ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

२४ सैँ घण्टा व्यवसाय सञ्चालन गर्ने निर्देशनपछि ठमेल उत्साहित

News Desk by News Desk
४:१३ मध्यान्ह, चैत्र ८, २०८०
२४ सैँ  घण्टा व्यवसाय सञ्चालन गर्ने निर्देशनपछि ठमेल उत्साहित
382
सेयर
381
VIEWS
ShareTweetSendShare

काठमाडौं चैत ८ गते ।
ठमेलको सञ्चयकोष नजिकै बर्गर पसल र क्याफे सञ्चालन गर्दै आएउनुभएका सन्तोष लामिछानेले व्यवसाय व्यवस्थित बनाउन थप कर्मचारी खोजी गर्दै हुनुहुन्छ । गृहमन्त्रालयको सचिवालयले २४सै घण्टा पर्यटन व्यवसाय सञ्चालन गर्ने विषयमा सम्बन्धित निकायलाई निर्देशन दिएपछि सन्तोषजस्ता थुप्रै पर्यटन व्यवसायी उत्साहित हुनुहुन्छ ।

ठमेल र दरबारमार्ग क्षेत्रका व्यवसायी थप व्यापार फस्टाउन रचनात्मक योजना बनाइरहनुभएको छ । “कर्मचारी बढाउनुपर्छ, क्याफे पनि अलि चिटिक्क पार्दैछु”, सन्तोषले रासससँग भन्नुभयो, “अब भने पर्यटक फर्काउनु पीडा हुँदैन भन्नेमा ढुक्क छु ।”

यसअघि उहाँले धेरैपटक क्याफेमा आएका पर्यटकलाई समय सकियो भन्दै सटर बन्द गर्नुपेरको अनुभव सुनाउनुभयो । बेलुका १२ बजेसम्म पर्यटक उहाँको क्याफेमा रमाउनुहुन्थ्यो । समय अवधि सकिएपछि ‘तपाईं निस्किनुस्’ भन्न निकै अमानवीय स्वाभाव लाग्ने गरेको सन्तोषले बताउनुभयो । “यो चिन्ता अबदेखि हट्दैँछ । अब पर्यटक पनि खुसी हुन्छन् । आफ्नो व्यवसाय पनि थप चलायमान हुनेछ”, उहाँले भन्नुभयो ।

ठमेलका मुनलाइट होटल सञ्चालक सागर पाण्डेले सरकारले २४सै घण्टा व्यवसाय सञ्चालन गर्न दिँदा पर्यटकले भरपुर मनोरञ्जन गर्न पाउने बताउनुभयो । व्यवसाय अझै चुस्त पार्न उहाँले तीन सिफ्ट स्टाफ खटाउने तयारी गरिरहेको बताउनुभयो । व्यवसाय फस्टाउँदै गए रोजगारीका अवसरहरु पनि सिर्जना हुने उहाँको भनाइ छ ।

सम्बन्धित समाचार

बर्दियाका स्थानीय तहहरुमा युवा सहभागिता सम्बन्धि कार्यविधि निर्माण कार्यशाला

राजापुर चिनी कारखानाले मंसिरबाट उत्पादन सुरु गर्ने

लुम्बिनी प्रदेशको छैटौँ अधिवेशनको दोस्रो बैठक बस्दै

ठमेल पर्यटन विकास परिषद्का अध्यक्ष भविश्वर शर्माले डेढ वर्षदेखि सरकारसँग ठमेल र दरबारमार्ग क्षेत्रमा २४सै घण्टा पर्यटन व्यवसाय सञ्चालन गर्न माग राख्दै आएको बताउनुभयो । सोही मागअनुसार गृहमन्त्रालय सकारात्मक भएको उहाँको भनाइ छ ।

सुरक्षा, व्यवस्थित र रचनात्मक पर्यटन सेवा दिन आचारसंहिता हुन जरुरी रहेकाले व्यावसायिक आचारसंहिताको खाका (ड्राफ्ट) तयारी भइरहेको अध्यक्ष शर्माले जानकारी दिनुभयो । उहाँका अनुसार रात्रिसेवा सञ्चालन हुनसके अर्थतन्त्र चलायमान हुने, कोरोनाले थला परेका व्यवसायीमा उत्साह बढ्ने, रोजगार सिर्जना हुने, राज्यको राजस्वमा वृद्धि हुनेलगायतका क्षेत्रमा सकारात्मक प्रभाव हुनेछ ।

“पर्यटकले रातिको समयमा खान बस्न जुन समस्या झेल्नुपरेको थियो, त्यो अब समाधान हुँदै जानेछ”, अध्यक्ष शर्माले भन्नुभयो । व्यवसायीले सिसी क्यामेरा जडान गर्नुपर्ने, सामुदायिक सुरक्षा गार्ड राख्ने, प्रहरी र ट्राफिक परिचालन गर्नेलगायत सुरका विषयमा तयारी भइरहेको उहाँले बताउनुभयो ।

ADVERTISEMENT

शर्माले भन्नुभयो, “परिष्दले २०÷२५ जना सामुदायिक सुरक्षा गार्ड समेत राख्ने योजना बनाएको छ ।” उहाँका अनुसार ठमेलमा ८० प्रतिशत व्यापार बाह्य पर्यटकबाट र २० प्रतिशत आन्तरिक पर्यटकबाट हुने गरेको छ ।

शर्माले ठमेल क्षेत्रमा मात्रै लगभग १० हजार व्यवसायी आबद्ध रहेको जानकारी दिनुभयो । आगामी वैशाख १ गतेभित्र रात्रिकालीन व्यवसाय सञ्चालनमा ल्याउन परिषद्ले पहल गर्ने उहाँले बताउनुभयो । उहाँका अनुसार जिल्ला प्रशासन कार्यालयले भने कहिलेदेखि कार्यान्वयनमा ल्याउने भनेर मिति तोकेको छैन ।

जिल्ला प्रशासन कार्यालय काठमाडाँैका सहायक प्रमुख जिल्ला अधिकारी हरिप्रसाद शर्माले रात्रिकालीन पर्यटन व्यवसाय सञ्चालन व्यवस्थित गर्ने विषयमा कार्यविधि बनिरहेको बताउनुभयो । उहाँले भन्नुभयो, “कहिले खोल्ने भनेर मिति तोकिएको छैन, कार्यविधि बनाएर कार्यान्व्यन गर्ने विषयमा छलफल गरिरहेका छाँै ।”

गृहमन्त्रालयका उपसचिव एकदेव अधिकारीले सहरलाई जीवन्त बनाउन रात्रिकालीन २४ सै घण्टा व्यवसाय सञ्चालन गर्ने विषयमा मन्त्री सकारात्मक रहनुभएको जानकारी दिनुभयो । सोहीअनुरुप यसलाई जतिसक्दो छिटो कार्यान्वयनमा ल्याउने गरी छलफल गर्ने, कार्यविधि बनाउनेलगायत काम भइरहेको उहाँले सुनाउनुभयो । “हाम्रा सहर मृत भए”, उहाँले भन्नुभयो, “चलायमान बनाई आर्थिक उन्नति र रोजगारी सिर्जना गर्ने मन्त्रालयको उद्देश्य छ ।”

सरकारले पर्यटनमा प्रवर्द्धन गर्न सन् २०२५ लाई नेपाल भ्रमण वर्षका रुपमा मनाउने घोषणा गरेको छ । साथै सन् २०२३ देखि २०३२ लाई पयर्टन दशकका रुपमा मनाएर ३५ लाख पर्यटक भित्र्याउने लक्ष्य लिइएको छ ।

चालु आर्थिक वर्ष २०८०÷८१ को बजेटमा मुलुकलाई सुरक्षित र आकर्षक पर्यटकीय गन्तव्यका रुपमा विकास गरिनेमा जोड दिइएको छ । साथै नीतिमा राष्ट्रिय अर्थतन्त्र बलियो बनाउने आधारका रुपमा पर्यटन प्रवर्द्धन र पूर्वाधार विकास गर्ने विषय उल्लेख छ । ठमेल र दरबारमार्गजस्ता पर्यटकीय क्षेत्र चुस्त हुँदै २४ घण्टा सञ्चालन हुनसके सरकारको पर्यटक बढाउने लक्ष्य पूरा हुनसक्ने व्यवसायीको धारणा छ ।

Share153Tweet95SendShare
Previous Post

भन्सार छलेर ल्याइएको ४ लाख रुपैयाँ बढीको सामान बरामद

Next Post

भन्सार कार्यालयको ज्यानमारा बेरियर : एकै वर्षमा दुईसहित तीनको मृत्यु

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

बर्दियाका स्थानीय तहहरुमा युवा सहभागिता सम्बन्धि कार्यविधि निर्माण कार्यशाला
समाचार

बर्दियाका स्थानीय तहहरुमा युवा सहभागिता सम्बन्धि कार्यविधि निर्माण कार्यशाला

४:०७ बिहान, जेष्ठ २, २०८२
राजापुर चिनी कारखानाले मंसिरबाट उत्पादन सुरु गर्ने
समाचार

राजापुर चिनी कारखानाले मंसिरबाट उत्पादन सुरु गर्ने

१२:०० बिहान, जेष्ठ २, २०८२
लुम्बिनी प्रदेशसभामा बजेटका सिद्धान्त र कार्यक्रम पेस
समाचार

लुम्बिनी प्रदेशको छैटौँ अधिवेशनको दोस्रो बैठक बस्दै

१२:०० बिहान, जेष्ठ २, २०८२
कर्णालीमा ‘छोरी सुरक्षा’ कार्यक्रम अझै अन्योलमा
समाचार

कर्णालीमा ‘छोरी सुरक्षा’ कार्यक्रम अझै अन्योलमा

१२:०० बिहान, जेष्ठ २, २०८२
हज यात्रीलाई नेपालगञ्ज ४ नम्बरकी महिला वडा सदस्य श्रेष्ठले गरिन बिदाई
मुख्य समाचार

हज यात्रीलाई नेपालगञ्ज ४ नम्बरकी महिला वडा सदस्य श्रेष्ठले गरिन बिदाई

२:०३ मध्यान्ह, जेष्ठ १, २०८२
फोहोरबाट टायल उत्पादन
समाचार

फोहोरबाट टायल उत्पादन

१२:०० बिहान, जेष्ठ १, २०८२
बर्दियाको ठाकुरबाबामा विपन्न परिवारलाई वातावरणमैत्री घर
समाचार

बर्दियाको ठाकुरबाबामा विपन्न परिवारलाई वातावरणमैत्री घर

१२:०० बिहान, जेष्ठ १, २०८२
राप्ती सोनारी गाउँपालिकाले गर्यो वडागत बजेट विनियोजन
समाचार

आज राप्तीसोनारीलाई पूर्णखोप सुनिश्चितता घोषणा गरिँदै

११:५८ मध्यान्ह, बैशाख ३०, २०८२
Next Post
भन्सार कार्यालयको ज्यानमारा बेरियर : एकै वर्षमा दुईसहित तीनको मृत्यु

भन्सार कार्यालयको ज्यानमारा बेरियर : एकै वर्षमा दुईसहित तीनको मृत्यु

उमेरले छेकेन सीताको ‘पढ्ने’ रहरलाई

उमेरले छेकेन सीताको ‘पढ्ने’ रहरलाई

विश्वकप छनोटः नेपाल बहराइनसँग पराजित

विश्वकप छनोटः नेपाल बहराइनसँग पराजित

Discussion about this post

मौसम रिपोर्ट

Nepalgunj
◉
39°
Sunny
5:27 am7:02 pm +0545
Feels like: 39°C
Wind: 18km/h W
Humidity: 22%
Pressure: 998.98mbar
UV index: 0
FriSatSun
40/27°C
38/27°C
37/26°C
Weather forecast Nepalgunj, Nepal ▸
Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?