ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ श्रम/रोजगार

सङ्कटमा मादल व्यवसाय

News Desk by News Desk
१:३६ मध्यान्ह, कार्तिक ५, २०७९
सङ्कटमा मादल व्यवसाय
381
सेयर
373
VIEWS
ShareTweetSendShare

चितवन कात्तिक ५ गते ।
भरतपुर महानगरपालिका–१ लिलाचोक नारायणगढका राम कुलुले मादल बनाउने पेसा थालेको १८ वर्ष भयो । आफ्ना बुबाले मादल बनाउन सिकाएका उनलाई अहिले मादलमात्र होइन छालाबाट बन्ने वाद्यवादनका सबै सामान बनाउन आउँछ ।

उनको दैनिकी नै छालाबाट बन्ने बाजा बनाउने काममा बित्ने गरेको छ ।

एक÷दुई वर्षअघिसम्म यो पेसाबाट सन्तुष्ट उनी पेसामा आएको सङ्कट र व्यवसायमा आएको मन्दीका कारण चिन्तित छन् । तिहारको समयमा पनि मादलको बिक्री नभएपछि उनी वैकल्पिक पेसा अपनाउनुपर्ने हो कि भन्ने सोचमा रहेका छन् ।

उनले नारायणगढमा आकृति मादल पसल सञ्चालन गरेको नै दश वर्ष भयो । त्यसअघि मुग्लिनलगायत ठाँउमा उनले मादल बनाउने र बिक्री गर्ने गर्थे । “यो सिजनमा कोरोनाभन्दा अघिका वर्षमा दैनिक आठ÷दशवटा मादल बिक्री हुने गथ्र्यो”, उनले भने, “यस वर्ष दिनमा एक÷दुईवटा पनि बिक्री हुन धौधौ छ ।” उनले उत्पादन गरेका मादल काठमाडौँ, पोखरा, बागलुङ, बुटवल र पूर्वी नेपालका समेत विभिन्न सहरमा पुग्ने गर्दछ ।

सम्बन्धित समाचार

‘नाविया ब्राण्ड’ को ओरिजिनल लोसन नेपालगन्जमा थोक र फुटकर विक्रि सुरु

चर्को गर्मीमा विद्युत् अनियमित हुँदा सर्वसाधारणलाई सास्ती

सुन्तला बेचेर करोडौँ आम्दानी

“मादलको बिक्री सबैभन्दा धेरै गाउँमा हुने हो । अहिले गाउँघरमा पनि तिहारको बेला स्पिकर र डेक बजाउन थाले”, उनले भने । रु एक हजार ५०० देखि सात हजारसम्मका मादल उनले उत्पादन गर्ने गरेका छन् । “पहिले मनोरञ्जनको साधनको रुपमा मादल मात्र थियो” कुलुले भने, “अहिले विभिन्न माध्यम आए ।” मादल बजाउन नजान्ने अहिलेका पुस्ताबाट बाजाको संरक्षण हुन नसक्ने उनको भनाइ छ ।

उनले भने, “अहिलेको पुस्ता कतिलाई मादल बजाउन आउँदैन । अङ्ग्रेजी गीतमा नाच्न थालेकालाई मादल बजाउन लाज लाग्न थालेको छ ।” उनले विद्यालय देखिनै मादललगायत अन्य मौलिक बाजा बजाउन बालबालिकालाई सिकाउनुपर्ने विचार राखे । पलायन हुन थालेका मादल व्यवसायीलाई सरकारबाटै संरक्षण हुनुपर्ने उनले बताए । “स्थानीय पालिका, टोल विकास समिति, विभिन्न जातजातिका सांस्कृतिक टोलीलगायत मौलिक बाजा बचाऊ अभियानमा लाग्नुपर्छ”, उनले भने । व्यवसायीको आम्दानी भएनभन्दा पनि हाम्रो मौलिक अस्तित्व जोखिममा छ भनेर सबैले बुझ्न आवश्यक रहेको कुलुले बताए ।

मादल बनाउन प्रयोग हुने सामग्री पूर्वी नेपालबाट ल्याउने गरेको उनले बताए। अहिले मादललाई आकर्षक देखाउन रिङको प्रयोग हुने गरेकोले सो सामग्री भारतबाट ल्याउन थालेको जानकारी दिए । उनको जस्तै तिहारमा भीडभाड हुने नारायणगढका अन्य मादल पसल पनि सुनसानजस्तै भएका छन् । मादल बजाई देउसीभैलो खेल्ने यो पर्वमा फाट्टफुट्ट ग्राहक मात्र देखिन्छन् ।

ADVERTISEMENT

सरकारले नेपाली मौलिक बाजाको संरक्षण गर्न नसक्दा व्यवसाय नै सङ्कटमा परेको भरतपुर महानगरपालिका–१ पोखरा बसपार्कको उमेश मादल पसलका नारायण नेपालीले बताए । एक हप्तामा जम्मा १२ वटा मादल मात्रै बेचेको भन्दै उनले यस्तै अवस्था रहे पेसा नै छोड्नुपर्ने अवस्था आउने दुखेसो पोखे । “यही अवस्था रहिरे आफ्नो लगानी र घरभाडासमेत तिर्न मुस्किल हुन्छ”, उनले भने, “व्यवसायमा यस्तो सङ्कट आजसम्म आएको थिएन ।”

मौलिक बाजामा केन्द्रदेखि स्थानीय सरकारको ध्यान नजाँदा नेपाली परम्परा, संस्कार, संस्कृतिसँगै यससँग सम्बन्धित व्यवसायीको अस्तित्व मेटिँदै गएको उनको भनाइ छ । उनले भने, “तिहारमा हिन्दी गीतमा युवायुवती नाच्न थाले, मादल बजाउँदै देउसीभैलो खेल्ने आफ्नो संस्कृति भुले, विवाह, पूजामा मौलिक गीतलाई बिगारेर गीत बजाउँछन् । आधुनिकतासँगै रोधी बस्न छाडे । यस्तै रहे किताबको पानामा मात्र मादल नेपाली बाजा हो भन्ने हाम्रा पुस्ताले पढ्नेछन् ।”

मादल बेचेर आफ्नो र आफ्नो परिवारको जीविकोपार्जन गरिरहेका नेपालीले आफ्नो बुबाबाट मादल बनाउन सिकेका थिए । उनको यो पुस्तौली पेसा हो । उनले यहाँ बनाएका मादल पोखरासम्म पुर्याउँछन् । गत वर्षसम्म एक हजारमा मादल बेच्दै आएका उनले अहिले महँगीका कारण रु दुई हजार पाँचदेखि पाँच हजारसम्ममा बिक्री गर्दै आइरहेको बताए ।

नारायणगढको घोषणा मादल पसलकी शान्तमाया बसेलले मादल व्यवसाय नै धरापमा परेको बताइन् । “कोरोना सङ्क्रमणभन्दा पहिला व्यापार राम्रो थियो । तिहारमा बढी बिक्री हुने मादल, तीज, दसैँ, शिवरात्रि, स्वस्थानी पूजाको समयमा पनि राम्रो आम्दानी हुन्थ्यो । असार साउनबाहेक बाँकी महिना राम्रो बिक्री हुँदा सन्तोषजनक थियो”, उनले भनिन् । आधुनिकतासँगै बाहिरी संस्कार, संस्कृतिप्रति आकर्षित हुँदा मौलिकता बचाउन गाह्रो भएको बसेलको भनाइ छ ।

मादल बनाएर मात्र राष्ट्रिय बाजा मादलको संरक्षण नहुनेमा उनको जोड थियो । “जबसम्म मादल बजाउने र खरिद गर्नेको सङ्ख्या बढ्दैन बाजा लोप हुँदै जाने र व्यवसायी विस्थापित हुँदै जानेछन्”, उनले भनिन् । नेपाली मौलिक बाजालाई पनि अनिवार्य स्थान दिनुपर्ने निर्णय सरकारबाट हुनुपर्ने उनको माग छ ।

पोखरा बसपार्क रोडस्थित गणेश चोकमा उनको मादल पसल छ । दश वर्षदेखि उनले आफ्नो श्रीमान् विष्णुकुमार बसेलको साथमा मादल व्यवसाय गर्दै आएका छन् । विष्णु कुमारका अनुसार विद्यालय, सङ्घ–संस्था, मन्दिर, भजनकीर्तन समूहलगायत व्यक्तिगत प्रयोजनको लागि मादल खरिद गर्ने गरेका छन् ।

नारायणी कला मन्दिरका पूर्वअध्यक्ष अमर प्रधानले तिहारलगायत पर्वमा समेत मादल घन्कन छाडेको बताए । उनले सजिलोका कारण पछिल्लो युवापुस्ताले विद्युतीय साउण्डसिस्टम बजाउने गरेको भन्दै पछिल्लो पुस्तामा गाउने र बजाउने कला पनि कम भएको बताए । “राज्यले संरक्षणका काम गर्न नसके नेपालको सांस्कृतिक बाजा लोप हुने अवस्थामा पुग्नसक्नछ”, उनले भने । रासस

Share157Tweet93SendShare
Previous Post

सशस्त्र प्रहरी चढेको ट्रक दुर्घटना, २ जनाको ज्यान गयो, ६ जना घाइते

Next Post

कुम्भकार समुदाय माटोको भाडा बनाउन र बिक्रीमा व्यस्त

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

‘नाविया ब्राण्ड’ को ओरिजिनल लोसन नेपालगन्जमा थोक र फुटकर विक्रि सुरु
श्रम/रोजगार

‘नाविया ब्राण्ड’ को ओरिजिनल लोसन नेपालगन्जमा थोक र फुटकर विक्रि सुरु

१२:५८ मध्यान्ह, अशोज १४, २०८१
गर्मीले नेपालगन्जबासी आजीत, लो–भोल्टेज र विद्युत अनियमितताले झनै सास्ती
मुख्य समाचार

चर्को गर्मीमा विद्युत् अनियमित हुँदा सर्वसाधारणलाई सास्ती

२:०१ मध्यान्ह, जेष्ठ ६, २०८१
सुन्तला बेचेर करोडौँ आम्दानी
कृषि

सुन्तला बेचेर करोडौँ आम्दानी

३:५९ मध्यान्ह, माघ २०, २०८०
प्रशिक्षार्थी गीता बनिन् प्रशिक्षक देखि उद्यमी
श्रम/रोजगार

प्रशिक्षार्थी गीता बनिन् प्रशिक्षक देखि उद्यमी

९:४२ मध्यान्ह, पुस १, २०८०
रैथाने उत्पादन प्रवर्धन गर्न नेपालगन्जमा हाटबजार
मुख्य समाचार

रैथाने उत्पादन प्रवर्धन गर्न नेपालगन्जमा हाटबजार

१०:११ बिहान, मंसिर २१, २०८०
पुर्ख्यौली पेसाबाट आम्दानी गर्दै अर्जुन
श्रम/रोजगार

पुर्ख्यौली पेसाबाट आम्दानी गर्दै अर्जुन

१:५५ मध्यान्ह, मंसिर ३, २०८०
माटोका भाँडाको बिक्री घट्दा बाँकेका कसगर समुदाय चिन्तित ( फोटो फिचर)
मुख्य समाचार

माटोका भाँडाको बिक्री घट्दा बाँकेका कसगर समुदाय चिन्तित ( फोटो फिचर)

१२:०५ मध्यान्ह, मंसिर १, २०८०
माटाका भाँडा बनाउन मेहनत धेरै, फाइदा कम
मुख्य समाचार

माटाका भाँडा बनाउन मेहनत धेरै, फाइदा कम

१:५० मध्यान्ह, कार्तिक २७, २०८०
Next Post
कुम्भकार समुदाय माटोको भाडा बनाउन र बिक्रीमा व्यस्त

कुम्भकार समुदाय माटोको भाडा बनाउन र बिक्रीमा व्यस्त

फरार दुई जना प्रतिवादी पक्राउ

बाँकेमा १० बजेपछि देउसीभैलो खेल्न रोक

नेपालगन्जलाई तिहारले यसरी छोप्दै छ, फोटो फिचर

नेपालगन्जलाई तिहारले यसरी छोप्दै छ, फोटो फिचर

Discussion about this post

मौसम रिपोर्ट

Nepalgunj
◉
35°
Partly Cloudy
5:29 am7:18 pm +0545
Feels like: 46°C
Wind: 13km/h SE
Humidity: 63%
Pressure: 1001.36mbar
UV index: 11
MonTueWed
34/27°C
33/27°C
32/27°C
Weather forecast Nepalgunj, Nepal ▸
Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?