
धरान कार्तिक १४ गते । एक युवकले ढुंगाले हानेर आफ्नै श्रीमतीको हत्या गरेका छन। धरान नगरपालिका वडा नम्बर १५ निवासी अञ्दाजी २३ वर्षीय युवक अर्जुन राईले बुधबार राति आफ्नी श्रीमतीको टाउकोमा ढुंगा प्रहार गरेर हत्या गरेका हुन् ।
श्रीमतीको हत्या गरि फरार भएका राइलाई ४ घण्टापछि प्रहरीले पक्राउ गरेको हो। धरान-१५ खोरिया बस्ती नजिकै सेउती खोलाको डीलमा लगेर उनले २० बर्षिय श्रीमती जीना तामाङको हत्या गरेको प्रहरीले जनाएको छ ।
५ बर्षघि प्रेम बिवाह गरेका जिना र अर्जुनका ४ बर्षिय छोरी पनि रहेकी छिन। केहि समय अघि देखि श्रीमान श्रीमतीका बिचमा झगडा भएका कारण जिना प्रायः सेउतीखोला पारि पानवारीमा रहेको माइतीघरमै बस्दै आएकी थिइन् । श्रीमानले मोवाइलमा कसैको फोन आउँदा पनि अनेकथरी शंका गरेर गाली गर्ने गरेको जीनाले निकटस्थहरुलाई बताउने गरेकी थिइन् ।
भाइटीकाको भोलिपल्ट अर्थात् बुधबार मात्रै जीना घर आएकी थिइन् । तर, राति ८ बजेतिरै उनको हत्याको खबर टोलमा फैलिएको स्थानीय बताउँछन् ।









Discussion about this post