ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ दुर्घटना

एकै रातमा खरानी बन्यो अमर ओलीको १४ वर्षको मेहनत, तीन करोडभन्दा बढीको क्षति, व्यवसाय पुनः उठाउन सहयोगको अपिल

News Desk by News Desk
८:१८ बिहान, कार्तिक २६, २०८३
एकै रातमा खरानी बन्यो अमर ओलीको १४ वर्षको मेहनत, तीन करोडभन्दा बढीको क्षति, व्यवसाय पुनः उठाउन सहयोगको अपिल
374
सेयर
374
VIEWS
ShareTweetSendShare

बाँके, कात्तिक २५ गते ।
बाँकेको जानकी गाउँपालिका–३ कोरियनपुरका व्यवसायी अमरबहादुर ओलीले १४ वर्ष लगाएर खडा गरेको व्यवसाय एकै रातमा गुमाएका छन् । गत आइतबार साँझ भएको आगलागीले उनका दुई व्यापारिक फर्म पूर्ण रूपमा नष्ट भएका छन् । आगलागीबाट तीन करोड रुपैयाँभन्दा बढीको क्षति भएको उनको प्रारम्भिक अनुमान छ ।

ओलीले सञ्चालन गर्दै आएका लक्ष्मी बिजुली भण्डार एण्ड जनरल अर्डर सप्लायर्स र जय हनुमान ट्रेडर्स एण्ड सप्लायर्समा आगलागी भएको हो । इन्भर्टरको ब्याट्री पड्किएपछि सल्किएको आगोले पसलमा रहेका विद्युत्का तार, इलेक्ट्रोनिक सामग्री, ट्रान्सफर्मरलगायत सबै सामान जलेर नष्ट गरेको उनले बताए ।कात्तिक २२ गते साँझ पौने ६ बजे विद्युत् आपूर्ति बन्द भएको थियो । करिब १० मिनेटपछि बत्ती आएलगत्तै बढी भोल्टेजका कारण इन्भर्टरको ब्याट्री पड्किएको ओलीले बताए । आफू पसलभित्र पस्दा ब्याट्री पड्किएको र त्यसबाट तारमा आगो सल्किएको उनले बताए ।‘इन्भर्टरको ब्याट्री पड्किएपछि तारमा आगो सल्कियो । केही बेरमै पसलमा राखिएका तार, इलेक्ट्रोनिक सामान र ट्रान्सफर्मरमा आगो फैलियो । हेर्दाहेर्दै सबै सामान जल्यो,’ उनले भने ।

आगलागीबाट ठूलो परिमाणमा विद्युत्का तार र इलेक्ट्रोनिक सामान नष्ट भएका छन् । तीनदेखि चार हजार रुपैयाँ पर्ने तारसमेत जलेर नष्ट भएको उनले बताए । पसलमा राखिएका करिब चारवटा ट्रान्सफर्मर पनि आगलागीमा नष्ट भएको उनको भनाइ छ ।पसलमा रहेका सामानको बिल र खरिदसम्बन्धी कागजातसमेत जलेका छन् । त्यसैले वास्तविक क्षतिको विवरण निकाल्न कठिन भएको उनले बताए । अहिले सामान खरिद गरेका कम्पनी तथा आपूर्तिकर्ताबाट बिलका प्रतिलिपि मगाउने काम भइरहेको छ ।

‘अहिलेसम्मको अनुमानमा तीन करोडभन्दा बढीको सामान नष्ट भएको छ । बिलका प्रतिलिपि आएपछि मात्रै वास्तविक क्षति यकिन हुन्छ,’ उनले भने ।

सम्बन्धित समाचार

आज भाइटीका मनाइँदै, ११ः०७ बजे उत्तम साइत

पश्चिम राप्तीमा ४८ किलोमिटर तटबन्ध निर्माण, १ हजार ४४० हेक्टर जमिन संरक्षण

बाँकेमा भीषण आगलागी, दुई फर्ममा पाँच करोडभन्दा बढीको क्षति

आगलागीबाट भएको क्षतिको तुलनामा बिमा रकम निकै कम छ । ओलीले दुवै फर्मको डेढ करोड रुपैयाँ बराबरको मात्रै बिमा गराएका थिए । बैंकबाट लिएको ऋणअनुसार बिमा गराएको र सबै सामानको पूर्ण बिमा गर्ने आर्थिक क्षमता नभएकाले डेढ करोडको मात्रै बिमा गराउन सकेको उनले बताए ।आगलागी सुरु भएलगत्तै दमकल, जनप्रतिनिधि र सुरक्षाकर्मीलाई खबर गरे पनि समयमै दमकल नपुगेको ओलीको गुनासो छ । उनका अनुसार आगलागी भएको खबर गरेपछि डेढदेखि दुई घण्टापछि मात्रै दमकल घटनास्थल पुगेको थियो ।

‘आगो लाग्नेबित्तिकै दमकललाई खबर गरेका थियौँ । मेयर र वडा अध्यक्षलाई पनि जानकारी गराएका थियौँ । तर, डेढदेखि दुई घण्टापछि मात्रै दमकल आयो । त्यो पनि आधा ट्यांकी पानी लिएर आएको थियो,’ उनले भने, ‘समयमै दमकल आएको भए केही सामान भए पनि जोगाउन सकिन्थ्यो ।’

आगलागी नियन्त्रणका लागि स्थानीय बासिन्दासँगै प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेना पनि खटिएका थिए । साँझ ६ बजेदेखि लागेको आगो राति १२ बजेसम्म नियन्त्रणमा लिने प्रयास गरिएको उनले बताए । सुरक्षाकर्मी र स्थानीयको प्रयासमा आगो नियन्त्रणमा आए पनि फर्मको संरचनासहित अधिकांश सामान जोगाउन नसकिएको उनको भनाइ छ ।

ADVERTISEMENT

आगलागीबाट व्यवसायका सबै संरचना र सामान गुमाएपछि ओलीले पुनः व्यवसाय सञ्चालनका लागि सहयोगको अपिल गरेका छन् । १४ वर्षको मेहनतबाट स्थापित व्यवसाय एकै रातमा नष्ट भएको र अहिले आफैँले पुनः व्यवसाय सुरु गर्न सक्ने अवस्था नरहेको उनले बताए ।आगलागीपछि फेसबुकमार्फत सहयोगको आग्रह गरेका ओलीलाई केही इष्टमित्र तथा शुभेच्छुकले आर्थिक सहयोग गरेका छन् । धेरैले फोन र प्रत्यक्ष भेटेर सहानुभूति व्यक्त गरेको उनले बताए ।

‘१४ वर्षसम्म दुःख गरेर व्यवसाय बनाएको थिएँ । तर, एकै रातमा सबै सकियो । अहिले म निकै पीडामा छु । घरसमेत बैंकको ऋणमा छ । यस्तो अवस्थामा फेरि व्यवसाय कसरी सुरु गर्ने भन्ने चिन्ता छ,’ उनले भने, ‘सबैले आफूले सकेको सहयोग गरिदिनुहोला ।’

तीन करोडभन्दा बढीको क्षति, डेढ करोडको मात्रै बिमा र घरको ऋणको दायित्वका बीच ओली अहिले पुनः व्यवसाय सञ्चालन गर्ने आधार खोजिरहेका छन् ।

Share150Tweet94SendShare
Previous Post

आज भाइटीका मनाइँदै, ११ः०७ बजे उत्तम साइत

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

आज भाइटीका मनाइँदै, ११ः०७ बजे उत्तम साइत
मुख्य समाचार

आज भाइटीका मनाइँदै, ११ः०७ बजे उत्तम साइत

११:१९ मध्यान्ह, कार्तिक २५, २०८३
पश्चिम राप्तीमा ४८ किलोमिटर तटबन्ध निर्माण, १ हजार ४४० हेक्टर जमिन संरक्षण
मुख्य समाचार

पश्चिम राप्तीमा ४८ किलोमिटर तटबन्ध निर्माण, १ हजार ४४० हेक्टर जमिन संरक्षण

१:५८ बिहान, कार्तिक २५, २०८३
बाँकेमा भीषण आगलागी, दुई फर्ममा पाँच करोडभन्दा बढीको क्षति
दुर्घटना

बाँकेमा भीषण आगलागी, दुई फर्ममा पाँच करोडभन्दा बढीको क्षति

६:३७ बिहान, कार्तिक २४, २०८३
तीन करोड ५८ लाखका सात नगर बस अलपत्र, तीन वर्षदेखि बसपार्कमै थन्किए
मुख्य समाचार

तीन करोड ५८ लाखका सात नगर बस अलपत्र, तीन वर्षदेखि बसपार्कमै थन्किए

११:११ मध्यान्ह, कार्तिक २३, २०८३
नेपालगन्जमा खुलेआम बिक्री भइरहेछ प्लास्टिकका फूलमाला, उपमहानगर बेखबर
मुख्य समाचार

नेपालगन्जमा खुलेआम बिक्री भइरहेछ प्लास्टिकका फूलमाला, उपमहानगर बेखबर

१०:५८ मध्यान्ह, कार्तिक २३, २०८३
नागरिकको सुरक्षाका लागि तिहारमा पनि सडक ड्युटीमै ट्राफिक प्रहरी
दुर्घटना

नागरिकको सुरक्षाका लागि तिहारमा पनि सडक ड्युटीमै ट्राफिक प्रहरी

९:१६ बिहान, कार्तिक २३, २०८३
‘मेरो आमा बिरामी हुनुहुन्छ, धान काट्न सहयोग गरिदिनुस्’ : १३ वर्षीया हिमानीको आग्रहपछि खेतमा पुगे श्रमदाता
मुख्य समाचार

‘मेरो आमा बिरामी हुनुहुन्छ, धान काट्न सहयोग गरिदिनुस्’ : १३ वर्षीया हिमानीको आग्रहपछि खेतमा पुगे श्रमदाता

१२:५४ मध्यान्ह, कार्तिक २२, २०८३
धनतेरसमा नेपालगन्जको सडक बजारमा परिणत, किनमेल गर्नेको घुइँचो
मुख्य समाचार

धनतेरसमा नेपालगन्जको सडक बजारमा परिणत, किनमेल गर्नेको घुइँचो

७:४९ बिहान, कार्तिक २१, २०८३

Discussion about this post

मौसम रिपोर्ट

Nepalgunj, NP
23°
Fair
6:36 am5:28 pm +0545
Feels like: 23°C
Wind: 3km/h E
Humidity: 89%
Pressure: 1012.53mbar
UV index: 0
ThuFriSat
29°C / 17°C
29°C / 17°C
28°C / 16°C
powered by Weather Atlas
Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?