
बाँके कार्तिक २५ गते ।
भारतले गरेको कालापानी अतिक्रमण विरुद्ध विद्यार्थीहरुले आज नेपालगञ्जमा प्रदर्शन गरेका छन् । संयुक्त विद्यार्थी संगठनका नाममा सुर्खेतरोडमा नारावाजी गर्दै विपी चौकमा केही बेर प्रदर्शन गरिएको हो । लीपुलेक हाम्रै हो, स्वाधिनताको रक्षा गरौं लगायतका प्लेकार्डसहित विभिन्न कलेजका विद्यार्थीको सहभगिता रहेको थियो । नेपाली झण्डा समेत बोकेका विद्यार्थीहरुले गो व्याक इन्डियाको नारा पनि लगाएका थिए ।













Discussion about this post