ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ मुख्य समाचार

उदाउँदो सूर्यलाई अर्घ्य दिएसँगै सम्पन्न भयो छठ पर्व, बागेश्वरी तलाउमा देखियो उल्लास

News Desk by News Desk
१०:४१ मध्यान्ह, कार्तिक ३०, २०८३
उदाउँदो सूर्यलाई अर्घ्य दिएसँगै सम्पन्न भयो छठ पर्व, बागेश्वरी तलाउमा देखियो उल्लास
374
सेयर
374
VIEWS
ShareTweetSendShare

बाँके, कात्तिक ३० गते ।
उदाउँदो सूर्यलाई अघ्र्य दिएसँगै यस वर्षको छठ पर्व सम्पन्न भएको छ। सोमबार बिहान नेपालगन्जस्थित बागेश्वरी मन्दिर परिसरको तलाउमा भेला भएका व्रतालुहरूले सूर्यलाई अघ्र्य दिएपछि चारदिने छठ पर्व विधिपूर्वक सम्पन्न भएको हो।

छठको मुख्य दिन आइतबार साँझ व्रतालुहरूले अस्ताउँदो सूर्यलाई अघ्र्य दिएका थिए। सोमबार बिहान उदाउँदो सूर्यलाई अघ्र्य दिएपछि पर्व समापन भएको हो। बिहानैदेखि बागेश्वरी तलाउमा व्रतालु र श्रद्धालुको उल्लेख्य भीड लागेको थियो।छठ पर्वका लागि बागेश्वरी मन्दिर परिसरको तलाउलाई सजाएर छठी घाट बनाइएको थियो। घाटमा टेन्ट, विद्युत् बत्ती, सरसफाइ तथा भजनकीर्तनको व्यवस्था गरिएको थियो। व्रतालुहरूले परम्परागत विधिअनुसार पूजा गरी सूर्यलाई अघ्र्य दिएका थिए।

छठ पर्व व्यवस्थापन समितिका अध्यक्ष तथा सुन्दरकाण्ड मित्रमण्डलका व्यवस्थापक जितेन्द्रकुमार सिंहले नेपालगन्जमा पछिल्ला वर्षमा छठ पर्वको आकर्षण बढ्दै गएको बताए। उनका अनुसार करिब दुई दशकअघि सुरु भएको छठ मनाउने परम्परा अहिले विस्तार हुँदै गएको छ।

‘पहिले मिथिला क्षेत्रमा बढी मनाइने छठ अहिले नेपालगन्जमा पनि व्यापक बन्दै गएको छ,’ उनले भने, ‘हरेक वर्ष व्रतालु र श्रद्धालुको संख्या बढिरहेको छ।’रोजगारी तथा अन्य कामको सिलसिलामा मिथिला क्षेत्रका बासिन्दा नेपालगन्ज आउन थालेपछि यहाँ छठ मनाउने परम्परा सुरु भएको सिंहले बताए। विवाह गरेर नेपालगन्ज आउने महिलाहरूको संख्या बढ्दै जाँदा पनि पर्व विस्तार भएको उनको भनाइ छ।पहिले जनकपुर, महोत्तरी, सप्तरीलगायत मिथिला क्षेत्रका जिल्लामा विशेष रूपमा मनाइने छठ पछिल्लो समय पश्चिम नेपालमा पनि उत्तिकै उत्साहका साथ मनाउन थालिएको छ। नेपालगन्जमा बागेश्वरी मन्दिर परिसरको तलाउ छठ पर्व मनाउने प्रमुख स्थलका रूपमा विकास हुँदै गएको छ।

सम्बन्धित समाचार

उपमहानगरले बेवास्ता गरेको कान्ति ताल सफाइमा जुट्यो श्रम संस्कृति पार्टी

सहकारीले खरिद सुरु गर्‍यो दश हजार क्विन्टल धान

१० करोड खर्चिएको कान्ति ताल बेहाल, संरक्षणमा उपमहानगर उदासीन

चार दिनसम्म मनाइने छठ पर्वमा पहिलो दिन नुहाएर चोखो भई सात्त्विक भोजन गर्ने, दोस्रो दिन खरना विधिअन्तर्गत प्रसाद ग्रहण गर्ने, तेस्रो दिन अस्ताउँदो सूर्यलाई अघ्र्य दिने र चौथो दिन उदाउँदो सूर्यलाई अघ्र्य दिने परम्परा छ।

सूर्यदेव र छठी माताको पूजा आराधना गरिने यस पर्वमा परिवारको सुख, शान्ति, समृद्धि र सुस्वास्थ्यको कामना गरिन्छ।

ADVERTISEMENT
Share150Tweet94SendShare
Previous Post

उपमहानगरले बेवास्ता गरेको कान्ति ताल सफाइमा जुट्यो श्रम संस्कृति पार्टी

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

उपमहानगरले बेवास्ता गरेको कान्ति ताल सफाइमा जुट्यो श्रम संस्कृति पार्टी
मुख्य समाचार

उपमहानगरले बेवास्ता गरेको कान्ति ताल सफाइमा जुट्यो श्रम संस्कृति पार्टी

९:०६ मध्यान्ह, कार्तिक २९, २०८३
सहकारीले खरिद सुरु गर्‍यो दश हजार क्विन्टल धान
कृषि

सहकारीले खरिद सुरु गर्‍यो दश हजार क्विन्टल धान

११:४३ मध्यान्ह, कार्तिक २८, २०८३
१० करोड खर्चिएको कान्ति ताल बेहाल, संरक्षणमा उपमहानगर उदासीन
मुख्य समाचार

१० करोड खर्चिएको कान्ति ताल बेहाल, संरक्षणमा उपमहानगर उदासीन

१:१२ बिहान, कार्तिक २७, २०८३
एकै रातमा खरानी बन्यो अमर ओलीको १४ वर्षको मेहनत, तीन करोडभन्दा बढीको क्षति, व्यवसाय पुनः उठाउन सहयोगको अपिल
दुर्घटना

एकै रातमा खरानी बन्यो अमर ओलीको १४ वर्षको मेहनत, तीन करोडभन्दा बढीको क्षति, व्यवसाय पुनः उठाउन सहयोगको अपिल

८:१८ बिहान, कार्तिक २६, २०८३
आज भाइटीका मनाइँदै, ११ः०७ बजे उत्तम साइत
मुख्य समाचार

आज भाइटीका मनाइँदै, ११ः०७ बजे उत्तम साइत

११:१९ मध्यान्ह, कार्तिक २५, २०८३
पश्चिम राप्तीमा ४८ किलोमिटर तटबन्ध निर्माण, १ हजार ४४० हेक्टर जमिन संरक्षण
मुख्य समाचार

पश्चिम राप्तीमा ४८ किलोमिटर तटबन्ध निर्माण, १ हजार ४४० हेक्टर जमिन संरक्षण

१:५८ बिहान, कार्तिक २५, २०८३
बाँकेमा भीषण आगलागी, दुई फर्ममा पाँच करोडभन्दा बढीको क्षति
दुर्घटना

बाँकेमा भीषण आगलागी, दुई फर्ममा पाँच करोडभन्दा बढीको क्षति

६:३७ बिहान, कार्तिक २४, २०८३
तीन करोड ५८ लाखका सात नगर बस अलपत्र, तीन वर्षदेखि बसपार्कमै थन्किए
मुख्य समाचार

तीन करोड ५८ लाखका सात नगर बस अलपत्र, तीन वर्षदेखि बसपार्कमै थन्किए

११:११ मध्यान्ह, कार्तिक २३, २०८३

Discussion about this post

मौसम रिपोर्ट

Nepalgunj, NP
22°
Sunny
6:40 am5:25 pm +0545
Feels like: 22°C
Wind: 13km/h W
Humidity: 74%
Pressure: 1012.53mbar
UV index: 3
TueWedThu
26°C / 14°C
27°C / 14°C
27°C / 14°C
powered by Weather Atlas
Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?