ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

संस्थाको घरजग्गा श्रीमतीलाई पास

News Desk by News Desk
१२:१५ बिहान, साउन २३, २०८१
संस्थाको घरजग्गा श्रीमतीलाई पास
417
सेयर
393
VIEWS
ShareTweetSendShare

बाँके साउन २३ गते ।
बाँकेमा बादी समुदायको उत्थानका लागि लामो समयदेखि काम गर्दै आएको एक गैरसरकारी संस्थाका तत्कालीन अध्यक्षले संस्थाको नाममा रहेको चार करोडभन्दा बढीको घर र जग्गा श्रीमतीलाई नै बिक्री गरेर हिनामिना गरेको खुलासा भएको छ ।

सोसियल अवेयरनेस फर एजुकेसनल (सेफ) नेपाल संस्थाका पूर्वअध्यक्ष सुकलाल बादीले आफू अध्यक्ष रहँदा संस्थाको नाममा नेपालगन्ज–६, एकता नगरमा रहेको चार करोडभन्दा बढी मूल्यको चार कट्ठा जमिन र त्यसमा बनेको १४ कोठे दुई तले पक्की घर आफ्नी श्रीमती रिना बादीको नाममा पास गरिदिएको खुलासा भएको हो । सेफ नेपालका वर्तमान अध्यक्ष अभिषेक नेपालीले जग्गालाई सुकलाल र उनकी श्रीमतीले एनआइसी एसिया बैङ्कको कम्दी शाखामा धितो राखी ‘जैविकमार्ग सप्लायर्स’ नामक संस्थाको नाममा एक करोड ५० लाख रुपियाँ एनआइसी एसिया फास्ट ट्र्याक व्यवसाय कर्जा लिएको पाइएको बताउनुभयो ।

उहाँले संस्थाको प्रतिनिधि बन्दै सुकलालले २०७५ साल असार २१ गते नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर–७ (हाल ६), फुल्टेक्राको एकता नगरमा रहेको ११ ‘क’ कि.नं. १३०२ को ४ कट्ठा जग्गा २७ लाख रुपियाँमा बिक्री गर्नुभएको हो । बर्दिया पाताभार–२ की ४६ वर्षीय रिना बादीलाई राजीनामा गरिदिएको मालपोत कार्यालय बाँकेको राजीनामापत्रमा उल्लेख छ । रिना बादी सुकलालकी श्रीमती हुनुहुन्छ । २७ लाख रुपियाँमा संस्थाको उक्त जग्गा बिक्री गरिएको देखिए पनि रकम संस्थाको खाता वा अन्य कुनै ठाउँमा आएको नदेखिएको अध्यक्ष नेपालीले बताउनुभयो ।

भूमि सुधार तथा व्यवस्थापन विभाग, मालपोत कार्यालय नेपालगन्ज बाँकेको राजीनामामा रजिस्ट्रेसन नं. १४÷क मा संस्था (सेफ) को चलानी नं. ९३ मिति २०७५÷३÷२१ को संस्थाका प्रतिनिधि (सुकलाल नेपाली) खटाई २७ लाख रुपियाँमा मिति २०७५ जेठ २ गतेको संस्थाको माइन्युट, चलानी नम्बर ११८४२, २०७४ वैशाख २० गते चुक्ता प्रमाणित तथा २०७५ वैशाख १६ गते २०७४÷७५ सालको तिरो तिरेको नम्बर ९१५६ को रसिद नम्बर उल्लेख गरिएको छ । साक्षीमा सुर्खेत छिन्छु–७ बस्ने जिउली बादी, बाँके नेपालगन्ज–१३ का हेमन्त सिंह साउद र नेपालगन्ज–५ का हेमबहादुर रावत रहेका छन् । उल्लेखित जग्गामा घर नभएको तथा बाटो पनि नभएको बेहोरा रजिस्ट्रेसनका लागि सिफारिस गरिदिएको पाइएको छ । जबकि उक्त जग्गामा दुईतले भवन पहिलेदेखि नै निर्माण भएको थियो भने बाटो पनि थियो ।

सम्बन्धित समाचार

त्रिशूली र नारायणीबाट भेटिएका ३२१ शवमध्ये २८० को फरेन्सिक परीक्षण

नौबस्ता कारागारका ४६६ कैदीबन्दीले बाढीपीडितका लागि ४९ हजार सहयोग गरे

जनैपूर्णिमा तथा रक्षाबन्धन आज, जनै फेर्ने र डोरो बाँध्ने चलन

२०७५ जेठ २ गते बसेको संस्थाको बैठकबाट जग्गा बिक्री गर्ने निर्णय भएको देखिएको छ । तर सो निर्णयमा पनि अधिकांश किर्ते हस्ताक्षर रहेको पाइएको वर्तमान अध्यक्ष नेपालीले बताउनुभयो । उहाँका अनुसार संस्थाले हालै पाएको एक परियोजनाका लागि दातृ निकायले माग गरेको घर जग्गाको लालपुर्जालगायतका कागजपत्र खोज्ने क्रममा संस्थाको जग्गा पाँच वर्षअघि नै बिक्री भइसकेको खुलासा भएको हो । संस्थाको जग्गा किर्ते हस्ताक्षर गरेर आफ्नी श्रीमतीको नाममा बिक्री गर्ने सुकलालमाथि छानबिन गरी कानुनी कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय बाँकेमा मङ्गलबार ठगीको मुद्दा दर्ता गराइएको अध्यक्ष नेपालीले बताउनुभयो । समुदायका अगुवाको सुझाव अनुसार सोमबार नै जिल्ला प्रशासन कार्यालय, सरकारी वकिलको कार्यालय र जिल्ला प्रहरी कार्यालयमा पुगेर मुद्दा दर्ता गराउनेबारेमा दबाब दिइएको सेफ नेपालले जनाएको छ । गोरखापत्र अनलाइन

ADVERTISEMENT
Share181Tweet98SendShare
Previous Post

आज दिउँसो अति भारी वर्षाको सम्भावना

Next Post

नेपालगन्ज नाकाबाट ५२६ जनाको उद्धार

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

त्रिशूली र नारायणीबाट भेटिएका ३२१ शवमध्ये २८० को फरेन्सिक परीक्षण
समाचार

त्रिशूली र नारायणीबाट भेटिएका ३२१ शवमध्ये २८० को फरेन्सिक परीक्षण

१:२९ बिहान, भदौ १६, २०८३
१२ बालबन्दी अझै सम्पर्कविहीन
समाचार

नौबस्ता कारागारका ४६६ कैदीबन्दीले बाढीपीडितका लागि ४९ हजार सहयोग गरे

१:१७ बिहान, भदौ १६, २०८३
जनैपूर्णिमा तथा रक्षाबन्धन आज, जनै फेर्ने र डोरो बाँध्ने चलन
समाचार

जनैपूर्णिमा तथा रक्षाबन्धन आज, जनै फेर्ने र डोरो बाँध्ने चलन

१:४६ बिहान, भदौ १२, २०८३
नेपालगन्जमा स्थानीय पाठ्यक्रम कार्यान्वयनमा
समाचार

मोहम्मद जयन्तीमा नेपालगन्जका विद्यालयमा सार्वजनिक विदा

४:२२ बिहान, भदौ ९, २०८३
मक्का मस्जिदको स्वास्थ्य शिविरबाट चार सयभन्दा बढी लाभान्वित
समाचार

मक्का मस्जिदको स्वास्थ्य शिविरबाट चार सयभन्दा बढी लाभान्वित

१२:१८ बिहान, भदौ ७, २०८३
२२ वर्षदेखि व्यवसायमा सक्रिय रूपा ओझा ‘सानु’ संघको महिला उपाध्यक्षमा उम्मेदवार
समाचार

२२ वर्षदेखि व्यवसायमा सक्रिय रूपा ओझा ‘सानु’ संघको महिला उपाध्यक्षमा उम्मेदवार

१:२३ मध्यान्ह, भदौ ४, २०८३
नागको पूजा गरी नागपञ्चमी मनाइँदै
समाचार

नागको पूजा गरी नागपञ्चमी मनाइँदै

१:३३ बिहान, भदौ १, २०८३
मध्य र पूर्वका धेरै ठाउँमा बदली र वर्षाको सम्भावना
समाचार

मनसुन सक्रिय : सुदूरपश्चिममा धेरै भारी वर्षाको सम्भावना

१२:४८ बिहान, साउन ३१, २०८३
Next Post
ब्राउन सुगरसहित जमुनाहबाट चार जना पक्राउ

नेपालगन्ज नाकाबाट ५२६ जनाको उद्धार

हत्या आरोपमा दुई पक्राउ

'सादा पोशाकमा खटिएको प्रहरी हुँ' भन्दै रकम असुली गर्ने पक्राउ

यी प्रदेशमा हुनेछ आज भारी वर्षा

बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा धेरै वर्षा हुने

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?