ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

लुम्बिनी सरकारको पर्यटन प्रवर्द्धन अभियान : ‘घुम्न जाऔं बर्दिया’

News Desk by News Desk
११:२३ मध्यान्ह, कार्तिक १०, २०८१
चितवन निकुञ्जबाट बाहिर निस्केका जनावरको आक्रमण बढ्दो, २६ महिनामा ३७ जनाको ज्यान गयो

फाईल फोटो

394
सेयर
386
VIEWS
ShareTweetSendShare

लुम्बिनी कात्तिक ११ गते ।
लुम्बिनी प्रदेश सरकारले पर्यटन प्रवर्द्धनका लागि चालु आवमा ‘घुम्न जाऔं बर्दिया’ अभियान संचालन गर्ने भएको छ । सरकारको नीति तथा र बजेटमा उल्लिखित कार्यक्रमअनुसार लुम्बिनीदेखि बर्दियासम्म पर्यटकको संख्या बढाएर प्रदेशको आर्थिक समृद्धि बढाउने उद्देश्यसहित सरकारले यस्तो अभियान सुरु गर्न लागेको हो ।

उद्योग पर्यटन तथा यातायात मन्त्रालयले कात्तिक २९ मा अभियानको औपचारिक सुरुवात गर्ने गरी तयारी गरिरहेको छ । बर्दियाको ठाकुरद्वाराबाट अभियान सुरु हुने मन्त्रालयले जनाएको छ । बर्दिया पर्यटकका लागि बाघ मुख्य आकर्षण हो ।लपछिल्लो समय बाघ हेर्नकै लागि बर्दिया पुग्ने विदेशी र भारतीय पर्यटक बढ्दै गएका छन् ।

बर्दिया राष्ट्रिय निकुन्ज र जंगल सफारी बर्दियाको अर्को पर्यटकीय आकर्षण हो । अहिले बर्दियाको दौलतपुर घाटमा पाइने डल्फिन पनि बाह्य पर्यटकका लागि नयाँ आकर्षण बनेको छ । प्रदेश सरकारले सन् २०२० मा पनि लुम्बिनी घुम्न जाऔं अभियान सुरु गरेको थियो । तर, कोभिडका कारण सफल हुन सकेको थिएन ।

लुम्बिनी प्रदेशका उद्योग, पर्यटन तथा यातायात मन्त्री प्रचण्डविक्रम न्यौपानेले देशकै प्रमुख पर्यटकीय गन्तव्य बन्दै आएको बर्दियालाई लुम्बिनीसँग जोडेर प्रदेशका दुई पर्यटकीय गन्तव्यलाई पर्यटकका माध्यमबाट जोड्ने गरी अभियान सुरु गर्न लागिएको बताए । ‘लुम्बिनी प्रदेशमा गौतम बुद्धको जन्मस्थल लुम्बिनी र बर्दियाको ठाकुरद्वारा पर्यटकका लागि प्रमुख गन्तव्य हुन्, यी दुवै गन्तव्य एकअर्कामा जोडिनु पर्छ,’ उनले भने, ‘अब लुम्बिनी आएका पर्यटकलाई बर्दिया र बर्दिया आएका पर्यटकलाई लुम्बिनी घुमाउने र घुम्ने गरी कार्यक्रम थप्दै छौं ।’ लुम्बिनी र बर्दिया दुवै स्थानमा पर्यटकलाई आकर्षण गर्ने धेरै क्षेत्र रहेको र तिनीहरूको प्रवर्द्धनपछि मात्र पर्यटनबाट लुम्बिनी प्रदेशको आर्थिक समृद्धिमा सहयोग पुग्ने उनले बताए ।

सम्बन्धित समाचार

दुर्गा मूर्ति विसर्जनमा कडा सुरक्षा : सडकदेखि छतसम्म प्रहरी, आकाशबाट ड्रोनमार्फत निगरानी

दुर्गा मूर्ति विसर्जनपछि श्रम संस्कृति पार्टीको सरसफाइ अभियान

बाँकेमा शान्त र मर्यादित रूपमा धुमधामका साथ दुर्गा मूर्ति विसर्जन

बर्दियामा पर्यापर्यटन र वन्यजन्तु संरक्षणका लागि कृष्णसार क्षेत्र छुट्याएर संरक्षण गर्न थालिएको छ । त्यसले पनि बर्दियामा पर्यटनको क्षेत्र बढ्ने स्थानीयको विश्वास छ । स्थानीयस्तरमा खुलेका स्थानीय स्वादसहितका होमस्टेहरूले पनि पर्यटक आकर्षण गर्न सहयोग गर्दै आएका छन् । चालु आवमा प्रदेश सरकारको पर्यटन प्रवर्द्धन कार्यक्रमअन्तर्गत क्षमता विकास, मेला महोत्सवसहितका पर्यटन प्रवर्द्धन कार्यक्रमका लागि ४ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।

त्यसअन्तर्गत सरकारका ‘घुम्न जाउँ’ अभियानदेखि प्रवर्द्धनसम्मका सबै कार्यक्रम गरिने र घुम्न जाऔं बर्दिया अभियान पनि त्यसकै सुरुवात भएको लुम्बिनी प्रदेश पर्यटन परिषद्का कार्यकारी निर्देशक रामु जोशीले बताए । ‘अहिले हामीले बर्दियाबाट यो अभियानको सुरुवात गर्दै छौं,’ उनले भने, ‘यो अभियानलाई लुम्बिनीका रेसुंगा, रिडी, स्वर्गद्वारी, सुपादेउराली लगायतका स्थानलाई जोडेर पर्यटन प्रवर्द्धनका लागि अघि बढ्ने तयारी छ ।’ बर्दियाका स्थानीय कला संस्कृति झल्कने थारु नृत्य, अन्य पर्यटकीय गन्तव्यहरूलाई पनि जोडेर अभियान संचालन हुने उनले बताए ।

त्यसका लागि स्थानीय सरकार ठाकुरद्वारा नगरपालिकाले पनि साझेदारी गर्नेछ । उद्योग, पर्यटन, यातायात मन्त्रालयका वरिष्ठ शाखा अधिकृत गणेश घिमिरेले बर्दियाको ठाकुरद्वारालाई केन्द्र बनाएर कल्चर, नेचर र एडभेन्चरसँग सम्बन्धित रहेका बर्दियाका सबै पर्यटकीय स्थलहरूको प्रवर्द्धन गर्दै प्रचारप्रसार गरिने बताए ।

ADVERTISEMENT

‘बर्दिया नेचर र कल्चरमा पर्यटक आकर्षक गर्न सक्ने प्रदेशकै उत्कृष्ट गन्तव्य हो,’ उनले भने, ‘यो अभियानले त्यसको प्रचारप्रसार गर्दै लुम्बिनीसँग जोड्नेछ ।’ बर्दिया र लुम्बिनी दुवै पर्यटकीय क्षेत्र भारतीय बजारसँग पनि जोडिएकाले भारतीय पर्यटकहरूलाई प्राथमिकतामा राखेर अभियान चल्ने उनले बताए । मन्त्रालयले सुरु गर्ने अभियानमा पर्यटन विकास परिषद्, स्थानीय नगरपालिका, राष्ट्रिय निकुञ्ज, होटल व्यवसायीसहित पर्यटनसँग सम्बन्धित सरोकारवाला निकाय पनि जोडिने मन्त्रालयले जनाएको छ ।

Share162Tweet97SendShare
Previous Post

पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना

Next Post

नौबस्तामा औद्योगिक क्षेत्रको डीपीआर ‘रिभाइज’ हुने

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

दुर्गा मूर्ति विसर्जनमा कडा सुरक्षा : सडकदेखि छतसम्म प्रहरी, आकाशबाट ड्रोनमार्फत निगरानी
समाचार

दुर्गा मूर्ति विसर्जनमा कडा सुरक्षा : सडकदेखि छतसम्म प्रहरी, आकाशबाट ड्रोनमार्फत निगरानी

३:४९ मध्यान्ह, कार्तिक ६, २०८३
दुर्गा मूर्ति विसर्जनपछि श्रम संस्कृति पार्टीको सरसफाइ अभियान
समाचार

दुर्गा मूर्ति विसर्जनपछि श्रम संस्कृति पार्टीको सरसफाइ अभियान

१:१५ मध्यान्ह, कार्तिक ६, २०८३
बाँकेमा शान्त र मर्यादित रूपमा धुमधामका साथ दुर्गा मूर्ति विसर्जन
समाचार

बाँकेमा शान्त र मर्यादित रूपमा धुमधामका साथ दुर्गा मूर्ति विसर्जन

११:५३ बिहान, कार्तिक ६, २०८३
आज विजयादशमीको टीका, बिहान १०ः२६ बजे उत्तम साइत
समाचार

आज विजयादशमीको टीका, बिहान १०ः२६ बजे उत्तम साइत

१२:०७ बिहान, कार्तिक ५, २०८३
सरकारको प्राथमिकतामा पर्‍यो सुशिल कोइराला क्यान्सर अस्पताल
समाचार

सुशील कोइरालाको सम्झनामा क्यान्सर अस्पताल परिसरमा शालिक र बाटिका बनाइने

११:०७ मध्यान्ह, कार्तिक ३, २०८३
दसैँमा सशस्त्र प्रहरीको निःशुल्क बस सेवा, तीन दिन सञ्चालन हुने
समाचार

दसैँमा सशस्त्र प्रहरीको निःशुल्क बस सेवा, तीन दिन सञ्चालन हुने

५:२० बिहान, कार्तिक ३, २०८३
कुलबहादुरको पहलमा खडैचा प्रहरी चौकीको मुहार फेरियो
समाचार

कुलबहादुरको पहलमा खडैचा प्रहरी चौकीको मुहार फेरियो

९:०७ बिहान, कार्तिक २, २०८३
दसैँ–तिहार नजिकिएसँगै दियो बनाउन कुम्हारलाई भ्याइनभ्याइ
समाचार

दसैँ–तिहार नजिकिएसँगै दियो बनाउन कुम्हारलाई भ्याइनभ्याइ

१२:११ बिहान, कार्तिक १, २०८३
Next Post
नौवस्ता औद्योगिक क्षेत्रको काममा ढिलाई

नौबस्तामा औद्योगिक क्षेत्रको डीपीआर ‘रिभाइज’ हुने

पाक्ने बेलाको धानबारीमा कालो पोके किराको प्रकोप

पाक्ने बेलाको धानबारीमा कालो पोके किराको प्रकोप

दुई जना प्रहरी सहायक हवल्दार लागु औषधसहित पक्राउ

Discussion about this post

मौसम रिपोर्ट

Nepalgunj, NP
18°
Clear
6:26 am5:38 pm +0545
Feels like: 18°C
Wind: 3km/h NE
Humidity: 94%
Pressure: 1015.24mbar
UV index: 0
WedThuFri
30°C / 20°C
29°C / 20°C
25°C / 20°C
powered by Weather Atlas
Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?