ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

बैकुण्ठधाम निर्माणमा सबैको सहयोग आवश्यक : मेयर विष्ट

News Desk by News Desk
७:१८ बिहान, भदौ १०, २०८१
बैकुण्ठधाम निर्माणमा सबैको सहयोग आवश्यक : मेयर विष्ट
382
सेयर
380
VIEWS
ShareTweetSendShare

बाँके भदौ १० गते ।
नेपालगन्ज उपमहानगरपालिकाका मेयर प्रशान्त विष्टले सिधनियाघाटस्थित बैकुण्ठधाम निर्माण गर्नका लागि सबै पक्षको सहयोग आवश्यक रहेको बताएका छन् ।

मेयर विष्टले सोमबार नेपालगन्जमा बैकुण्ठधाम आध्यात्मिक महोत्सव मूल समारोह समितिको सचिवालय उद्घाटन गर्दै भने, “नेपालगन्ज मात्रै नभएर बाँकेका अधिकांश स्थान र बाहिरी जिल्लाका समेत व्यक्तिको मृत्युपश्चात् अन्त्येष्टि गरिँदै आएको राप्ती नदीस्थित सिधनियाघाटमा बैकुण्ठधाम निर्माणमा सबैको सहयोग हुनु आवश्यक छ ।”

मेयर विष्टले राप्ती नदी किनारामा निर्माण हुन लागेको बैकुण्ठधामलाई आफ्नो व्यक्तिगत तथा उपमहानगरको तर्फबाट सक्ने सहयोग समेत गर्ने प्रतिबद्धता जनाएका छन् । “खासमा त्यहाँ आवश्यक जग्गा प्राप्ति लगायतका कामहरू स्थानीय सरकारले गर्नुपर्ने र स्थानीय सरकारको दायित्व पनि हो, तर निजी क्षेत्रबाट पहल हुनु सराहनीय कार्य हो ।” उनले भने, “जग्गा प्राप्तिका लागि खासै केही सहयोग गर्न नसकेपनि त्यसको डिपिआर गर्दा लाग्ने खर्च सबै उपमहानगरबाट व्यवस्थापन गर्नेछु ।”

मेयर विष्टले बैकुण्ठधाम निर्माणका लागि आफ्नो व्यक्तिगत तर्फबाट ५१ हजार रुपियाँ सहयोग गर्ने प्रतिवद्धतासमेत व्यक्त गरे । बैकुण्ठधाम निर्माणले गति लिन सुरु गर्दैगर्दा केही व्यक्तिहरूले सामाजिक सञ्जालबाट नकारात्मक धारणा व्यक्त गर्न लागेको भन्दै उनले त्यसो गर्न नहुने बताए ।

सम्बन्धित समाचार

नरैनापुर गाउँपालिका पूर्णखोप सुनिश्चितता तथा दिगोपना पालिका घोषित

सिक्टा सिँचाइको नियमित पानीले बाँकेका किसान उत्साहित

बाल सुधारगृहको दयनीय अवस्थाविरुद्ध सर्वोच्चमा सार्वजनिक सरोकारको रिट

“सामाजिक सञ्जालबाट पछिल्ला केही दिनहरूमा नकारात्मक टिका टिप्पणीहरू आउन सुरु भएको छ, यो गलत हो, बैकुण्ठधाम हामी सबैको हो, सबै जना एकदिन त्यही बाटो भएर जाने हो, काम सुरु नहुँदै नकारात्मक धारणा राख्नुहुँदैन ।” उनले भने, “अन्त्येष्टि स्थल सबैको साझा हो, सबैले आ–आफ्नो ठाउँबाट सक्दो सहयोग गर्नुपर्छ, तपाईँ सबैले यसका बारेमा सकारात्मक धारणा राख्नुहोस् ।”

बैकुण्ठधाम आध्यात्मिक महोत्सव मूल समारोह समितिका अध्यक्ष डा.सुरेशकुमार कनोडियाले सिधनियाघाटमा बैकुण्ठधाम निर्माणका लागि सहयोग जुटाउन बैकुण्ठधाम आध्यात्मिक महोत्सवको आयोजना गरिएको भन्दै यसमा सबैको अमूल्य सहभागिता, सहयोग र सुझावको खाँचो रहेको बताए । महोत्सव सफल पार्नका लागि मूल समारोह समितिसहित केही उपसमितिहरू निर्माण भइसकेको र केही उपसमितिहरू निर्माण गर्ने क्रममा रहेको जानकारी दिए ।

सिधनियाघाटमा बैकुण्ठधाम निर्माणका लागि करिब तीन बिगाहा जमिनको आवश्यकता पर्ने बताउँदै उनले हालसम्म करिब १६ कट्ठा जमिन प्राप्ति गरिसकेको बताए । सबैको सहभागिता र सबैको अपनत्व हुनेगरी सबैलाई समेट्ने प्रयास गरिरहेको उनले जानकारी दिए ।

ADVERTISEMENT

स्थानीय नागरिक, सरकारका सरोकारवाला निकायहरू, स्थानीय सरकार, प्रदेश सरकार र सङ्घीय सरकार सबैको सहयोग र समन्वयको खाँचो रहेको भन्दै अध्यक्ष कनोडियाले जग्गा प्राप्ति र डिपिआरसम्म गर्दा करिब २० करोड रुपियाँको आवश्यक पर्ने बताए ।

डुडुवा गाउँपालिका वडा नं. ५ का अध्यक्ष झङ्कबहादुर थापाले सिधनियाघाटमा कुनैपनि भौतिक संरचनाहरू नहुँदा मलामीहरूले अत्यन्तै दुःख र कष्ट व्यहोर्नु परेको भन्दै अब भौतिक संरचना बनेपश्चात् कष्ट व्यहोर्नु नपर्ने बताए । उनले भारतका विभिन्न स्थानका घाटहरूमा व्यवस्थित शव दाह गृहहरू रहेको र आफ्नो ठाउँमा नहुँदा मलामीहरूले दुःख पाइरहेको अवस्थामा व्यवस्थित बैकुण्ठधाम निर्माण हुन लागेकाले सबैले सहयोग गर्नुपर्ने बताए ।

बाँकेको डुडुवा गाउँपालिका वडा नं. ५ मा पर्ने राप्ती नदीस्थित सिधनिया घाटमा व्यस्थितरुपमा ब्रम्हनाल, धारा, प्रतीक्षालय, काठ गोदाम, पूजा सामग्री पसल, शौचालय, किरियापुत्री घर, मन्दिर, पार्क, उद्यानसहितको बैकुण्ठधाम निर्माणका लागि सहयोग जुटाउन आयोजक बैकुण्ठधाम सिधनियाघाट व्यवस्थापन समितिले आगामी कात्तिक २२ देखि ३० गतेसम्म महायज्ञसमेत गर्न लागेको छ । महायज्ञ महोत्सवमा वाचन शिरोमणि पण्डित दिनबन्धु पोखरेलले वाचन÷प्रवचन गर्ने बताइएको छ ।

सोमबार कृष्ण जन्माष्टमीको अवसर पारेर नेपालगन्जमा आयोजकले बैकुण्ठधाम आध्यात्मिक महोत्सव मूल समारोह समितिको सचिवालयको कार्यालय उद्घाटन गरेको हो । नेपालगन्ज महानगरपालिकाका मेयर विष्टले सचिवालयको उद्घाटन गरेका थिए ।

Share154Tweet95SendShare
Previous Post

थारु समुदायका महिलाले जन्माष्टमी मनाउँदै

Next Post

प्रधानमन्त्री ओलीले गरे जिल्ला प्रहरी परिसर काठमाडौंको नयाँ भवनको उद्घाटन

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

नरैनापुर गाउँपालिका पूर्णखोप सुनिश्चितता तथा दिगोपना पालिका घोषित
समाचार

नरैनापुर गाउँपालिका पूर्णखोप सुनिश्चितता तथा दिगोपना पालिका घोषित

३:२४ बिहान, असार ९, २०८३
राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजनामा बजेट अभाव
समाचार

सिक्टा सिँचाइको नियमित पानीले बाँकेका किसान उत्साहित

७:३४ बिहान, असार ४, २०८३
बालसुधार गृहमा झडप के कारणले भयो ?
समाचार

बाल सुधारगृहको दयनीय अवस्थाविरुद्ध सर्वोच्चमा सार्वजनिक सरोकारको रिट

६:५७ बिहान, जेष्ठ २७, २०८३
रास्वपा बाँकेको सभापतिमा विवेककुमार श्रेष्ठ निर्वाचित, जनता र पार्टीको हितमा काम गर्ने प्रतिवद्धता
मुख्य समाचार

रास्वपा बाँकेको सभापतिमा विवेककुमार श्रेष्ठ निर्वाचित, जनता र पार्टीको हितमा काम गर्ने प्रतिवद्धता

११:३० बिहान, जेष्ठ २४, २०८३
जिल्लाको क्षतिपूर्तिको फैसला उच्चद्वारा सदर
समाचार

अदालत परिसरको सुरक्षा र व्यवस्थापन सुदृढ गर्न बाँके जिल्ला अदालतका नयाँ नियम लागू

८:४६ बिहान, जेष्ठ २३, २०८३
बाँके जिल्ला क्रिकेट संघको नेतृत्वमा सुफियान खान पठान, नयाँ कार्यसमिति निर्विरोध चयन
समाचार

बाँके जिल्ला क्रिकेट संघको नेतृत्वमा सुफियान खान पठान, नयाँ कार्यसमिति निर्विरोध चयन

७:३६ बिहान, जेष्ठ २३, २०८३
माटोका भाँडाको बिक्री घट्दा बाँकेका कसगर समुदाय चिन्तित ( फोटो फिचर)
समाचार

गर्मी बढेसँगै नेपालगन्जमा माटोका भाँडाको माग उच्च, कुम्हाल समुदायलाई माटो अभावको चुनौती

४:०९ बिहान, जेष्ठ २०, २०८३
सिक्टा सिँचाइ आयोजनाको बजेटमा उल्लेख्य वृद्धि, आगामी आवका लागि रु २ अर्ब ५५ करोड विनियोजन
समाचार

सिक्टा सिँचाइ आयोजनाको बजेटमा उल्लेख्य वृद्धि, आगामी आवका लागि रु २ अर्ब ५५ करोड विनियोजन

१:२६ बिहान, जेष्ठ १६, २०८३
Next Post
प्रधानमन्त्री ओलीले गरे जिल्ला प्रहरी परिसर काठमाडौंको नयाँ भवनको उद्घाटन

प्रधानमन्त्री ओलीले गरे जिल्ला प्रहरी परिसर काठमाडौंको नयाँ भवनको उद्घाटन

नेपालगञ्जको न्युरोडमा एक पसलमा आगलागी

नेपालगञ्जको न्युरोडमा एक पसलमा आगलागी

पाँच प्रदेशमा भारी वर्षाको सम्भावना

आज तीनवटा प्रदेशमा भारी वर्षाको सम्भावना

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?