ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ शिक्षा/स्वास्थ्य

चितवनमा दुई अर्ब लगानीमा क्यान्सर अस्पताल

News Desk by News Desk
११:१२ बिहान, साउन २३, २०७९
चितवनमा दुई अर्ब लगानीमा क्यान्सर अस्पताल
382
सेयर
381
VIEWS
ShareTweetSendShare

चितवन साउन २३ गते ।
चितवन मेडिकल कलेजले दुई अर्ब लगानीमा क्यान्सर अस्पताल निर्माण गरेको छ । आगामी दसैँअघि नै सञ्चालनमा ल्याउने गरी सिएमसी क्यान्सर इन्स्टिच्युट तयार गरिइएको हो । अग्रणी सो मेडिकल कलेजले आफ्नो भगिनी संस्थाको रुपमा क्यान्सर अस्पताल सुरु गर्न लागेको हो । दसैँ अघि नै रेडिएसनको सेवा दिने गरी तीव्ररुपमा काम भइरहेको छ । अस्पतालका निर्देशक डा दयाराम लम्सालले इन्स्टिच्युटमा अत्याधुनिक प्रविधिका उपकरण जडान गरिएको जानकारी दिए।

उनले भने, “नेपालका क्यान्सरका बिरामी अब विदेश जानु पर्दैन ।” भारतको दिल्लीका ठूला अस्पतालमा जडान गरिएकाभन्दा आधुनिक उपकरण यहाँ जडान भएको उनको भनाई छ । अस्पतालले अत्याधुनिक उपकरण खरिदमा मात्रै रु एक अर्ब २७ करोड खर्च गरेको उनले दाबी गरे । अन्य उपकरण र भौतिक पूर्वाधारमा गरी रु दुई अर्बभन्दा बढी खर्च लाग्ने उनको भनाइ छ ।

क्यान्सर सँगसँगै अन्य उपचारका लागि सँगै मेडिकल कलेज भएकाले केही खर्च कटौती भएको जनाइएको छ । यस इन्स्टिच्युटमा रेडिएसनसँगै ब्राकी थेरापी, स्पेक्ट सिटी स्क्यान, बोनम्यारो प्रत्यारोपण, रक्त क्यान्सरको उपचार, बाल क्यान्सरको उपचारसहित सबै खालका क्यान्सरको उपचार र प्रत्यारोपण हुने निर्देशक डा लम्सालको भनाइ छ ।

भारत, अमेरिकाजस्ता देशमा अध्ययन गरेर ठूला अस्पतालमा काम गरिरहेका मेडिकल अङ्कोलोजी, रक्त क्यान्सर, सर्जरीलगायतका समूह यहाँ ल्याइँदै छ । उनले भने, “हामीले विश्वका ठूला अस्पतालमा कामको अनुभव लिएका चिकित्सकसँग सम्झौता गरिरहेका छौँ ।” गुणस्तरमा कमी हुन नदिने गरी एक सय शय्याको आधुनिक अस्पताल निर्माण गरिएको हो ।

सम्बन्धित समाचार

नेपालगन्जमा डेढ महिनामा बाँदरको आक्रमणबाट ४० जना घाइते

बाँकेमा रगत अभाव बढेपछि ६३ पिन्ट रगत संकलन

नेपालगन्जमा १५९औँ रामलिला घटस्थापनादेखि मञ्चन हुने

निर्देशक डा लम्सालले थपे, “क्यान्सरका बिरामीलाई लामो समय पालो कुर्नु पर्ने र विदेश जानुपर्ने बाध्यता अन्त्य होस् भनेर अस्पताल सुरु गरेका हौँ ।” उनले अगाडि थपे, “धेरै बिरामी भारतको दिल्ली जान्छन्, त्यहाँको ठूलो अस्पताल राजीवगान्धीको भन्दा एक स्तर उच्च उपकरण हामीले यही ल्याएका छौँ ।”

क्यान्सरका बिरामी उपचारका लागि भारतलगायतका अन्य देश जाने गर्दछन् । अत्याधुनिक उपकरण रेडिएसनका लागि जडान गरिएको छ । उनको भनाइमा यो उपकरणले दैनिक एक सय जनासम्मलाई रेडिएसन गर्न सक्दछ । रेडिएसन लिन्याक एक्सिलेरेटर जडान गरिएको छ । ट्रियुबिम मोडलको भेरिएन कम्पनीको लिन्याक उपकरण आधुनिक प्रविधिको हो ।

चितवन मेडिकल कलेजसँगै छ तले ४८ हजार स्क्वायर फिटको भवनमा बङ्करसहितको क्यान्सर अस्पताल निर्माण गरिएको छ । इन्स्टिच्यूटमा रेडिएसन सञ्चालनका लागि अन्तिम तयारीमा रहेका रेडिएसन अङ्कोलोजिष्ट डा सुवास ठाकुरले रेडिएसन उपकरणभित्र ६डि काउज र हाइपर आर्च रहेको जनाउँदै यसले टाउकोभित्रको ट्युमरलाई शल्यक्रिया बिना नष्ट गर्ने बताए । यो रेडियो सर्जरी रेडिएसन प्रविधिबाट नेपालमा पहिलो पटक उपचार गर्न लागिएको उनले जानकारी दिए ।

ADVERTISEMENT

त्यसैगरी ब्रेकी थेरापीमार्फत शरीरभित्र उपकरण राखेर रेडियो एक्टिभ सोर्स प्रयोग गरेर क्यान्सर कोष मार्ने प्रविधि पनि यहाँ ल्याइँदै छ । पाठेघरको क्यान्सरमा यो प्रविधिको उपचार बढी हुने गर्दछ ।

 

इन्स्टिच्युटले क्यान्सर उपचारका क्रममा विकिरण बाहिर आएर नागरिक र कर्मचारीलाई असर नगरोस् भन्नका लागि निर्माणको समयदेखि नै भारतीय विज्ञको निगरानीमा काम भइरहेको जनाएको छ । रासस

Share153Tweet95SendShare
Previous Post

पहिरोबाट सात जलविद्युत् आयोजना प्रभावित

Next Post

ज्वाइँले मट्टीतेल खन्याएर सासु र श्रीमतीको शरीरमा लगाए आगो

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

बाँकेको जानकीमा बाँदर आतङ्क, स्थानीयवासी आतङ्कित
शिक्षा/स्वास्थ्य

नेपालगन्जमा डेढ महिनामा बाँदरको आक्रमणबाट ४० जना घाइते

३:३० बिहान, अशोज ६, २०८३
बाँकेमा रगत अभाव बढेपछि ६३ पिन्ट रगत संकलन
मुख्य समाचार

बाँकेमा रगत अभाव बढेपछि ६३ पिन्ट रगत संकलन

३:१९ बिहान, अशोज ६, २०८३
नेपालगन्जमा १५९औँ रामलिला घटस्थापनादेखि मञ्चन हुने
समाचार

नेपालगन्जमा १५९औँ रामलिला घटस्थापनादेखि मञ्चन हुने

५:४७ बिहान, अशोज ५, २०८३
एसपी कुँवरले कमान्ड गरेको नेपाल प्रहरी विशेष सुरक्षा गण नेपालगन्ज देशभरमै उत्कृष्ट बन्यो
समाचार

एसपी कुँवरले कमान्ड गरेको नेपाल प्रहरी विशेष सुरक्षा गण नेपालगन्ज देशभरमै उत्कृष्ट बन्यो

३:५९ बिहान, अशोज ५, २०८३
खजुरा क्यान्सर अस्पतालमा ब्राकीथेरापी मेसिन जडानपछि बिरामी बढे
शिक्षा/स्वास्थ्य

खजुराको क्यान्सर अस्पतालमा बन्द रेडियोथेरापी सेवा पुनः सञ्चालन

७:२९ बिहान, अशोज ४, २०८३
विश्व पर्यटन दिवसमा जमुनाहा नाकामा पर्यटकलाई स्वागत गरिने
समाचार

विश्व पर्यटन दिवसमा जमुनाहा नाकामा पर्यटकलाई स्वागत गरिने

८:३३ बिहान, अशोज २, २०८३
कामको प्रलोभनमा भारत लैजाँदै गरेका दुई किशोरीको उद्धार, दुई जना पक्राउ
समाचार

कामको प्रलोभनमा भारत लैजाँदै गरेका दुई किशोरीको उद्धार, दुई जना पक्राउ

९:३८ बिहान, अशोज १, २०८३
बाँकेमा लालपुर्जा वितरणको काम अन्यौलमा
समाचार

जलेर नष्ट भएका ३१ हजार बढी लालपुर्जाको स्रेस्ता कायम

१:११ बिहान, अशोज १, २०८३
Next Post
आगलागीमा परेर गोरखामा एक वृद्धाको मृत्यु

ज्वाइँले मट्टीतेल खन्याएर सासु र श्रीमतीको शरीरमा लगाए आगो

विश्वविद्यालयले मुलुकको उच्च शिक्षामा खेलेको भूमिका महत्वपूर्ण : शिक्षामन्त्री

विद्यार्थीले चाहेको विषय पढ्न नपाएको कुरा गम्भीर तरिकाले उठ्यो : शिक्षामन्त्री

आज ताजिया राखिदै, नरैनापुर र जानकीमा भोलि विदा

आज ताजिया राखिदै, नरैनापुर र जानकीमा भोलि विदा

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?