ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

सहमतिमै टुंगिन्छन् घरेलु हिंसाका मुद्दा, मुख्य कारण ‘मापसे’

News Desk by News Desk
५:५७ मध्यान्ह, मंसिर २३, २०८०
सहमतिमै टुंगिन्छन् घरेलु हिंसाका मुद्दा, मुख्य कारण ‘मापसे’
387
सेयर
385
VIEWS
ShareTweetSendShare

झापा मंसिर २३ गते ।
घरेलु हिंसाबाट पीडित महिला न्यायका लागि प्रहरीकहाँ पुग्ने गरे पनि अधिकांश मुद्दा सहमतिमै टुङ्गिने गरेका छन् । झापामा विगत तीन वर्षमा घरेलु हिंसाका छ सय २२ उजुरी प्रहरी कार्यालयमा दर्ता भएकामा पाँच सय उजुरीको निरुपण सहमतिबाटै भएको पाइएको छ ।

अधिवक्ता मणि पराजुलीका अनुसार घरेलु हिंसा (कसुर तथा सजाय) ऐन, २०६६ बमोजिम जुनसुकै व्यक्तिले घरेलु हिंसा भइरहेको र भएको विषयमा प्रहरीमा उजुरी दिनसक्ने कानुनी व्यवस्था छ । त्यस्तो उजुरी अदालत, स्थानीय तह र राष्ट्रिय महिला आयोगमा पनि दर्ता गर्न पाइने उनले बताए । अभियुक्त चाँडो पक्राउ पर्ने र सुरक्षा पाउने आशमा पीडित उजुरी लिएर प्रहरीकहाँ जाने गरेका अधिवक्ता पराजुली बताउँछन्। अरु निकायमा उजुरी दिँदा आरोपितलाई पक्राउ गर्न प्रहरी नै परिचालन हुने हुँदा उजुरी दिन पीडित प्रहरीकहाँ नै धाउने गरेका छन् ।

आर्थिक वर्ष २०७७÷७८ मा झापामा दुई सय २० घरेलु हिंसासम्बन्धी उजुरी प्रहरीमा दर्ता भएकामा ७८ प्रतिशत अर्थात् एक सय ७२ उजुरीमा बादी र प्रतिबादीबीच सहमति भएको प्रहरी उपरीक्षक दुर्गाराज रेग्मी बताउँछन्। सो अवधिमा प्रहरीमा दर्ता भएका १४ उजुरीमात्र अदालतसम्म पुगेका थिए । उजुरीकर्ता र आरोपितबीच सहमति भएपछि मुद्दा टुङ्गिने गरेका छन् ।

आव २०७८÷७९ मा दुई सय ४७ तथा आव २०७९÷८० मा एक सय ५५ घरेलु हिंसाका घटनाबारे उजुरी प्रहरीकहाँ दर्ता भएका थिए । आव २०७७÷७८ मा ८३ प्रतिशत अर्थात् दुई सय चार उजुरी सहमतिमा टुङ्गिएका थिए । सो अवधिमा प्रहरीकहाँ दर्ता भएका १२ उजुरीमात्र अदालतसम्म पुगेका थिए । आव २०७९÷८० मा ८० प्रतिशत अर्थात् एक सय २४ उजुरी सहमतिबाटै निरुपण भएको र चार उजुरीमात्र अदालतसम्म पुगेको प्रहरी उपरीक्षक रेग्मी बताउँछन्।

सम्बन्धित समाचार

वर्षायाम र नदी बहावका कारण सिधनियाघाटको वैकुण्ठधाम निर्माण अस्थायी रूपमा रोकियो

नौबस्तास्थित सशस्त्र प्रहरी शिक्षालयले मनायो २५औँ स्थापना दिवस

बाँकेमा पाँच हजारभन्दा बढी ग्राहकको विद्युत् लाइन काटियो

चालु आव २०८०÷८१ को कात्तिक मसान्तसम्म घरेलु हिंसाका ६९ उजुरी दर्ता भएकामा ५४ वटामा सहमति भइसकेको छ । यो सहमति कुल उजुरी सङ्ख्याका आधारमा ७८ प्रतिशत हो । उजुरी परेपछि प्रहरीले आरोपितलाई अनुसन्धानका लागि तत्कालै बोलाएर सोधपुछ गर्दै आएको छ । कतिपय उजुरीकर्ता नै आरोपित पक्षसँग कागजी सहमति गरेर मेलमिलापमा जान इच्छुक हुने भएकाले सहमति हुने गरेको प्रहरी उपरीक्षक रेग्मी बताउँछन्।

“घरेलु हिंसाका उजुरी आउनासाथ आरोपितलाई छलफलका लागि प्रहरी कार्यालयमा बोलाउने गरिएको छ”, प्रहरी उपरीक्षक रेग्मी भन्छन्, “दुवै पक्षबीच छलफल हुँदा मुद्दामा सहमति भयो भने हामी उहाँहरूलाई कागज गराएर घर पठाइदिन्छौँ ।” उजुरी परेका सबै घटना आरोप लगाउन मिल्ने किसिमका नहुने उनको भनाइ छ । “असमझदारी र आवेशमा हुने साना घटनामा पीडित छलफलपछि स्वतः मेलमिलापको चरणमा पुग्ने गरेका छन् । घरेलु हिंसाका घटनाको उजुरी लिखितरूपमै ल्याउनुपर्छ भन्ने हुँदैन । कोही पीडित घरेलु हिंसामा परेँ भनेर प्रहरीकहाँ मौखिक उजुरी लिएर आउनुभयो भने प्रहरीले उजुरीको प्रक्रियाका लागि निवेदन लेखिदिने काम गरिदिन्छन्”, प्रहरी उपरीक्षक रेग्मी भन्छन् ।
पीडित पक्षले उजुरी फिर्ता लिँदा र छलफलपछि दुवै पक्ष मेलमिलापमा जाँदा प्रहरी कार्यालयबाटै सहमतिमा मुद्दा टुङ्गिने अधिवक्ता पराजुली बताउँछन्। उनी भन्छन्, “कतिपय घटनामा चाहिँ आरोपित पक्षको धम्की, आर्थिक प्रलोभन र पारिवारिक प्रोत्साहनको अभावका कारण पनि पीडित उजुरी फिर्ता लिएर बाध्यताले सहमतिमा गएका हुन सक्छन् ।”

घरेलु हिंसाका घटनाको उजुरी अदालतमा दर्ता भएमा आरोपितलाई पक्राउ गर्न अदालतले पक्राउ पूर्जी जारी गर्न सक्ने, प्रहरीमा उजुरी दर्ता भए प्रहरीबाटै २४ घण्टाभित्र हाजिर हुन आउने पत्र पठाउने र पालिकामा दर्ता भएका उजुरीमा समेत हाजिर हुन आउने पत्र पठाउन सक्ने कानुनी व्यवस्था रहेको अधिवक्ता पराजुलीले जानकारी दिनुभयो ।

ADVERTISEMENT

घरेलु हिंसाको मुख्य कारण ‘मापसे’

विगत तीन वर्षमा झापा प्रहरी कार्यालयमा परेका घरेलु हिंसाका घटना तथ्याङ्क हेर्दा हिंसाको मुख्य कारण मादक पदार्थ सेवन ‘मापसे’ नै देखिएको छ । ‘मापसे’ गरेर श्रीमतीमाथि हिंसा गर्ने बढी पाइएको छ ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी खगेन्द्र रिजालका अनुसार विगत तीन वर्षमा घरेलु हिंसाका छ सय २२ उजुरी दर्ता भएकामा दुई सय १५ उजुरी मापसेका कारण भएका छन् । आव २०७७÷७८ मा दुई सय २० उजुरीमध्ये ७१ मापसेसँग सम्बन्धित छन् । आव २०७८÷७९ मा दुई सय ४७ उजुरीमध्ये ७६ तथा आव २०७९÷८० मा एक सय ५५ उजुरीमध्ये ६८ मापसेका कारण भएका सूचना अधिकारी रिजालले बताए ।

कुटपिट, झैझगडा, गरिबी र फोनका कारण पनि घरेलु हिंसाका घटना भएको भन्दै प्रहरीकहाँ उजुरी पर्ने गरेको छ । तीन वर्षयता झैझगडाका दुई सय ११, गरिबीका एक सय १० र फोनका ८१ उजुरी प्रहरीकहाँ दर्ता भएको तथ्याङ्क छ । यस्ता घरेलु हिंसाका उजुरी प्रायः सहमतिमा टुङ्गिने गरेका छन् । कुटपिट र झैझगडाका उजुरी छलफलपछि पनि नमिल्दा अदालतसम्म पुग्ने गरेको पाइएको छ । रासस

Share156Tweet96SendShare
Previous Post

रारामा चार महिनामा चार हजार पर्यटक

Next Post

भ्रष्टाचार विरुद्ध नेपालगन्जमा वाकाथन

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

वर्षायाम र नदी बहावका कारण सिधनियाघाटको वैकुण्ठधाम निर्माण अस्थायी रूपमा रोकियो
समाचार

वर्षायाम र नदी बहावका कारण सिधनियाघाटको वैकुण्ठधाम निर्माण अस्थायी रूपमा रोकियो

१:३२ बिहान, जेष्ठ ९, २०८३
नौबस्तास्थित सशस्त्र प्रहरी शिक्षालयले मनायो २५औँ स्थापना दिवस
समाचार

नौबस्तास्थित सशस्त्र प्रहरी शिक्षालयले मनायो २५औँ स्थापना दिवस

८:१६ बिहान, जेष्ठ ३, २०८३
बाँकेको चौफेरीमा ५० वर्षपछि पुग्यो विद्युत
समाचार

बाँकेमा पाँच हजारभन्दा बढी ग्राहकको विद्युत् लाइन काटियो

७:२१ बिहान, जेष्ठ १, २०८३
बर्दियामा मानव बेचबिखन न्यूनीकरणसम्बन्धी दुई दिने तालिम सम्पन्न
समाचार

बर्दियामा मानव बेचबिखन न्यूनीकरणसम्बन्धी दुई दिने तालिम सम्पन्न

८:३४ बिहान, बैशाख ३०, २०८३
आप्रवासी स्रोत केन्द्रबाट ६ हजार बढीले सेवा लिए
समाचार

आप्रवासी स्रोत केन्द्रबाट ६ हजार बढीले सेवा लिए

८:०० बिहान, बैशाख २८, २०८३
कोहलपुरको शान्तिनगर बस्ती हटाउँदा सयौँ परिवार चिन्तित
समाचार

कोहलपुरको शान्तिनगर बस्ती हटाउँदा सयौँ परिवार चिन्तित

७:३५ बिहान, बैशाख २८, २०८३
नेपाल–भारत उच्चस्तरीय समन्वय बैठक सम्पन्न
समाचार

नेपाल–भारत उच्चस्तरीय समन्वय बैठक सम्पन्न

४:५२ बिहान, बैशाख २३, २०८३
नेपालगन्जमा आवास बिमा कार्यक्रमअन्तर्गत पहिलो दाबी भुक्तानी हस्तान्तरण
समाचार

नेपालगन्जमा आवास बिमा कार्यक्रमअन्तर्गत पहिलो दाबी भुक्तानी हस्तान्तरण

१२:४२ बिहान, बैशाख २३, २०८३
Next Post
भ्रष्टाचार विरुद्ध नेपालगन्जमा वाकाथन

भ्रष्टाचार विरुद्ध नेपालगन्जमा वाकाथन

एकै रात आधा दर्जन घरमा चोरी

एकै रात आधा दर्जन घरमा चोरी

नेपालगन्ज–१८ मा सडक पूर्वाधारको काम सुरु

नेपालगन्ज–१८ मा सडक पूर्वाधारको काम सुरु

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?