ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ मुख्य समाचार

सामाजिक सञ्जाल नियमन र व्यवस्थापनका लागि परामर्श सुरु

News Desk by News Desk
४:५१ मध्यान्ह, साउन २१, २०८०
सामाजिक सञ्जाल नियमन र व्यवस्थापनका लागि परामर्श सुरु
373
सेयर
368
VIEWS
ShareTweetSendShare

काठमाडौँ साउन २१ गते ।
सरकारले नागरिकस्तरबाट प्राप्त आग्रह र सुझावका आधारमा सामाजिक सञ्जाललाई कानुनतः नियमन र व्यवस्थापन गर्न चरणबद्धरुपमा परामर्श सुरु गरेको छ ।

समाजका विभिन्न पेसा व्यवसायसँग सम्बन्धित लब्धप्रतिष्ठित व्यक्तिलेसमेत तथ्य–प्रमाणविना सामाजिक सञ्जालमा मनलाग्दी लेख्दा आफूहरूलाई अपूरणीय क्षति भएको भन्दै नियमन र व्यवस्थापनको माग आएपछि सरकारले परामर्श गरी सुझाव माग्न थालेको हो । सो विषयमा सूचना तथा सञ्चार मन्त्रालयले सामाजिक सञ्जाल र विद्युतीय सञ्चारमाध्यमका जानकारहरुसँग परामर्श सुरु गरेको छ ।

यसै सन्दर्भमा मन्त्रालयले फेसबुक, इन्स्टाग्राम, ट्वीटर र ह्वाट्सएपको मातृ संस्था मेटा कम्पनीका दक्षिण एशिया हेर्ने प्रतिनिधिसँग यही साउन २५ गते छलफलका लागि तयारी गरेको छ भने नेपालका सामाजिक सञ्जाल सञ्चालनकर्तासँग पनि परामर्श लिँदैछ । यही विषयमा प्रेस काउन्सिल नेपालले पनि छलफल आयोजना गर्दैछ ।

सूचना तथा सञ्चार प्रविधिको व्यापकतासँगै सामाजिक सञ्जालको उपयोग र दुरुपयोग बढ्दो छ भने मिथ्या सूचना, दुष्प्रचार र द्वेषपूर्ण अभिव्यक्तिको नियमन चुनौतीपूर्ण देखिएको छ । हाल सञ्चारमाध्यममाथि अनुगमन गर्ने जिम्मेवारी प्रेस काउन्सिल नेपालमा भएपनि व्यक्ति–व्यक्तिले सामाजिक सञ्जालमा राख्ने पोष्टमाथि अनुगमन गर्ने अधिकार कानुनतः कुनै निकायलाई दिइएको छैन ।

सम्बन्धित समाचार

कर्फ्यूले सुनसान नेपालगन्ज : सुरक्षाकर्मीको कडा सुरक्षाले नेपालगन्ज शान्त

कर्फ्यु क्रमश खुकुलो पार्दै लैजाने सहमति

पत्रकार महासंघले पत्रकारलाई भन्यो-`समाचार प्रकाशन, प्रसारण र वितरण गर्दा संयम बनौं´

केही समयअघि नायिका आँचल शर्मा ९दवाडी०ले आफू सामाजिक सञ्जालमार्फत भ्रमपूर्ण सूचनाबाट पीडित भएको सार्वजनिक गर्नुपरेको थियो । “गर्दै नगरेको र भन्दै नभनेको कुरालाई लिएर विगत दुई तीनदेखि मैले सामाजिक सञ्जालमा अनेक गाली खाइरहेको छु । यस्ता कुरामा धेरै ‘रियाक्ट’ नगरुँ भन्दाभन्दै पनि अब चाहिँ म सहनै नसक्ने भएको छु”, नायिका शर्माले ८ जुलाइमा आफ्नो फेसबुकमा लेखेकी छन्, “जस–जसले जसको उक्साहटमा यो सब गरिरहनुभएको छ, तपाईंहरुको समय सकियो ।

म कानुनी कारबाहीको बाटोमा जान बाध्य भएकी छु । मलाई यातना दिएर सामाजिक सञ्जालमा ‘मेन्टल हेल्थ’को भाषण दिन कृपया बन्द गर्नुस् ।” ‘नेब रिजल्ट एण्ड अपडेट’ नामक फेसबुक पेजमा शर्माले एक पछिल्लो अन्तर्वार्ताका क्रममा निर्देशक दयाहाङ राईबारे अपमानजनक र गालीगलौजपूर्ण भाषा प्रयोग गरेको भनी भ्रमपूर्ण सामग्री पोस्ट गरेको थियो ।

गत महिना प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ की पत्नी सीता दाहालको निधनका दिन अन्त्येष्टि कार्यक्रममा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा तोसिमा कार्कीको प्रतिक्रिया विवादमा परेपछि डा कार्कीले युट्युबरले आफूले बोलेका विषयवस्तुलाई तोडममोड गरेर प्रसारण गरेको स्पष्टीकरण दिनुपरेको थियो भने त्यसपछि वास्तविक भिडियो सार्वजनिक भएको थियो ।

ADVERTISEMENT

केही महिना पहिले सोही पार्टीका सांसद सोविता गौतमको विवाहका सम्बन्धमा पनि यथार्थ नबुझी व्यक्तिगत चरित्रहत्या गराउने खालका सामग्री सामाजिक सञ्जालमा भाइरल भएपनि सांसद गौतमले त्यस्तो गर्ने सबैलाई एक–एक गरेर साइबर अपराधमा मुद्दा हाल्ने चेतावनी दिएकी थिइन् ।

साइबार अपराधका मुद्दालाई हाल नेपाल प्रहरीको साइबर ब्युरोले हेर्दै आएको छ । नायिका करिष्मा मानन्धरले पनि आफूलाई गलतरुपमा व्यक्तिगत विषयमा नाम जोडेका विषयमा सार्वजनिक आपत्ति व्यक्त गरेकी थिइन् । पछि पीडकपक्षले माफी मागेपछि समझदारी भएको थियो ।

सूचना प्रविधिको तीव्र विकाससँगै पराम्परागत धर्मसंस्कृति, सामाजिक परिवेश एवं मूल्यमान्यतालाई अपमान गर्ने, समाजमा अफवाह फैलाउने, व्यक्तिको चरित्र हत्या गर्ने, आपराधिक गतिविधिलाई प्रवर्द्धन गर्नेलगायतका गैरकानुनी हर्कतलाई न्यूनीकरण तथा नियन्त्रणका लागि सरकारको ध्यानाकर्षण गरिएको छ ।

राजनीतिक पार्टीका नेतागण, राष्ट्रसेवक कर्मचारी, कलाकार, नागरिक क्षेत्रका अगुवा, प्राध्यापक, शिक्षक, व्यावसायी, सामाजिक अभियन्ता, सञ्चारकर्मीलगायतले सामाजिक सञ्जाललाई नियमन तथा व्यवस्थापन गर्नगरी कानुन ल्याउन अनुरोध गर्दै आएका छन् ।

सञ्चार मन्त्रालयका प्रवक्ता एवं सहसचिव नेत्रराज सुवेदीले सामाजिक सञ्जाललाई नियमन तथा व्यवस्थापन गर्न विभिन्न क्षेत्रबाट आएको आग्रहका आधारमा सरोकारवाला पक्षसँग छलफल प्रारम्भ गरिएको जानकारी दिए ।

सरोकारवाला तथा विज्ञसँग हुने चरणबद्ध छलफलपछि मुलुकको संविधान र कानुनको प्रतिकूल नहुनेगरी आवश्यक व्यवस्था गर्ने पक्षमा सरकार रहेको उनको भनाइ छ ।

प्रवक्ता सुवेदीले भने, “विषयवस्तुहरु खुल्दै आएका छन् । केकस्ता विषयहरु कानुनले सम्बोधन गर्नुपर्ने भन्ने सवालमा जान परामर्श आउनेक्रम जारी रहेको छ तर तत्कालै कानुन बन्ने भन्ने होइन । यसले कानुनको रुप लिन केही समय लाग्नेछ ।”

सञ्चार मन्त्रालयले डिजिटल नेपाल फ्रेमवर्क, २०७६ पनि जारी गरेको छ भने सोही वर्ष सरकारले सामाजिक सञ्जाल नियमन र व्यवस्थापनका लागि सञ्चालहरुले नेपालको सम्बन्धित निकायमा दर्ता गराउनुपर्ने प्रावधानसहित विधेयकको मस्यदौ तयार गर्दा अभिव्यक्ति स्वतन्त्रतासँग प्रश्न उठेपछि स्थगन भएको थियो ।

गृह मन्त्रालयले विसं २०७८ मा एक अध्ययन कार्यदल गठन गरी विद्यमान साइबर सुरक्षाका चुनौती एवं साइबर अपराध नियन्त्रलाई प्रभावकारी बनाउने सन्दर्भमा प्रतिवेदन तयार गरेको थियो । उक्त प्रतिवेदन चाहिँ राष्ट्रिय सुरक्षासँग बढी सम्बन्धित देखिन्छ ।

गत मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनका क्रममा सामाजिक सञ्जालबाट हुन सक्ने आचारसंहिताको उलंघन रोक्न निर्वाचन आयोगले आयोगले सामाजिक सञ्जालको प्रयोगसम्बन्धी नीति, २०७७ का आधारमा अनुगमन गरेको थियो । सोही आधारमा निर्वाचन आचारसंहिता २०७९ ले मिथ्या सूचना, दुष्प्रचार र द्वेषपूर्ण अभिव्यक्तिको सामना गर्न केही नयाँ व्यवस्था भएको थियो । आयोगले सञ्चार तथा सूचना प्रविधिसम्बन्धी निकायका प्रतिनिधि, विज्ञ र नेपाल प्रहरीको साइबर ब्युरोसमेतका प्रतिनिधि राखेर प्रेस अफिसमार्फत सामाजिक सञ्जालको अनुगमन गरेको थियो ।

उक्त अनुगमनमाथि विभिन्न कोणबाट क्रिया प्रतिक्रिया आएपनि निर्वाचन व्यवस्थानका क्रममा सही सूचना स्थापित गराउन तुलनात्मकरुपमा प्रभावकारी मानिएको थियो । रासस

Share152Tweet92SendShare
Previous Post

घाँस काट्न गएकी महिलाको घाँटी रेटिएको अवस्थामा शव फेला

Next Post

१० बजे जमुनाह नाका पार गरेर घर पुग्छु भनेका थिए बाटोमै अस्ताए

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

Auto Draft
मुख्य समाचार

कर्फ्यूले सुनसान नेपालगन्ज : सुरक्षाकर्मीको कडा सुरक्षाले नेपालगन्ज शान्त

९:५९ मध्यान्ह, अशोज १७, २०८०
Auto Draft
मुख्य समाचार

कर्फ्यु क्रमश खुकुलो पार्दै लैजाने सहमति

५:२९ मध्यान्ह, अशोज १७, २०८०
पत्रकार महासंघले पत्रकारलाई भन्यो-`समाचार प्रकाशन, प्रसारण र वितरण गर्दा संयम बनौं´
मुख्य समाचार

पत्रकार महासंघले पत्रकारलाई भन्यो-`समाचार प्रकाशन, प्रसारण र वितरण गर्दा संयम बनौं´

१२:१६ मध्यान्ह, अशोज १७, २०८०
Auto Draft
मुख्य समाचार

जमुनाह नाकामा अलपत्र परेका नेपाली मजदुरहरुलाई गन्तब्यसम्म पठाउन सुरु

११:४६ बिहान, अशोज १७, २०८०
मुख्य समाचार

नेपालगन्जमा आज पनि कफर्यु

१०:४१ बिहान, अशोज १७, २०८०
व्यथा लागेकी गर्भवतीलाई भूकम्प आएपछि अस्पताल बाहिर निकालेर सुत्केरी गराइयो
शिक्षा/स्वास्थ्य

व्यथा लागेकी गर्भवतीलाई भूकम्प आएपछि अस्पताल बाहिर निकालेर सुत्केरी गराइयो

१०:३१ बिहान, अशोज १७, २०८०
बझाङ भूकम्पः ११ घाइते उपचारपछि घर फर्किए, ४० वटा टेन्ट वितरण
दुर्घटना

बझाङ भूकम्पः ११ घाइते उपचारपछि घर फर्किए, ४० वटा टेन्ट वितरण

१०:२८ बिहान, अशोज १७, २०८०
कास्कीमा भारी वर्षा, पोखरा-१३ का १०० घर डुबानमा
समाचार

किन लगातार वर्षा भइरहेको छ ? आज दिनभर पानी पर्छ ?

१०:२५ बिहान, अशोज १७, २०८०
Next Post
१० बजे जमुनाह नाका पार गरेर घर पुग्छु भनेका थिए बाटोमै अस्ताए

१० बजे जमुनाह नाका पार गरेर घर पुग्छु भनेका थिए बाटोमै अस्ताए

भरतपुर आँखा अस्पतालमा  बिरामीको  भीड

भरतपुर आँखा अस्पतालमा बिरामीको भीड

बाँकेमा म्याद गुज्रेका अखाद्य वस्तु नष्ट

बाँकेमा म्याद गुज्रेका अखाद्य वस्तु नष्ट

Discussion about this post

मौसम रिपोर्ट

Nepalgunj
◉
24°
Partly Cloudy
6:13 am6:01 pm +0545
Feels like: 24°C
Wind: 3km/h NNW
Humidity: 97%
Pressure: 1006.43mbar
UV index: 0
FriSatSun
32/23°C
32/23°C
33/24°C
Weather forecast Nepalgunj, Nepal ▸
Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?