
काठमाडौं कार्तिक २५ गते । युट्यूब तथा सामाजिक सञ्जालमा अघोरी बाबाको रुपमा चर्चित बनेका विजय केसीलाई प्रहरीले पक्राउ गरेको छ । चर्चित केसीमाथि ठगी आरोपमा उजुरी परेपछि महानगरीय प्रहरी बृत्त बौद्धले उनलाई पक्राउ गरेको हो ।
लाइफ ड्यामेज बाबाको रुपमा चर्चित केसीले केही व्यक्तिलाई विदेश पठाइदिन्छु भन्दै ठगी गरेको उजुरी परेको प्रहरीले जानकारी दिएको छ । केसीसँगै उनकी पत्नीलाई पनि सोधपोछका लागि बोलाइएको प्रहरीले जनाए ।









Discussion about this post