ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

मानव बेचविखनः जमुनाह नाका सबैभन्दा जोखिमपूर्ण

News Desk by News Desk
१:१९ बिहान, अशोज ८, २०८१
मानव बेचविखनः जमुनाह नाका सबैभन्दा जोखिमपूर्ण
383
सेयर
382
VIEWS
ShareTweetSendShare

बाँके असोज ८ गते ।
नेपालगन्जलाई मानव बेचबिखनको हिसाबले जोखिमपूर्ण नाकाको रुपमा लिने गरिन्छ । सधैनै भीडभाड हुने भएकाले दलालले नेपालगन्जबाट भारत तथा तेस्रो मुलुकमा कामका लागि भन्दै महिलालाई जोखिमपूर्ण यात्रामा लगिरहेको पाइन्छ । भारत तथा तेस्रो मुलुकमा जोखिमपूर्ण काममा परेका र उद्धार गरी फिर्ता गरिएका (कतिपय आफै आएका) धेरैजसोले नेपालगञ्ज नाका हुँदै भारत प्रवेश गरेको बताउने गर्दछन् ।

चलनचल्तीको नाका भएर पनि होला, यो नाकामा मानव बेचबिखनविरुद्धमा काम गर्ने एक दर्जन संघ–संस्थाको चेकपोष्ट रहेको छ । नेपालगन्जको अन्तिम नाका जमुनाह पुग्नुअघि एक किलोमिटर यतैबाट संघ संस्थाले जोखिमपूर्ण यात्रामा निस्केको शंकास्पदलाई रोक्ने र सोधपुछ गर्ने गर्दछन् । संघ–संस्थाको सोधपुछ चौलिक्का चोकबाट शुरु भएर दशगजामै गएर सकिन्छ । एकै व्यक्तिलाई धेरै संघ–संस्थाका प्रतिनिधिले सोधपुछ गरेको पनि देखिन्छ ।

यसका बाबजुद दलालले किशोरी, युवती, महिलालाई नाका पार गराएको पाइन्छ । भारतीय बजारमा किनमेल, उपचार, आफन्ती भेटघाटलगायतका नाममा जोखिमपूर्ण यात्रामा निस्केकालाई नाका पार गराउने गरिन्छ । सधैं नाकामा बसिरहेका संघ–संस्थाका प्रतिनिधिले जोखिमपूर्ण यात्रामा निस्केका महिलालाई धेरै हदसम्म पहिचान गरेका हुन्छन् ।

भारतीय बजार रुपईडिहा यस क्षेत्रकै मानिस किनमेल गर्न जाने र सधैं भीडभाड हुने भएकाले सबैलाई हेर्न सम्भव देखिँदैन । संघ–संस्थाका प्रतिनिधिको पनि निश्चित समयमात्रै डिउटी हुन्छ । जमुनाह नाकामा जिल्लाभरी नै मानव बेचबिखनविरुद्ध काम गर्ने संघ–संस्थाको चेकपोष्ट रहेको छ । मानव बेचबिखन तथा ओसारपसारविरुद्धको जिल्ला समितिले नेपालगन्ज नाकामा दुई वटा संस्था बस्ने र अरु अन्यत्र नाकामा बस्ने भनेपनि कार्यान्वयन भएको छैन ।

सम्बन्धित समाचार

राप्ती नदीको कटान तीव्र, बस्ती छिर्नै त्रास

सामुदायिक वनमा रोपिए आठ हजार बिरुवा

एक वर्षमा दश करोडभन्दा बढीको काठ उत्पादन

यतिका धेरै संघ–संस्था बस्दा पनि बसमा यात्रा गर्नेको हकमा जाँच हुन सकेको छैन । सुख्खा बन्दरगाह हुँदै भारत प्रवेश गर्ने बसमा जो गएपनि न त प्रहरी, न संघ संस्थाको नै पहुँच हुन सकेको छ । नेपालगञ्ज र दाङबाटै भारतको दिल्लीलगायत ठाउँमा बस जान्छन् । बुटवल र काठमाण्डौबाट पनि कहिलेकाँही यो नाकाबाट बस भारत गएको पाइन्छ ।

चौलिक्का भएर सुख्खा बन्दरगाह हुँदै भारतका विभिन्न शहरमा जाने बसमा कसैको ध्यान पुगेको छैन । भन्सार हुँदै जमुनाहा नाकामा सबैको ध्यान गएको छ । इलाका प्रहरी कार्यालय जमुनाहका इन्चार्ज प्रहरी निरीक्षक उपेन्द्र बुढाथोकीले जमुनाह नाका भएर जानेको हकमा प्रहरीसहित एक दर्जन संघ–संस्थाले निगरानी गरेपनि सुख्खा बन्दरगाह हुँदै भारत जाने बसमा कसैको ध्यान नपुगेको बताए । लामो समयदेखि मानव बेचबिखनविरुद्धमा काम गरेको माइती नेपाल, नेपालगञ्जका संयोजक केशव कोइरालाले जमुनाहा हुँदै जानेको हकमा कडा निगरानी भएपनि सुख्खा बन्दरगाह हुँदै जाने बसमा निगरानी गर्न नसकिएको बताए ।

उनले यो विषयमा जिल्ला समितिमा छलफल भइरहेको जानकारी दिए । कतिपय बसका कर्मचारीले शंकास्पद महिला चढेको देखेमा प्रहरी र संघ संस्थालाई खबर गर्ने गरेका छन् । संघ संस्थाले पनि नेपालगन्जको पुष्पलालचोक र चौलिक्कामा बसलाई रोकेर कहिलेकाही छड्के गर्ने गर्दछन् । तर, नियमित जाँच भने हुन सकेको छैन । राम्रो काम र दामका लागि भारत तथा तेस्रो मुलुकमा महिलालाई फकाएर लैजाने दलालले प्रहरी र संघ–संस्थाभन्दा धेरै जुक्ति लगाएको हुन्छ ।

ADVERTISEMENT

कतिबेला बढी भीडभाड हुन्छ, कतिपय कुन संघ–संस्थाका प्रतिनिधिको डिउटी सकिन्छ, के बहाना बनाएर नाका पार गर्ने दलालले अनेक जुक्ति लगाएको हुन्छ । कतिपय बेला भने सिन्धुपाल्चोक, नुवाकोटका महिला नेपालगञ्ज नाका भएर रुपईडिहामा किनमेल गर्न जान थालेको बहाना बनाउँदा फिर्ता पठाइएका छन् ।

आर्थिक वर्ष २०८०–८१ म नेपालगन्ज नाका भएर भारत तथा तेस्रो मुलुकमा जोखिमपूर्ण कामका लागि जान थालेका एक हजार ४ सय ४१ जनालाई नाकाबाट फिर्ता गरिएको छ । त्यसमध्ये माइती नेपालले ५ सय २६ जनालाई फिर्ता गरेको हो । कहाँ जाने ? कसरी जाने ? जाने ठाउँमा के काम गर्ने ? कति पैसा पाइन्छ ? भन्नेसम्म थाहा नपाई हिँडेकालाई नाकामा रोकेर परिवारका सदस्यलाई बोलाएर जिम्म लगाउने गरिन्छ ।

Share154Tweet96SendShare
Previous Post

डिभिजन कार्यालय नेपालगन्जद्धारा योजना कार्यान्वयन सुरु

Next Post

मनसुन सक्रिय, २७ जिल्ला उच्च जोखिममा

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

राप्ती नदीको कटान तीव्र, बस्ती छिर्नै त्रास
समाचार

राप्ती नदीको कटान तीव्र, बस्ती छिर्नै त्रास

१२:०० बिहान, असार १९, २०८२
सामुदायिक वनमा रोपिए आठ हजार बिरुवा
समाचार

सामुदायिक वनमा रोपिए आठ हजार बिरुवा

१२:०० बिहान, असार १८, २०८२
बाँकेमा तीन लाख ९८ हजार क्यु फिटबढी काठ उत्पादन
समाचार

एक वर्षमा दश करोडभन्दा बढीको काठ उत्पादन

१२:०० बिहान, असार १८, २०८२
बबई भादा औरही नदी व्यवस्थापन कार्यालय नहटाउन स्थानीयको माग
समाचार

बबई भादा औरही नदी व्यवस्थापन कार्यालय नहटाउन स्थानीयको माग

११:५५ मध्यान्ह, असार १७, २०८२
सिक्टा सिंचाइँको ११ किलोमिटर लामो गुरुवागाउँ शाखा नहरमा पानी छोडियो
समाचार

सिक्टा सिंचाइँको ११ किलोमिटर लामो गुरुवागाउँ शाखा नहरमा पानी छोडियो

१२:०० बिहान, असार १७, २०८२
नरैनापुरको चार ठाउँमा बाढीसम्बन्धी सूचना दिने साइरन जडान
समाचार

नरैनापुरको चार ठाउँमा बाढीसम्बन्धी सूचना दिने साइरन जडान

१:०५ बिहान, असार १६, २०८२
संघीय संसद्को तेस्रो अधिवेशन सोमबारदेखि सुरु
समाचार

आज संसदबाट निजामती विधेयक पारित गरिँदै

१२:०० बिहान, असार १५, २०८२
सुर्खेत पश्चिम खण्डको निर्माणमा ढिलाइ
समाचार

सुर्खेत पश्चिम खण्डको निर्माणमा ढिलाइ

१२:०० बिहान, असार १५, २०८२
Next Post
आज चार वटा प्रदेशमा चट्याङ्गसहित पानी पर्ने सम्भावना

मनसुन सक्रिय, २७ जिल्ला उच्च जोखिममा

रुकुमपश्चिममा आठ वर्षपछि पुल निर्माण

रुकुमपश्चिममा आठ वर्षपछि पुल निर्माण

स्वयंसेवक इञ्जिनियरको भरमा आयोजना

स्वयंसेवक इञ्जिनियरको भरमा आयोजना

Discussion about this post

मौसम रिपोर्ट

Nepalgunj
◉
28°
Cloudy
5:25 am7:20 pm +0545
Feels like: 36°C
Wind: 8km/h ESE
Humidity: 89%
Pressure: 1000.68mbar
UV index: 1
SatSunMon
35/28°C
34/28°C
34/28°C
Weather forecast Nepalgunj, Nepal ▸
Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?