ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ अपराध

अस्तब्यस्त नेपालगन्ज ल्याण्डफिल साइट : समाचार संकलन गर्न पत्रकारलाई रोक

News Desk by News Desk
४:२६ बिहान, अशोज ३०, २०८१
अस्तब्यस्त नेपालगन्ज ल्याण्डफिल साइट : समाचार संकलन गर्न पत्रकारलाई रोक
446
सेयर
445
VIEWS
ShareTweetSendShare

बाँके असोज ३० गते ।
गल्ने फोहोरबाट मल बनाउने र नगल्ने वस्तु बिक्री गरी आर्थिक उपार्जन गर्ने योजनासहित सञ्चालनमा आएको नेपालगन्जको एकीकृत फोहोरमैला व्यवस्थापन तथा प्रशोधन केन्द्र (ल्याण्डफिल साइट) ६ महिनामै बन्द भएको छ । प्रशोधन केन्द्रका मेसिन संचालन नहुँदा सड्ने र नसड्ने बस्तु एउटै खाल्डोमा फाल्दा ल्याण्डफिल साइट मात्र नभई आसपासका क्षेत्र समेत दुर्गन्धित बनेको छ ।

एसियाली विकास बैंक (एडिबी) को साझेदारीमा ३८ करोड ९३ लाख ४२ हजार रुपैयाँमा फोहोर प्रशोधन केन्द्र निर्माण भएको हो । एक वर्षसम्म एडिवीले गल्ने र नगल्ने दुई प्रकारका फोहोरलाई प्रशोधन केन्द्रमा व्यवस्थापन गरे पनि त्यसपछि नेपालगन्ज उपमहानगरले एउटै ठाउँमा थुपार्दै आएको छ । गल्ने फोहोरबाट मल बनाउने र नगल्ने वस्तुलाई बिक्री गर्ने अवधारणाअनुसार सञ्चालन भएको यो ल्याण्डफिल साइटमा जडान भएका मेसिन बन्द छन् । २०७६ भदौमा उद्घाटन गरिएको प्रशोधन केन्द्रका मेसिन चैतदेखि बन्द रहेका छन् । मेसिन संचालनमा नआउँदा खिया लागेर सड्ने अवस्थामा पुगेका छन् ।संचालनमा नआउँदा मजदुरहरु मेसिनमा आराम गर्दै आएका छन् ।

केन्द्रमा दैनिक २४ टन फोहोर भण्डारण गर्ने क्षमता छ । नेपालगन्जमा अहिले दैनिक ३० टन फोहोर उत्पादन हुने गरेको छ । संकलन भएको फोहोरलाई प्रशोधन केन्द्रको चारवटा सेलमा राखेर कुहिने, नकुहिने र कडा खालका फोहोर छुट्याइने गर्ने मेसिन जडान भएका छन् ।

पहिलो चरणमा कुहिने खालको फोहोरबाट कम्पोस्ट मल तयार गर्ने योजना थियो । इँटा, ढुंगालगायतका नकुहिने फोहोर भने सेलमा राखेर माटोले च्याप्ने योजनाका साथ निर्माण भए पनि अहिले कुहिने, नकुहिने (प्लास्टिक, इँटा, ढुंगा) छुट्याउने मेसिन सञ्चालनमा आउन सकेका छैनन् । जसले सबै फोहोर एउटै खाडलमा फाल्ने गरिएको छ ।

सम्बन्धित समाचार

चुलाचुली गाउँपालिकाका इन्जिनियर ६ लाख घुससहित पक्राउ

सडकमा गोलभेँडा फालेर सरकारविरुद्ध किसानको प्रदर्शन

महँगी नियन्त्रणमा सरकार कहिले गम्भीर बन्छ ?

पहिले ५० जना कार्यरत प्रशोधन केन्द्रमा अहिले ३० जना कामदार छन् । एडिबीले कुहिने र नकुहिने फोहोरका लागि छुट्टाछुट्टै गाडीको व्यवस्था समेत गरेको थियो । तर, यी महंगा गाडी समेत संचालनमा आएका छैनन् । ल्यान्डफिल साइटमै फोहोर वर्गीकरण गरेर व्यवस्थापन गर्नुपर्ने भए पनि मेसिन सञ्चालन नहुँदा जैविक फोहोर पनि डम्पिङ साइटमा पुर्ने गरिएको छ ।
कुहिने र नकुहिने फोहोर छुट्टाछुट्टै संकलन गर्न नगरका हरेक घरमा बाल्टी र बोरा वितरण गरिएको छ । स्थानीयलाई कुहिने फोहोर संकलन गर्ने बाल्टी र नकुहिने फोहोरका लागि बोरा निःशुल्क बाँडिए पनि उक्त बस्तु प्रयोगमा आएका छैनन् । स्थानीय बासिन्दाले दुवै फोहोर मिसाइदिँदा समस्या भएको गुनासो गरेका छन् ।

फोहोर प्रशोधन केन्द्र १३ बिघा पाँच कठ्ठामा निर्माण भएको छ । यसमा ३२ वर्षसम्म फोहोर व्यवस्थापन गर्न सकिने योजना थियो । ल्याण्डफिल साइट निर्माणअघि बिडिए नेपालले सन् २०१४ मा गरेको अध्ययनअनुसार नेपालगन्जको फोहोरमा सबैभन्दा बढी अर्गानिक (कुहिने) फोहोर ६९ दशमलव ५५ प्रतिशत भएको प्रतिवेदन तयार गरेको थियो ।

फोहोर वर्गीकरण गरी सड्नेबाट प्रांगारिक मल उत्पादन गरी बिक्री गर्ने र प्लास्टिक, फलामलगायत कवाडी सामान बेचेर भएको आम्दानीबाट प्रशोधन केन्द्रको सम्पूर्ण सञ्चालन खर्च व्यवस्थापन गर्ने लक्ष्य राखिएको थियो । यसको व्यवस्थापनका लागि मासिक कम्तीमा २७ लाख ५० हजार र वार्षिक तीन करोड ३० लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको थियो ।
फोहोर डम्पिङ गर्न चारवटा सेल (ठूला खाल्डो खनिएका) छन् । एउटाले कम्तीमा आठ वर्ष धान्ने लक्ष्य थियो । यो अवधिको डम्पिङको अवस्था हेर्दा एउटा खाल्डोले चार वर्ष पनि नथेग्ने देखिन्छ । चार वर्षमा एउटा खाल्डो भरिँदा १६ वर्षमै प्रशोधन केन्द्रका सबै खाल्डा भरिने भएको छ ।

ADVERTISEMENT

ल्याण्डफिल साइटमा सिसा र प्लाष्टिकका बोत्तल यत्रतत्र फालिएका छन् भने फोहोर भण्डारण गर्न बनाइएको ठाउँमा दुर्गन्धले जान नसकिने भएको छ ।
नेपालगन्ज उपमहानगरपालिका बातावरण तथा सरसफाई महाशाखा प्रमुख इन्जिनियर प्रकाश डिसीले कर्मचारी अभाव भएकै कारण मेसिन संचालनमा ल्याउन नसकिएको बताए । ल्याण्डफिल साइटलाई ब्यवस्थापन गर्न नसकेका उनले प्रवेश गर्न पत्रकारलाई समेत उपमहानगरको लिखित पत्र चाहिने बताउँदै आएका छन् ।
भित्र प्रवेश गर्दा जोखिम हुने दावी गर्दै अनुमति लिएर मात्र प्रवेश गर्न दिइने बताए । तर, उनले कस्तो जोखिम हो भन्ने खुलाएनन् । ल्याण्डफिल साइटको हवीगत बाहिर आउने डरले पत्रकारलाई भित्र जान नदिएको समाचार संकलनका लागि गएका पत्रकार बताउँछन् ।

समाचार संकलन गर्न गएका नयाँ पत्रिका दैनिकका बाँके सम्वादाता विश्वराज पछल्डङ्ग्या सहितका पत्रकारलाई त्यहाँ खटिएका कर्मचारीले अभद्र ब्यवहार गरेपछि नेपालगन्ज उपमहानगर बातावरण तथा सरसफाई महाशाखाको कर्तुत बाहिर आएको हो । वातावरण तथा सरसफाई महाशाखा प्रमुख डिसीले अनुमति लिएर मात्र पत्रकारलाई भित्र जान निर्देशन समेत दिएका छन् ।

Share179Tweet111SendShare
Previous Post

बाँके प्रहरीले मनायो ६९ औं प्रहरी दिवस

Next Post

भोलिबाट डुडुवामा निःशुल्क आँखा जाँच शिविर

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

सालीको हत्या आरोपमा भिनाजु पक्राउ
अपराध

चुलाचुली गाउँपालिकाका इन्जिनियर ६ लाख घुससहित पक्राउ

६:३७ बिहान, असार ३१, २०८३
सडकमा गोलभेँडा फालेर सरकारविरुद्ध किसानको प्रदर्शन
समाचार

सडकमा गोलभेँडा फालेर सरकारविरुद्ध किसानको प्रदर्शन

६:२२ बिहान, असार ३१, २०८३
महँगी नियन्त्रणमा सरकार कहिले गम्भीर बन्छ ?
आर्थिक

महँगी नियन्त्रणमा सरकार कहिले गम्भीर बन्छ ?

४:५५ बिहान, असार ३१, २०८३
जमुनाह नाकाबाट स्रोत नखुलेको पाँच लाख भारतीय रुपैयाँ बरामद
अपराध

जमुनाह नाकाबाट स्रोत नखुलेको पाँच लाख भारतीय रुपैयाँ बरामद

२:४८ बिहान, असार ३१, २०८३
प्युठानमा ८० भरुवा बन्दुकसहित तीन पेस्तोल बरामद
अपराध

प्युठानमा ८० भरुवा बन्दुकसहित तीन पेस्तोल बरामद

८:०२ बिहान, असार २९, २०८३
कोहलपुरमा बृहत् वृक्षारोपण, २ हजार ४ सय बिरुवा रोपियो
समाचार

कोहलपुरमा बृहत् वृक्षारोपण, २ हजार ४ सय बिरुवा रोपियो

७:४९ बिहान, असार २९, २०८३
कुपोषण रोकथाममा धार्मिक अगुवालाई अभिमुखीकरण
समाचार

कुपोषण रोकथाममा धार्मिक अगुवालाई अभिमुखीकरण

७:३० बिहान, असार २८, २०८३
खेलकुदलाई सामाजिक रूपान्तरणको माध्यम बनाउन जोड
खेल

खेलकुदलाई सामाजिक रूपान्तरणको माध्यम बनाउन जोड

७:११ बिहान, असार २८, २०८३
Next Post
भोलिबाट डुडुवामा निःशुल्क आँखा जाँच शिविर

भोलिबाट डुडुवामा निःशुल्क आँखा जाँच शिविर

तेह्र वर्षीय बालिकालाई वेश्यावृत्तिमा लगाउने मगर पक्राउ

किशोरीमाथि दुई दिनसम्म होटलमा सामुहिक बलात्कार, पाँच जना पक्राउ

बर्दिया अस्पताल गुलरियामा नसर्ने रोगको निःशुल्क उपचार सुरु

सरकारको प्राथमिकतामा परेन थालेसिमिया रोग

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?