ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

दुई महिनादेखि तालाबन्दी, प्रशासनिक काम ठप्प

News Desk by News Desk
१:४५ बिहान, भदौ ३, २०८१
दुई महिनादेखि तालाबन्दी, प्रशासनिक काम ठप्प
396
सेयर
381
VIEWS
ShareTweetSendShare

घोराही भदौ ३ गते ।
दाङको बेलझुन्डीस्थित नेपाल संस्कृत विश्वविद्यालयको केन्द्रीय कार्यालयसहित मातहतका शाखामा ताला लाग्दा विगत दुई महिनादेखि प्रशासनिक तथा शैक्षिक गतिविधि ठप्प भएका छन्  ।

विश्वविद्यालयमा भएको आर्थिक अनियमितताको छानबिन गर्नुपर्ने, केन्द्रीय आयुर्वेद विद्यापीठमा अध्ययनरत विद्यार्थीको प्रयोगात्मकका लागि अस्पताल निर्माण गर्नुपर्ने, छात्रवृत्तिलगायतका माग राख्दै तीन विद्यार्थी सङ्गठनले आन्दोलनको घोषणा गरेका छन् । त्यसै गरी कर्मचारी बढुवा, सुरुवा नियमसङ्गतसँगै अनियमितताको विषय उठाउँदै आंशिक प्राध्यापक र कर्मचारीसमेत गरी असार २ गतेयता विश्वविद्यालयमा चार वटा ताला लगाएका छन् । विश्वविद्यालयमा ताला लाग्दा कर्मचारी आँगनमा रहेको प्रतीक्षालयमा हाजिरी गरेर घर फर्किने गरेका छन् ।

देशकै शैक्षिक धरोहरका रूपमा रहेको नेपाल संस्कृत विश्वविद्यालयको केन्द्रीय कार्यालयमा तालाबन्दी गर्दा नराम्रो सन्देश जाने भए पनि शैक्षिक हकहितका लागि तालाबन्दी गर्नुपर्ने बाध्यता भएको विद्यार्थी सङ्घ सङ्गठनका नेताले बताएका छन् । केन्द्रीय आयुर्वेद विद्यापीठमा अध्यापन गर्ने करार शिक्षकको अवधि थप हुनुपर्ने, चिकित्सा शिक्षा आयोगको न्यूनतम मापदण्ड अनुसार तत्काल अस्पताल निर्माण गर्नुपर्ने, सर्भे गरी आवश्यक जनशक्ति नियुक्त गर्नुपर्ने, छात्रवृत्तिमा अध्ययन गर्ने विद्यार्थीलाई इन्टर्नको भत्ता तत्काल व्यवस्था गर्नुपर्नेलगायतका माग राख्दै २०८१ साल असार २ गते नेपाल विद्यार्थी सङ्घ र अखिल (क्रान्तिकारी) केन्द्रीय आयुर्वेद विद्यापीठले संयुक्त रूपमा विश्वविद्यालयको केन्द्रीय कार्यालय र डिनको कार्यकक्षमा ताला लगाएका थिए ।

माग पूरा नभएको भन्दै उक्त ताला अझै खुलेको छैन । आफूहरूले उठाएका माग सम्बोधन नहुँदासम्म ताला खोल्न नसकिने नेपाल विद्यार्थी सङ्घ केन्द्रीय आयुर्वेद विद्यापीठका सभापति वसन्त अधिकारी बताउनुहुन्छ । नेवि सङ्घ र अखिल (क्रान्तिकारी) केन्द्रीय आयुर्वेद एकाइले संयुक्त रूपमा विश्वविद्यालयमा लगाएको ताला नखुल्दै अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनले असार २८ गते ताला लगाएको थियो ।

सम्बन्धित समाचार

वर्षायाम र नदी बहावका कारण सिधनियाघाटको वैकुण्ठधाम निर्माण अस्थायी रूपमा रोकियो

नौबस्तास्थित सशस्त्र प्रहरी शिक्षालयले मनायो २५औँ स्थापना दिवस

बाँकेमा पाँच हजारभन्दा बढी ग्राहकको विद्युत् लाइन काटियो

विश्वविद्यालयमा हुने गरेका गलत गतिविधि रोक्नुपर्ने र अध्ययनरत विद्यार्थीका लागि शिक्षण अस्पताल, बोटानिकल गार्डेन, पाठ्यक्रम परिमार्जन, इन्टर्नसिप भत्ता, योग्य शिक्षकको व्यवस्थापन गर्नुपर्नेलगायतका माग राख्दै विश्वविद्यालयको केन्द्रीय कार्यालयललगायत परीक्षा नियन्त्रकको कार्यालयलगायतमा तालाबन्दी गरेको थियो ।

विश्वविद्यालयमा विद्यार्थी सङ्गठनले मात्र होइन आफ्ना माग पूरा नभएको भन्दै नेपाल राष्ट्रिय कर्मचारी सङ्गठन तथा नेसंवि आंशिक प्राध्यापक सङ्घर्ष समितिले पनि छुट्टाछुट्टै ताला लगाएपछि असार २ गतेदेखि विश्वविद्यालय खुल्न सकेको छैन । जसले गर्दा प्रशासनिक, शैक्षिक गतिविधि ठप्प हुनुका साथै गत आर्थिक वर्षको हिसाबकिताब मिलानसँगै काम गरेको भुक्तानीसमेत हुन सकेको छैन । पटक पटक हुने तालाबन्दीका कारण विश्वविद्यालयसहित ११ आङ्गिक क्याम्पसका शैक्षिक गतिविधि तथा प्रशासनिक काममा असर गर्ने गरेको नेपाल संस्कृत विश्वविद्यालयका परीक्षा नियन्त्रक बाबुराम आचार्यले बताउनुभयो ।

तालाबन्दीका कारण फाराम खुलाउने, नतिजा प्रकाशनलगायत विश्वविद्यालयका गोप्य कागजपत्र बनाउने काम रोकिएको भन्दै आचार्यले भन्नुभयो, “समयमा काम नहुँदा वर्षभरि गर्ने अन्य कार्यमा समेत असर पुग्ने गर्दछ ।”

ADVERTISEMENT

२०७९ सालमा ९६ दिन र २०८० सालमा ८८ दिन विश्वविद्यालयमा तालाबन्दी भएको थियो । कानुनतः प्राज्ञिक क्षेत्रमा कर्मचारी तथा प्राध्यापक सङ्घ सङ्गठनले तालाबन्दी गर्न पाइँदैन तर विश्वविद्यालयमा भने विद्यार्थी सङ्घ सङ्गठनसँगै कर्मचारी तथा आंशिक प्राध्यापकबाट तालाबन्दी हुँदा विश्वविद्यालय गतिहीन जस्तै बनेको छ ।

संस्कृत भाषा साहित्यको विकासभन्दा भौतिक निर्माणमा पदाधिकारी र कर्मचारीले बढी ध्यान दिँदा विश्वविद्यालयको भविष्य के हुने हो भन्ने प्रश्न चिह्न खडा भएको नेपाल संस्कृत विश्वविद्यालयका शिक्षाध्यक्ष भीम खतिवडा बताउनुहुन्छ ।

उहाँका अनुसार नेपाल संस्कृत विश्वविद्यालयको गरिमा बढाउन र संस्कृत भाषा साहित्यको विकासका लागि संस्कृत भाषा साहित्य अध्ययन गरेकै व्यक्तिलाई नेतृत्वमा ल्याउनुपर्ने भन्दै विश्वविद्यालयमा तालाबन्दीका कारण विश्वविद्यालयमा भएका भौतिक निर्माणलगायत विश्वविद्यालयले आयोजना गरेको दीक्षान्त समारोहलगायतका करिब १० करोडभन्दा बढीको भुक्तानी हुन सकेको छैन । जसले गर्दा भौतिक पूर्वाधार निर्माणको काम अघि बढ्न सकेको छैन । लामो समयसम्म आर्थिक हिसाबका फाइल अघि बढ्न नसक्नु पनि विश्वविद्यालयमा पदाधिकारी र कर्मचारीकै आर्थिक चलखेलका कारण हुन नसकेको कर्मचारी बताउँछन् ।

विश्वविद्यालयमा मनोमानी गरेको आर्थिक अपचलनलगायतका आरोपमा उपकुलपति यादव लामिछानेले विश्वविद्यालयका रजिस्ट्रार माधव अधिकारीलाई असार २७ गते बर्खास्त गरेपछि विश्वविद्यालयमा अझै विवाद चुलिएको थियो । विश्वविद्यालयका कुलपतिसमेत रहनुभएका लामिछानेले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेपछि उपकुलपति लामिछानेले रजिस्ट्रारमाथिको कारबाही साउन १६ गते फुकुवा गरे पनि रजिस्ट्रार अधिकारी कार्यालय उपस्थित हुनुभएको छैन । गोरखापत्र अनलाइन

Share167Tweet95SendShare
Previous Post

बाँकेको शान्ति सुरक्षा खस्कदै

Next Post

बाँकेमा ३५ हजार हेक्टर बढी क्षेत्रमा धान रोपाइँ

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

वर्षायाम र नदी बहावका कारण सिधनियाघाटको वैकुण्ठधाम निर्माण अस्थायी रूपमा रोकियो
समाचार

वर्षायाम र नदी बहावका कारण सिधनियाघाटको वैकुण्ठधाम निर्माण अस्थायी रूपमा रोकियो

१:३२ बिहान, जेष्ठ ९, २०८३
नौबस्तास्थित सशस्त्र प्रहरी शिक्षालयले मनायो २५औँ स्थापना दिवस
समाचार

नौबस्तास्थित सशस्त्र प्रहरी शिक्षालयले मनायो २५औँ स्थापना दिवस

८:१६ बिहान, जेष्ठ ३, २०८३
बाँकेको चौफेरीमा ५० वर्षपछि पुग्यो विद्युत
समाचार

बाँकेमा पाँच हजारभन्दा बढी ग्राहकको विद्युत् लाइन काटियो

७:२१ बिहान, जेष्ठ १, २०८३
बर्दियामा मानव बेचबिखन न्यूनीकरणसम्बन्धी दुई दिने तालिम सम्पन्न
समाचार

बर्दियामा मानव बेचबिखन न्यूनीकरणसम्बन्धी दुई दिने तालिम सम्पन्न

८:३४ बिहान, बैशाख ३०, २०८३
आप्रवासी स्रोत केन्द्रबाट ६ हजार बढीले सेवा लिए
समाचार

आप्रवासी स्रोत केन्द्रबाट ६ हजार बढीले सेवा लिए

८:०० बिहान, बैशाख २८, २०८३
कोहलपुरको शान्तिनगर बस्ती हटाउँदा सयौँ परिवार चिन्तित
समाचार

कोहलपुरको शान्तिनगर बस्ती हटाउँदा सयौँ परिवार चिन्तित

७:३५ बिहान, बैशाख २८, २०८३
नेपाल–भारत उच्चस्तरीय समन्वय बैठक सम्पन्न
समाचार

नेपाल–भारत उच्चस्तरीय समन्वय बैठक सम्पन्न

४:५२ बिहान, बैशाख २३, २०८३
नेपालगन्जमा आवास बिमा कार्यक्रमअन्तर्गत पहिलो दाबी भुक्तानी हस्तान्तरण
समाचार

नेपालगन्जमा आवास बिमा कार्यक्रमअन्तर्गत पहिलो दाबी भुक्तानी हस्तान्तरण

१२:४२ बिहान, बैशाख २३, २०८३
Next Post
बाँकेमा ३५ हजार हेक्टर बढी क्षेत्रमा धान रोपाइँ

बाँकेमा ३५ हजार हेक्टर बढी क्षेत्रमा धान रोपाइँ

आज रक्षाबन्धन, जनैपूर्णिमा मनाईंंदै

आज रक्षाबन्धन, जनैपूर्णिमा मनाईंंदै

मन्त्री कुर्मीले बाँकेबाट सुरु गरे वृक्षारोपण अभियान

मन्त्री कुर्मीले बाँकेबाट सुरु गरे वृक्षारोपण अभियान

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?