ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

सुदूरका तीन जिल्लामा खाद्यान्न सञ्चित

News Desk by News Desk
८:३९ बिहान, कार्तिक ६, २०७९
सुदूरका तीन जिल्लामा खाद्यान्न सञ्चित
369
सेयर
368
VIEWS
ShareTweetSendShare

डोटी कात्तिक ६ गते ।
आर्थिक वर्ष २०७८÷७९ मा सुदूरपश्चिम प्रदेशका कैलाली, कञ्चनपुर र डोटी जिल्लामा मात्रै खाद्यान्न सञ्चित (बचत) रहेको देखिन्छ ।

सुदूरपश्चिम प्रदेशका दुई तराईका जिल्ला र सात पहाडी जिल्लामध्ये पहाडमा डोटी मात्र खाद्य सञ्चित गर्ने जिल्लाका रूपमा रहेको कृषि ज्ञान केन्द्र डोटीका प्रमुख नरेन्द्र पनेरुले बताए। कृषि ज्ञान केन्द्र डोटीले दिएको जानकारीअनुसार प्रति वर्ष प्रतिव्यक्ति आवश्यक खाद्यान्न तराईमा एक सय ८१ केजी, मध्य पहाडमा एक सय ९१ केजी र उच्च पहाडमा दुई सय एक केजी रहेको छ । सोहीअनुरुप जनसङ्ख्यालाई आधार मानी जिल्लाको उत्पादित खाद्यान्नलाई तुलना गरिएको थियो ।

जिल्लाको खाद्य उत्पादित तथा सञ्चितको अवस्थाअनुसार कञ्चनपुर जिल्लामा एक आवमा जिल्लाको वार्षिक आवश्यक खाद्यान्न ९३ हजार छ सय ९३ मेट्रिक टन थियो जिल्लामा एक लाख ४५ हजार नौ सय ८१ मेट्रिक टन उत्पादित हुँदा ५२ हजार दुई सय ८८ मेट्रिक टन खाद्यान्न सञ्चित रहेको देखिन्छ । कैलाली जिल्लामा पनि एक आवमा जिल्लाको वार्षिक आवश्यक खाद्यान्न एक लाख ६० हजार पाँच सय ५२ मेट्रिक टन थियो । जिल्लामा एक लाख ७६ हजार तीन सय ४९ मेट्रिक टन उत्पादित हुँदा १७ हजार सात सय ९७ मेट्रिक टन खाद्यान्न सञ्चित रहेको देखिन्छ ।

डोटी जिल्लामा पनि एक आवमा जिल्लाको वार्षिक आवश्यक खाद्यान्न ३९ हजार दुई सय ८५ मेट्रिक टन थियो जिल्लामा ४३ हजार आठ सय ३२ मेट्रिक टन उत्पादित हुँदा चार हजार पाँच सय ४७ मेट्रिक टन खाद्यान्न सञ्चित रहेको देखिन्छ । अन्य पहाडी जिल्लामा भने आवश्यकताभन्दा कम उत्पादन भएको पाइन्छ । तथ्याङ्कानुसार बैतडी जिल्लामा पनि एक आवमा जिल्लाको वार्षिक आवश्यक खाद्यान्न ४६ हजार छ सय ८० मेट्रिक टन थियो । जिल्लामा ३५ हजार आठ सय ५१ मेट्रिक टन उत्पादित हुँदा १० हजार तीन सय ७२ मेट्रिक टन खाद्यान्न अभाव भई बाहिरबाट आपूर्ति गर्नुपरेको जनाइएको छ ।

सम्बन्धित समाचार

कोहलपुरमा थप १२२ जना अव्यवस्थित वसोवासीलाई लालपुर्जा

तीन लाख ४० हजार क्युफिट दाउरा उत्पादन

रसुवा घटना : बर्दियाको गुमस्तागाउँ शोकमा

अछाम जिल्लामा पनि एक आवमा जिल्लाको वार्षिक आवश्यक खाद्यान्न ५५ हजार आठ सय ३८ मेट्रिक टन थियो जिल्लामा ५० हजार दुई सय १३ मेट्रिक टन उत्पादित हुँदा पाँच हजार छ सय २५ मेट्रिक टन खाद्यान्न अभाव भई बाहिरबाट आपूर्ति गर्नुपरेको देखिन्छ । डडेलधुरा जिल्लामा पनि एक आवमा जिल्लाको वार्षिक आवश्यक खाद्यान्न २६ हजार छ सय २९ मेट्रिक टन थियो । जिल्लामा २६ हजार तीन सय ४८ मेट्रिक टन उत्पादित हुँदा दुई सय ८१ मेट्रिक टन खाद्यान्न अभाव भई बाहिरबाट आपूर्ति गर्नुपरेको बताइएको छ ।

बाजुरा जिल्लामा पनि एक आवमा जिल्लाको वार्षिक आवश्यक खाद्यान्न २७ हजार नौ सय ३९ मेट्रिक टन थियो । जिल्लामा २४ हजार तीन सय चार मेट्रिक टन उत्पादित हुँदा तीन हजार छ सय ३५ मेट्रिक टन खाद्यान्न अभाव भई बाहिरबाट आपूर्ति गर्नुपरेको देखिन्छ ।

बझाङ जिल्लामा पनि एक आवमा जिल्लाको वार्षिक आवश्यक खाद्यान्न ३८ हजार आठ मेट्रिक टन थियो जिल्लामा ३६ हजार सात सय आठ मेट्रिक टन उत्पादित हुदाँ एक हजार तीन सय एक मेट्रिक टन खाद्यान्न अभाव भई बाहिरबाट आपूर्ति गर्नुपरेको देखिन्छ । दार्चुला जिल्लामा पनि एक आवमा जिल्लाको वार्षिक आवश्यक खाद्यान्न ३७ हजार एक सय ४६ मेट्रिक टन थियो जिल्लामा २२ हजार एक सय ७० मेट्रिक टन उत्पादित हुँदा चार हजार नौ सय ७६ मेट्रिक टन खाद्यान्न अभाव भई बाहिरबाट आपूर्ति गर्नुपरेको सम्बन्धित कार्यालयको भनाइ छ ।

ADVERTISEMENT

समग्रमा सुदूरपश्चिम प्रदेशको खाद्यान्न र आपूर्तिको अवस्था हेर्दा ४८ हजार चार सय ४१ मेट्रिक टन खाद्यान्न सञ्चित रहेको छ । पछिल्लो समयमा विश्वव्यापी रुपमा फैलिएको कोभिड–१९ का कारण गरिएको लकडाउन र नाकाबन्दीका समयमा अधिकांश नेपालीले कृषिको महत्व थाहा पाउनुका साथै कृषि पेशामा व्यावसायिक रुपमा युवाहरुको आकर्षण बढ्नुका साथै अधिकांश युवाले खाद्यान्नलगायत अन्य नगदेबाली, तरकारी खेती, फलफूल खेती तिर पनि व्यवसाय गर्दै आइरहेको ज्ञान केन्द्र प्रमुख पनेरुले बताए।

पछिल्लो समयमा स्थानीय सरकार, प्रदेश सरकार र सङ्घीय सरकारले कृषिमा लगानी गर्नुका साथै अनुदानका कार्यक्रमलाई पनि प्राथमिकता दिएको पाइन्छ । रासस

Share148Tweet92SendShare
Previous Post

जरिवाना नतिर्ने ३८५ जनाको नाम समानुपातिकको बन्दसूचीबाट हटाउदैँ निर्वाचन आयोग

Next Post

बबई नदीमा बेपत्ता २ किशोरी भेटिएनन्, नेपालगञ्जबाट गोताखोर बोलाइँदै

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

कोहलपुरमा थप १२२ जना अव्यवस्थित वसोवासीलाई लालपुर्जा
समाचार

कोहलपुरमा थप १२२ जना अव्यवस्थित वसोवासीलाई लालपुर्जा

१:४३ बिहान, असार २७, २०८२
जीविकोपार्जनको माध्यम बन्दै सामुदायिक वन
समाचार

तीन लाख ४० हजार क्युफिट दाउरा उत्पादन

१:३४ बिहान, असार २७, २०८२
रसुवा घटना : बर्दियाको गुमस्तागाउँ शोकमा
दुर्घटना

रसुवा घटना : बर्दियाको गुमस्तागाउँ शोकमा

१:३० बिहान, असार २७, २०८२
दशैंमा खसीबोका बिक्री भएनन्, किसान चिन्तित
समाचार

त्रिवेणीबाट तीन करोड २६ लाखको खसी बिक्री

१:२३ बिहान, असार २७, २०८२
राप्ती नदीमा फसेका ३ जनाको सकुशल उद्धार
समाचार

राप्ती नदीमा फसेका ३ जनाको सकुशल उद्धार

७:५० बिहान, असार २६, २०८२
बाँकेमा लालपुर्जा वितरणको काम अन्यौलमा
समाचार

बाँकेमा लालपुर्जा वितरण तीब्र

२:४९ बिहान, असार २६, २०८२
असारे विकासः मध्यरातमा बन्यो कमसल कालोपत्रे
समाचार

असारे विकासः मध्यरातमा बन्यो कमसल कालोपत्रे

२:४६ बिहान, असार २६, २०८२
बच्चाहरुले घर छोडेर जाउँ भन्छन्, जाने ठाउँ छैन
समाचार

बच्चाहरुले घर छोडेर जाउँ भन्छन्, जाने ठाउँ छैन

२:३९ बिहान, असार २६, २०८२
Next Post
बबई नदीमा बेपत्ता २ किशोरी भेटिएनन्, नेपालगञ्जबाट गोताखोर बोलाइँदै

बबई नदीमा बेपत्ता २ किशोरी भेटिएनन्, नेपालगञ्जबाट गोताखोर बोलाइँदै

ठूलो परिमाणमा महिलाले लगाउने भित्री बस्त्र नेपालगन्जमा बरामद

ठूलो परिमाणमा महिलाले लगाउने भित्री बस्त्र नेपालगन्जमा बरामद

शारिरिक अशक्त भएका व्यक्तिहरुको पाइला बन्नेछु : नेकपा एमाले उम्मेदवार ढकाल

शारिरिक अशक्त भएका व्यक्तिहरुको पाइला बन्नेछु : नेकपा एमाले उम्मेदवार ढकाल

Discussion about this post

मौसम रिपोर्ट

Nepalgunj
◉
29°
Rain Shower
5:28 am7:19 pm +0545
Feels like: 36°C
Wind: 10km/h S
Humidity: 79%
Pressure: 1000mbar
UV index: 8
SatSunMon
35/28°C
36/28°C
34/27°C
Weather forecast Nepalgunj, Nepal ▸
Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?