ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ विचार/अन्तर्वार्ता

मैले देख्न नसकेको विभेद

News Desk by News Desk
९:१८ बिहान, पुस १३, २०८०
मैले देख्न नसकेको विभेद
402
सेयर
401
VIEWS
ShareTweetSendShare

बाँके पुस १३ गते ।
कोहलपुर चपरगौडीको भण्डारी टोल, जहाँ म हुर्के । हाम्रो परिवार ५५ सालमा बर्दियाबाट बसाई
सरेर आएको थियो । हामीजस्तै अरू परिवारहरू पनि दाङ, सुर्खेत, बाजुरा, सल्यान, हुम्ला, बर्दिया रकाठमाडौं लगायतका विभिन्न ठाउँहरूबाट बसाइँसराइँ गरेर आएका थिए ।

त्यो टोलमा जम्माजम्मी गरेर करिब दुई सय घरधुरी थियौँ । बाहुन, क्षत्रीहरूको बाहुल्यता रहेको टोलमा केही घर ठकुरी र थारुहरूको थियो । जम्मा एक घर दलित समुदायका बुद्दि बहादुर सार्कीको थियो । उहाँ पनि बर्दियाबाटै बसाइ सरेर आउनुभएको थियो । सायद, हामी सबै विभिन्न ठाउँहरूबाट आएकैले हुनसक्छ, आपसमा आत्मीय सम्बन्ध बिस्तार हुँदै गयो ।

अहिले त्यो जानकीनगर टोलले परिचित छ भने करिब चार सय बढि घरधुरीहरू रहेका छन् ।
यस्तै ५÷६कक्षामा पढ्थे हुँला । म सँगैकी बुद्दि बहादुर बुबाको छोरी थिइन् । उनी भर्खरै कक्षा १ मा पढ्न जाने गर्थिन् । हामी सँगै स्कूल जाने आउने गर्थ्यौँ । बाख्रा चराउन, घाँस काट्न पनि सँगसँगै जाने आउने गर्थ्यौँ । उनको घरमा मिठो खानेकुराहरू पाक्दा बासनाले तानेर लान्थ्यो । म जान्थे, आनन्दले खाएर फर्किन्थे । मसँगसँगै अरू दौतरीहरू पनि जान्थे, मैले जसरी नै खाएर फर्किन्थे ।

हामी सबै दौतरीहरू एकसाथ खेल्थ्यौँ । रमाउँथ्यौँ ।मलाई याद भएअनुसार, हामी केटाकेटीहरू मात्रै नभएर हाम्रा बा–आमाहरू पनि एकापसमा मिलेर बस्नुहुन्थ्यो । अर्मपर्म चलाउनुहुन्थ्यो । ऐँचोपैचो, सर सापट गर्नुहुन्थ्यो । पानी पधेँरो सबै साझा थियो ।
जसको घरमा पूजा राखिएपनि सबैजना सरिक हुने, उत्सब मनाउने गर्थ्यौँ ।
हामी बसाइ सरेर आएपछि सार्की बुबाले नै सबै घरहरू बनाउनुभएको थियो । उहाँ आफ्नो काममा एकदम अब्बल हुनुहुन्थ्यो । उहाँलाई सबैले ‘मिस्त्री’ बुबा, दाइ भन्ने गर्थे । माटाका गारा, काठका झ्याल ढोका, जस्तापाता, खर र टायलले छानो हालिएका घरहरू बनाइएका थिएँ ।
मलाई सानैदेखि सफा र चिटिक्कका घरहरू असाध्यै मन पर्थ्यो । हाम्रा घरहरू लिपपोत गरिएको हुन्थ्यो । टोलभरिमै सार्की बुबाको घर सानो र साह्रै आकर्षक लाग्थ्यो । एकदमै
सफासुग्घर थियो ।

सम्बन्धित समाचार

नेपालगन्जमा सामुदायिक कुकुरको त्रास, दुर्घटनाको जोखिम बढ्दो

प्रहरीको शक्ति नागरिकको विश्वासमा छ : आईजीपी कार्की

युवा उद्यमशीलता प्रवद्र्धनमा जोड, बाँके युनेस्को क्लबद्वारा कर्मचारीलाई अभिमुखीकरण

उहाँको त्यो घरजस्तै हाम्रो घर पनि आकर्षक होस् भन्ने सोच्थेँ । घर आकर्षक बनाउनका
लागि मैले पनि माटो र गोबर मिसाएर घर लिप्थे। आँगन लिप्थे । बाटो समेत लिप्थे । लिपेको नसुकीकन कोही हिडेमा म रिसाउँथे । मैले लिपेको आँगन र बाटोको लिपपोतसङ्गै साँझ दर्केको पानीले सबै बिगार्थो । साह्रै चित्त दुख्थ्यो अनि रुन मन लाग्थ्यो अनि फेरि सफा चिटिक्क देखियोस भनेर लिप्ने गर्थे । घरकाले र छिमेकीले समेत
‘यसले कत्ति लिपेकी ? यसले घर लिप्यो कि पानी पर्छ’ भन्थे ।

ठ्याक्कै थाह त भएन सायद २०६१ सालतिरको कुरा हो, मिस्त्री बुबाको छोराले क्षेत्रीको छोरी भगाएर ल्याउनु भयो ।
छोरोको बिहे धुमधामसँग गर्ने मिस्त्री बुबाको ठुलो धोको रहेछ । छोराले भने केटी सुटुक्कै भगाएर ल्याएपछि बुबामा केही असन्तुष्टि छायो । तर उहाँले गाउँका सबैलाई बिहे भोज खुवाउने निधो गर्नुभयो । गाउँमा सबैको विहे, ब्रतबन्ध, पूजाआजाको निम्तो मान्दै आएको बुबालाई आफ्नो घरको तर्फबाट बिहेको भोज खुवाउने धोको पुरा गर्नु थियो ।
उहाँले दुलही भित्र्याउने, बिहेको भोज खुवाउने प्रण गर्नुभयो । अनि बिहेको तयारीमा लाग्नुभयो । तयारी चलिरहेकै एक विहान मिस्त्री बुबा हाम्रो घरमा आउनुभयो ।
मेरो बुबासँग उहाँले सहयोगको अनुरोध गर्नुभयो ।
“छोरोको बिहेको भोज हजुरको घरमा गर्नुपर्यो”,
“किन र ?”,
“मेरो घरमा सबै नआउलान् कि भोज खान !?”
“आउने जति आउँछन्, नआउने जति आउँदैनन् । किन कर गरि गरि बोलाउनू ?”
उहाँहरूले यस्तो भनेको सुनेर मलाई अचम्म लाग्यो । उहाँहरूबीचको यो संवादपछि बिहे भोजका
निमित्त पकाउने, खाने र खुवाउने बन्दोबन्द हाम्रो घरमा गरियो ।

मिस्त्री बुबाले आफ्नो घरमा धूमधामसँग बुहारी भित्र्याउनुभयो । हाम्रो घरमा सबैलाई भोज
खुवाउनुभयो । त्यो दिन मैले थाहा पाएँ, विभिन्न ठाउँहरूबाट आएर बसालेको नयाँ बस्ती, सुन्दर र आकर्षक टोल बसाल्नका निमित्त घर निर्माण गर्ने दक्ष मिस्त्री बुबाको घर ‘अछूतको घर’ मानिने रहेछ ।
किशोरअवस्था भरि मैले देख्न नसकेको छुवाछुत बल्ल वयस्क लाग्दा बल्ल मैले देख्न सकेँ ।
(सुवेदी ‘सामाजिक न्यायका लागि लेखन कार्यशाला’का सहभागी हुन्।) सरला सुवेदी

ADVERTISEMENT
Share161Tweet100SendShare
Previous Post

बाँकेमा बाक्लो हुस्सु लाग्न थाल्यो

Next Post

दाङका थारु बस्तीमा माघीको चहलपहल सुरु

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

नेपालगन्जमा सामुदायिक कुकुरको त्रास, दुर्घटनाको जोखिम बढ्दो
समाचार

नेपालगन्जमा सामुदायिक कुकुरको त्रास, दुर्घटनाको जोखिम बढ्दो

४:०९ बिहान, अशोज २७, २०८३
प्रहरीको शक्ति नागरिकको विश्वासमा छ : आईजीपी कार्की
समाचार

प्रहरीको शक्ति नागरिकको विश्वासमा छ : आईजीपी कार्की

३:५३ बिहान, अशोज २६, २०८३
युवा उद्यमशीलता प्रवद्र्धनमा जोड, बाँके युनेस्को क्लबद्वारा कर्मचारीलाई अभिमुखीकरण
समाचार

युवा उद्यमशीलता प्रवद्र्धनमा जोड, बाँके युनेस्को क्लबद्वारा कर्मचारीलाई अभिमुखीकरण

७:१५ बिहान, अशोज २५, २०८३
वडादशैं सुरु, आज घटस्थापना
समाचार

घटस्थापनासँगै बडादशैं सुरु, कात्तिक ४ गते टीका

१२:२५ बिहान, अशोज २५, २०८३
मुद्दाको चाप बढे पनि बाँके अदालतमा एक महिनामै १ हजार ३ सय मुद्दा फछ्र्योट
समाचार

मुद्दाको चाप बढे पनि बाँके अदालतमा एक महिनामै १ हजार ३ सय मुद्दा फछ्र्योट

६:२२ बिहान, अशोज २२, २०८३
असोज २९ देखि दसैंलाई नयाँ नोट
समाचार

दसैँमा नयाँ पैसा लिन सजिलो : बैंकको एटिएमबाटै १०० को नोट पाइने

७:३५ बिहान, अशोज २१, २०८३
एसपी जिसीको कडा निर्देशनपछि गाउँमा पनि पक्राउ पर्न थाले जुवाडे
समाचार

चाडपर्वमा बाँके प्रहरीको सुरक्षा कडा, एक हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन

२:५८ बिहान, अशोज १९, २०८३
दसैँ–तिहारका लागि नेपालगन्जमा सहुलियत दरमा चामल
समाचार

दसैँ–तिहारका लागि नेपालगन्जमा सहुलियत दरमा चामल

१:१६ बिहान, अशोज १९, २०८३
Next Post
दाङका थारु बस्तीमा माघीको चहलपहल सुरु

दाङका थारु बस्तीमा माघीको चहलपहल सुरु

बन्द हुने अवस्थामा सरुवा रोग अस्पताल

बन्द हुने अवस्थामा सरुवा रोग अस्पताल

क्यासिनोमा प्रतिवन्धित भारतीय रुपैयाँ खोज्दै वडा प्रहरी

क्यासिनोमा प्रतिवन्धित भारतीय रुपैयाँ खोज्दै वडा प्रहरी

Discussion about this post

मौसम रिपोर्ट

Nepalgunj, NP
29°
Fair
6:17 am5:51 pm +0545
Feels like: 33°C
Wind: 5km/h W
Humidity: 74%
Pressure: 1013.21mbar
UV index: 0
WedThuFri
32°C / 21°C
32°C / 21°C
31°C / 20°C
Nepalgunj, NP 10 days weather forecast ▸
Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?