
बाँके कार्तिक ४ गते । नेपालगञ्ज रुपैडिहा सिमा नाका आज सुचारु भएको छ । शनिबारदेखि बन्द भएको नेपालगञ्ज रुपैडिहा सिमा नाका सोमबार साझ ६ बजे देखि कोलिएको छ । भारतको उत्तरप्रदेश बहराइच जिल्लामा सोमबार भएको विधान सभाको उप निर्वाचनको मतदानका लागी नेपालगन्ज रुपैडिहा सिमा नाका शनिबार देखि आज सम्मका लागि बन्द गरिएको हो । मतदान सोमबार साझ ६ बजे सकिएपछि पुनः नाका सुचारु भएको छ । सिमा नाकामा दशौ हजार बढी मान्छेहरुको भिड रहेको सिमा सुरक्षा जमुनाका प्रहरी इन्चार्ज माधब रिजालले जानकारी दिए ।














Discussion about this post