ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

बाढीपहिरो प्रभावितलाई सुरक्षित स्थानमा सारियो

News Desk by News Desk
१२:२७ बिहान, अशोज १४, २०८१
बाढीपहिरो प्रभावितलाई सुरक्षित स्थानमा सारियो
385
सेयर
384
VIEWS
ShareTweetSendShare

लुम्बिनी असोज १४ गते ।
लुम्बिनी प्रदेशका बाढी र पहिरो प्रभावित एक सय ९ जनाभन्दा बढी व्यक्तिलाई सुरक्षित स्थानमा सारिएको छ । सुरक्षाकर्मी र स्थानीय समुदायको सक्रियतामा पश्चिम नवलपरासी, पाल्पा, रुपन्देही, गुल्मी र रोल्पा जिल्लाका बाढी तथा पहिरो प्रभावितहरूलाई सुरक्षित स्थानमा सारिएको हो ।

लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले विपद् प्रतिकार्य योजनालाई प्रभावकारी कार्यान्वयन गर्न तीन वटै सुरक्षा निकाय, रेडक्रस, स्वयंसेवक तथा आम सर्वसाधारण नागरिकहरूमा अपिल गरेका थिए । नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना लगायत समुदायका नागरिक बिचको सहकार्यले विपद् प्रतिकार्य योजना कार्यान्वयनमा सहजता आएको हो ।

प्रदेश सरकारको सहजीकरणमा सुरक्षा निकाय र स्थानीय सरकारले विपद्मा परेकाहरूलाई राहत, पुनर्स्थापनाको काम पनि अघि बढाएका छन् । बाढी, पहिरोबाट प्रभावितहरूलाई सुरक्षित स्थानमा सारिएको र पुनर्स्थापनाको काम अघि बढेको आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सूचना अधिकारी गंगाधर पाण्डेले जानकारी दिए । उनका अनुसार बाढी र पहिरोको उच्च जोखिममा रहेका स्थानीयहरूलाई सार्वजनिक भवन, छिमेकी तथा आफन्तको घरमा बसेका छन् ।

नवलपरासी बर्दघाट–२ बासखोलामा ९ जनाको घर बाढीका कारण डुबानमा परेर क्षति भएको छ । स्थानीय कोशबहादुर आले, हरिबहादुर राई, कादर दर्लामी, तोमन सिंह दर्लामी, तिलकुमारी बाह्रघरे, बमबहादुर बाह्रघरे, तिलकबहादुर रुचालको घर तथा गोठमा क्षति पुगेको छ । सुस्ता गाउँपालिका–५ बड्काटोलमा बाढी पसेको छ । नारायणी नदीको पानीको बहाव बढ्दा बाँध समेत फुटेर पानी बस्तीमा छिरेको थियो ।

सम्बन्धित समाचार

छ वर्षपछि जानकी गाउँपालिकाको प्रशासनिक भवन सञ्चालनमा

पूर्वसूचना दिने साइरनले घटायो हात्ती–मानव द्वन्द्व

बाँकेमा विद्युत चुहावट नियन्त्रण अभियान, १४ बेवारिसे मिटर फेला

स्थानीय प्रहरी र समुदायका नागरिकहरूलाई सार्वजनिक भवनमा सारिएको छ । पाल्पा रैनादेवी छहरा–१ का ज्ञानबहादुर कुमालका १२ जनाको परिवारलाई छिमेकीको घरमा सारिएको छ । बगनासकाली–६ निवासी देवनारायण बस्यालको घर पूर्णरुपमा बस्न नमिल्ने भएपछि दुई जना सदस्यलाई सुरक्षित स्थानमा सारिएको छ । तानसेन–५ कैलाशनगर सुकुम्वासी टोलमा पहिरो झर्दा ९ वटा घर जोखिममा परेपछि सुरक्षित स्थानमा सारिएको छ ।

रम्भा–३ ज्ञानिसरा चिर्तौरको घर जोखिममा परेपछि ७ जना परिवारका सदस्यलाई छिमेकीको घरमा सारिएको, निस्दि–५ निवासी नरबहादुर खरुको घर जोखिममा परेपछि तीन जना सदस्यलाई सुरक्षित स्थानमा सारिएको, रैनादेवि छहरा–१ मनिकला कुमाल, ओमप्रकाश कुमाल, रिता कुमाल, सीमा कुमाल, मालती नेपालीको घर जोखिममा परेपछि ११ जना सदस्यहरूलाई आफन्तको घरमा सारिएको छ । माथागढी–७ निवासी लोकमायाँ चुहानको घर जमिन भासिदा जोखिममा परेपछि ७ जना सदस्य पुरानो घरमा बसेको, सोही ठाउँ निवासी हिराबहादुर ढेंगाको घर पनि बस्न नमिल्ने भएपछि ४ जना सदस्य पुरानो गोठमा बसेको जनाइएको छ ।

रैनादेवी छहरा–१ निवासी कमला गरम्जाको घर पहिरोले पुरिएपछि तीन जना सदस्यलाई आफन्तको घरमा सारिएको छ । रीब्दीकोट–४ निवासी मीनप्रसादको घर अगाडी पहिरो खस्दा जोखिम बढेपछि चार जना सदस्यलाई सुरक्षित स्थानमा सारिएको हो । पाल्पा तिनाउ–१ निवास निरज सास्कोटीको घर पहिरोले पुरिएपछि चार जनालाई सुरक्षित स्थानमा सारिएको छ ।

ADVERTISEMENT

गुल्मी छत्रकोट–५ निवासी कृष्ण विकको घरमा क्षति पुगेपछि तीन जनालाई सुरक्षित स्थानमा सारिएको छ । रोल्पा त्रिवेणी–६ धरमखोला निवासी केशरबहादुर वलीको बाख्रा गोठ भत्किएको छ । यस्तै माडी गाउँपालिका–४ बुढागाउँ निवासी गनबहादुर घर्तीको कुखुरा फार्ममा क्षति पुगेको छ ।

Share155Tweet96SendShare
Previous Post

अन्तर तहका कार्यालयहरुसँग सहकार्य बढाउँदै राप्तीसोनारी

Next Post

मदरसा र गुरुकुललाई सामग्री हस्तान्तरण

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

छ वर्षपछि जानकी गाउँपालिकाको प्रशासनिक भवन सञ्चालनमा
समाचार

छ वर्षपछि जानकी गाउँपालिकाको प्रशासनिक भवन सञ्चालनमा

१:४९ बिहान, साउन ५, २०८३
पूर्वसूचना दिने साइरनले घटायो हात्ती–मानव द्वन्द्व
समाचार

पूर्वसूचना दिने साइरनले घटायो हात्ती–मानव द्वन्द्व

६:०४ बिहान, साउन ३, २०८३
बाँकेको चौफेरीमा ५० वर्षपछि पुग्यो विद्युत
समाचार

बाँकेमा विद्युत चुहावट नियन्त्रण अभियान, १४ बेवारिसे मिटर फेला

५:०६ बिहान, साउन ३, २०८३
आज देशका केही स्थानमा भारी वर्षाको सम्भावना
समाचार

मनसुन सक्रिय बन्दै, आज र भोलि भारी वर्षाको सम्भावना

१:१८ बिहान, साउन २, २०८३
वर्षाका कारण केही नदीमा सतर्कता तह पार, बाढी र पहिरोको जोखिम बढ्दो
समाचार

आज देशका विभिन्न क्षेत्रमा भारी वर्षाको सम्भावना, नदी–खोलामा बाढी बढ्दै

१:१९ बिहान, साउन १, २०८३
सडकमा गोलभेँडा फालेर सरकारविरुद्ध किसानको प्रदर्शन
समाचार

सडकमा गोलभेँडा फालेर सरकारविरुद्ध किसानको प्रदर्शन

६:२२ बिहान, असार ३१, २०८३
कोहलपुरमा बृहत् वृक्षारोपण, २ हजार ४ सय बिरुवा रोपियो
समाचार

कोहलपुरमा बृहत् वृक्षारोपण, २ हजार ४ सय बिरुवा रोपियो

७:४९ बिहान, असार २९, २०८३
कुपोषण रोकथाममा धार्मिक अगुवालाई अभिमुखीकरण
समाचार

कुपोषण रोकथाममा धार्मिक अगुवालाई अभिमुखीकरण

७:३० बिहान, असार २८, २०८३
Next Post
मदरसा र गुरुकुललाई सामग्री हस्तान्तरण

मदरसा र गुरुकुललाई सामग्री हस्तान्तरण

अवैध भन्सार छलिको सामान बरामद

अवैध भन्सार छलिको सामान बरामद

‘नाविया ब्राण्ड’ को ओरिजिनल लोसन नेपालगन्जमा थोक र फुटकर विक्रि सुरु

‘नाविया ब्राण्ड’ को ओरिजिनल लोसन नेपालगन्जमा थोक र फुटकर विक्रि सुरु

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?