ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

नौबस्तामा औद्योगिक क्षेत्रको डीपीआर ‘रिभाइज’ हुने

News Desk by News Desk
११:२७ मध्यान्ह, कार्तिक १०, २०८१
नौवस्ता औद्योगिक क्षेत्रको काममा ढिलाई
379
सेयर
378
VIEWS
ShareTweetSendShare

बाँके कात्तिक ११ गते ।
बाँकेको नौबस्तामा प्रदेशस्तरीय औद्योगिक क्षेत्र निर्माण गर्ने सरकारले निर्णय एक दशक पुगिसक्दा पनि सार्थक कार्यान्वयनमा आउन सकेको छैन । नौबस्तामा प्रदेशस्तरीय औद्योगिक क्षेत्र निर्माणस्थलको जग्गाको अतिक्रमण हटाउन नसक्दा जग्गा संरक्षणसँगै सरकारको निर्णय कार्यान्वयनमा आउन नसकेको हो ।

अलपत्र अवस्थामा रहेको औद्योगिक क्षेत्रको निर्माण कार्य अगाडी बढाउन पछिल्लो पटक सरकारले विनियोजन गरेको १९ करोड बजेटसमेत उपयोग हुन सकेन । देशका विभिन्न ठाउँमा औद्योगिक क्षेत्र स्थापनाका लागि प्रक्रियाले सार्थक कार्यान्वयन भइरहँदा बाँकेमा बजेट खर्चसमेत हुन नसकेको हो ।

औद्योगिक क्षेत्र निर्माणका लागि प्रारम्भिकरूपमा रु आठ अर्बको लागत अनुमान गरिएको थियो । एक दशकसम्म निर्माण अन्योल रहँदा लागत रकम बढ्ने निश्चित छ भने त्यहाँ स्थापना हुने भनिएका उद्योगहरू टाढिएका छन् । उद्योग स्थापनाका लागि मागिएको आशयपत्र आव्हानमा ३५० बढी व्यवसायीले उद्योग सञ्चालनका लागि इच्छा व्यक्त गरेका थिए ।

‘दलीय स्वार्थले नौबस्ता औद्योगिक क्षेत्र एक दशकसम्म अन्योल अवस्थामा परिरहेको हो,’ विकासका लागि नागरिक सरोकार समाज बाँकेका संयोजक कृष्ण प्रसाद श्रेष्ठले विकासमा भइरहेको राजनीतिक स्वार्थको संघर्ष हटाउनुपर्ने धारणा राख्दै दैनिक नेपालगन्जसँग भने, ‘पछिल्ला दिनहरूमा क्रमशः सकारात्मक माहोल भन्दै गइरहेकाले अब बन्नेमा आशा बढेको छ ।’ अन्योलताको अवस्था लम्बिंदै जाँदा डीपीआरसमेत ‘रिभाइज’ हुने भएको छ ।

सम्बन्धित समाचार

मनसुन सक्रिय बन्दै, आज र भोलि भारी वर्षाको सम्भावना

आज देशका विभिन्न क्षेत्रमा भारी वर्षाको सम्भावना, नदी–खोलामा बाढी बढ्दै

सडकमा गोलभेँडा फालेर सरकारविरुद्ध किसानको प्रदर्शन

बैजनाथ गाउँपालिकाको नौबस्तामा औद्योगिक क्षेत्र परियोजना कार्यालय स्थापना गरिएपनि कुनै प्रगति नभएको स्वीकार गर्दै औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडका महाप्रवन्धक ईििन्जनियर पदम ओलीले ‘डीपीआर रिभाइज गरेर परियोजना अगाडी बढाउनुपर्ने अवस्था छ ।’ डीपीआर तयार हुँदा २५९ घरधुरी उक्त क्षेत्रमा पर्ने तथ्यांक संकलन भएको भएपनि राजनीतिक दबाब र प्रभाव बढ्दै जाँदा स्थानीय घरधनीको संघर्ष समिति बनाउँदै औद्योगिक क्षेत्र निर्माणस्थलमा ४५० बढी घर रहेको दाबी गर्न थालिएपछि समस्या सिर्जना भएको थियो ।

त्यससँगै औद्योगिक क्षेत्रमा प्रस्ताव गरेअनुसारको जग्गा प्राप्त नहुने भएपछि आकार खुम्चिदै गएको हो । बैजनाथ गाउँपालिका–५ नौबस्तामा एक हजार बिगाह क्षेत्रफलमा निर्माण गर्ने भनिएको औद्योगिक क्षेत्रको आकार २ सय ५३ बिगाहमा खुम्चिएको अवस्था छ । सरकारले ०७३ सालमा औद्योगिक क्षेत्र बनाउने घोषणा गरी डीपीआर तयार पारे पनि औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडको नाममा ३३८ बिघा जग्गा मात्र दर्ता भएको थियो ।

सो जग्गामध्ये ६१ बिघा जग्गा बस्ती व्यवस्थापन र सशस्त्र प्रहरी तालिम केन्द्र तथा क्षेत्रीय कारागारलाई दिने निर्णय गरेपछि जग्गा खुम्चिन पुग्यो । त्यसले लुम्बिनी प्रदेशकै ठूलो औद्योगिक क्षेत्र निर्माण गर्न सरकारको योजना तुहिंदै गएको हो । औद्योगिक सहर नेपालगन्जभित्र औद्योगिक क्षेत्रमा विकास गर्न नसकिने अवस्था उत्पन्न भएपछि उद्योग व्यवस्थापन गर्न नौबस्तामा जग्गा खोजी गरि सरकारले उक्त निर्णय गरेको थियो ।

ADVERTISEMENT

औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले शुक्रवार जिल्लास्थित राजनीतिक दलका प्रमुख, प्रतिनिधि सभा तथा प्रदेशसभा सदस्य, स्थानीय पालिकाका प्रमुखसहित सरोकारवालाको बैठक आयोजना गरि ‘औद्योगिक क्षेत्र निर्माणको काम गर्न दिने की नदिने ?’ भन्ने बारे आफ्नो समन्वयात्मक छलफल आयोजना गरेको थियो ।

एक महिना अघिमात्रै वाणिज्य तथा आपूर्ति मन्त्रालयमा नौबस्ता औद्योगिक क्षेत्रमा अलपत्र भौतिक पूर्वाधार निर्माणबारे औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेड गरेको उच्चस्तरीय छलफलका निर्णयहरूलाई लिएर स्थानीयस्तरमा बैठक राखिएको महाप्रवन्धक ओलीले जानकारी दिए ।

Share152Tweet95SendShare
Previous Post

लुम्बिनी सरकारको पर्यटन प्रवर्द्धन अभियान : ‘घुम्न जाऔं बर्दिया’

Next Post

पाक्ने बेलाको धानबारीमा कालो पोके किराको प्रकोप

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

आज देशका केही स्थानमा भारी वर्षाको सम्भावना
समाचार

मनसुन सक्रिय बन्दै, आज र भोलि भारी वर्षाको सम्भावना

१:१८ बिहान, साउन २, २०८३
वर्षाका कारण केही नदीमा सतर्कता तह पार, बाढी र पहिरोको जोखिम बढ्दो
समाचार

आज देशका विभिन्न क्षेत्रमा भारी वर्षाको सम्भावना, नदी–खोलामा बाढी बढ्दै

१:१९ बिहान, साउन १, २०८३
सडकमा गोलभेँडा फालेर सरकारविरुद्ध किसानको प्रदर्शन
समाचार

सडकमा गोलभेँडा फालेर सरकारविरुद्ध किसानको प्रदर्शन

६:२२ बिहान, असार ३१, २०८३
कोहलपुरमा बृहत् वृक्षारोपण, २ हजार ४ सय बिरुवा रोपियो
समाचार

कोहलपुरमा बृहत् वृक्षारोपण, २ हजार ४ सय बिरुवा रोपियो

७:४९ बिहान, असार २९, २०८३
कुपोषण रोकथाममा धार्मिक अगुवालाई अभिमुखीकरण
समाचार

कुपोषण रोकथाममा धार्मिक अगुवालाई अभिमुखीकरण

७:३० बिहान, असार २८, २०८३
मध्य र पूर्वका धेरै ठाउँमा बदली र वर्षाको सम्भावना
समाचार

कहाँ–कहाँ हुनेछ आज धेरै भारी वर्षा ?

१:१७ बिहान, असार २५, २०८३
दिउँसोभन्दा राति धेरै पानी पर्ने, धेरै भारी वर्षाको सम्भावना
समाचार

मनसुन सक्रिय : कोसी, गण्डकी र लुम्बिनीमा भारी वर्षाको पूर्वानुमान

३:१८ बिहान, असार २२, २०८३
राप्तीसोनारीमा भूमि प्रशासन कार्यालय सञ्चालन, अब स्थानीय तहबाटै भूमि सेवा
समाचार

राप्तीसोनारीमा भूमि प्रशासन कार्यालय सञ्चालन, अब स्थानीय तहबाटै भूमि सेवा

३:३८ बिहान, असार १८, २०८३
Next Post
पाक्ने बेलाको धानबारीमा कालो पोके किराको प्रकोप

पाक्ने बेलाको धानबारीमा कालो पोके किराको प्रकोप

दुई जना प्रहरी सहायक हवल्दार लागु औषधसहित पक्राउ

एक लाख मुल्य बराबरको पटका नष्ट

एक लाख मुल्य बराबरको पटका नष्ट

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?