ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ आर्थिक

कोहलपुरको बजेट १ अर्व ५ करोड

News Desk by News Desk
५:३६ मध्यान्ह, असार १०, २०८१
कोहलपुरको बजेट १ अर्व ५ करोड
375
सेयर
374
VIEWS
ShareTweetSendShare

बाँके असार १० गते ।
कोहलपुर नगरपालिकाले आगामी आर्थिक वर्ष २०८१/८२ का लागि एक अर्व बढीको अनुमानित बजेट सार्वजनिक गरेको छ । नगर प्रमुख पूर्णप्रसाद आचार्यको अध्यक्षतामा सोमवारदेखि सुरु भएको कोहलपुर नगर सभाको १५ औं अधिवेशनमा नगर उपप्रमुख संगिता सुवेदीले १ अर्व ५ करोड ९ लाख २७ हजार बराबरको आयव्यय विवरण सार्वजनिक गरेकी हुन् । यो चालू आर्थिक वर्ष भन्दा करीब ९ करोड कम हो । कुल विनियोजित बजेटमध्ये चालु खर्च ६४ प्रतिशत र पूंजीगत खर्च ३६ प्रतिशत विनियोजन गरिएको उनले बताइन् ।

नेपाल सरकारबाट प्राप्त हुने संघीय समानीकरण अनुदान १८ करोड ९६ लाख, संघीय सशर्त अनुदान ३७ करोड २४ लाख, संघीय समपुरक अनुदान ५५ लाख, संघीय राजश्व बाँडफाँड भई प्राप्त हुने आय १५ करोड ६३ लाख ६९ हजार र प्रदेश सरकारबाट समानीकरण अनुदान १ करोड १९ लाख ४९ हजार, प्रदेश सशर्त अनुदान १ करोड ७७ लाख ६२ हजार, प्रदेश समपुरक अनुदानको १ करोड ५ लाख, प्रदेश विशेष अनुदान वापतको १० लाख, स्थानीय राजश्व बाँडफाँड प्राप्त हुने अनुमानित १० करोड ५ लाख र नगरपालिकाको आन्तरिक कर तथा गैरकर राजश्व समेत गरी ११ करोड ६१ लख ७२ हजारलाई आधार बनाएर बजेट निर्माण निर्माण गरिएको सुवेदीले बताइन् । नगर प्रमुख आचार्यले ‘समृद्ध कोहलपुर नगर’ भन्ने नाराका साथ नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन् ।

स्थानीय पाठ्यक्रमको प्रभावकारी कार्यान्वयनका लागि ‘विद्यार्थी तथा अभिभावकसङ्ग जनप्रतिनिधि’ कार्यक्रम सञ्‍चालन गरी यस क्षेत्रका अग्रजहरुलाई विद्यार्थीहरु सँग भेट गराई स्थानीय पाठ्यक्रमका बिषयबस्तुको सहजीकरण गर्ने नीति लिने, विषयगत शिक्षकहरुलाई विद्यार्थीहरुको सिकाई उपलब्धी प्रति जिम्मेवार बनाइनेछ । नगर स्तरीय कक्षा ८ को परीक्षामा कम्तिमा ५० जना वा सो भन्दा बढी विद्यार्थी सहभागी बनाई उच्च सिकाई उपलब्धी हासिल गराउने शिक्षक तथा विद्यालयलाई प्रोत्साहन उपलब्ध गराउने नीति कोहलपुर नगरपालिकाले लिएको छ । त्यसैगरी विद्यालयको भौतिक पूर्वाधार, टिनको छाना विस्थापन, सफा स्वच्छ पिउनेपानीको व्यवस्था,मौसम अनुकुलताका लागि आवश्यक व्यवस्थापन गरिने नीति पनि कोहलपुर नगरपालिकाले लिएको छ ।

त्यसैगरीस्थानीय समुदायलाई करेसाबारी र कौसिखेतीमा प्रोत्साहन गरिनुका साथै नगरका बाँझो जमिन तथा खाली बगरको पहिचान गरी स्थान सुहाउँदो फलफुल र तरकारी खेतीका लागि प्रोत्साहन गर्न अनुदान कार्यक्रम सञ्‍चालन गर्ने, कोहलपुर क्षेत्रमा उत्पादित तरकारीलाई बजारको पहुँच पु¥याई तरकारी आयातलाई प्रतिस्थापन गरी निर्यातका लागि प्रोत्साहन गर्ने, कोहलपुरका विभिन्न वडाहरुमा उत्पादन हुने बालीहरुको पहिचान गरी बाली विशेषका पकेट क्षेत्र निर्धारणको अवस्था आंकलन गरी पकेट क्षेत्र निर्धारणका लागि आवश्यक पहल गर्ने, कृषि क्षेत्रमा मर्यादित एवं आकर्षणको पेशा बनाउनुका साथै कृषि कार्यमा लाग्ने श्रमशक्ति एवं लागत न्यूनीकरण गरी आधुनिक कृषि उपकरण तथा यान्त्रीकरण वितरणको कार्यलाई निरन्तरता दिने नीति कोहलपुर नगरपालिकाले लिएको छ ।

सम्बन्धित समाचार

थन्किएका सात नगर बसको व्यवस्थापन गर्न अध्ययन समिति गठन

स्थानीय तहका गतिविधिप्रति जेनजीको उच्च निगरानी

मंसिर २६ सम्म मतदाता नामावलीमा दाबी–विरोध गर्न सकिने

यसैगरी बैदेशिक रोजगारीको अवस्थालाई सुरक्षित मर्यादित तथा व्यवस्थित गराउने उद्देश्यले यस नगरपालिकामा सुरक्षित रोजगार सम्वन्धी आप्रवासी स्रोत केन्द्र (सहायता कक्ष) स्थापना गरी सञ्चालन गर्ने, बेरोजगार युवाहरुलाई कृषि, पशुपालन लगायतका नवपर्वतनात्मक उद्यमशीलतालाई प्रोत्साहन गरी उत्पादनमा युवा संलग्नता र नेतृत्व अभिवृद्धि गर्न ‘उत्पादनमा युवा प्रोत्साहन’ गर्ने, स्थानीय औद्योगिक उत्पादनमा बृद्धिः रोजगारी सिर्जना र समृद्धि लाई साकार गर्न स्थानीय कच्चा पदार्थमा आधारित उद्योगलाई विकास, विस्तार र आधुनिकीकरण गरिनुका साथै उद्यमशीलताको प्रोत्साहन स्वरुप उद्यमी पुरस्कारको व्यवस्था गर्ने, खाद्य वस्तुको गुणस्तर मापदण्ड तर्जुमा गर्दै स्वस्थ वस्तु उपयोग सुनिश्चितताका लागि सम्वन्धित निकायको समन्वय र सहकार्यमा बजार अनुगमन सघन गर्दै लैजाने, राष्ट्रका लागि खेलकुद ः स्वास्थ्यका लागि खेलकुद भन्ने मुल नारालाई आत्मसात गर्दै कोहलपुर क्षेत्रभित्रका तेह्र बिगाहामा प्याराफिट सहितको फुटबल रंगशाला निर्माण गर्ने नीति पनि कोहलपुर नगरपालिकाले लिएको छ ।

समग्र खेलकुद विकासका लागि नगरपालिकामा खेल प्रशिक्षकहरुको व्यवस्था गरी बिद्यालयहरुमा घुम्ती प्रशिक्षण कार्यक्रम सञ्चालनमा ल्याउने, खेलकुदमा स्थानीय जनशक्ति उत्पादन तथा विकास गर्न मुख्यमन्त्री कोहलपुर गोल्डकप फूटबल प्रतियोगिता र सुशील कोइराला राष्ट्रिय क्रिकेट प्रतियोगिता, स्थानीय र अन्य खेलकुद प्रतियोगिताहरुलाई निरन्तरता दिने र विभिन्न खेलकुद विधामा नगरस्तरीय टिम तयार गर्ने नीति तथा कार्यक्रममा समेटिएका छन् ।

आधारभुत स्वास्थ्य सेवामा सबै नागरिकको पहुँच सुनिश्चित गर्दै स्वास्थ्य सेवालाई निःशुल्क, सर्वसुलभ र गुणस्तरीय बनाउने, स्वास्थ्य बीमा कार्यक्रमममा सबैको सहज पहुँच सुनिश्चित गरी स्वास्थ्य बीमालाई थप प्रभावकारी बनाउन नेपालगन्ज मेडिकल कलेजको समन्वयमा कोहलपुर नगर अस्पतालबाटै स्वास्थ्य बिमाको कार्यक्रम सञ्चालनमा ल्याउने, मानव स्वास्थ्यलाई मध्यनजर गर्दै महामारी तथा सरुवा रोग नियन्त्रण, बंशाणुगत रोगको निदान र दीर्घरोगीलाई सहयोग गर्ने नीति लिने, सिकलसेल एनिमिया लगायतका रोगलाई निःशुल्क र नियमित स्वास्थ्य परिक्षण गरी सेवा प्रदान गरिनुका साथै रोगीलाई पुनर्स्थापनाका कार्यक्रम ल्याउने नीति पनि कोहलपुर नगरपालिकाले लिएको छ ।

ADVERTISEMENT

बालबालिकाहरुका लागि बालविवाह न्यूनीकरण, बालबालिका माथि हुने यौनजन्य हिंसा न्यूनीकरण, बालश्रम र लागु पदार्थ दुर्ब्यसनी न्यूनीकरण सम्बन्धी कार्यक्रम सञ्चालन गर्ने, यस प्रकारका कार्यक्रम सञ्चालन गरी कोहलपुर नगरपालिकालाई बालमैत्री नगरपालिका रुपमा स्थापित गराउन पहल गर्ने, अपाङ्गता भएका व्यक्तिहरुको वस्तुनिष्ठ वर्गीकरण गरी अपाङ्गता परिचयपत्रलाई समयमा नै उपलब्ध गराइनेछ । अपाङ्गता भएकाहरुको क्षमता अभिवृद्धि गर्न लक्षित कार्यक्रमहरु संचालन गरिने भएको छ ।

त्यसैगरी दलित तथा अतिविपन्न एवं सीमान्तकृत जाति र समुदायको परम्परागत पेशा र व्यवसायको प्रवर्द्धन गर्ने, लक्षित समुदायको पेशा, सीप तथा क्षमता विकासका कार्यक्रम संचालन गर्ने, कोहलपुर नगरपालिकाका सबै वडाका मुख्य बस्तिहरु पक्की सडकले जोडिनेछ र मुख्य राजमार्ग जोडिने मापदण्ड पुगेका सडकहरु प्राथमिकीकरण गरी स्तरोन्‍नती गर्ने, आगामी आर्थिक वर्षमा सडक विस्तार, सडक कालोपत्रे, पक्की नाली निर्माण उचित ढल निकास पक्की पुल निर्माण कार्यलाई प्रभावकारी र गुणस्तरिय बनाई द्रुततर पूर्वाधार विकासमा जोड दिने, मूख्य शहरी क्षेत्रमा ग्राहकको चाप र सुरक्षाको लागि आकाशे पुलहरु निर्माण गर्न पहल गर्ने, बजार क्षेत्रको उचित ढल निकास, विद्युत लाईन क्षमता विस्तार गरिनुका साथै प्रत्येक वडामा एउटा सामुदायिक भवन÷ जेष्‍ठ नागरिक विश्रामस्थल निर्माण कार्यको थालनी गर्ने नीति पनि कोहलपुर नगरपालिकाले लिएको छ ।

विपद पूर्वतयारी तथा प्रतिकार्य योजनामा सरोकारवाला निकायहरुको राय सुझाव समेत लिई अद्यावधिक गर्ने, छाडा गाइवस्तुहरुको व्यवस्थापनका लागि छिमेकी पालिका एवं अन्य सरोकारवालाहरुसँग समन्वय एवं साझेदारी गर्ने, विपदबाट हुने क्षति बापतको राहत र पुनर्स्थापना कार्यमा सघाउ पुर्याउने गरी स्थापना गरिएको विपद व्यवस्थापन कोषको परिचालनलाई थप व्यवस्थित गर्ने, नगरपालिकास्तरबाट सम्पादन भएका कार्यहरुको सार्वजनिक सुनुवाई, सामाजिक परीक्षण, सार्वजनिक परीक्षण जस्ता कार्यहरुमा निरन्तरता दिई नगरपालिकाको सेवालाई नगरवासीप्रति उत्तरदायी तुल्याउने, आगामी वर्ष देखि वडा कार्यालयले समेत सार्वजनिक सुनुवाई गर्नुपर्ने व्यवस्था गर्ने, नगरपालिकामा कार्यरत कर्मचारीहरुको अनुशासन, नियमितता र सेवाग्राहीलाई सेवाको सुनिश्चितता समेत दिलाउने उद्देश्यका साथ नगरपालिकाका अतिरिक्त मातहतका वडा कार्यालय एवं स्वास्थ्य संस्थाहरुमा विद्युतीय हाजिरी प्रणाली अवलम्बन गर्ने नीति पनि कोहलपुर नगरपालिकाले लिएको छ । सभामा सदस्यहरु इश्वरी विक, माधव रिजाल, कल्पना शर्मा, गोविन्द वाग्ले लगायतले बोलेका थिए ।

Share151Tweet94SendShare
Previous Post

कोहलपुरबाट ब्राउनसुगरसहित एक जना पक्राउ

Next Post

मनसुनी वायुको प्रभाव : आज यी चार प्रदेशमा भारी वर्षा

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

थन्किएका सात नगर बसको व्यवस्थापन गर्न अध्ययन समिति गठन
समाचार

थन्किएका सात नगर बसको व्यवस्थापन गर्न अध्ययन समिति गठन

१०:१३ मध्यान्ह, मंसिर २४, २०८२
बाँकेका स्थानीय तहले ६ महिनामा कति गरे खर्च ?
समाचार

स्थानीय तहका गतिविधिप्रति जेनजीको उच्च निगरानी

१०:०४ मध्यान्ह, मंसिर २४, २०८२
निर्वाचन प्रयोजनका लागि आजदेखि दल दर्ता
समाचार

मंसिर २६ सम्म मतदाता नामावलीमा दाबी–विरोध गर्न सकिने

११:५० मध्यान्ह, मंसिर २३, २०८२
जमुनाह नाकाबाट जारी छ स्वदेश फर्किने क्रम
समाचार

पर्यटक भित्र्याउन नेपालगञ्जमा ‘क्रस बोर्डर टुरिज्म कन्क्लेभ’ गरिने

१२:०० बिहान, मंसिर २३, २०८२
नागढुङ्गा नौबिसे सडक दैनिक पाँच घण्टा बन्द हुने
समाचार

नागढुङ्गा नौबिसे सडक दैनिक पाँच घण्टा बन्द हुने

१२:०० बिहान, मंसिर २३, २०८२
प्रतिनिधि सभा र प्रदेश सभा चुनावका लागि कार्यतालिका स्वीकृत
समाचार

समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम आजदेखि शुरु

११:४० मध्यान्ह, मंसिर २१, २०८२
शिक्षा क्षेत्रमा अराजकता फैलाउने प्रयास अस्वीकार्य–नरैनापुरका अध्यक्ष शाहको कडा प्रतिक्रिया
समाचार

शिक्षा क्षेत्रमा अराजकता फैलाउने प्रयास अस्वीकार्य–नरैनापुरका अध्यक्ष शाहको कडा प्रतिक्रिया

५:३० बिहान, मंसिर १९, २०८२
नेपालगन्जका पत्रकार सिराज खान सम्मानित
समाचार

नेपालगन्जका पत्रकार सिराज खान सम्मानित

११:५२ मध्यान्ह, मंसिर १८, २०८२
Next Post
आज चार वटा प्रदेशमा चट्याङ्गसहित पानी पर्ने सम्भावना

मनसुनी वायुको प्रभाव : आज यी चार प्रदेशमा भारी वर्षा

प्रतिबन्धित लागु औषधसहित छुट्टाछुट्टै स्थानबाट १० जना पक्राउ

जुत्ताभित्र लुकाएर ब्राउनसुगर ल्याउँदै गरेको दुई पक्राउ

३० हजार मेट्रिक टन आँप भारतबाट आयात

३० हजार मेट्रिक टन आँप भारतबाट आयात

Discussion about this post

मौसम रिपोर्ट

Nepalgunj
◉
13°
Partly Cloudy
6:57 am5:24 pm +0545
Feels like: 13°C
Wind: 3km/h ESE
Humidity: 98%
Pressure: 1018.96mbar
UV index: 1
ThuFriSat
24/10°C
24/10°C
25/10°C
Weather forecast Nepalgunj, Nepal ▸
Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?