सत्तागठ्बन्धन दलको निर्देशनमा प्रहरी प्रशासनले हस्तक्षेप गरेर झडप सिर्जना गरेको बताए । उनले ‘गणतान्त्रिक सरकारको दादागिरी’ विरुद्ध राप्रपाका कार्यकर्ताले प्रतिरोध गर्दा झडपको स्थिति सिर्जना भएको बताए ।

‘सालिक राख्ने क्रममा प्रहरी प्रशासनबाट भएको घटना एकदमै निन्दनिय छ’, उनले भने ‘सर्वसाधारणको माग अनुसार पूर्वराजाको सालिक पुनस्र्थापना गर्दा उहाँहरु –प्रहरी, प्रशासन) को टाउको दुखाई किन भयो ? वीरेन्द्र चोकमा वीरेन्द्रको सालिक राख्दा किन अवरोध भयो ? म यो कार्यको निन्दा र भत्सर्ना गर्दछु ।’

उनले हाल सेतु विकको सालिक रहेको स्थानमा पनि पूर्वराजा ज्ञानेन्द्र शाहको सालिक रहेको बताए । उनले पूर्वराजाको सालिक राख्न अवरोध गर्नु राज्यको असहिष्णु व्यवहार भएको आरोप लगाए । उनले सालिक पार्टीको निर्णयअनुसार पुनस्र्थापना नगरिएको स्पष्ट पारे । सालिक राष्ट्रवादीहरूले राखेको हो ।

हाम्रो आदरणीय तथा महान् व्यक्तित्व स्वर्गीय राजाको सालिक राख्न अवरोध भएपछि सालिक बचाउनका लागि राप्रपाका कार्यकर्ता होमिएको उनले जिकिर गरे । ‘त्यो बेला पनि आन्दोलनकारीहरूले कसैलाई सोधेर भत्काएका होइनन् । यो पाली पनि राष्ट्रवादीहरूले कसैलाई नसोधेर पहिले भत्काएको ठाउँमा पुनः सालिक राखेका मात्रै हुन्,’ नेपालगन्जका निवर्तमान मेयर समेत रहेका राणाले भने ।

Share550Tweet317SendShare
Previous Post

बन्चरोडाडाँमा वैज्ञानिक तरिकाले फोहोर व्यवस्थापन हुन्छ : मन्त्री झाँक्री

Next Post

मेघगर्जनसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना

जावेद अन्सारी

जावेद अन्सारी

पत्रकार अन्सारी अपराध, सुशासन र सामाजिक सवालमा कलम चलाउँछन ।

सम्बन्धित समाचार

फोहोर व्यवस्थापन नहुँदा इस्लाम धर्मवलम्बीको मोहर्रम कार्यक्रममा असर
मुख्य समाचार

फोहोर व्यवस्थापन नहुँदा इस्लाम धर्मवलम्बीको मोहर्रम कार्यक्रममा असर

९:२४ बिहान, असार २१, २०८२
नेपाली व्यवसायीका लागि केरुङ आकर्षक बन्दै
समाचार

नेपाली व्यवसायीका लागि केरुङ आकर्षक बन्दै

३:५५ बिहान, असार २१, २०८२
सीमाक्षेत्रको अपराध नियन्त्रणमा सशस्त्र प्रहरीले उच्च सतर्कता अपनाउने
समाचार

सीमाक्षेत्रको अपराध नियन्त्रणमा सशस्त्र प्रहरीले उच्च सतर्कता अपनाउने

३:५१ बिहान, असार २१, २०८२
जानकीको सार्वजनिक सुनुवाई सम्पन्न
समाचार

जानकीको सार्वजनिक सुनुवाई सम्पन्न

३:२२ बिहान, असार २१, २०८२
बर्दियामा एक वर्षमा १ सय ९९ लैंगिक हिंसाका घटना
समाचार

बर्दियामा एक वर्षमा १ सय ९९ लैंगिक हिंसाका घटना

३:१७ बिहान, असार २१, २०८२
मोहर्रमको आज आठौं दिन : सुरक्षामा आफै खटिए एसपीद्वय घर्तीमगर र खनाल
मुख्य समाचार

मोहर्रमको आज आठौं दिन : सुरक्षामा आफै खटिए एसपीद्वय घर्तीमगर र खनाल

६:३८ मध्यान्ह, असार २०, २०८२
राप्तीसोनारीमा साइरनले बाढी जोखिमबाट सुरक्षा
समाचार

बाढीको पूर्वसूचना दिन १० ठाउँमा साइरन जडान

२:१८ बिहान, असार २०, २०८२
बबई सिँचाइका उन्नाइस ठेक्का अधुरै
समाचार

बबई सिँचाइका उन्नाइस ठेक्का अधुरै

२:१५ बिहान, असार २०, २०८२
Next Post
मेघगर्जनसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना

मेघगर्जनसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना

सांसद मोहन बानियाँका छोरा पेस्तोलसहित पक्राउ

लागूऔषधसहित नागढुंगाबाट भारतीय पक्राउ

सुन्दर हरिजनको शव दस दिनदेखि अस्पतलामै

छुट्टाछुट्टै घटनामा बैतडीमा दुई जनाको मृत्यु

Discussion about this post

मौसम रिपोर्ट

Nepalgunj
◉
31°
Partly Cloudy
5:25 am7:20 pm +0545
Feels like: 39°C
Wind: 6km/h E
Humidity: 80%
Pressure: 998.31mbar
UV index: 0
SunMonTue
35/28°C
34/28°C
32/27°C
Weather forecast Nepalgunj, Nepal ▸
Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?