ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ कृषि

भारतबाट आउने तरकारीका कारण बाँकेका किसान मर्कामा

News Desk by News Desk
११:१८ मध्यान्ह, मंसिर १३, २०८१
भारतबाट आउने तरकारीका कारण बाँकेका किसान मर्कामा
402
सेयर
386
VIEWS
ShareTweetSendShare

बाँके मंसिर १४ गते ।
बाँकेको डुडुवा गाउँपालिका–६ उधुमगञ्जका किसान विजय कुम्हारले १० कठ्ठामा तरकारी खेती गरेका छन् । जसमा मुला, रायो, पालुङो, धनियालगायतका तरकारी लगाएका छन् । उनले ३५ कठ्ठामा आलु खेतीसमेत गरेका छन् । मजदुरको अभाव, समयमा मलखाद नपाउनु, पाए पनि महँगोमा पाउनुका कारणले यहाँ उत्पादित तरकारीको लागत मूल्य बढी पर्ने गरेका कारण भारतीय तरकारीसँग प्रतिस्पर्धा गर्न नसकिने किसान कुम्हारले बताए ।

भारतमा उत्पादित तरकारी नेपाली बजारमा सस्तोमा बिक्री हुने गरेका कारण स्थानीय किसानले तरकारीको उचित मूल्य पाउन सकेका छैनन् । नेपालमा उत्पादन लागत बढी लाग्ने गरेका कारण तरकारीको मूल्य भारतीय तरकारीभन्दा महँगो पर्छ । भारतमा सस्तोमा बीउ तथा मलखाद पाउने भएकाले उत्पादन लागत कम हुँदा त्यहाँबाट आउने तरकारी सस्तोमा बिक्री हुने गरेको किसान कुम्हारले बताए ।

“नेपालमा मलखाद, बीउबिजनदेखि सिँचाइसम्म महँगो पर्ने भएकाले भारतीय तरकारीसँग प्रतिस्पर्धा गर्न सकिएको छैन”, उनले भने ।

डुडुवा गाउँपालिका वडा नं। ६ कालाबञ्चरका किसान ओरीलाल मुराउले दैनिकरूपमा भारतबाट आउने तरकारीका कारण स्थानीय उत्पादन बिक्री गर्न समस्या हुने गरेको बताए । तरकारी खेती गर्न भारतमा भन्दा नेपालमा महँगो पर्ने भएकाले भारतीय किसानसँग प्रतिस्पर्धा गर्न समस्या भएको उनको भनाई छ ।

सम्बन्धित समाचार

भन्सारमा कडाइपछि बाँकेका किसानलाई तरकारी खेतीमा उत्साह

चाडपर्वमा केराले पायो राम्रो मूल्य, दाङका किसान उत्साहित

भारत–चीनको स्याउलाई कर्णालीको स्याउले दियो टक्कर

अहिले भारतबाट आउने तरकारीको मूल्यमै यहाँका उत्पादित तरकारी नेपाली किसानलाई सोही मूल्यमा बिक्री गर्नुपर्दा लगानी असुल नहुने मुराउले बताए । नेपालगञ्ज बजारमा भारतबाट भित्रिने तरकारीको मात्रा बढेसँगै यहाँका किसानले उत्पादन गरेको तरकारीको मूल्यमा गिरावट आएको छ ।

भारतबाट सस्तो मूल्यमा आलु, प्याज, गोलभेँडा, काउली, बोडी, भण्टा र सागपात बजारमा भित्रिएपछि स्थानीय उत्पादन बिक्री गर्न समस्या भएको किसानले बताएका छन् । उत्पादन गरेको तरकारीले मूल्य नपाउँदा किसानको लगानी डुब्नुका साथै तरकारी खेतीलाई निरन्तरता दिन समस्या भएको किसान बताउँछन् ।

नेपालमा मलखाद समयमा नपाउनु, पाए पनि महँगो हुनु र सिँचाई पनि महँगो पर्ने भएकोले यहाँका किसानलाई भारतीय तरकारीसँग प्रतिस्पर्धा गर्न कठिनाई भएको डुडुवा–६ का वडाध्यक्ष मोहनराम मिश्रले बताए । भारतीय बजारको सिमानाका नेपालगञ्जसँग जोडिएकोले पनि भारतीय तरकारी सहजै भित्रिरहेको वडाध्यक्ष मिश्रको भनाई छ ।

ADVERTISEMENT

नेपाल सरकारले मलखाद, सिँचाई, कृषि यन्त्र लगायतमा उचित अनुदान नदिँदासम्म यो समस्या रहिरहने उनले बताए । भारतबाट आउने तरकारीमा कडाइ गर्न तथा स्थानीय उत्पादनलाई प्रोत्साहन गर्न स्थानीय तहसँग किसानले माग गरेका छन् ।

Share170Tweet97SendShare
Previous Post

कुखुराको स्वास्थ्य परीक्षण

Next Post

चार वर्षमा पुलको जगसमेत बनेन

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

भन्सारमा कडाइपछि बाँकेका किसानलाई तरकारी खेतीमा उत्साह
कृषि

भन्सारमा कडाइपछि बाँकेका किसानलाई तरकारी खेतीमा उत्साह

७:२३ बिहान, भदौ ३१, २०८३
चाडपर्वमा केराले पायो राम्रो मूल्य, दाङका किसान उत्साहित
कृषि

चाडपर्वमा केराले पायो राम्रो मूल्य, दाङका किसान उत्साहित

२:०८ बिहान, भदौ २९, २०८३
भारत–चीनको स्याउलाई कर्णालीको स्याउले दियो टक्कर
कृषि

भारत–चीनको स्याउलाई कर्णालीको स्याउले दियो टक्कर

१२:५१ बिहान, भदौ १८, २०८३
मल नपाउँदा बाँकेका किसान चिन्तित, धान उत्पादन घट्ने जोखिम
कृषि

मल नपाउँदा बाँकेका किसान चिन्तित, धान उत्पादन घट्ने जोखिम

२:३५ बिहान, भदौ १७, २०८३
रासायनिक मल
अपराध

सरकारी अनुदानको मल कालोबजारी गरेको आरोपमा चार जनाविरुद्ध मुद्दा

१:०८ बिहान, भदौ ३, २०८३
बाँकेमा २५ प्रतिशत रोपाइँ
कृषि

बाँकेमा ९३ प्रतिशत धान रोपाइँ सम्पन्न

१:४४ बिहान, साउन १७, २०८३
बगानको मूल्यभन्दा बजारमा महँगो केरा, अनुगमन गर्न माग
कृषि

बगानको मूल्यभन्दा बजारमा महँगो केरा, अनुगमन गर्न माग

२:१८ बिहान, साउन १४, २०८३
बाँकेमा चैते धान रोपाइँ
कृषि

बाँकेमा ६० प्रतिशत धान रोपाइँ, गत वर्षको तुलनामा १२ प्रतिशतले घट्यो

२:३० बिहान, साउन २, २०८३
Next Post
चार वर्षमा पुलको जगसमेत बनेन

चार वर्षमा पुलको जगसमेत बनेन

बाँकेमा किसानका समस्या बुझ्न खेतबारीमै प्राविधिक

बाँकेमा किसानका समस्या बुझ्न खेतबारीमै प्राविधिक

आज ‘टुर दि बाँके नेशनल पार्क’ साइकल यात्रा

आज ‘टुर दि बाँके नेशनल पार्क’ साइकल यात्रा

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?