ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ मुख्य समाचार

इ-रिक्सा व्यवस्थापनका लागि नेपालगञ्ज उपमहानगरको ‘सचेतीकरण अभियान’

News Desk by News Desk
४:४० मध्यान्ह, बैशाख २४, २०८०
इ-रिक्सा व्यवस्थापनका लागि नेपालगञ्ज उपमहानगरको ‘सचेतीकरण अभियान’
434
सेयर
412
VIEWS
ShareTweetSendShare

बाँके वैशाख २४ गते ।
इ–रिक्साहरुको चुस्त व्यवस्थापनमा जुटेको नेपालगञ्ज उपमहानगरपालिकाले आजदेखि ‘सचेतीकरण अभियान’ थालेको छ । जेठ १० गतेसम्म चल्ने सचेतीकरण अभियानको सुरुवात गणेशमान चोकबाट गरिएको छ ।

नगर प्रमुख प्रशान्त विष्ट, उपप्रमुख कमरुद्दिन राई, ट्राफिक प्रहरी, नगर प्रहरी, इ–रिक्सा प्रालिका प्रतिनिधि लगायत सरोकारवालाहरुले सडकमा गुडिरहेका इ–रिक्साहरुको आधिकारिकता परीक्षणसंगै अवैधानिक तरिकाले नचलाउन सचेत समेत गराएको नगर प्रहरी प्रमुख सूर्यबहादुर बोगटीले बताउनुभयो । नगरमा जथाभावी इ–रिक्सा चलाउँदा नियमन र अनुगमनसंगै अभिलेखीकरणमा पनि समस्या भएपछि नेपालगञ्ज उपमहानगरपालिकाले दर्ता प्रक्रियामा ल्याउन यसअघि नै पटक–पटक ताकेता गरिसकेको छ ।

नेपालगञ्ज उपमहानगरपालिका दर्ता भएका इ–रिक्सा मात्रै नगरभित्र सञ्चालन गर्न दिने स्पष्ट नीतिका साथ अघि बढेको छ । अन्य पालिकामा दर्ता भएका इ–रिक्सा पनि नेपालगञ्जमै जथाभावीरुपले चल्दा व्यवस्थापनमा चुनौती थपिनुका साथै दुर्घटना समेत बढेको नगर प्रमुख प्रशान्त विष्टले बताउनुभयो ।

‘चालकले अनिवार्यरुपमा चालक अनुमतिपत्र लिएको हुनुपर्दछ, फोटोसहितको अभिलेख हामीले राख्छौं, नियमपूर्वक चलेका छन् कि छैनन् हेर्छौं, केही दिन सम्झाउँछौं, बुझाउँछौं,’ नगर प्रमुख विष्टले भन्नुभयो, ‘त्यसपछि भने हामी निर्मम ढंगले प्रस्तुत हुन्छौं, चुस्त दुरुस्त व्यवस्थापन गर्ने कुरामा दृढताका साथ अघि बढ्छौं ।’ उहाँले यो अभियानको समयावधिभित्र पनि दर्ता प्रक्रियामा नआउने इ–रिक्साहरुलाई प्रचलित कानुन बमोजिम कारवाही गरिने स्पष्ट पार्नुभयो । इ–रिक्सा व्यवस्थापनलाई मुख्य प्राथमिकतामा राखेर काम गरिरहेको नगर प्रमुख विष्टको भनाई छ ।

सम्बन्धित समाचार

नेपालगन्जमा एकजना युवती मृत फेला, हत्या आशंका

आज बुद्ध जयन्ती, शान्तिको कामनासहित विभिन्न कार्यक्रम आयोजना गरिँदै

सामाजिक न्याय, सुशासन र समृद्धि सरकारको प्राथमिकता : प्रधानमन्त्री

नेपालगञ्ज उपमहानगरपालिकाले रिक्साहरुलाई राजश्व शाखामा अनिवार्य दर्ता गराउन पटक पटक सूचना समेत जारी गरिसकेको छ । राजश्व शाखामा दर्ता भएपछि चालक अनुमतिपत्र प्रदान गर्दै इ–रिक्सा चलाउँदा ध्यान दिनुपर्ने विषयमा आवश्यक तालिम समेत दिने गरिएको छ । नगरमा १२–१३ हजार रिक्सा सञ्चालनमा रहेको अनुमान छ ।

यी मध्ये हालसम्म २ हजार रिक्सा मात्रै राजश्व शाखामा दर्ता भएको शाखा प्रमुख विरबहादुर थापाले जानकारी दिनुभयो । निजी प्रयोजनका लागि भनेर किनिएका रिक्सा सार्वजनिक साधनका रुपमा प्रयोग गर्नेको संख्या अत्याधिक रहेको छ । रातो नम्बर प्लेटलाई आफूखुसी कालो बनाएर चलाउनेहरुको संख्या पनि ठूलो देखिएको छ ।

उपप्रमुख राईले नेपालगञ्जले थेग्न नसक्ने गरी अनियन्त्रितरुपमा बढेका इ–रिक्साहरुको उचित व्यवस्थापन गर्न लागिपरेको बताउनुभयो । केही दिन सचेतनामूलक अभियान चलाउँछौं, हाम्रो नीति र मापदण्ड अनुसार चल्न सचेत बनाउँछौं, दर्ता प्रक्रियापछि पार्किङ, रुट अनुमति लगायतका विषयमा योजनाबद्ध हिसाबले अघि बढ्छौं, उपप्रमुख राईले भन्नुभयो ।

ADVERTISEMENT

इ–रिक्सामा साइड सिसा राखेरनराखेको, एक साइडमा डण्डी हालेरनहालेको, रातो नम्बर प्लेटका रिक्साले यात्रु ओसारेरनओसारेको, रातोलाई आफूखुसी कालो बनाएर अवैध ढंगले चलाएरनचलाएको, हेडलाइटको अवस्था लगायत कुरालाई मसिनो गरी हेरेर नियमन र अनुगमनको पाटोलाई प्रभावकारी बनाइने नेपालगञ्ज उपमहानगरपालिकाले जनाएको छ ।

Share187Tweet103SendShare
Previous Post

आज बुद्ध जयन्ती, शान्तिको कामनासहित विभिन्न कार्यक्रम आयोजना गरिँदै

Next Post

नेपालगन्जमा एकजना युवती मृत फेला, हत्या आशंका

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

कारको ठक्करबाट जानकीमा युवतीको मृत्यु
मुख्य समाचार

नेपालगन्जमा एकजना युवती मृत फेला, हत्या आशंका

१२:५१ मध्यान्ह, बैशाख २९, २०८०
आज बुद्ध जयन्ती, शान्तिको कामनासहित विभिन्न कार्यक्रम आयोजना गरिँदै
समाचार

आज बुद्ध जयन्ती, शान्तिको कामनासहित विभिन्न कार्यक्रम आयोजना गरिँदै

१०:२३ बिहान, बैशाख २२, २०८०
सामाजिक न्याय, सुशासन र समृद्धि सरकारको प्राथमिकता : प्रधानमन्त्री
मुख्य समाचार

सामाजिक न्याय, सुशासन र समृद्धि सरकारको प्राथमिकता : प्रधानमन्त्री

१०:२० बिहान, बैशाख २२, २०८०
कोहलपुरमा यही आर्थिक वर्षमा बन्दैछन् १४ वटा विद्यालयका भवनहरु
मुख्य समाचार

कोहलपुरमा यही आर्थिक वर्षमा बन्दैछन् १४ वटा विद्यालयका भवनहरु

१०:१६ बिहान, बैशाख २२, २०८०
रास्वपा सरकारमा नजाने, समर्थन फिर्ता हुने
मुख्य समाचार

रास्वपा सरकारमा नजाने, समर्थन फिर्ता हुने

१०:१२ बिहान, बैशाख २२, २०८०
संसदमा दुई सचिव नियुक्त
मुख्य समाचार

संसदमा दुई सचिव नियुक्त

१०:१० बिहान, बैशाख २२, २०८०
८ बोरा गाँजासहित धरानबाट दुई जना पक्राउ
अपराध

८ बोरा गाँजासहित धरानबाट दुई जना पक्राउ

२:४७ मध्यान्ह, बैशाख २१, २०८०
प्रतिकूल मौसमले आन्तरिक र अन्तर्राष्ट्रिय उडान प्रभावित
मुख्य समाचार

प्रतिकूल मौसमले आन्तरिक र अन्तर्राष्ट्रिय उडान प्रभावित

२:३७ मध्यान्ह, बैशाख २१, २०८०
Next Post
कारको ठक्करबाट जानकीमा युवतीको मृत्यु

नेपालगन्जमा एकजना युवती मृत फेला, हत्या आशंका

Discussion about this post

मौसम रिपोर्ट

Nepalgunj
◉
35°
Sunny
5:22 am7:10 pm +0545
Feels like: 37°C
Wind: 14km/h W
Humidity: 39%
Pressure: 1003.73mbar
UV index: 9
SatSunMon
40/24°C
41/25°C
41/25°C
Weather forecast Nepalgunj, Nepal ▸
Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?