ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

स्वदेशी वस्तुको प्रचारप्रसार र बजारीकरणमा सहयोग गर्न सरकार तयार छ : प्रधानमन्त्री देउवा

News Desk by News Desk
४:०१ मध्यान्ह, भदौ २, २०७९
स्वदेशी वस्तुको प्रचारप्रसार र बजारीकरणमा सहयोग गर्न सरकार तयार छ : प्रधानमन्त्री देउवा
374
सेयर
372
VIEWS
ShareTweetSendShare

काठमाडौं भदौ २ गते ।
प्रधानमन्त्री शेरबहादुर देउवाले स्वदेशी कच्चा पदार्थ र नेपाली मौलिक प्रविधि तथा सीपबाट उत्पादित बस्तुको प्रचारप्रसार र बजारीकरणमा आवश्यक सहयोग गर्न सरकार तयार रहेको बताएका छन् ।

महिला उद्यमी महासङ्घ नेपालले आजदेखि ललितपुरमा आयोजना गरेको ‘छैठौं अन्तर्राष्ट्रिय व्यापार मेला’को उद्घाटन गर्दै उनले स्वदेशी सीप र प्रविधिमा आधारित उद्योगबाट उत्पादित वस्तुको प्रचारप्रसार तथा बजार विस्तार गर्न आवश्यक रहेको बताए ।

उनले महिला उद्यमीले उत्पादन गरेका वस्तु तथा सेवाका प्रदर्शनी एवं मेलाले निकासी प्रवद्र्धनमा सहयोग पुग्नका साथै नेपाली महिलाले सञ्चालन गरेका साना तथा मझौला उद्योगको संरक्षण र दीगो विकासमा मद्दत पुग्ने बताए ।

“स्वदेशभित्रै उपलब्ध कच्चा पदार्थ, स्रोत साधनलाई अधिक परिचालन गरी निकासी प्रवर्द्धनमार्फत विदेशी मुद्राको आर्जन र रोजगारी विस्तार गर्न महिलाले विशेष ध्यान दिनुपर्छ”, प्रधानमन्त्री देउवाले भने, “स्वदेशी श्रम, सीप र कच्चापदार्थमा आधारित उद्योग स्थापना गरी आयात प्रतिस्थापन र निर्यात प्रवद्र्धन गर्न सहयोग पु¥याउन सबैलाई अपिल गर्न चाहन्छु ।”

सम्बन्धित समाचार

सरकारी कार्यदलले औँल्यायो ऊर्जा क्षेत्रका समस्या

बालसुधार गृहमा झडप के कारणले भयो ?

गमगढी बजारमा आगलागी

व्यापार मेलाले महिला उद्यमशीलतालाई प्रवद्र्धन गर्न, महिला उद्यमी व्यवसायीबाट उत्पादित वस्तु तथा सेवाको विविधीकरणका साथै बजारको पहुँच विस्तार गर्न सहयोग पुग्ने विश्वास व्यक्त गर्दै उनले महिला उद्यमीको वस्तु तथा सेवाको प्रदर्शनीले रोजगारी सिर्जना, व्यावसायिक सीपको विकास तथा महिलालाई उद्यम व्यवसायमा लाग्न प्रेरित गर्ने बताए ।

“मेलाले महिला रोजगारी र स्वरोजगारी सिर्जना गर्नका साथै अर्थतन्त्रलाई आत्मनिर्भर बनाउने दिशामा अगाडि बढाउन सहयोग मिल्ने छ, महिला उद्यमीबाट उत्पादित वस्तु तथा सेवाको प्रचारप्रसार, बिक्री प्रवद्र्धन र बजारीकरणका लागि महासङ्घले आयोजना गरेको प्रदर्शनी सिङ्गो नेपाली महिला उद्यमीको व्यावसायिक सञ्जाल र सम्पर्कलाई विस्तार एवं व्यावसायिक ज्ञान तथा सीप आदानप्रदान गर्न सहयोग पुग्नेछ”, उनले भने । मेलाले व्यवसायी–व्यवसायीबीच र व्यवसायीदेखि उपभोक्तासम्मको सम्पर्क तथा सम्बन्धलाई विस्तार गर्ने प्रधानमन्त्री देउवाको भनाइ थियो ।

प्रदर्शनीका क्रममा हुने उद्यमी व्यवसायी बीचको अन्तरक्रिया र आयात निर्यातसँग सम्बन्धित सूचना आदानप्रदानले अन्य मुलुकका उद्यमी व्यवसायीका बीच व्यापारिक सहकार्य, समन्वय र सम्बन्ध विस्तारमा पनि सहयोग पुग्ने जनाउँदै उनले यसबाट नेपाली उत्पादनको निर्यात वृद्धि गरी विदेशी लगानीकर्तालाई नेपालमा लगानीका लागि उत्प्रेरित गर्ने बताए ।

ADVERTISEMENT

उनले मेलामा काठमाडौँ उपत्यकालगायत सातै प्रदेशका विभिन्न जिल्लाबाट महिला उद्यमीले स्थानीय स्रोत र साधनबाट बनाइएका परम्परागत सीपमा आधारित उत्पादन प्रदर्शनी हुने कुराबाट आफू हर्षित भएको बताए । “जुम्ला, हुम्ला, दार्चुला, डडेल्धुरा, ताप्लेजुङ जस्ता विकट तथा दुर्गम जिल्लाबाट पनि उद्यमी महिला सहभागी भई आफ्ना उत्पादन प्रदर्शनी गर्न ल्याउनुभएको जानकारी पाउँदा मलाई खुसी लागेको छ”, प्रधानमन्त्री देउवाले भने ।

नेपालको अर्थतन्त्रलाई गतिशील बनाउन निजी क्षेत्रको योगदान अत्यन्त महत्वपूर्ण रहेको भन्दै उनले निजी क्षेत्रले मुलुकको कूल गार्हस्थ्य उत्पादन वृद्धिमा टेवा पुर्याउँदै रोजगारी सिर्जनामा अग्रणी भूमिका निर्वाह गर्दै आएको बताए । उनले मुलुकको आर्थिक विकासका लागि निजी क्षेत्रले खेल्दै आएको भूमिकाको उच्च प्रशंसा गरे । आगामी दिनमा महिलाको अधिक सहभागिता हुनेमा विश्वास व्यक्त गर्दै उनले यसलाई अझ फराकिलो, समन्वयात्मक र सन्तुलित बनाउन आग्रह गरे ।

प्रधानमन्त्री देउवाले कोभिड–१९ महामारीले शिथिल बनेको मुलुकको अर्थतन्त्रमा आउन सक्ने चुनौतीलाई सामना गर्दै अत्यावश्यकीय वस्तु तथा सेवाको आपूर्ति प्रणालीलाई जारी राख्न सरकार र निजीले उचित समन्वय तथा सहकार्य गरेर अगाडि बढ्नुपर्ने खाँचो औँल्याए । उनले महिला उद्यमशीलता प्रवद्र्धनमा महासङ्घले रचनात्मक भूमिका निर्वाह गर्दै जाने विश्वास व्यक्त गरे ।

महासङ्घका अध्यक्ष निरु रायमाझी (खत्री)ले स्थानीय कच्चा पदार्थ, सीप, प्रविधि र अनुभवको प्रयोग गरी महिला उद्यमीले उत्पादन गरेका वस्तु तथा सेवालाई अन्तर्राष्ट्रियस्तरको बनाउन, त्यस्ता उत्पादनको बजारीकरण गर्न सरकार र निजी क्षेत्रको सहकार्य हुनुपर्ने बताइन् । “कम लागत, स्थानीय सीप र क्षमतामा बनाइएका सामग्री कलात्मक छन्”, उनले भनिन्, “त्यसलाई अझ गुणस्तरीय बनाएर अन्तर्राष्ट्रिय बजारमा निर्यात गर्न सकिन्छ ।”

उनले महिला उद्यमीको क्षमता अभिवृद्धि, वित्तीय व्यवस्थापन र बजार प्रवद्र्धनमा ध्यान दिन सरकारसँग आग्रह गरिन् । अध्यक्ष रायमाझीले स्थानीय उत्पादनको बजार व्यवस्थापनका लागि स्थायी संरचनाको निर्माण गरिदिन आग्रह गरिन् ।

‘स्वदेशी खाऔँ, स्वदेशी लगाऔँ, स्वदेशी उद्यमशीलतालाई प्रोत्साहन गरौँ’ भन्ने नाराका साथ सुरु भएको सो व्यापार मेलामा कृषि, हस्तकला, सेवा, चाडपर्व, खाद्यवस्तु, अन्तर्राष्ट्रिय उद्यमीको उत्पादनलगायत १०९ कक्ष राखिएका छन् । मेलामा प्राकृतिक रेशाजन्य उत्पादन, बाँसबाट बनेका सामग्री, स्थानीय कच्चा पदार्थको प्रयोग गरी उत्पादन गरिएका वस्तु तथा सेवाको प्रदर्शनीमा राखिएका छन् ।

मेलामा सातै प्रदेशका स्थानीय उत्पादन बिक्रीमा राखिएका छन् । पचपन्न हजारले मेलाको अवलोकन गर्ने र रु दुई करोडको कारोबार हुने अनुमान गरिएको मेला संयोजक शोभा ज्ञवालीले जानकारी दिए । मेलाकै क्रममा महिला उद्यमीको दीगोपना, वित्तीय साक्षरतासम्बन्धी अन्तक्र्रिया हुनेछन् । कार्यक्रममा विभिन्न क्षेत्रमा उत्कृष्ट काम गर्दै आएका तीन महिला उद्यमीलाई सम्मान गरिएको थियो । रासस

Share151Tweet93SendShare
Previous Post

बलात्कार आरोपी क्याम्पस प्रमुख कारागार चलान

Next Post

सार्वजनिक विद्यालयमा विद्यार्थीको आकर्षण हुने गरी काम गर्न शिक्षामन्त्री पौडेलको निर्देशन

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

सरकारी कार्यदलले औँल्यायो ऊर्जा क्षेत्रका समस्या
समाचार

सरकारी कार्यदलले औँल्यायो ऊर्जा क्षेत्रका समस्या

११:२५ बिहान, अशोज ६, २०८०
बालसुधार गृहमा झडप के कारणले भयो ?
अपराध

बालसुधार गृहमा झडप के कारणले भयो ?

१०:३९ बिहान, अशोज ६, २०८०
गमगढी बजारमा आगलागी
दुर्घटना

गमगढी बजारमा आगलागी

९:५७ बिहान, अशोज ६, २०८०
१९औँ एसियाली खेलकुदको आज चीनमा उद्घाटन हुँदै
खेल

१९औँ एसियाली खेलकुदको आज चीनमा उद्घाटन हुँदै

९:५३ बिहान, अशोज ६, २०८०
कास्कीमा भारी वर्षा, पोखरा-१३ का १०० घर डुबानमा
समाचार

यी भू–भागमा हुनेछ आज भारी वर्षा

९:५० बिहान, अशोज ६, २०८०
शिक्षकसँगको वार्ता आजै टुङ्गोमा पुर्‍याउन कावा प्रधानमन्त्रीको निर्देशन
मुख्य समाचार

शिक्षकसँगको वार्ता आजै टुङ्गोमा पुर्‍याउन कावा प्रधानमन्त्रीको निर्देशन

१२:५० मध्यान्ह, अशोज ५, २०८०
रुकुम पश्चिममा सडेको अवस्थामा दुई वटा शव भेटिए
अपराध

जङ्गली जनावरको आक्रमणबाट दुई महिनामा चार जनाको मृत्यु

१२:४८ मध्यान्ह, अशोज ५, २०८०
गणेशको मूर्ति विसर्जन गर्ने क्रममा झडप, गएरातिदेखि कर्फ्यु लागू
मुख्य समाचार

गणेशको मूर्ति विसर्जन गर्ने क्रममा झडप, गएरातिदेखि कर्फ्यु लागू

१०:३७ बिहान, अशोज ५, २०८०
Next Post
विश्वविद्यालयले मुलुकको उच्च शिक्षामा खेलेको भूमिका महत्वपूर्ण : शिक्षामन्त्री

सार्वजनिक विद्यालयमा विद्यार्थीको आकर्षण हुने गरी काम गर्न शिक्षामन्त्री पौडेलको निर्देशन

तीन सवारीसाधन ठोक्किएर दुर्घटनाः एकको मृत्यु ९ जना घाइते

तीन सवारीसाधन ठोक्किएर दुर्घटनाः एकको मृत्यु ९ जना घाइते

सुन्दर हरिजनको शव दस दिनदेखि अस्पतलामै

करेन्ट लागेर बाबु–छोराको ज्यान गयो, आमा घाइते

Discussion about this post

मौसम रिपोर्ट

Nepalgunj
◉
31°
Mostly Cloudy
6:07 am6:14 pm +0545
Feels like: 37°C
Wind: 5km/h WSW
Humidity: 72%
Pressure: 1006.77mbar
UV index: 8
SunMonTue
31/24°C
31/24°C
33/24°C
Weather forecast Nepalgunj, Nepal ▸
Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?