ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ मुख्य समाचार

अपराध अनुसन्धानमा प्रविधिको प्रयोग बढाउँदै प्रहरी

News Desk by News Desk
३:४२ मध्यान्ह, माघ ६, २०८०
अपराध अनुसन्धानमा प्रविधिको प्रयोग बढाउँदै प्रहरी
375
सेयर
368
VIEWS
ShareTweetSendShare

काठमाडौँ माघ ६ गते ।
अपराध नियन्त्रण तथा अनुसन्धान तथा ट्राफिक व्यवस्थापन कार्यमा नेपाल प्रहरीद्वारा गरिने प्रविधिको प्रयोग बढ्दै गएको छ । जसका कारण अभियुक्तले अदालतमा इन्कारी बयान गर्दा पनि प्रविधिको प्रयोगका कारण आधिकारिकता प्रमाणित गर्न सहज हुँदै गएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

काठमाडौँ उपत्यका प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक दिनेशराज मैनाली पछिल्लो समयमा प्रहरीले प्रविधिलाई भरपुर उपयोग गर्ने नीति अवलम्बन गरेको र सोही अनुसार कार्य अघि बढाइएको बताए ।

हालै मात्र प्रहरीद्वारा सफल अनुसन्धान भई अदालतमा थुनछेक बहसका क्रममा रहेको मुलुकभर तथा नेपाली डायस्पोरासमेतमा बहु–चर्चित मुद्दामा पनि उच्चतम प्रविधिको प्रयोग भएको मैनालीले बताए । अपराध अनुसन्धानमा आधुनिक प्रविधिको भूमिका दिनानुदिन बढ्दै गएकाले पनि प्रहरीले उक्त अभ्यासलाई अधिकतम प्रयोग गरिरहेको उनको भनाइ थियो ।

अनुसन्धान कार्यमा सङ्कलित दशी प्रमाणको परीक्षणका लागि हाल सामाखुशीस्थित नेपाल प्रहरी केन्द्रीय विधिविज्ञान प्रयोगशाला रहेको छ । उक्त प्रयोगशालामा रहेका विभिन्न ११ वटा शाखाबाट रसायन तथा लागुऔषध, विस्फोटक पदार्थ, विष विज्ञान, डिएनए, जीवसिरम विज्ञान, ब्यालेस्टिक, विवादास्पद प्रलेख, भौतिक (फुट प्रिन्ट, सवारी साधनको इन्जिन–चेसिस), फोटोग्राफीको वैैज्ञानिक परीक्षण एवं विश्लेषण गर्दै आएको छ ।

सम्बन्धित समाचार

जलविद्युतको सम्भाव्यता अध्ययन गर्दै प्रदेश सरकार

बिमाको रकम भुक्तानी नगर्दा भेरी अस्पतालको सेवा प्रवाहमा समस्या

सरकारी निकायले अब चेक काट्न नपाउने

औँला छाप, एफआइएस (अटोमेटेड फिङ्गर प्रिन्ट आइडेन्टिफिकेशन सिस्टम) आदि भौतिक सबुद–प्रमाणको वैैज्ञानिक परीक्षण एवं विश्लेषण गरी सम्बन्धित निकायहरुलाई विशेषज्ञ राय उपलब्ध गराई अपराध अनुसन्धान र न्याय सम्पादन कार्यमा प्रहरीले सहजीकरण गर्दै आएको छ ।

काठमाडौँबाहिर धरानमा विष विज्ञान र लागुऔषध तथा नेपालगञ्जमा विष विज्ञानको परीक्षण गरी सम्बन्धित निकायलाई रायसहितको प्रतिवेदन दिने कार्य भइरहेको छ । डिजिटल फरेन्सिक ल्याब (डिएफएल) ले कम्प्युटर, फोन लगायतको डिजिटल परीक्षण, डाटा रिट्राइभ, विश्लेषण तथा अन्य वैज्ञानिक परीक्षण गरी रायसहितको प्रतिवेदन दिने गरिएको छ ।

पोलिग्राफ मेसिनद्वारा आशङ्कित व्यक्तिले झुट बोलेको नबोलेको सम्बन्धमा परीक्षण गर्ने गरिन्छ । ज्यानसम्बन्धी कसुरलगायत अन्य कारणले भएको मृत्युका कारण पत्ता लगाउन त्रिवि शिक्षण अस्पताल फरेन्सिक विभागमा शवपरीक्षण गरिने गरिन्छ । साथै अन्यत्र जिल्लामा पनि जिल्लास्तरसम्मै शवपरीक्षण गरिन्छ ।

ADVERTISEMENT

कहिलेकाहीँ विवादित मुद्दाको अनुसन्धान गर्ने कार्य र भयानक दुर्घटनाका कारण भएको दुःखद मृत्युमा शवको पहिचानका लागि भने बाहिर जिल्लाबाट शवलाई त्रिवि शिक्षण अस्पताल फरेन्सिक विभागमा ल्याएर परिवारलाई शव बुझाइने गरिएको प्रहरीले जनाएको छ ।

केही वर्षअघिसम्म पुलिस रिपोर्ट लिन असाध्यै कठिन थियो । हालैका दिनमा प्रविधिमार्फत संसारको जुनसुकै कुनाबाट अनलाइन फारम भरेको केही दिनभित्र पुलिस रिपोर्ट प्राप्त गर्न सकिने गरी व्यवस्थापन गरिएको प्रहरीका केन्द्रीय प्रवक्ता, प्रहरी नायब महानिरीक्षक भीमप्रसाद ढकालले जानकारी दिए ।

प्रहरी एप्समार्फत अपराध भएको, हुनसक्ने जानकारी प्रहरीलाई पठाई १००, १०३ र १०४ मा फोन गरी नागरिकले अपराध नियन्त्रण र अनुसन्धानमा ‘बिनावर्दीको प्रहरी’को भूमिका निर्वाह गर्नसक्ने प्रहरी वरिष्ठ उपरीक्षक मैनालीले बताए । उनका अनुसार ट्राफिक प्रहरीद्वारा सवारी दुर्घटना न्यूनीकरणका तथा अनुसन्धानका लागि विविध प्रविधि प्रयोगमा ल्याइएका छन् ।

सिसीटिभी क्यामेरा, ट्राफिक लाइट, स्ट्रिट लाइट, रोड साइन एन्ड सिग्नल, रोड मार्किङ्स, राडर गन, लिडार गन, ब्रेथ लाइजर, ड्रग्स डिटेक्सन किट, गोप्रो क्यामेरा, भ्वाइस रेकर्डर, सर्भिलेन्स क्यामेरा जडित सवारी साधन, ह्विल लक, चेन लक, म्याजिक लाइटको प्रयोगबाट उपत्यकामा सवारी आवागमनलाई व्यवस्थित गर्न थालिएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता राजेन्द्रप्रसाद भट्टले जानकारी दिए ।

उपत्यकाको मुख्य मुख्य नाकामा भेइकल स्क्यानरलगायत थप प्रविधि भित्र्याउन पहल भइरहेको छ । विभिन्न एप्समार्फत सवारी जरिवाना तिर्ने कार्यले पनि नागरिकको समयको बचत हुन गएको उनले बताए ।

पछिल्लो समयमा काठमाडौँ उपत्यका प्रहरीले सिसी क्यामेराका अलावा अटोमेटिक नम्बर प्लेट रिकग्नाइजेसन क्यामेरा (एएनपिआर) प्रयोगमा ल्याएको छ । मुख्यगरी यसले चालकको गतिविधि नियन्त्रणमा सहयोग पुग्ने उपत्यका प्रहरी कार्यालयका प्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक मैनालीले बताए ।

“सिट बेल्ट लगाएको छ कि छैन, चालकले धुमपान गरेर गाडी चलाएको छ कि ? फोनमा कुरा गरेर पो गाडी चलाएको छ कि ? भनेर पत्ता लगाउन उक्त क्यामेराले सहयोग गर्छ”, उनले भने, “नम्बर प्लेटलाई पनि रिड गरेर पठाउने उक्त प्रविधि आधुनिक हो । यसले नम्बर प्लेट र चालकको सिटसम्मकै गतिविधि फोटो खिचेर सर्भरमा पठाउने हुँदा ट्राफिकिङमा ठूलो सहयोग गर्ने विश्वास गरिएको छ ।”

मैनालीका अनुसार उपत्यकामा यस्ता विभिन्न प्रविधियुक्त क्यामेरा एक सय ७० वटा राख्न थालिएको छ । फेस रिड क्यामेरा १० ठाउँमा, अटोमेटिक नम्बर प्लेट रिकग्नाइजेसन क्यामेरा १० ठाउँमा र भिडियो म्यानेजमेन्टसहितको क्यामेरा (एआई प्रविधिमा आधारित) एक सय ५० स्थानमा जडान गर्न लागिएको उनले जानकारी दिए । रासस

 

Share154Tweet92SendShare
Previous Post

अशोक कुमार यादवले दिए राजिनामा

Next Post

सुर्खेतमा दुई यातायात व्यवसायीबीच झड्प

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

जलविद्युतको सम्भाव्यता अध्ययन गर्दै प्रदेश सरकार
समाचार

जलविद्युतको सम्भाव्यता अध्ययन गर्दै प्रदेश सरकार

८:१५ बिहान, असार ३०, २०८२
बाँकेमा स्क्रब टाइफस र डेंगुको सङ्क्रमण बढ्दै
मुख्य समाचार

बिमाको रकम भुक्तानी नगर्दा भेरी अस्पतालको सेवा प्रवाहमा समस्या

४:०८ बिहान, असार ३०, २०८२
सरकारी निकायले अब चेक काट्न नपाउने
समाचार

सरकारी निकायले अब चेक काट्न नपाउने

८:३७ बिहान, असार २९, २०८२
औद्योगिक क्षेत्र विकासको भवन निर्माण प्रक्रिया अगाडी बढ्यो
मुख्य समाचार

औद्योगिक क्षेत्र विकासको भवन निर्माण प्रक्रिया अगाडी बढ्यो

२:२१ बिहान, असार २८, २०८२
आज बजेट सार्बजनिक हुनेः सरकारी कर्मचारीको तलब बढने
समाचार

कर्णाली सरकारको ११ अर्ब फ्रिज

१:३६ बिहान, असार २८, २०८२
बाँकेका स्थानीय तहले ६ महिनामा कति गरे खर्च ?
समाचार

बाँकेका पाँच स्थानीय तहको वित्तीय प्रगति सार्वजनिक

१:३२ बिहान, असार २८, २०८२
कोहलपुरमा थप १२२ जना अव्यवस्थित वसोवासीलाई लालपुर्जा
समाचार

कोहलपुरमा थप १२२ जना अव्यवस्थित वसोवासीलाई लालपुर्जा

१:४३ बिहान, असार २७, २०८२
जीविकोपार्जनको माध्यम बन्दै सामुदायिक वन
समाचार

तीन लाख ४० हजार क्युफिट दाउरा उत्पादन

१:३४ बिहान, असार २७, २०८२
Next Post
सुर्खेतमा दुई यातायात व्यवसायीबीच झड्प

सुर्खेतमा दुई यातायात व्यवसायीबीच झड्प

कोरोना भाइरसविरुद्धको खोप विसर्जन गरिँदै

कोरोना भाइरसविरुद्धको खोप विसर्जन गरिँदै

राप्ती सोनारी गाउँपालिकाले गर्यो वडागत बजेट विनियोजन

राष्ट्रपति तथा अध्यक्ष कप रनिङ्ग शिल्डको तयारी सुरु

Discussion about this post

मौसम रिपोर्ट

Nepalgunj
◉
28°
Cloudy
5:30 am7:18 pm +0545
Feels like: 35°C
Wind: 8km/h E
Humidity: 88%
Pressure: 1001.02mbar
UV index: 0
WedThuFri
32/27°C
32/27°C
35/28°C
Weather forecast Nepalgunj, Nepal ▸
Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?