बाँके कार्तिक १२ गते ।
जबरजस्ती करणी मुद्दाका एकजना फरार प्रतिवादीलाई बाँके प्रहरीले पक्राउ गरेको छ ।
राप्ती सोनारी गाउँपालिक-५ का ३९ वर्षीय जन्जिर थारुलाई घरबाटै पक्राउ गरिएको बाँकेका प्रहरी प्रवक्ता नारायण डांगीले जानकारी दिनुभयो ।
बर्दिया राजापुर नगरपालिका-१५ निवासी हाल नेपालगन्ज उपमहानगरपालिका-६ फुलटेक्रा बस्ने ४५ वर्षकी महिलालाई थारुले जबर्जस्ती करणी गरेका थिए ।
थारुले २०७७ साल माघ १० गते ती महिलालाई जवरजस्ती करणी गरेको उल्लेख छ । थारुलाई थप कारबाहीका लागि आजै जिल्ला अदालत बाँकेमा बुझाइएको पनि प्रहरीले जनाएको छ ।
Discussion about this post