ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

टुक्रे योजनालाई बजेट नदिन लुम्बिनी सरकारलाई सुझाव

News Desk by News Desk
१०:२३ बिहान, जेष्ठ ३, २०८१
लुम्बिनी प्रदेश सभा बैठक स्थगित
379
सेयर
378
VIEWS
ShareTweetSendShare

लुम्बिनी जेठ ३ गते ।
लुम्बिनी प्रदेश सरकारले चालु आर्थिक वर्षमा ५० हजारसम्मका योजना छानेर कार्यान्वयनको लागि पठाएको भन्दै स्थानीय तहका जनप्रतिनिधिले प्रदेश सरकारलाई टुक्रे योजना नपठाउन खुलेरै भनाइ राखे। स्थानीय तहले प्राथमिकीकरण गरेर पठाएका योजना नपर्ने तर कोटका गोजी अनि झ्याल, ढोकाबाट पसेका योजना छानिएको भन्दै तीव्र आलोचना पनि गरे। ‘संघीयतालाई बलियो बनाउने गरी नीति तथा कार्यक्रम बनाउन जरुरी छ।

प्रदेश र संघीय सरकारका ५० हजारसम्मका बजेट आए। यस्ता बजेट नपठाउनुहोला,’ राजापुर नगरपालिका बर्दियाका नगर प्रमुख दिपेश थारुले भने,‘म प्रदेश सांसद ज्यूहरुको बाध्यता त बुझ्छु तर यसरी कार्यान्वयन नै गर्न नसकिने योजना नछान्नु होला।’ वडा कार्यालयबाट विनियोजन हुने आकारका बजेट संघीय र प्रदेश सरकारबाट विनियोजन हुँदा हैरानी भोग्नुपरेको दुखेसो स्थानीय तहका जनप्रतिधिनिले पोखेका हुन्।

स्थानीय तहका पदाधिकारीसँग बजेट निर्माण, अनुदान र राजश्व बाँडफाँटसम्बन्धी कार्यक्रममा सहभागी जनप्रतिनिधिहरुले अनुसन्धानबिना विनियोजन गरिने बजेटले कुनै उपलब्धि नदिने भनाइ राखे। ‘प्रदेशले योजना र बजेट बनाउँदा अनुसन्धान गरोस्। खानेपानी आयोजना अधुरा छन्। गौरवका आयोजना थोरै भए। गौरवका आयोजना थपियोस्,’ सरुमा रानी गाउँपालिकाका अध्यक्ष झगबहादुर विश्वकर्माले भने,‘टुक्रे योजना प्रदेशले नगरोस्।

अधुरा योजना कार्यान्वयन र पुरा गर्ने गरी बजेट निर्माण गरोस्। प्रदेशको बजेट पहुँच र शक्तिको आधारमा बाडफाट गरिएका उदाहरणहरु छन्। अब त्यस्तो नहोस्।’ लुम्बिनी प्रदेश सरकार आर्थिक मामिला तथा योजना मन्त्रालयले दुई चरणमा स्थानीय तहका जनप्रतिनिधिको धारणा र सुझाव संकलन गरेको हो। यसअघि ६ जिल्लाका जनप्रतिनिधिहरुको बुटवलमा र मंगलबार ६ जिल्लाका जनप्रतिनिधिको लमहीमा सुझाव संकलन गरिएको छ ।

सम्बन्धित समाचार

बाढीले पुल बगाएपछि देवीघाटमा सेनाले बनाउँदैछ एक्रो ब्रिज

बाढीले भत्काएका २० झोलुङ्गे पुल मर्मत गर्दै सरकार

बाढीको शोकमा नेपालगन्जको जन्माष्टमी : दीप प्रज्वलनसँगै पीडितलाई ५१ हजार सहयोग

आर्थिक मामिला तथा योजनामन्त्री चेतनारायण आचार्यले प्रदेश सरकारले विनियोजन गरेका बजेट जनताकै विकासको लागि भएकाले ती विनियोजन भएका योजनाको स्थानीय तहबाट प्रभावकारी अनुगमन गर्न कसैले नरोकेको बताए। ‘प्रदेशका योजना पनि जनताकै लागि हुन्। स्थानीय तहले यो र त्यो सरकारको भन्न पाउँदैन। हेर्नुस्, योजनाको काम कसरी भइरहेका छन्,’ मन्त्री आचार्यले भने,‘तपाईं हामी कोही पनि जिम्मेवारीबाट पञ्छन पाउदैनौँ।’ आगामी आर्थिक वर्षका लागि साना आयोजना कटौती गरिने भनाइ मन्त्री आचार्यको छ ।

‘कति थेग्न सक्छौँ, हामीले टुक्रे आयोजना समावेश गर्दैनौँ। सिस्टमभन्दा बाहिरबाट प्राप्त भएका आयोजनामा बजेट हाल्दैनौँ,’ उनले भने,‘कोटको गोजीबाट, झ्यालबाट, ढोकाबाट योजना छिराउने कोशिस नगर्नुहोला।’ मुख्यमन्त्री जोखबहादुर महराले प्रक्रियाभन्दा बाहिरबाट आउने कुनै पनि योजनामा बजेट नपर्ने बताए। त्यसका लागि उनले फाइल बोकेर मन्त्रालय धाउनुको सट्टा मातहतका कार्यालयबाट प्रक्रियाबाट योजनाहरु अघि बढाउन सुझाए । ‘योजना माग्न भीड लाग्नु पर्दैन।

सिस्टमबाट आउने योजनाहरुमा बजेट पर्छन्,’ उनले भने,‘सिस्टमभन्दा बाहिर पहुँचको भरमा, भनसुनको भरमा योजना छानिँदैन।’ मुख्यमन्त्री महराले अधुरा योजना सबै पूरा गर्ने गरी बजेट बनाइने बताए । खानेपानीका आयोजना पूरा गर्ने गरी बजेट बन्ने पनि जानकारी दिए। लुम्बिनी प्रदेश सरकार आर्थिक मामिला तथा योजना मन्त्रालयले स्थानीय तहका जनप्रतिनिधिहरुको सुझाव संकलन गर्न दाङको लमहीमा अन्तरक्रिया गरेको थियो।

ADVERTISEMENT
Share152Tweet95SendShare
Previous Post

बाँकेकी हसिना बनिन् स्वास्थ्य राज्यमन्त्री

Next Post

जैविक मार्गमा सामुदायिक वन पुनःथापना कार्यक्रम

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

बाढीले पुल बगाएपछि देवीघाटमा सेनाले बनाउँदैछ एक्रो ब्रिज
समाचार

बाढीले पुल बगाएपछि देवीघाटमा सेनाले बनाउँदैछ एक्रो ब्रिज

१:३९ बिहान, भदौ २१, २०८३
बाढीले भत्काएका २० झोलुङ्गे पुल मर्मत गर्दै सरकार
समाचार

बाढीले भत्काएका २० झोलुङ्गे पुल मर्मत गर्दै सरकार

१:४५ बिहान, भदौ २०, २०८३
बाढीको शोकमा नेपालगन्जको जन्माष्टमी : दीप प्रज्वलनसँगै पीडितलाई ५१ हजार सहयोग
समाचार

बाढीको शोकमा नेपालगन्जको जन्माष्टमी : दीप प्रज्वलनसँगै पीडितलाई ५१ हजार सहयोग

१०:२२ बिहान, भदौ १९, २०८३
चीनबाट रसुवा बाढीपीडितका लागि राहतको तेस्रो खेप, १० फरेन्सिक विज्ञ पनि आए
समाचार

चीनबाट रसुवा बाढीपीडितका लागि राहतको तेस्रो खेप, १० फरेन्सिक विज्ञ पनि आए

७:२२ बिहान, भदौ १८, २०८३
त्रिशूली र नारायणीबाट भेटिएका ३२१ शवमध्ये २८० को फरेन्सिक परीक्षण
समाचार

त्रिशूली र नारायणीबाट भेटिएका ३२१ शवमध्ये २८० को फरेन्सिक परीक्षण

१:२९ बिहान, भदौ १६, २०८३
१२ बालबन्दी अझै सम्पर्कविहीन
समाचार

नौबस्ता कारागारका ४६६ कैदीबन्दीले बाढीपीडितका लागि ४९ हजार सहयोग गरे

१:१७ बिहान, भदौ १६, २०८३
जनैपूर्णिमा तथा रक्षाबन्धन आज, जनै फेर्ने र डोरो बाँध्ने चलन
समाचार

जनैपूर्णिमा तथा रक्षाबन्धन आज, जनै फेर्ने र डोरो बाँध्ने चलन

१:४६ बिहान, भदौ १२, २०८३
नेपालगन्जमा स्थानीय पाठ्यक्रम कार्यान्वयनमा
समाचार

मोहम्मद जयन्तीमा नेपालगन्जका विद्यालयमा सार्वजनिक विदा

४:२२ बिहान, भदौ ९, २०८३
Next Post
जैविक मार्गमा सामुदायिक वन पुनःथापना कार्यक्रम

जैविक मार्गमा सामुदायिक वन पुनःथापना कार्यक्रम

श्रीमानको हत्यारा पत्ता नलाग्दा त्रासमा छिन् सविता

श्रीमानको हत्यारा पत्ता नलाग्दा त्रासमा छिन् सविता

एमाले बाँकेमा चुनावी सरगर्मी : अध्यक्षमा को छ प्रतिस्पर्धी ?

एमाले बाँकेमा चुनावी सरगर्मी : अध्यक्षमा को छ प्रतिस्पर्धी ?

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?