ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ मुख्य समाचार

नेपालगञ्जको वाटरपार्कमा आन्तरिक पर्यटकको चहलपहल

News Desk by News Desk
२:१२ मध्यान्ह, चैत्र १३, २०८०
नेपालगञ्जको वाटरपार्कमा आन्तरिक पर्यटकको चहलपहल
379
सेयर
378
VIEWS
ShareTweetSendShare

बाँके चैत १३ गते ।
नेपालगञ्जको धम्बोझीमा अवस्थित वाटरपार्क आन्तरिक पर्यटकको रोजाइमा परेको छ । तालको पुनःनिर्माणसँगै तयार भएको पूर्वाधार विकासले सर्वसाधारणलाई लोभ्याएको छ । वाटरपार्क सहरको बीच भागमा रहेकाले सर्वसाधारण सजिलै त्यहाँ पुगेर रमाउने गरेका छन् ।

वाटरपार्कको पुनःनिर्माणसँगै मोटरबोट सञ्चालन भएपछि त्यहाँ आन्तरिक पर्यटकको चहलपहल बढेको नेपालगञ्ज उपमहानगरपालिका वडा नं १ का वडाध्यक्ष प्रमोद रिजालले बताउनुभयो । “यो हाम्रो वडाको मात्रै नभएर जिल्लाकै प्रमुख पयर्टकीय क्षेत्रका रूपमा विकास हुँदै गएको छ”, नेपालगञ्ज उपमहानगरपालिकाका प्रवक्तासमेत रहनुभएका रिजालले भन्नुभयो, “वाटरपार्क पर्यटन प्रवर्द्धनसँगै उपमहानगरपालिकाको आन्तरिक स्रोत सङ्कलनको माध्यम पनि बन्दै गएको छ ।”

नेपालगञ्जमा गर्मी सुरु भएसँगै वाटरपार्क घुम्न, साँझ शीतलमा रमाउन, दिनभरिको कामको बोझ र थकान मेटाउन आन्तरिक पर्यटक पुग्ने गरेका छन् । आसपासमा खुला चौर भएकाले पनि शीतल हावा आउँछ । चुच्चे आकारको फराकिलो वाटरपार्कको सौन्दर्यमा समय बितेको पत्तै नहुने स्थानीय प्रजुन गिरीले बताउनुभयो ।

विसं २०६५ मा सुुरु भएको वाटरपार्क योजनाअनुसार त्यहाँ आकर्षक फूलबारी, बाल उद्यान, व्यापारिक प्रयोजनका पसल कोठालगायत संरचना निर्माण गरिँदैछ । वरिपरि पक्की सडक निर्माण भइरहेको छ । पन्ध्र वर्ष पुरानो वाटरपार्क योजनाअन्तर्गत ६५ बिघा क्षेत्रफलमध्ये १० बिघामा तलाउ छभने बाँकीमा बसोबासको पूर्वाधारयुक्त आधुनिक बस्ती बसाउने योजना छ ।

सम्बन्धित समाचार

भारतीय उच्च सुरक्षा अधिकारीद्वारा नेपाल–भारत सीमा नाकाको निरीक्षण

बाँकेबाट १०५ ग्रामभन्दा बढी ब्राउन सुगर बरामद, लोनिया पक्राउ

दुई दशकपछि धम्बोझीमा राजा वीरेन्द्रको शालिक पुनःस्थापना, ऐतिहासिक धरोहर संरक्षण अभियान सुरु

उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्टका अनुसार वाटरपार्क क्षेत्रभित्र छदेखि १८ मिटरसम्मको पक्की सडक निर्माण भएको छ । नेपालगञ्जको सुर्खेतरोडबाट बर्दियाको गुलरिया सडक जोड्ने २१ मिटर चौडाइको मुख्य सडकलाई पनि वाटरपार्कसँग जोड्ने योजना छ । वाटरपार्कमा सेवा प्रदायक कम्पनी बोटेबोराले मोटरबोट सेवा सञ्चालन गरेको छ । एक करोड आठ लाखको लागतमा व्यावसायिक सेवा सुरु गरेको कम्पनीले आगामी वैशाखदेखि औपचारिक रूपमै सञ्चालन गर्ने तयारी गरेको कम्पनीका सञ्चालक विष्णु ढकालले बताउनुभयो ।

वाटरपार्कमा पानीको सतह कायम राख्न कम्पनीले नै बोरिङ गरेको छ । तालमा मोटरबोट चलाउन योग्य बनाउन करिब दुई महिना समय लागेको ढकालले जानकारी दिनुभयो । कम्पनीले वाटरपार्कमा मोटरबोट सञ्चालन गरेवापत नेपालगञ्ज उपमहानगरपालिकालाई वार्षिक रु २५ लाख बुझाउने सम्झौता भएको ढकालले जानकारी दिनुभयो ।

पर्यटकले मोटरबोट चढ्न रु. दुई सय ५० तिर्नुपर्छ । बाह्र सय वर्गमिटरको तालमा पर्यटकले मोटरबोटमा घुम्दै चार किलोमिटर शयर गर्न सक्नेछन् । वाटरपार्कमा जेटस्कि, पाँचवटा पावरस्पोर्ट्स, फ्लोटिङ रेष्टुरेण्ट, अपोजिट बन्जी, साइक्लिङ, जिपलाइनलगायत सेवा विस्तार गर्ने योजना रहेको ढकालले बताउनुभयो । रासस

ADVERTISEMENT
Share152Tweet95SendShare
Previous Post

ई–रिक्सा चार्ज गर्ने क्रममा करेन्ट लागेर महिलाको मृत्यु

Next Post

आईपीएलमा चेन्नईको लगातार दोस्रो जित

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

भारतीय उच्च सुरक्षा अधिकारीद्वारा नेपाल–भारत सीमा नाकाको निरीक्षण
मुख्य समाचार

भारतीय उच्च सुरक्षा अधिकारीद्वारा नेपाल–भारत सीमा नाकाको निरीक्षण

६:४१ बिहान, असार २०, २०८३
बाँकेबाट १०५ ग्रामभन्दा बढी ब्राउन सुगर बरामद, लोनिया पक्राउ
अपराध

बाँकेबाट १०५ ग्रामभन्दा बढी ब्राउन सुगर बरामद, लोनिया पक्राउ

१:४० बिहान, असार २०, २०८३
दुई दशकपछि धम्बोझीमा राजा वीरेन्द्रको शालिक पुनःस्थापना, ऐतिहासिक धरोहर संरक्षण अभियान सुरु
मुख्य समाचार

दुई दशकपछि धम्बोझीमा राजा वीरेन्द्रको शालिक पुनःस्थापना, ऐतिहासिक धरोहर संरक्षण अभियान सुरु

१:१२ बिहान, असार २०, २०८३
बाँकेका सीमावर्ती गाउँमा अझै सक्रिय अवैध ‘क्लिनिक’, अयोग्य व्यक्तिबाट बिरामीको उपचार
मुख्य समाचार

बाँकेका सीमावर्ती गाउँमा अझै सक्रिय अवैध ‘क्लिनिक’, अयोग्य व्यक्तिबाट बिरामीको उपचार

१:०० बिहान, असार २०, २०८३
सीमामा साना भरिया पक्राउ, तर ठूला कारोबारी अझै पहुँचबाहिर
अपराध

सीमामा साना भरिया पक्राउ, तर ठूला कारोबारी अझै पहुँचबाहिर

१०:५५ बिहान, असार १९, २०८३
राप्तीसोनारीमा भूमि प्रशासन कार्यालय सञ्चालन, अब स्थानीय तहबाटै भूमि सेवा
समाचार

राप्तीसोनारीमा भूमि प्रशासन कार्यालय सञ्चालन, अब स्थानीय तहबाटै भूमि सेवा

३:३८ बिहान, असार १८, २०८३
जडीबुटीजन्य उत्पादन सुरक्षित राख्न बाँकेमा आधुनिक भण्डारण केन्द्र निर्माण सुरु
समाचार

जडीबुटीजन्य उत्पादन सुरक्षित राख्न बाँकेमा आधुनिक भण्डारण केन्द्र निर्माण सुरु

३:३२ बिहान, असार १८, २०८३
पहिलो ठूलो वर्षामै डुब्यो नेपालगन्ज, ढल–नालाको अव्यवस्थाप्रति स्थानीय आक्रोश
मुख्य समाचार

पहिलो ठूलो वर्षामै डुब्यो नेपालगन्ज, ढल–नालाको अव्यवस्थाप्रति स्थानीय आक्रोश

७:११ बिहान, असार १६, २०८३
Next Post
आईपीएलमा चेन्नईको लगातार दोस्रो जित

आईपीएलमा चेन्नईको लगातार दोस्रो जित

नेपालगन्जको पौडी पोखरी आयो सञ्चालनमा

नेपालगन्जको पौडी पोखरी आयो सञ्चालनमा

२२ सहकारीको खारेजी प्रक्रिया सुरु

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?