ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ मुख्य समाचार

फूलको कारोबार बढ्यो

News Desk by News Desk
९:२२ बिहान, भदौ ४, २०८०
फूलको कारोबार बढ्यो
379
सेयर
378
VIEWS
ShareTweetSendShare

काठमाडौं भदौ ४ गते ।
आर्थिक वर्ष २०७९–८० मा पुष्प व्यवसायमा रु तीन अर्ब सात करोडको वार्षिक कारोबार भएको छ । उक्त कारोबार आर्थिक वर्ष २०७८–८९ भन्दा रु ७७ करोडले बढी हो ।

कोरोना महामारीको त्रास कायमै रहेकाले आव २०७८–८९ मा रु दुई अर्ब ३० करोडको वार्षिक फूलको कारोबार भएको थियो । अघिल्लो आर्थिक वर्षको भन्दा ३३ दशमलव ६३ प्रतिशतले बढेर आव २०७९–८० मा रु तीन अर्ब सात करोडको कारोबार भएको फ्लोरिकल्चर एशोसिएसनका अध्यक्ष मीनबहादुर तामाङले जानकारी दिए ।

गत आर्थिक वर्षका लागि एशोसिएसनले रु तीन अर्बको कारोबार हुने अनुमान गरेको भए पनि लामो समय कोरोना महामारीको कारण थला परेको यस व्यवसायले पुरानै लय लिएसँगै कारोबार रकम बढेको हो । विशेषगरी विवाह, व्रतबन्ध, सभा सम्मेलन, सेमिनारमा बढी प्रयोग हुने फूल पाँच वर्षअघि विश्वभर फैलिएको कोरोना महामारीको समयमा अत्यन्तै कम कारोबार भएको थियो । उक्त समयमा कारोबार मात्र कम नभई लाखौँ फूलहरू नष्ट भएको थियो ।

कोरोनाअघि हरेक वर्ष यस व्यवसायले वार्षिक रु तीन अर्ब ३० करोडसम्मको कारोबार गर्ने गरेको थियो । यसमा वार्षिक रु १८ करोडको रातो गुलाफ फूलको मात्रै कारोबार हुने गरेको थियो ।

सम्बन्धित समाचार

फागुनमा स्थानीय तहको चुनाव गर्ने तयारी, अन्तरजिल्ला मतदानको पनि अध्ययन

बाढी आउनुअघि नै उद्धार र राहतको तयारी गर्न अभिमुखीकरण

नेपालगन्जमा १५९औँ रामलिला घटस्थापनादेखि मञ्चन हुने

विशेषगरी तिहारमा प्रयोग हुने मखमली र गोदावरी फूल स्वदेशी उत्पादनले नै पुग्ने गरेको भए पनि तिहारमा नै प्रयोग हुने सयपत्री र अन्य समयमा प्रयोग हुने रातो गुलाफ भने छिमेकी मुलुक भारतबाट ल्याउनुपर्ने बाध्यता टरेको छैन ।

कोरोना महामारीअघि गुलाफको आन्तरिक उत्पादन राम्रो रहे पनि पछिल्लो सयय यसको उत्पादन घढ्दै गएका कारण पनि हरेक वर्ष आयात गर्ने गुलाफको मात्रा र मूल्य बढ्दै गइरहेको बताइएको छ ।

नेपालमा विसं २००७ देखि शुरु भएको पुष्प व्यवसाय शहरीकरणको विकास तथा विस्तारसँगै फस्टाउँदै गएको भए पनि बजार मागअनुसार स्वदेशी उत्पादनले नै धान्न सक्ने अवस्था नभएको एशोसिएसनले बताएको छ ।

ADVERTISEMENT

रातो गुलाफ विशेषगरी काठमाडौँ उपत्यकाको तीन जिल्ला र काभ्रेपलाञ्चोकमा व्यावसायिकरूपमा लगाउने गरिएको छ । फूलको मागमा आएको वृद्धिसँगै विशेषगरी काठमाडौँ, ललितपुर, भक्तपुर, कास्की, चितवन, मकवानपुर, काभ्रेपलाञ्चोक, गुल्मी, पाल्पा, धादिङ, मोरङलगायत ४८ जिल्लामा लगभग पाँच सय पाँच नर्सरी विस्तार भएका छन् ।

व्यावसायिकरूपमा चार सय ५० प्रजातिका फूल नेपालमा उत्पादन हुँदै आएको छ । यस व्यवसायबाट ४४ हजारभन्दा बढी व्यक्तिले प्रत्यक्ष वा अप्रत्यक्षरूपमा लाभ लिएका छन । नेपालमा लगभग दुई सय २१ हेक्टर क्षेत्रफलमा एक हजार एक सय १६ व्यवसायीले यसको खेती गर्दै आएका छन । यस व्यवसायमा लगभग रु सात अर्ब बढीको लगानी रहेको बताइएको छ ।

अहिले महामारीको त्रास छैन । मठमन्दिर, पार्टी प्यालेस पूर्ववत्रूपमा नै सञ्चालनमा छन । विभिन्न किसिमका सभा–सम्मेलन र पर्यटन व्यवसाय पनि सञ्चालमा आउँदा फूलको व्यापार पूर्ववत्नै हुन थालेको छ । गत आर्थिक वर्षको वैशाखमा स्थानीय तहको निर्वाचन तथा मङ्सिरमा भएको आम निर्वाचनका कारण पनि उल्लेख्य मात्रामा फूलको कारोबार भएको अध्यक्ष तामाङ बताउँछन् ।

रमाइलो र उत्सवमा बढी प्रयोग हुने फूल कोरोना महामारीका कारण बारीमै खेर फल्न परेपछि महामारीको समयमा यस व्यवसायमा आबद्ध जनशक्ति अन्य पेशामा समेत पलायन भएको बताइएको छ । विगत चार वर्षदेखि निकै नोक्सानीको सामना गरिरहेको यस व्यवसायले गत आवमा भने अनुमानित लक्ष्यभन्दा बढी आर्थिक कारोबार गरेको छ ।

कामपाको निर्णयले कारोबार बढ्ने अनुमान

काठमाडौँ महानगरपालिकाले गत साउन १ गतेदेखि प्लास्टिकबाट निर्मित फूल र सजावटका सामग्री बिक्री वितरणमा रोक लगाएसँगै फूलको कारोबार बढ्ने अनुमान गरिएको छ । बोटमा फुल्ने फूल र प्लास्टिकबाट निर्मित सजावटका सामग्रीमध्ये ६० प्रतिशत काठमाडौँ उपत्यकामा प्रयोग हुने गरेको छ ।

कामपाले एकल प्रयोगको प्लास्टिकलाई निषेध गर्ने, प्लास्टिकको फूलगुच्छा उत्पादन, बिक्री वितरण र आयातमा समेत रोक लगाएकाले उत्पादित फूलको कारोबार थप बढ्ने अनुमान गरिएको हो ।

कामपाले गत साउन १ गतेदेखि ४० माइक्रोनभन्दा पातला प्लास्टिकमा प्रतिबन्ध लगाएको छ । कामपा प्रमुख बालेन्द्र साहले चालु आर्थिक वर्षको वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्ने क्रममा उक्त कुरा बताएका थिए ।

बढी मात्रामा प्लास्टिकको प्रयोगले वातावरणलाई बिगारेको र जसका कारण मानव स्वास्थ्यमा पनि ठूलो असर गरेको भन्दै कामपाले प्लास्टिक प्रयोगमा निषेध गरेको हो ।

प्लास्टिक र प्लास्टिकबाट निर्मित सजावटका सामग्री प्रयोगको अवस्था के छ भन्नेबारे जानकारी लिन र त्यस्ता सामग्री प्रयोग नगर्न आग्रह गर्नका लागि अहिले कामपाले नियमित अनुगमनको काम पनि गरिरहेको छ । रासस

Share152Tweet95SendShare
Previous Post

कर्णाली प्रदेशको स्थापना दिवस आज, प्रदेशभर सार्वजनिक बिदा

Next Post

समाजवादी मोर्चाले सातै प्रदेशमा सभा गर्ने

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

फागुनमा स्थानीय तहको चुनाव गर्ने तयारी, अन्तरजिल्ला मतदानको पनि अध्ययन
मुख्य समाचार

फागुनमा स्थानीय तहको चुनाव गर्ने तयारी, अन्तरजिल्ला मतदानको पनि अध्ययन

७:३२ बिहान, अशोज ५, २०८३
बाढी आउनुअघि नै उद्धार र राहतको तयारी गर्न अभिमुखीकरण
मुख्य समाचार

बाढी आउनुअघि नै उद्धार र राहतको तयारी गर्न अभिमुखीकरण

६:४१ बिहान, अशोज ५, २०८३
नेपालगन्जमा १५९औँ रामलिला घटस्थापनादेखि मञ्चन हुने
समाचार

नेपालगन्जमा १५९औँ रामलिला घटस्थापनादेखि मञ्चन हुने

५:४७ बिहान, अशोज ५, २०८३
लोककल्याणकारी विज्ञापनको कार्यविधि खारेजीको माग
मुख्य समाचार

लोककल्याणकारी विज्ञापनको कार्यविधि खारेजीको माग

४:२२ बिहान, अशोज ५, २०८३
एसपी कुँवरले कमान्ड गरेको नेपाल प्रहरी विशेष सुरक्षा गण नेपालगन्ज देशभरमै उत्कृष्ट बन्यो
समाचार

एसपी कुँवरले कमान्ड गरेको नेपाल प्रहरी विशेष सुरक्षा गण नेपालगन्ज देशभरमै उत्कृष्ट बन्यो

३:५९ बिहान, अशोज ५, २०८३
नेपालगन्जबाट १०७ ग्राम ब्राउनसुगरसहित श्रीमान्–श्रीमती पक्राउ
अपराध

नेपालगन्जबाट १०७ ग्राम ब्राउनसुगरसहित श्रीमान्–श्रीमती पक्राउ

१:२९ बिहान, अशोज ५, २०८३
नेपालगन्जमा पहिलो राष्ट्रिय पावरलिफ्टिङ च्याम्पियनसिप सम्पन्न, संगम र कुस्मा च्याम्पियन
खेल

नेपालगन्जमा पहिलो राष्ट्रिय पावरलिफ्टिङ च्याम्पियनसिप सम्पन्न, संगम र कुस्मा च्याम्पियन

४:५३ मध्यान्ह, अशोज ३, २०८३
विश्व पर्यटन दिवसमा जमुनाहा नाकामा पर्यटकलाई स्वागत गरिने
समाचार

विश्व पर्यटन दिवसमा जमुनाहा नाकामा पर्यटकलाई स्वागत गरिने

८:३३ बिहान, अशोज २, २०८३
Next Post
समाजवादी मोर्चाले सातै प्रदेशमा सभा गर्ने

समाजवादी मोर्चाले सातै प्रदेशमा सभा गर्ने

प्रजातान्त्रिक नेपाल जनस्वास्थ्य संघ लुम्बिनी प्रदेशको बैठक बुटवलमा

प्रजातान्त्रिक नेपाल जनस्वास्थ्य संघ लुम्बिनी प्रदेशको बैठक बुटवलमा

बाघको आक्रमणबाट चितवनमा एक जनाको मृत्यु

बस्तीमा देखिने बाघलाई अझै नियन्त्रणमा लिन सकिएन

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?