ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ कृषि

लाख कमाउँछन् पूर्ववडा अध्यक्ष थारु

News Desk by News Desk
१०:२२ बिहान, असार १४, २०८१
लाख कमाउँछन् पूर्ववडा अध्यक्ष थारु
382
सेयर
374
VIEWS
ShareTweetSendShare

बाँके असार १४ गते ।
कृषि पेसा गरेर मासिक ठुलो रकम आम्दानी गर्न सकिन्छ, पैसा कमाउन विदेशै जानु पर्दैन भन्ने उदाहरण प्रस्तुत गर्न सफल हुनु भएको छ बाँके कोहलपुर नगरपालिका–६ का निवर्तमान वडा अध्यक्ष रामशरण थारु । उनले कोहलपुर ६ मा कृषि पेसा गरेर मासिक डेढ लाख रुपियाँ कमाउँछन् ।

थारुले व्यावसायिक भैंसीपालन, माछा, कुखुरा र बङ्गुरपालनका साथै मकै, प्याज र करेलाको खेती समेत गरेर मासिक डेढ लाख बढी आम्दानी गरिरहनु भएको छ । आफ्नै देशमा केही गर्ने चाहना हुनेलाई पैसाको कुनै कमी नहुने र विदेशमा गएर हण्डर समेत खानु नपर्ने थारुले बताए । उनले स्वदेशकै माटोमा अलि मन लगाएर मिहिनेत गरी काम गर्ने हो भने प्रशस्तै पैसा कमाउन सकिने बताए ।

राजनीतिसँगै कृषि पेसामा लाग्नु भएका थारुको अधिकांश समय भैँसीको स्याहारसुसार र हेरचाहमा बित्ने गरेको छ । उनले पशुतर्फ व्यावसायिक भैँसीपालन गरेका छन् भने सोही फार्ममा माछा, कुखुरा र बङ्गुरपालन पनि गरेका छन् । सोही प्रकारले मकै, प्याज र करेलाको खेती पनि उनले गरेका छन् । बिहान, बेलुका गोबर सोहोर्नेदेखि घाँस काट्ने र दूध दुहुनुमा नै उहाँको समय बित्ने गरेको छ । उनको कृषि फार्ममा हाल साना ठुला गरी ८ वटा भैँसी, माछा, कुखुरा र बङ्गुर रहेका छन् ।

करिब २ बिघा ८ कठ्ठा जमिन भाडामा लिएर गरिएको तरकारी खेती, भैँसी, बङ्गुर, कुखुरा र माछा पालनबाट सोचेभन्दा राम्रै आम्दानी भइरहेको छ । थारुका अनुसार मासिक करिब ८०० देखि एक हजार लिटर दूध बिक्री गरी एक लाख रुपियाँसम्म आम्दानी हुने गरेको छ । त्यो सँगै कुखुरा, माछा, बङ्गुरबाट गरेर मासिक डेढ लाख जति आम्दानी भइरहेको उनको भनाइ छ ।

सम्बन्धित समाचार

सिक्टा सिंचाइँको ११ किलोमिटर लामो गुरुवागाउँ शाखा नहरमा पानी छोडियो

बाँकेमा ११ प्रतिशत मात्रै धान रोपाइँ

नरैनापुरको चार ठाउँमा बाढीसम्बन्धी सूचना दिने साइरन जडान

नेपालमा राजनीति गर्ने र राजनीति गरेका मान्छेले सानातिना काम गर्न हुँदैन भन्ने गलत भाष्य निर्माण हुँदै गएका बेला अरूले पनि थारुबाट केही सिक्नु पर्ने देखिन्छ । २०७६ साल मङ्सिर १४ गते भएको उपनिर्वाचनबाट कोहलपुर –६ को वडाध्यक्षमा निर्वाचित हुनु भएका थारुले त्योभन्दा पहिला र अहिले वडा अध्यक्ष नहुँदा पनि कृषि व्यवसाय गर्दै आएका छन् ।

उनले कृषि पेसालाई निरन्तरता दिने जनाउँदै अन्य युवालाई पनि यो पेसा अँगाल्न आग्रह गरेका थिए । राजनीति पेसा नभएर सेवा भएकाले सो सँगै आर्थिक जीवनस्तर उकास्न र अरूका लागि समेत उदाहरणीय बन्नका लागि आफू व्यावसायिक कृषि तथा पशुपालनमा लागेको उनको भनाइ छ ।

ADVERTISEMENT
Share158Tweet94SendShare
Previous Post

जानकीमा तीन करोड राजश्व संकलनको लक्ष्य

Next Post

मानव–वन्यजन्तु द्वन्द्व हटाउन विज्ञहरुसँग छलफल

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

सिक्टा सिंचाइँको ११ किलोमिटर लामो गुरुवागाउँ शाखा नहरमा पानी छोडियो
समाचार

सिक्टा सिंचाइँको ११ किलोमिटर लामो गुरुवागाउँ शाखा नहरमा पानी छोडियो

१२:०० बिहान, असार १७, २०८२
धानजोन परियोजनाद्वारा बाँकेमा दुई हजार हेक्टरमा खेती
कृषि

बाँकेमा ११ प्रतिशत मात्रै धान रोपाइँ

१:१८ बिहान, असार १६, २०८२
नरैनापुरको चार ठाउँमा बाढीसम्बन्धी सूचना दिने साइरन जडान
समाचार

नरैनापुरको चार ठाउँमा बाढीसम्बन्धी सूचना दिने साइरन जडान

१:०५ बिहान, असार १६, २०८२
बाँकेमा चैते धान रोपाइँ
कृषि

लुम्बिनीमा ७२ हजार ५२० हेक्टरमा धान रोपाइँ

७:४७ बिहान, असार १५, २०८२
संघीय संसद्को तेस्रो अधिवेशन सोमबारदेखि सुरु
समाचार

आज संसदबाट निजामती विधेयक पारित गरिँदै

१२:०० बिहान, असार १५, २०८२
सुर्खेत पश्चिम खण्डको निर्माणमा ढिलाइ
समाचार

सुर्खेत पश्चिम खण्डको निर्माणमा ढिलाइ

१२:०० बिहान, असार १५, २०८२
आज चार वटा प्रदेशमा चट्याङ्गसहित पानी पर्ने सम्भावना
समाचार

प्यूठानमा भारी वर्षा, सर्तकता अपनाउन आग्रह

१२:०० बिहान, असार १५, २०८२
बर्खा नलाग्दै लमजुङमा धान रोपाइँ सुरु
कृषि

देशभर धमाधम रोपाइँ जारी

५:३४ बिहान, असार १४, २०८२
Next Post
मानव–वन्यजन्तु द्वन्द्व हटाउन विज्ञहरुसँग छलफल

मानव–वन्यजन्तु द्वन्द्व हटाउन विज्ञहरुसँग छलफल

हावाहुरीले बाँकेमा एक करोडभन्दा बढीको क्षति

हावाहुरीले बाँकेमा एक करोडभन्दा बढीको क्षति

ठुलो परिमाणमा बिरुवा उत्पादन गर्दै डिभिजन वन कार्यालय

वन क्षेत्र अतिक्रमण गरी बनाइएका घरटहरा हटाइयो

Discussion about this post

मौसम रिपोर्ट

Nepalgunj
◉
28°
Mostly Cloudy
5:24 am7:20 pm +0545
Feels like: 34°C
Wind: 0km/h ESE
Humidity: 90%
Pressure: 998.65mbar
UV index: 0
ThuFriSat
34/28°C
34/28°C
34/28°C
Weather forecast Nepalgunj, Nepal ▸
Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?