ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ कृषि

सुन्तला बेचेर करोडौँ आम्दानी

News Desk by News Desk
३:५९ मध्यान्ह, माघ २०, २०८०
सुन्तला बेचेर करोडौँ आम्दानी
382
सेयर
381
VIEWS
ShareTweetSendShare

गलकोट माघ २० गते ।
बागलुङको सुन्तला गाउँका रुपमा परिचित सिगानाका किसानले यसवर्ष सुन्तला बिक्री गरेर रु तीन करोड भित्र्याएका छन् । गतवर्ष भन्दा यस वर्ष सिगानामा सुन्तला उत्पादनमा वृद्धि भएको किसानको भनाइ थियो । यस वर्ष उनीहरुले गत वर्षकै मूल्यमा बगैँचा नै व्यापारीलाई बिक्री गरेका थिए । बोटबाटै सुन्तला बिक्री गर्दा सरदर मूल्य प्रतिकेजी रु ५० पर्न गएको छ ।

यस वर्ष उत्पादित यहाँको सुन्तला ९० प्रतिशत बजार पुगिसकेको छ । गणेश कृषि व्यावसायिक सहकारीमार्फत सुन्तलाको बजारीकरण समेत हुँदै आएको छ । बागलुङ नगरपालिका–८ सिगानाका किसानले सुन्तला बिक्रीबाट रु तीन करोड भित्राउन सफल भएका हुन् ।

सहकारीले सङ्कलन गरेको तथ्याङ्कअनुसार गत वर्ष सुन्तला बिक्रीबाट रु दुई करोड ७५ लाख भित्राइएको थियो । यस वर्ष रु तीन करोड ५० लाखको सुन्तला बिक्री गर्ने लक्ष्य रहेपनि मूल्य वृद्धि नहुँदा करिब तीन करोडको मात्रै बिक्री भएको किसानले बताएका छन् ।

अहिले सहकारीले सुन्तला बिक्रीको तथ्याङ्क सङ्कलन गरिरहेको सहकारीका सल्लाहकार एवं अगुवा सुन्तला किसान शिवकुमार खड्काले बताए । “गत वर्ष तीन करोडको अनुमान गरिएकामा सबै तथ्याङ्क रु दुई करोड ७५ लाख गाउँ भित्रिएको पाइयो”, उनले भने, “अहिले गत वर्ष भन्दा केही बढी आम्दानी भएको छ ।”

सम्बन्धित समाचार

जुम्लाबाट ७ हजार ३३० मेट्रिक टन स्याउ निर्यात, ५५ करोडको कारोबार

दुर्गा मूर्ति विसर्जनमा कडा सुरक्षा : सडकदेखि छतसम्म प्रहरी, आकाशबाट ड्रोनमार्फत निगरानी

दुर्गा मूर्ति विसर्जनपछि श्रम संस्कृति पार्टीको सरसफाइ अभियान

सिगाना गाउँको साविक ३, ४, ५ र ७ वडामा सुन्तला राम्रो उत्पादन हुने खड्काले जानकारी दिए । “सहकारीमा मात्रै आबद्ध एक सय ५० किसान सुन्तला खेतीमा छन्”, उनले भने, “सहकारीमार्फत ४० हजार नयाँ बिरुवा अनुदानमा वितरण गरिरहेको थियो । अबको पाँच वर्षमा रु पाँच करोडको सुन्तला बिक्री गर्ने लक्ष्य रहेको छ ।”

आठ रोपनी जग्गामा व्यावसायिक सुन्तला खेती गरेका अनन्तबहादुर खड्काले यस वर्ष पाँच लाख ५० हजारमा सुन्तला बगान पोखराका व्यापारीलाई बिक्री गरेको बताए । उनले यस वर्ष सुन्तलाको उत्पादन बढेपनि मूल्य भने पोहरकै भएकाले आम्दानी पनि उस्तै भएको बताए ।

सिगानाका किसानले न्यूनतम २५ हजारदेखि अधिकतम पाँच लाखसम्म सुन्तलाको बिक्री गर्दै आएका छन् । खड्काका अनुसार पोखरा, चितवन, नारायणगढ र धादिङका व्यापारीले यहाँका सुन्तला बोटबाटै टिपेर लैजाने गरेका छन् । बगैँचा विस्तार र मलजलको उचित व्यवस्था भए सुन्तालाको उत्पादन राम्रो हुने उनको भनाइ थियो ।

ADVERTISEMENT

यसवर्ष सुन्तलाको दाना राम्रो फलेको भन्दै किसान रामबहादुर खड्काले अधिकांश किसानले बोट नै ठेक्कामा दिएका बताए । उनका अनुसार नयाँ सुन्तला बगैँचा बढिरहेकाले यहाँका किसानले वार्षिक ५० लाखका दरले उत्पादनमा वृद्धि गर्ने लक्ष्य लिएका छन् । सिगानामा १२ हजारभन्दा बढी सुन्तलाको बोटले उत्पादन दिइराखेका छन् भने ४० हजारभन्दा बढी नयाँ बिरुवा हुर्किरहेका छन् ।

सुन्तला जोन क्षेत्रमा समेटिएको सिगानामा छ वर्ष अघिदेखि व्यावसायिक सुन्तला खेती वृद्धिका लागि अन्य रुख फडानी गर्ने अभियान वडा कार्यालयले चलाएको थियो । अहिले प्रतिकिलो होलसेल मूल्य रु ५० देखि ६० का दरले बिक्री भइरहेको छ ।

सिगानाको बेसी, वडा कार्यालय क्षेत्र, बाँस्कोटलगायत स्थानमा अधिकांश जमिन सुन्तला खेतीले ढाकेको छ । सिगानासँगै बागलुङको बिहुँ, तित्याङ, भकुण्डे, लेखानी, सर्कुवा र दमेकलगायत स्थान सुन्तला खेतीका लागि उर्बर मानिन्छन् ।

जिल्लामा करिब पाँच हजार हेक्टरभन्दा बढी क्षेत्रफलमा सुन्तला खेती हुँदै आएको कृषि ज्ञान केन्द्र बागलुङका बागबानी विकास अधिकृत कुमार पुनले जानकारी दिए । उनका अनुसार समग्र जिल्लामा यस वर्ष रु २० करोडको सुन्तला उत्पादन भएको छ ।

Share153Tweet95SendShare
Previous Post

संघीय संसद्को तेस्रो अधिवेशन सोमबारदेखि सुरु

Next Post

समयमै बजेट निकास नहुदा गुलरिया नेपालगंज सडक निर्माणमा ढिलाई

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

जुम्लाबाट ७ हजार ३३० मेट्रिक टन स्याउ निर्यात, ५५ करोडको कारोबार
कृषि

जुम्लाबाट ७ हजार ३३० मेट्रिक टन स्याउ निर्यात, ५५ करोडको कारोबार

१:०३ बिहान, कार्तिक ७, २०८३
दुर्गा मूर्ति विसर्जनमा कडा सुरक्षा : सडकदेखि छतसम्म प्रहरी, आकाशबाट ड्रोनमार्फत निगरानी
समाचार

दुर्गा मूर्ति विसर्जनमा कडा सुरक्षा : सडकदेखि छतसम्म प्रहरी, आकाशबाट ड्रोनमार्फत निगरानी

३:४९ मध्यान्ह, कार्तिक ६, २०८३
दुर्गा मूर्ति विसर्जनपछि श्रम संस्कृति पार्टीको सरसफाइ अभियान
समाचार

दुर्गा मूर्ति विसर्जनपछि श्रम संस्कृति पार्टीको सरसफाइ अभियान

१:१५ मध्यान्ह, कार्तिक ६, २०८३
बाँकेमा शान्त र मर्यादित रूपमा धुमधामका साथ दुर्गा मूर्ति विसर्जन
समाचार

बाँकेमा शान्त र मर्यादित रूपमा धुमधामका साथ दुर्गा मूर्ति विसर्जन

११:५३ बिहान, कार्तिक ६, २०८३
आज विजयादशमीको टीका, बिहान १०ः२६ बजे उत्तम साइत
समाचार

आज विजयादशमीको टीका, बिहान १०ः२६ बजे उत्तम साइत

१२:०७ बिहान, कार्तिक ५, २०८३
सरकारको प्राथमिकतामा पर्‍यो सुशिल कोइराला क्यान्सर अस्पताल
समाचार

सुशील कोइरालाको सम्झनामा क्यान्सर अस्पताल परिसरमा शालिक र बाटिका बनाइने

११:०७ मध्यान्ह, कार्तिक ३, २०८३
दसैँमा सशस्त्र प्रहरीको निःशुल्क बस सेवा, तीन दिन सञ्चालन हुने
समाचार

दसैँमा सशस्त्र प्रहरीको निःशुल्क बस सेवा, तीन दिन सञ्चालन हुने

५:२० बिहान, कार्तिक ३, २०८३
कुलबहादुरको पहलमा खडैचा प्रहरी चौकीको मुहार फेरियो
समाचार

कुलबहादुरको पहलमा खडैचा प्रहरी चौकीको मुहार फेरियो

९:०७ बिहान, कार्तिक २, २०८३
Next Post
समयमै बजेट निकास नहुदा गुलरिया नेपालगंज सडक निर्माणमा ढिलाई

समयमै बजेट निकास नहुदा गुलरिया नेपालगंज सडक निर्माणमा ढिलाई

क्यासिनोले नेपालगन्जका ब्यापार, ब्यवसाय चलायमान : नाकामा आउजाउ सहज बनाउन माग, निगरानी गर्दै बाँके प्रहरी

क्यासिनोले नेपालगन्जका ब्यापार, ब्यवसाय चलायमान : नाकामा आउजाउ सहज बनाउन माग, निगरानी गर्दै बाँके प्रहरी

नेपालगन्ज मेडिकल कलेजमा सुरु भएको सुपरस्पेसालिटी सेवाको मेयर विष्टले गरे शुभारम्भ

नेपालगन्ज मेडिकल कलेजमा सुरु भएको सुपरस्पेसालिटी सेवाको मेयर विष्टले गरे शुभारम्भ

Discussion about this post

मौसम रिपोर्ट

Nepalgunj, NP
24°
Sunny
6:23 am5:42 pm +0545
Feels like: 24°C
Wind: 3km/h WSW
Humidity: 69%
Pressure: 1014.22mbar
UV index: 4
SatSunMon
30°C / 17°C
30°C / 17°C
31°C / 17°C
powered by Weather Atlas
Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?