ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ अपराध

बाँके डिएसपीको ध्यान शान्ति, सुरक्षाभन्दा पोष्ट इन्चार्जतर्फ केन्द्रित

जावेद अन्सारी by जावेद अन्सारी
१:४२ बिहान, साउन १२, २०८१
बाँके डिएसपीको ध्यान शान्ति, सुरक्षाभन्दा पोष्ट इन्चार्जतर्फ केन्द्रित
1.2k
सेयर
1.2k
VIEWS
ShareTweetSendShare

बाँके साउन १२ गते ।
घटनाः १
नेपालगन्जमा गएको असोज पहिलो साता दुई समुदाय बीच विवाद भयो । विवाद उत्कर्षमा पुग्दा प्रहरीले हवाई फायर गर्न पर्यो । स्थिति नियन्त्रण बाहिर गएपछि कर्फयु जारी गरि स्थितलाई शान्त बनाइयो । करिव एक सातासम्म नेपालगन्ज अशान्त रहन गयोे । यहि घटनालाई लिएर बाँकेका तत्कालिन प्रमुख जिल्ला अधिकारी विपिन आचार्य र बाँकेका तत्कालिन प्रहरी प्रमुख एसपी सन्तोषसिंह राठौर अवधि नपुग्दै राजधानी काठ्माडौँ तानिए ।

घटनाः २
नेपालगन्ज उपमहानगरपालिका–२१ विर्तामा चैत १८ गते स्थानीय २० वर्षीय युवक अरबी खाँको विभत्स तरिकाले हत्या भयो । खाँको घाँटीमा धारिलो हतियार प्रहार गरि हत्या भएको करिव ५ महिना पुग्नै लाग्दा पनि अहिलेसम्म हत्यारा पत्ता लाग्न सकेको छैन । घटना अनुसन्धानका लागि सिआइवीको टोली आए पनि अहिलेसम्म बाँके प्रहरी अनुसन्धानमै छ । यसका लागि वरिष्ठ प्रहरी हवल्दार अतिस खाँको नेतृत्वमा सादा पोशाकका प्रहरी परिचालन भएका छन् । तर, ति सादा पोशाकका प्रहरीले अहिलेसम्म हत्यारा नजिक पुग्न सकेका छैनन् ।

घटनाः ३
धारिलो हतियार प्रयोग गरेर असार २८ गते राती नेपालगन्जमा अर्का युवकको हत्या भयो । नेपालगन्ज उपमहानगरपालिका–११ त्रिभुवन चोक नजिकै ३८ वर्षीय इरसाद राईमाथि धारिलो हतियार प्रहार गरि हत्या गरिएको १५ दिन वितिसक्दा समेत प्रहरीले हत्यारा पत्ता लगाउन सकेको छैन ।

घटनाः ४
जानकी गाउँपालिका ३ …गाउँका एक युवकलाई लुटेराको समुहले घरमै आक्रमण गरि हत्या गरियो । घरमा लुटपाट गर्न गएका लुटेराको समुहले ति युवकलाई धारिलो हतियारले आक्रमण गरेका थिए । तर प्रहरीले लुटेराको समुहलाई अहिलेसम्म पक्राउ गर्न सकेको छैन ।

सम्बन्धित समाचार

बर्दियामा लागूऔषधसहित दुई पक्राउ

कर्णाली सरकारको ११ अर्ब फ्रिज

बाँकेका पाँच स्थानीय तहको वित्तीय प्रगति सार्वजनिक

यी त केही प्रतिनिधिमुलक घटना मात्र हुन् । पछिल्लो समय बाँके सुरक्षाको दृष्टिकोणले अत्यन्तै असुरक्षित र जोखिम जिल्लाका रुपमा चिनिन थालेको छ । असोजमा भएको दुई समुदाय बीचको धार्मिक द्वन्द्वलाई नियन्त्रण गर्न असफल भएको भन्दै तत्कालिन प्रमुख जिल्ला अधिकारी आचार्य र एसपी राठौरलाई गृह प्रशासनले सरुवा गरे पनि जिल्ला प्रहरी कार्यालय बाँकेको दोस्रो जिम्मेवार तहमा रहेका प्रहरी प्रवक्ता डिएसपी नारायण डाँगीलाई भने गृह प्रशासनले चोखो बनायो । सिडिओ आचार्यको ठाउँमा श्रवणकुमार पोख्रेल आए भने एसपी राठौरको ठाउँमा सुभाषचन्द्र बोहरालाई पठाइयो ।

जिल्लाको शान्ति, सुरक्षाको अवस्था, जोखिम क्षेत्र र चुनौति बारे माथिल्लो तहलाई डिएसपी डाँगीले प्रभावकारी ढंगबाट जानकारी नगराउँदा बाँकेमा शान्ति, सुरक्षाको जोखिम दिनप्रति दिन बढ्दै गएको छ । डिएसपी डाँगीले माथिल्लो तहलाई शान्ति, सुरक्षाको अवस्था ठिक छ भनेर व्रिफिङ गर्ने गरेको एक अधिकारीले बताए । कतिपयले एसपी बोहरालाई असफल बनाउन पनि डाँगीकै भुमिका भएको दावी गर्छन् । बोहरा कार्यकाल पूरा नहुँदै तानिए थिए ।

प्रहरी परिचालनको मुख्य जिम्मेवारी पाएका डाँगीले प्रभावकारी भूमिका निर्वाह नगरेका कारण अहिलेसम्म विर्ता र त्रिभुवन चोक नजिकै भएको हत्या घटनाका अपराधीहरु पक्राउ पर्न सकेका छैनन् । डिएसपी डाँगीलाई दवाव र प्रभावमा पारेर विभिन्न पोष्टमा गएका इन्चार्जहरु अहिले कमाउ धन्दामा लागेका छन् । उनीहरुले डिएसपी डाँगीलाई लाइन दिएका छन् वा छैनन् त्यसको पुष्टि त भएको छैन, तर तस्करसँग सेटिङ गरेर पोष्ट इन्चार्जहरुले रकम असुली गरिरहेको अनलाइन खोजखवरले तथ्य फेला पारेको छ ।

ADVERTISEMENT

यसअघि वडा प्रहरी कार्यालय बाँकेको इन्चार्जको भूमिका समेत निर्वाह गरिसकेका डिएसपी डाँगीले जिल्ला प्रहरी कार्यालय बाँकेमा डिएसपीको भूमिकामा रहेको करिव एक वर्ष पुग्नै लागेको छ । आफ्नो एक वर्षीय कार्यकाल पुरा हुन लाग्दा डिएसपी डाँगीले आफु अनुकूलका प्रहरी अधिकृतलाई पोष्ट इन्चार्जको जिम्मा दिएका छन् । यहाँसम्मकी काजमा आएकालाई पनि प्रहरी पोष्टको इन्चार्जको जिम्मेवारी उनकै जोड्बलमा दिइएको छ ।

जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको हवल्दार अतिस खानको कमाण्डमा खटिएका सादा पोशाकका पाँच जना प्रहरीलाई पनि डिएसपी डाँगीले नै परिचालन गरेको बुझिएको छ । उनले आफूलाई मन पर्ने जवान, हवल्दार र जुनियर अधिकृतलाई राम्रो कमाई हुने ठाउँमा पठाउँदै आएका छन् । बोलीमा मिठास भएका डाँगीको नियत भने शंकापद देखिएको सर्वसाधारण बताउँछन् ।

व्यक्तिगत स्वार्थपूर्तिका लागि काम गरेको छैनः डिएसपी डाँगी
https://www.onlinekhojkhabar.com/53192/

Share502Tweet305SendShare
Previous Post

राप्तीसोनारीमा गुणस्तरीय शिक्षाका लागि बन्यो कार्यदल

Next Post

बाँके क्षेत्र नम्बर २ द्वारा एमपी स्कुलमा बृक्षारोपण

जावेद अन्सारी

जावेद अन्सारी

पत्रकार अन्सारी अपराध, सुशासन र सामाजिक सवालमा कलम चलाउँछन ।

सम्बन्धित समाचार

७८३ किलो गाँजासहित दुईजना पक्राउ
अपराध

बर्दियामा लागूऔषधसहित दुई पक्राउ

१:४१ बिहान, असार २८, २०८२
आज बजेट सार्बजनिक हुनेः सरकारी कर्मचारीको तलब बढने
समाचार

कर्णाली सरकारको ११ अर्ब फ्रिज

१:३६ बिहान, असार २८, २०८२
बाँकेका स्थानीय तहले ६ महिनामा कति गरे खर्च ?
समाचार

बाँकेका पाँच स्थानीय तहको वित्तीय प्रगति सार्वजनिक

१:३२ बिहान, असार २८, २०८२
कोहलपुरमा थप १२२ जना अव्यवस्थित वसोवासीलाई लालपुर्जा
समाचार

कोहलपुरमा थप १२२ जना अव्यवस्थित वसोवासीलाई लालपुर्जा

१:४३ बिहान, असार २७, २०८२
जीविकोपार्जनको माध्यम बन्दै सामुदायिक वन
समाचार

तीन लाख ४० हजार क्युफिट दाउरा उत्पादन

१:३४ बिहान, असार २७, २०८२
रसुवा घटना : बर्दियाको गुमस्तागाउँ शोकमा
दुर्घटना

रसुवा घटना : बर्दियाको गुमस्तागाउँ शोकमा

१:३० बिहान, असार २७, २०८२
दशैंमा खसीबोका बिक्री भएनन्, किसान चिन्तित
समाचार

त्रिवेणीबाट तीन करोड २६ लाखको खसी बिक्री

१:२३ बिहान, असार २७, २०८२
बर्दियामा फरार दुई प्रतिवादी पक्राउ
अपराध

स्रोत नखुलेको १२ लाख रुपैयाँसहित एक जना पक्राउ

७:५९ बिहान, असार २६, २०८२
Next Post
बाँके क्षेत्र नम्बर २ द्वारा एमपी स्कुलमा बृक्षारोपण

बाँके क्षेत्र नम्बर २ द्वारा एमपी स्कुलमा बृक्षारोपण

छाडा चौपायाले दुर्घटना निम्त्याउँदै, सवारी आवागमनमा समस्या

नेपालगन्जमा, अझै हटेन पशुचौपाया छाड्ने प्रवृत्ति

व्यक्तिगत स्वार्थपूर्तिका लागि काम गरेको छैनः डिएसपी डाँगी

व्यक्तिगत स्वार्थपूर्तिका लागि काम गरेको छैनः डिएसपी डाँगी

Discussion about this post

मौसम रिपोर्ट

Nepalgunj
◉
33°
Mostly Cloudy
5:29 am7:19 pm +0545
Feels like: 42°C
Wind: 10km/h SE
Humidity: 68%
Pressure: 1001.69mbar
UV index: 10
SunMonTue
36/27°C
34/27°C
33/27°C
Weather forecast Nepalgunj, Nepal ▸
Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?