ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ मुख्य समाचार

काभ्रेमा तीन महिनापछि पुनः रेबिज भेटियो, सतर्क रहन आग्रह

News Desk by News Desk
११:४३ बिहान, मंसिर १९, २०७९
काभ्रेमा तीन महिनापछि पुनः रेबिज भेटियो, सतर्क रहन आग्रह
388
सेयर
375
VIEWS
ShareTweetSendShare

काभ्रे मंसिर १९ गते ।
काभ्रेमा तीन महिनापछि पुनः रेबिज रोग देखापरेको छ । जिल्लाको दक्षिणी क्षेत्र डाँडापारिस्थित महाभारत गाउँपालिकाको पशुमा रेबिज रोगको सङ्क्रमण देखिएको हो । यसअघि गत भदौमा भुम्लु गाउँपालिकामा रेबिज रोगका कारण एक महिनाको अवधिमा चार दर्जनभन्दा बढी पशुचौपायाको मृत्यु भएको थियो ।

महाभारत गाउँपालिकामा मरेका दुई गाईमा रेबिज रोग पुष्टि भएपछि स्थानीयलाई सतर्क रहन आग्रह गरिएको छ । केही दिनअघि महाभारत–१ गोकुले र ८ नं वडास्थित घर्तीछापमा कुकुरको टोकाइबाट दुई गाई मरेका थिए । वडा नं १ का अध्यक्ष कान्छामान जिम्बाका अनुसार कुकुरले टोकेका गाईको मृत्यु भएपछि परीक्षण गर्दा रेबिज रोगबाट मरेको पुष्टि भएको हो ।

वडाध्यक्ष जिम्बाले गाउँपालिकाको कुनै स्थानमा शङ्कास्पद कुकुर देखिएमा नियन्त्रण गर्न तथा वडा वा गाउँपालिकाको कार्यालयमा तत्काल जानकारी गराउन आग्रह गरिएको बताए । उनले आवश्यकताअनुसार रेबिजविरुद्धको सुईको व्यवस्थापन गरी तत्काल शिविर सञ्चालन गरिने जानकारी दिए । गाउँपालिकाका देखिएको रेबिज रोगप्रति जिल्ला स्वास्थ्य कार्यालय र जिल्लास्थित भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले आवश्यक अनुसन्धान तथा आवश्यक सामग्री सहयोगको व्यवस्थापन भइरहेको जनाएका छन् ।

कार्यालयका प्रमुख डा पुरुषोत्तम सेढाईंले महाभारतमा थप रेबिज फैलन नदिन केन्द्रसँगको समन्वयमा तत्काल ‘एक्सन’मा जाने बताउनुभएको छ । केन्द्रका पशु चिकित्सक राजकुमार हुमागाईले पनि महाभारतमा देखिएको रेबिज रोग थप फैलन नदिन तथा रोकथामका उपाय अपनाइने बताए । उनका अनुसार घटनाक्रमले जिल्लामा रेबिज रोगको सङ्क्रमण केही वर्षनै रहिरहने देखिएको छ ।

सम्बन्धित समाचार

राप्तीमा बगेकी महिलाको प्रहरीले सकुशल उद्धार गर्‍यो

भक्ताखोलाको बहाव मोडिएपछि ढकेरीका बस्तीमा घट्यो बाढीको जोखिम

व्यवसायीको हकहितलाई प्राथमिकता दिँदै महिला उपाध्यक्षमा रूपा ओझा

यसअघि गत भदौमा भुम्लु गाउँपालिकाको १ नं वडास्थित सापिङ, कात्तिके, आरनगाउँ, भारतीगाउँ, गैराटोल, बोक्से र खोलमबारीका २८९ जनालाई स्वास्थ्य कार्यालयले रेबिजविरुद्ध खोप लगाइएको थियो । स्थानीय १९ परिवारका ५१ जनाले कुकुरले टोकेर मरेका भैँसी तथा खसी, बोका काटेर मासु खाएपछि तथा अन्य शङ्कास्पद व्यक्तिलाई खोप लगाउनुपरेको थियो । त्यतिबेला एक महिनाको अवधिमा करिब चार दर्जनभन्दा बढी पशुचौपाया मरेको तर कुनै मानवीय क्षेत नभएको केन्द्रले जनायो ।

शतप्रतिशत प्राणघातक मानिएको उक्त रोगबाट छिमेकी गाउँपालिका चौँरीदेउराली–६ मा गत वर्ष एक महिनाको अवधिमा एक आठ वर्षीय बालक र दुई पुरुषको मृत्यु भएको थियो । त्यसयता काभ्रेमा रेबिजका कारण मृत्यु हुनेको सङ्ख्या पाँच पुगेको छ । एक वर्षअघि चौँरीदेउरालीमा रेबिजबाट मानिसको मृत्यु भएपछि केन्द्रले सामुदायिक तथा छाडा कुकुरसँग सावधानी अपनाउन आग्रह गर्दै आएको छ ।

रेबिज लागेको कुकुर तथा अन्य जनावारले मानिसलाई टोकेमा मृत्यु निश्चित हुन्छ । चिकित्सकका अनुसार राम्रोसँग पकाएर खाएको मासु, उमालेर खाएको दूधबाट रेविज सर्दैन । काँचो दूध, मासु खाँदा रेबिज रोग सर्छ । उनान्सय प्रतिशत सङ्क्रमण कुकुरबाट सर्ने गर्दर्छ । कुकुरलाई रेबिजविरुद्धको खोप लगाउँदा रेबिज फैलन पाउँदैन । रेबिज लागेको कुकुरले मान्छे, पशुपन्छीलाई टोकेको अवस्थामा रेबिज सर्न सक्छ ।

ADVERTISEMENT

सम्भावित जोखिम न्यूनीकरण गर्न केन्द्रमा पर्याप्त सुई राखिएको छ । चिकित्सकका अनुसार सुरुमा घरपालुवा वा अन्य जनावरको ¥यालमा रहेका रेबिज भाइरस टोकाइबाट शरीरमा प्रवेश गर्दछ । भाइरस रगतबाट नभई छालामुनिको भित्री तन्तु र माँसपेशी हुँदै परिधीय स्नायु, मेरुदण्ड र अन्त्यमा गिदीसम्म पुग्ने र गिदी सङ्क्रमित भएपछि मात्रै लक्षण देखिन थाल्ने गर्दछ ।

नेपालमा बर्सेनि दुई सय बिरामीको रेबिजका कारण मृत्यु हुने गरेको स्वास्थ्य तथ्ब रोगबाट ५९ हजार मानिसले ज्यान गुमाउने गरेको तथ्याङ्क पनि छ । आगामी सन् २०३० सम्ममा विश्वमै रेबिज रोग उन्मूलन गर्ने लक्ष्यसमेत लिइएको छ । प्राणघातक रेबिज रोग नियन्त्रणको लागि अन्तराष्ट्रियरुपमा जनचेतना जगाउन तथा सरोकारवालाबीच एक्येबद्धता प्रकट गर्न प्रत्येक अङ्ग्रेजी वर्षको सेप्टेम्बर २८ को दिनलाई ‘अन्तर्राष्ट्रिय रेबिज दिवस’को रुपमा मनाउने गरिएको छ । रासस

Share163Tweet94SendShare
Previous Post

रसुवाको धार्मिक मार्गमा रेडपाण्डा

Next Post

तरकारीका बिरुवा बेचेर मनग्य कमाइ

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

राप्तीमा बगेकी महिलाको प्रहरीले सकुशल उद्धार गर्‍यो
दुर्घटना

राप्तीमा बगेकी महिलाको प्रहरीले सकुशल उद्धार गर्‍यो

८:३६ बिहान, साउन ३०, २०८३
भक्ताखोलाको बहाव मोडिएपछि ढकेरीका बस्तीमा घट्यो बाढीको जोखिम
प्रदेश समाचार

भक्ताखोलाको बहाव मोडिएपछि ढकेरीका बस्तीमा घट्यो बाढीको जोखिम

५:२८ बिहान, साउन ३०, २०८३
व्यवसायीको हकहितलाई प्राथमिकता दिँदै महिला उपाध्यक्षमा रूपा ओझा
मुख्य समाचार

व्यवसायीको हकहितलाई प्राथमिकता दिँदै महिला उपाध्यक्षमा रूपा ओझा

२:०९ बिहान, साउन ३०, २०८३
ई–रिक्सामा रिफ्लेक्टिभ स्टिकर टाँस्दै ट्राफिक प्रहरी
दुर्घटना

ई–रिक्सामा रिफ्लेक्टिभ स्टिकर टाँस्दै ट्राफिक प्रहरी

२:४८ बिहान, साउन २९, २०८३
बाँकेमा स्क्रब टाइफस र डेंगुको सङ्क्रमण बढ्दै
मुख्य समाचार

भेरी अस्पतालमा जनावरको टोकाइ र सर्पदंशको अभिलेख राख्न ‘बाइट रजिस्टरी’

१:१४ बिहान, साउन २७, २०८३
नेपालगञ्ज रोडसम्म रेल आएपछि पश्चिम नेपाललाई के फाइदा ?
मुख्य समाचार

नेपालगञ्ज रोडसम्म रेल आएपछि पश्चिम नेपाललाई के फाइदा ?

१२:५६ बिहान, साउन २७, २०८३
सरकारको प्राथमिकतामा पर्‍यो सुशिल कोइराला क्यान्सर अस्पताल
मुख्य समाचार

चार महिनादेखि क्यान्सरका अत्यावश्यक औषधी अभाव

४:०६ बिहान, साउन २६, २०८३
पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावः सुदूरपश्चिबाट वर्षा भित्र्दै, चिसो बढ्ने
समाचार

देशभर मनसुन सक्रिय, चार प्रदेशमा भारी वर्षाको सम्भावना

१:४४ बिहान, साउन २४, २०८३
Next Post
तरकारीका बिरुवा बेचेर मनग्य कमाइ

तरकारीका बिरुवा बेचेर मनग्य कमाइ

नेपालगञ्जका १३ महिला स्वास्थ्य स्वयंसेविका सम्मानित

नेपालगञ्जका १३ महिला स्वास्थ्य स्वयंसेविका सम्मानित

निवृत्त राष्ट्रसेवक समाज बाँकेको अध्यक्षमा शाह

निवृत्त राष्ट्रसेवक समाज बाँकेको अध्यक्षमा शाह

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?