ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ कृषि

सुन्तला खेतीबाट जीवन स्तर फेरियो

News Desk by News Desk
११:०५ बिहान, पुस ७, २०७९
सुन्तला खेतीबाट जीवन स्तर फेरियो
400
सेयर
374
VIEWS
ShareTweetSendShare

म्याग्दी पुस ७ गते ।
बेनी नगरपालिका–४ बास्कुनाका दीर्घबहादुर खत्रीले आफ्नो खेतबारीमा धान, मकै र कोदो बाली रोप्न छाडेको एक दशक भयो । परम्परागतरुपमा लगाउँदै आएको खाद्यबाली छाडेर नगदेबालीको रुपमा खेतबारीमा व्यावसायिकरुपमा सुन्तला खेती गर्नुभएका खत्रीको सुन्तला बोटबाटै बिक्री हुने गरेको छ । बास्कुना र सुर्केमलामा गरी करिब सात सय सुन्तलाका बोट रोप्नुभएका खत्रीको बगैँचामा यतिबेला सुन्तला टिप्ने चटारो छ ।

दुई ठाउँमा सुन्तला खेती गरेका खत्रीको एउटा बगैँचाबाट मात्रै रु सात लाख ९० हजारमा सुन्तला बिक्री भएको छ । “गत वर्ष रु सात लाखको सुन्तला बिक्री गरेको थिँए, यस वर्ष दुई वटा बगैँचामा गरेर रु १० लाख बढीको बिक्री भएको छ, ठेकेदारले बोटमै आएर सुन्तला किनेर लैजाने गरेका छन्”, उनले भने ।

खाद्यबाली लगाउँदा नियमित सिँचाइको अभावसँगै खेतीबाली लगाउने र गोडमेलमा लाग्ने कामदारको लगानीअनुसारको प्रतिफल नआउने भए पनि सुन्तला खेतीबाट सन्तुष्ट बनेको खत्रीले बताए ।

बास्कुनाकै देवी हुमेन क्षेत्रीको फूलबारीमा पनि यतिबेला सुन्तला टिप्ने चटारो छ । उनको घरपरिवारमा करिब आठ सय सुन्तलाका बोट छन् । गत असोजमै नवलपरासीका व्यवसायीले घरमै पुगेर सुन्तलाको पेस्की रकम दिएर बोटबाटै सुन्तला खरिद गर्ने टुङ्गो लगाएका थिए । क्षेत्रीको मात्रै होइन बास्कुना र सुर्केमेलाका करिब दुई दर्जन घरधुरीमा व्यवसायीले फल नलाग्दै पेस्की दिएर सुन्तलाबोट बाटै खरिद गर्ने गरेका छन् । “यो वर्ष करिब रु आठ लाखको सुन्तला बिक्री हुने भएको छ, सबै सुन्तला ठेकेदारले नै लैजाने समझदारी भएको छ, बजार खोज्न भौतारिनुपर्ने झण्झट भएको छैन, सुन्तला खेतीप्रति उत्साहित नै छौँ”, क्षेत्रीले भने । उनको घरपरिवारले करिब २० रोपनी खेतबारी सबैमा सुन्तला खेती गरे ।

सम्बन्धित समाचार

गर्मी बढेसँगै नेपालगन्जमा माटोका भाँडाको माग उच्च, कुम्हाल समुदायलाई माटो अभावको चुनौती

सिक्टा सिँचाइ आयोजनाको बजेटमा उल्लेख्य वृद्धि, आगामी आवका लागि रु २ अर्ब ५५ करोड विनियोजन

वर्षायाम र नदी बहावका कारण सिधनियाघाटको वैकुण्ठधाम निर्माण अस्थायी रूपमा रोकियो

बास्कुनामा रहेका करिब दुई दर्जन घरधुरीले नै अहिले सुन्तला खेतीलाई व्यावसायिक बनाएका छन् । सबैजसोले धान, कोदो र मकै खेती हुने खेतबारीमा सुन्तलाका बोट रोपेका छन् । सुन्तलाबाट आकर्षक आम्दानी हुने, बजार सजिलै पाइने भएपछि गाउँमा सुन्तला खेती गर्ने लहर नै चलेको स्थानीय सुन्तला खेती गर्ने कृषक तिलकुमारी गुरुङले जानकारी दिए । “यहाँ उत्पादन भएको सुन्तला रसिलो र गुलियो हुने भएकाले बोटमा दाना नलाग्दै व्यापारी पेस्की लगाउन आइपुग्छन्, अधिकांश व्यवसायीले पोखरा, काठमाडौँ र चितवनसम्म यहाँको सुन्तला लैजाने गरेका छन्, सुन्तला फलाउनेले बजारको खोजी अहिलेसम्म गर्नुपरेको छैन”, गुरुङले भने ।

यस वर्ष बास्कुनामा सबैभन्दा थोरै बिक्री गर्नेले रु एक लाख र बढी बिक्री गर्नेले रु १० लाखसम्म सुन्तलाबाट आम्दानी गरेका छन् । बास्कुनासँगै जोडिएको बेनी नगरपालिका–३ भकिम्लीको राखु गाउँका कृषकलाई पनि यतिबेला सुन्तला बिक्री गर्न भ्याइनभ्याइ भएको छ । करिब ५० घरधुरीको बसोबास रहेको राखु गाउँमा सबैजसोले सुन्तला खेती गरेका छन् । कोदो, मकै, गहुँलगायत अन्नबालीको विकल्पमा सुन्तला खेती गरेका गरेका स्थानीयवासीले बजारको अभाव झेल्नुभएको छैन ।

अघिल्लो वर्षको तुलनामा उत्पादन बढेको र खरिद गर्नका लागि काठमाडौँलगायतका ठाउँबाट व्यापारी बगैँचामै आइपुगेको स्थानीय कृषक रामबहादुर घर्तीमगरले जानकारी दिए । अघिल्लो वर्ष रु ७० लाख बराबरको सुन्तला निकासीभएको राखुबाट यस वर्ष उत्पादन बढेकाले रु एक करोड बराबरको सुन्तला बिक्री हुने स्थानीयको अपेक्षा छ । यस गाउँमा न्यूनतम ५० हजारदेखि सात लाखसम्म वार्षिकरुपमा हरेक घरले सुन्तला बिक्रीबाट आम्दानी गर्छन् ।

ADVERTISEMENT

म्याग्दीमा पछिल्लो समय सुन्तला खेतीतर्फ कृषकको आकर्षण बढेको छ । नगदे बाली भएकाले आम्दानी हुने र खेती गर्न अन्य बालीको तुलनामा झण्झट र लगानी धेरै नहुने भएकाले जिल्लामा सुन्तला खेतीको लहर चलेको हो । अन्नपूर्ण गाउँपालिका–७ दोसल्लका स्थानीयवासीले समेत गाउँलाई सुन्तला गाउँको रुपमा विकास गरेका छन् । करिब ५० घरधुरीको बसोबास रहेको यहाँका सबै घरधुरीमाव्यावसायिक सुन्तला खेती गरिएको छ । परम्परागत मकै, गहुँ, कोदो खेती छाडेर यहाँका स्थानीय सुन्तला खेतीमा लागेका हुन् । एक दशकयता यहाँका खेतीयोग्य जमिन र खेती गर्न छाडेर बाँझो रहेको जमिनमा समेत सुन्तला रोप्न थालिएको र सुन्तलाको उत्पादन भएमा बजारीकरणको समस्या नभएको स्थानीय कृष्ण पुनले जानकारी दिए।

म्याग्दीमा बेनी नगरपालिकासहित बरङ्जा, अर्मन, ओखरबोट, देवीस्थान, बिम, ताकम, मराङ, भगवती, पिप्ले, बेग, भुरुङ तातोपानी, दोबा, हिस्तान, घार, दाना, नारच्याङलगायतका क्षेत्र सुन्तला खेतीका लागि पकेट क्षेत्र मान्छिन् । गाउँमा अन्न बालीको लागि काम गर्ने मानिसको अभावमा बाँझिने समस्या बढिरहेको समयमा सुन्तला खेतीतर्फ बढ्दो आकर्षणले जमिनको सही उपयोगसँगै स्थानीयलाई आयआर्जनमा समेत सघाउ पुर्याएको छ ।

जिल्लाको ग्रामीण भेगसम्म सडक सञ्जालको पहुँच विस्तार भएसँगै उत्पादन भएका सुन्तलाको बजारीकरणमा सहज भएपछि किसान सुन्तलाको व्यावसायिकतर्फ उत्साहित भएर लागेका हुन् । पछिल्लो समय सुन्तला खेती गर्ने किसानलाई स्थानीय तह र कृषि ज्ञान केन्द्रलगायतका निकायबाट समेत बिरुवा खरिदमा अनुदानसँगै रोग कीरा व्यवस्थापनमा औषधिसँगै तालिमसमेत उपलब्ध भएपछि सुन्तलाको व्यावसायिकताले स्थानीयवासीको जीवनस्तरमा सुधार ल्याउनथालेको छ । रासस

Share176Tweet94SendShare
Previous Post

बाँकेमा चिसो हृवात्तै बढ्यो, चहलपहल घट्यो

Next Post

दुई सांसदले आज शपथ ग्रहण

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

माटोका भाँडाको बिक्री घट्दा बाँकेका कसगर समुदाय चिन्तित ( फोटो फिचर)
समाचार

गर्मी बढेसँगै नेपालगन्जमा माटोका भाँडाको माग उच्च, कुम्हाल समुदायलाई माटो अभावको चुनौती

४:०९ बिहान, जेष्ठ २०, २०८३
सिक्टा सिँचाइ आयोजनाको बजेटमा उल्लेख्य वृद्धि, आगामी आवका लागि रु २ अर्ब ५५ करोड विनियोजन
समाचार

सिक्टा सिँचाइ आयोजनाको बजेटमा उल्लेख्य वृद्धि, आगामी आवका लागि रु २ अर्ब ५५ करोड विनियोजन

१:२६ बिहान, जेष्ठ १६, २०८३
वर्षायाम र नदी बहावका कारण सिधनियाघाटको वैकुण्ठधाम निर्माण अस्थायी रूपमा रोकियो
समाचार

वर्षायाम र नदी बहावका कारण सिधनियाघाटको वैकुण्ठधाम निर्माण अस्थायी रूपमा रोकियो

१:३२ बिहान, जेष्ठ ९, २०८३
नौबस्तास्थित सशस्त्र प्रहरी शिक्षालयले मनायो २५औँ स्थापना दिवस
समाचार

नौबस्तास्थित सशस्त्र प्रहरी शिक्षालयले मनायो २५औँ स्थापना दिवस

८:१६ बिहान, जेष्ठ ३, २०८३
बाँकेको चौफेरीमा ५० वर्षपछि पुग्यो विद्युत
समाचार

बाँकेमा पाँच हजारभन्दा बढी ग्राहकको विद्युत् लाइन काटियो

७:२१ बिहान, जेष्ठ १, २०८३
बर्दियामा मानव बेचबिखन न्यूनीकरणसम्बन्धी दुई दिने तालिम सम्पन्न
समाचार

बर्दियामा मानव बेचबिखन न्यूनीकरणसम्बन्धी दुई दिने तालिम सम्पन्न

८:३४ बिहान, बैशाख ३०, २०८३
आप्रवासी स्रोत केन्द्रबाट ६ हजार बढीले सेवा लिए
समाचार

आप्रवासी स्रोत केन्द्रबाट ६ हजार बढीले सेवा लिए

८:०० बिहान, बैशाख २८, २०८३
कोहलपुरको शान्तिनगर बस्ती हटाउँदा सयौँ परिवार चिन्तित
समाचार

कोहलपुरको शान्तिनगर बस्ती हटाउँदा सयौँ परिवार चिन्तित

७:३५ बिहान, बैशाख २८, २०८३
Next Post
दुई सांसदले आज शपथ ग्रहण

दुई सांसदले आज शपथ ग्रहण

आईपीएलको मिनी अक्सन आज

आईपीएलको मिनी अक्सन आज

चार्ल्स शोभराजलाई स्वदेश फिर्ता गर्ने तयारी

चार्ल्स शोभराजलाई स्वदेश फिर्ता गर्ने तयारी

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?