ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ मुख्य समाचार

इटहरी–धरान सडक विस्तार सुस्त, यात्रुलाई सास्ती ठेक्कदारलाई मस्ती

News Desk by News Desk
९:३२ मध्यान्ह, अशोज ७, २०७९
इटहरी–धरान सडक विस्तार सुस्त, यात्रुलाई सास्ती ठेक्कदारलाई मस्ती
379
सेयर
376
VIEWS
ShareTweetSendShare

सुनसरी असोज ७ गते ।
व्यापारिक मार्ग विस्तार आयोजनाअन्तर्गतको विराटनगरको रानी हुँदै इटहरी–धरान जोड्ने ४९ किलोमिटर छ लेनको सडक विस्तार आयोजनाको काम सुस्त गतिमा हुँदा यात्रुलाई सास्ती हुने गरेको छ ।

छ लेन सडक विस्तारका क्रममा यतिबेला इटहरीको तरहरादेखि धरानको तीन कुनेसम्म ठेक्का लागेर काम भइरहेको लामो समय बितिसकेको छ ।

सडक निर्माण कार्य सुस्त हुँदा सडकमा यात्रा गर्नेले भने सास्ती खेप्दै आएका छन् । “सडक खाल्डाखुल्डी र धुलोले गर्दा गाडीको बिग्रिरहन्छ”, चालक सुरज लम्सालले भने । नौ दशमलव पाँच किलोमिटर सडकखण्डको पुरानो संरचना अहिले भत्काएर सडक चौडा बनाउने काम भइरहेको छ । तर सडकमा बनेका खाल्डाखुल्डीका कारण दुर्घटनाको जोखिमसमेत बढेको छ । विशेषगरी साना सवारी साधन मोटरसाइकल, अटो तथा कारहरु खाल्डाखुल्डीका कारण दुर्घटनामा पर्ने गरेका छन् ।

ट्राफिक प्रहरी प्रदेश नं १ इटहरीका अनुसार पछिल्लो एक वर्षमा यो सडकखण्डमा ४१ वटा दुर्घटना हुँदा छ जनाको मृत्यु भएको छ । दुर्घटनामा परी छ जना गम्भीर र अन्य ६३ जना सामान्य घाइते भएको १ नं प्रदेश ट्राफिक प्रहरी कार्यालय इटहरीको तथ्याङ्क नै छ । सडक निर्माणमा लापरवाही र ढिलाइ भएकै कारण दुर्घटना बढेको ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । यसरी दुर्घटना बढेपछि केही दिनअघि धरानका स्थानीयवासीले छ लेन सडक विस्तार आयोजना, ठेकेदार कम्पनीलगायतको ध्यानाकर्षण गराएका थिए ।

सम्बन्धित समाचार

बाँकेमा लागुऔषध सेवन गरेर सवारी चलाउने १४ जना पक्राउ

सीमापार व्यापारमा गिरावट, नेपाली बजारमा बढ्दो चहलपहल

बाँकेमा विद्युत् आपूर्ति सुधार गर्न पाँच नयाँ फिडर थप

अझ विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा विरामी लिएर जाने–आउने एम्बुलेन्सलाई समेत ढिलाइ हुने गरेको छ । जसको असर विरामीलाई नै पर्ने गरेको छ । बर्खाको समयमा खाल्डाखुल्डी हुँदा पानी जम्ने भएकाले गर्दा धेरै नै समस्या भइरहेको सवारी चालकहरूको अनुभव छ । जङ्गल क्षेत्रमा अहिले रानी–धरान छ लेन सडक आयोजनाको दुईवटा ठेक्का सञ्चालनमा छन् । तरहराको पानीपियादेखि सेउती पुलसम्म हिम धुङ् प्यासिफिक जेभीले ठेक्का पाएको छ । सेउती पुलदेखि तिनकुनेसम्म रौताहा कन्स्ट्रक्सनको ठेक्का पाएको छ । सडकको दुवै साइडमा बाटो फराकिलो बनाइएको छ । तर बाटोमा थुपारिएको निर्माण सामग्रीले सडक अस्तव्यस्त बनेको छ ।

पछिल्लो समय सडक निर्माणका लागि विसं २०८० सम्म समयावधि थपिएको छ । थपिएको समयमा सडक निर्माण पूरा हुने छ लेन सडक विस्तार आयोजनाको दावी छ । छ लेन आयोजनाले इन्धनदेखि निर्माण सामग्रीमा मूल्यवृद्धिको असरका कारण काम सुस्त भएको जिकिर गरेको छ । ठेक्का सम्झौता हुँदा निर्माण शुल्कले अहिलेको अवस्थामा काम गर्न नसकिने भन्दै ठेकेदार कम्पनीहरुको कन्स्ट्रक्सन होलिडे आन्दोलनका कारण काम अड्किएको लेन सडक आयोजनाका इन्जिनियर उपेन्द्र दासले बताए । उनका अनुसार सडक निर्माण सुस्त हुनुमा सामग्रीमा भएको मूल्यवृद्धिले समेत असर पारेको छ ।

ठेकेदार कम्पनीको समस्या समाधान गरेर दशैँलगतै अब पिचको काम अघि बढ्ने समेत उनले बताए । कोशी राजमार्गमा ४९ किलोमिटर सडकमध्ये अब तरहरादेखि धरानसम्म विस्तार हुन बाँकी छ । दुहवी बजार र इटहरीको विराटनगर लाइनमा पनि सडक विस्तार गर्न बाँकी छ । दुहवी बजार क्षेत्रको भने घर जग्गा खाली नभएकाले विस्तार हुन सकेको छैन । दुहवीमा सरकारले २०५४ सालमै ६३० मिटर क्षेत्रलाई बिल्टअप क्षेत्रका रूपमा कायम गर्ने निर्णय गरेको थियो । त्यतिबेला २०५४ चैत ३ गते राजपत्रमा प्रकाशित सूचनाअुनसार दुहवी बजार क्षेत्रमा सीमा सडकको केन्द्र रेखादेखि दायाँबायाँ दुवैतर्फ २७–२७ फिट मात्र कायम गरिएको थियो ।

ADVERTISEMENT

त्यहाँ पुरानो सरकारको निर्णयलाई अब सरकारले परिवर्तन गर्दा मात्र सडक विस्तार सम्भव छ । आर्थिक वर्ष २०६९÷०७० देखि सुरु भएर सात वर्षभित्रमा सडक विस्तार गर्ने लक्ष्य राखिएको थियो । पछिल्लो पटक समय थप गरिएको छ । पूरै सडक निर्माण गर्दा शुरुमा रु १० अर्ब ९८ करोड लागत अनुमान गरिएको थियो ।

सकडमा अवरोधै अवरोध

सो सडकको सिमाना राजमार्ग (निर्माण व्यवस्था) ऐन, २०२१ बमोजिम सरकारले २०२१ साल फागुन ११ गते सूचना प्रकाशित गरी विराटनगर–धरान सडक बीचमा दायाँ २५ मिटर र बायाँ २५ मिटर गरी जम्मा ५० मिटर चौडा कायम गरेको थियो । तर सडक दायाँ–बायाँ बस्नेहरूले सरकारको सो निर्णयलाई नमानेका कारण सुनसरीको दुहवी बजारभित्र सडक विस्तार हुन सकेको छैन । विसं २०२१ मा गरिएको सडक सीमा निर्माणलाई कायमै राखी सरकारले सो सडकको नाम २०४३ साल जेठ २० मा आएर जोगबनी–धरान–धनकुटा राख्यो । विसं २०३४ साउन १५ गते फेरि सरकारले अर्को निर्णय गर्दै विराटनगर शहरी क्षेत्रमा भने सडकको चौडाइ ३० मिटर मात्र कायम गर्यो ।

त्यसको छ वर्षपछि २०५४ साल चैत ३ गते दुहवी बजारको इनरूवा चोकदेखि लुनकरण दास च्यारिटी अस्पताल जाने सडकको मोडसम्मको जम्मा छ सय ३० मिटर लम्बाइमा भने सडकको चौडाइ १६ दशमलव ४६ मिटर मात्र कायम गरियो । यसरी पटक पटकका कानूनी निर्णयले गर्दा दुहवी बजारभित्र सडक विस्तारको काम हुन सकेको छैन ।

राजमार्ग (निर्माण व्यवस्था) ऐन, २०२१ को दफा २ अनुसार सरकारले राजमार्गको सीमा घोषणा गरेको १५ दिनपछि तोकिएको सीमाभित्रको जग्गा स्वतः सडक विभागका नाममा आउनुपर्नेमा हालसम्म पनि नामसारी भई नआएकाले सडक विस्तार गर्न आयोजनालाई समस्या भएको हो । जग्गा प्राप्ति ऐन, २०३४ को दफा २३ (३) अनुसार पनि सडक सीमा तोकिएको जग्गाको धनीपुर्जा सडक विभागका नाममा आउनु पर्ने हो । दुहवी बजारभित्रको सीमा विवाद र मुआब्जा विवादका कारण देखाउँदै स्थानीयवासीले ठाउँ खाली नगर्दा बुढी खोलादेखि दुहवी बजार सिरानसम्म दुई किलोमिटर सडकमा काम हुन सकेको छैन । बजारभित्रको छ सय ३० मिटर दूरीभित्रका एक सय ७७ घरको लगत लिने कार्यमा पनि स्थानीयवासीले अवरोध पुर्याउँदै आएका छन् ।

धरान बजारभित्र पनि सडक विस्तार गर्न समस्या भएको छ । त्यसैगरी विद्युत्को काम समयमा नहुनु, सडक क्षेत्रभित्र घर तथा उद्योगको फोहोर पानी हालिदिने आदि विभिन्न कारणले पनि सडक विस्तार आयोजनाले गति लिन नसकेको छ लेन सडक योजनाका इन्जिनियर दासले बताए । रासस

Share153Tweet94SendShare
Previous Post

सिंचाइको कुनै काम नगरी भ्रष्टाचार गरेको आरोपमा मुद्दा

Next Post

कञ्चनपुरका बाढी पीडितको अझै जङ्गलको बास

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

बाँकेमा लागुऔषध सेवन गरेर सवारी चलाउने १४ जना पक्राउ
अपराध

बाँकेमा लागुऔषध सेवन गरेर सवारी चलाउने १४ जना पक्राउ

१२:२१ मध्यान्ह, जेष्ठ ४, २०८३
सीमापार व्यापारमा गिरावट, नेपाली बजारमा बढ्दो चहलपहल
मुख्य समाचार

सीमापार व्यापारमा गिरावट, नेपाली बजारमा बढ्दो चहलपहल

५:२० बिहान, जेष्ठ ४, २०८३
मधेसमा विद्युत् महसुल नतिर्ने १२ हजार ८३३ ग्राहकको लाइन काटियो
मुख्य समाचार

बाँकेमा विद्युत् आपूर्ति सुधार गर्न पाँच नयाँ फिडर थप

५:०७ बिहान, जेष्ठ ४, २०८३
कोहलपुरका विस्थापित सुकुमवासीको अवस्था बुझ्न अधिकारकर्मीको अनुगमन
मुख्य समाचार

कोहलपुरका विस्थापित सुकुमवासीको अवस्था बुझ्न अधिकारकर्मीको अनुगमन

८:४० बिहान, जेष्ठ ३, २०८३
नौबस्तास्थित सशस्त्र प्रहरी शिक्षालयले मनायो २५औँ स्थापना दिवस
समाचार

नौबस्तास्थित सशस्त्र प्रहरी शिक्षालयले मनायो २५औँ स्थापना दिवस

८:१६ बिहान, जेष्ठ ३, २०८३
विश्व सडक सुरक्षा सप्ताहमा १५० चालकहरुको स्वास्थ्य परीक्षण
मुख्य समाचार

विश्व सडक सुरक्षा सप्ताहमा १५० चालकहरुको स्वास्थ्य परीक्षण

१२:१५ मध्यान्ह, जेष्ठ २, २०८३
परिवर्तन समूह र लाइफ लाइनको स्वास्थ्य शिविरमा ३५० बढीले सेवा लिए
मुख्य समाचार

परिवर्तन समूह र लाइफ लाइनको स्वास्थ्य शिविरमा ३५० बढीले सेवा लिए

८:२० बिहान, जेष्ठ २, २०८३
बाँकेको चौफेरीमा ५० वर्षपछि पुग्यो विद्युत
समाचार

बाँकेमा पाँच हजारभन्दा बढी ग्राहकको विद्युत् लाइन काटियो

७:२१ बिहान, जेष्ठ १, २०८३
Next Post
कञ्चनपुरका बाढी पीडितको अझै जङ्गलको बास

कञ्चनपुरका बाढी पीडितको अझै जङ्गलको बास

डलरको भाउमा नयाँ रेकर्ड

अमेरिकी डलरको भाउ आज झन् महँगो

आज चार वटा प्रदेशमा चट्याङ्गसहित पानी पर्ने सम्भावना

जाजरकोट र दैलेखका केही ठाउँमा ठूलो वर्षा : उच्च सतर्कता अपनाउन आग्रह

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?