ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ अपराध

बन्दुकको बलमा सशस्त्र प्रहरीको दादागिरी: चौलिकामा सर्वसाधारणलाई कुट्दै

News Desk by News Desk
११:५९ मध्यान्ह, पुस २, २०८१
बन्दुकको बलमा सशस्त्र प्रहरीको दादागिरी: चौलिकामा सर्वसाधारणलाई कुट्दै
782
सेयर
751
VIEWS
ShareTweetSendShare

बाँके पुस ३ गते ।
नेपालगन्ज नाकामा खटिएका सशस्त्र प्रहरीले दादागिरि शैलीमा प्रस्तुत हुने गरेका छन् । किनमेल गरि फर्किदै गरेका सर्वसाधारणलाई गाली गर्ने, धम्क्याउने र कुटपिट समेत गर्दै आएका छन् ।

पहाडीमुलका भन्दा मधेसी र मुस्लिम समुदायका सर्वसाधारणले सशस्त्र प्रहरीले सताउने गरेको स्थानीयले दुखेसो पोखेका छन् । गाली त सामान्य जस्तै भएको सर्वसाधारण बताउँछन् । नेपालगन्ज–जमुनाह सडक अन्तरगत चौलिका चोकमा खटिएका सशस्त्र प्रहरीको दादागिरि अचाक्ली भएको एक स्थानीयले बताइन् ।

उनले गालीसँगै हातपात र कुटपिट गर्दै आएको बताइन् । भारतको रुपइडिहाबाट आइतवार दिउँसो सामान किनमेल गरि फर्किदै गरेका १३ वर्षीय छोराको सामान नियन्त्रणमा लिएपछि सोधपुछ गर्न चौलिका चोक पुगेका नेपालगन्ज उपमहानगरपालिका–१७ परसपुरका नन्कु साहुलाई ड्यूटीमा खटिएका सशस्त्र प्रहरीले कुटपिट गरि घाइते बनाएपछि घटना बाहिरिएको छ ।

सामान्य भनाभनका क्रममा सशस्त्र प्रहरीले निर्मम तरिकाले कुटपिट गरेको उनले बताए । सशस्त्र प्रहरीले बुटले अण्डकोष र छातीमा हिर्काउँदा उनी बेहोस भएर भूइँमा लडेका थिए । बेहोस भएर भूइँमा लडेपछि सशस्त्र प्रहरीले आफ्नो भ्यानमा राखेर उपचारका लागि भेरी अस्पताल पुर्याएको उनले बताए । ‘ड्यूटीमा रहेका सशस्त्र प्रहरीले सामान्य छलफलकै क्रममा बुटले एक्कासी अण्डकोष र छातीमा हिर्काए । बेहोस भएपछि पनि कुटपिट गर्न छाडेनन्,’ उनले भने, ‘स्थानीयले विरोध गरेपछि सशस्त्र प्रहरीले आफ्नो भ्यानमा राखेर भेरी अस्पताल पुर्याए । अस्पताल पुगेको केहिबेरपछिमात्र मेरो होस खुलेको थियो ।’
साहुको उपचार खर्च पनि सशस्त्र प्रहरीले बेहोरेको उनले बताए । ‘उपचारमा १२–१३ सय रुपैयाँ खर्च भएको थियो, त्यो रकम पनि सशस्त्र प्रहरीले बेहोर्यो,’ उनले भने ।

सम्बन्धित समाचार

माननीय मिना बोहरा सिद्धिकी टी–१० वडा कप क्रिकेट प्रतियोगिताको सम्पूर्ण तयारी पूरा

दुई दिनमै बाँके–बर्दियाबाट १५ लाखभन्दा बढीका भन्सार छलीका सामान बरामद

पावरलिफ्टिङ संघ, बाँकेको अध्यक्षमा डा. प्रतिक श्रेष्ठ चयन

गत १४ भदौँमा पनि सशस्त्र प्रहरीले बन्दुकको कुन्दाले हिर्काउँदा नेपालगन्ज उपमहानगरपालिका–१४ चौलिका चोकका १४ वर्षीय जैयद ढपालीको बायाँ आँखा गुमेको थियो । सशस्त्र प्रहरी र स्थानीय वीच भएको विवाद हेर्न गएका उनलाई ड्यूटीमा रहेका सशस्त्र प्रहरीले राइफलको कुन्दाले आँखामा हिर्काएका थिए ।

भेरी अस्पताल र नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पतालमा उपचार हुन नसकेपछि फत्तेबाल आँखा अस्पतालमा उपचार गराए पनि उनको आँखा फुटेको अस्पतालले दिएको रिपोर्टमा उल्लेख छ । ‘माछा किनेर फर्किदै थिएँ । सशस्त्र प्रहरी र स्थानीय वीच के कारणले विवाद भएको छ भनेर हेर्न गएका बेला सशस्त्र प्रहरीका जवान एकासी आएर राइफलको कुन्दाले आँखामा हिर्काए,’ उनले भने, ‘धेरै चोट लागेकोले उपचार सम्भव भएन । अनाहकमा आँखा गुमाउनु पर्यो ।’

राष्ट्रिय मानव अधिकार आयोग नेपालगन्जले उक्त घटनाको अनुसन्धान गरेको थियो । अनुसन्धानका क्रममा सशस्त्र प्रहरीले जैयद ढपालीलाई अनाहकमा राइफलको कुन्दाले हिर्काउँदा आँखामा गम्भिर चोट लागेको र उक्त चोटका कारण ढपालीले एउटा आँखा गुमाएको निश्कर्षसहितको प्रतिवेदन तयार गरि क्षतिपूर्तीका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयलाई सिफारिस गरेको छ ।

ADVERTISEMENT

आयोगले सशस्त्र प्रहरीको कमजोरी भएको ठहर गरि पीडितलाई दुई लाख रुपैयाँ क्षतिपूर्ती उपलब्ध गराउन सरकारलाई निर्देशन समेत दिएको छ । तर, अहिलेसम्म सरकारले क्षतिपूर्ती दिने संकेत नदेखाएको जैयदका दाजु शमिर खानले बताए । उनले भने, ‘क्षतिपूर्ती दिने भनेको धेरै दिन भइसक्यो, तर दिने नदिने अहिलेसम्म कुनै संकेत छैन । अहिलेसम्म खवर पनि आएको छैन । खै पाइने हो की होइन थाहा छैन ?’ उनले दुई लाख रुपैयाँले छोराको आँखा फिर्ता नहुने बताए । नक्कली आँखा हालिदिने भनेका छौँ । तर, पैँसा नभएर हाल्न सकेका छैनौँ,’ उनले भने ।

नाकामा खटिएका सशस्त्र प्रहरीले घरायसी सामान ल्याउनेहरुसँग पैँसा असुल्ने गरेको एक स्थानीयले बताइन् । उनले पाँच रुपैयाँसमेत माग्ने गरेको सुनाइन् । ‘पानी, चिया, नास्ता खुवाउनु पर्यो भन्छन् । पाँच रुपैयाँमा समेत चित्त बुझाउँछन्,’ उनले भनिन् ।

छोरासँग पैँसा माग्दा नदिएकै कारण सामान ल्याउन नदिएको नन्कु साहुले बताए । उनले एक हजार ६ सय ९० रुपैयाँ बराबरको सामान भारतबाट ल्याएको दावी गरे । ‘छोराले १६ सय ९० रुपैयाँको सामान ल्याउँदै थियो । सशस्त्र प्रहरीले एक हजार रुपैयाँ मागेका रहेछन् । सामान नियन्त्रणमा लिएपछि म चौलिका चोक पुगेँ,’ उनले भने, ‘दश हजार रुपैयाँ बराबरको ज्याकेट र कस्मेटिक सामान ल्याएको गलत प्रचार गरेका छन् । यसमा कुनै सत्यता छैन । पुरानो भिडियो सार्वजनिक गरेर मेरो बदनाम गर्न खोजियो ।’

नन्कु परसपुरमा किराना पसलसँग ठेलामा मम्फली विक्रि गरि जिविकोपार्जन गर्दै आएका छन् । ‘फागुनसम्म ठेलामा मम्फली विक्रि गर्छु । त्यसपछि हिरमिनिया र शमशेरगन्जबाट मकैको कोसा ल्याएर ठेलामा पोलेर विक्रि गर्छु । मकै र मम्फली विक्रि गरेर जिविका चलाउने म ज्याकेट र कस्मेटिक सामान तस्करी कसरी गर्न सक्छु,’ उनले भने ।

Share331Tweet188SendShare
Previous Post

बर्दियामा रेविज भ्याक्सिन अभाव

Next Post

बाँकेमा बढ्दो तस्करी प्रति गृह मन्त्रीको चासो, तस्करी नियन्त्रण नभए कारवाही

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

माननीय मिना बोहरा सिद्धिकी टी–१० वडा कप क्रिकेट प्रतियोगिताको सम्पूर्ण तयारी पूरा
खेल

माननीय मिना बोहरा सिद्धिकी टी–१० वडा कप क्रिकेट प्रतियोगिताको सम्पूर्ण तयारी पूरा

११:४४ बिहान, जेष्ठ ३०, २०८३
दुई दिनमै बाँके–बर्दियाबाट १५ लाखभन्दा बढीका भन्सार छलीका सामान बरामद
अपराध

दुई दिनमै बाँके–बर्दियाबाट १५ लाखभन्दा बढीका भन्सार छलीका सामान बरामद

१२:५९ बिहान, जेष्ठ ३०, २०८३
पावरलिफ्टिङ संघ, बाँकेको अध्यक्षमा डा. प्रतिक श्रेष्ठ चयन
खेल

पावरलिफ्टिङ संघ, बाँकेको अध्यक्षमा डा. प्रतिक श्रेष्ठ चयन

१२:०५ मध्यान्ह, जेष्ठ २९, २०८३
डाक्टरमाथि आक्रमण प्रयासको विरोधमा भेरी अस्पतालका सेवा ठप्प
मुख्य समाचार

भेरी अस्पतालमा बन्द सेवा पुनः सञ्चालनको तयारी, जनशक्ति र उपकरण थपिने

५:४३ बिहान, जेष्ठ २९, २०८३
बर्दियामा फरार दुई प्रतिवादी पक्राउ
अपराध

ब्राउन सुगरसहित दुई युवक नेपालगन्जबाट पक्राउ

५:२९ बिहान, जेष्ठ २९, २०८३
चैते धान खेतीतर्फ किसानको आकर्षण बढ्दै, जानकीमा उत्पादन र आम्दानी दुवैमा सुधार
कृषि

चैते धान खेतीतर्फ किसानको आकर्षण बढ्दै, जानकीमा उत्पादन र आम्दानी दुवैमा सुधार

८:५२ बिहान, जेष्ठ २८, २०८३
७० प्रतिशत अनुदानमा डिजिटल तराजु पाएपछि बैजनाथका किसान उत्साहित
आर्थिक

७० प्रतिशत अनुदानमा डिजिटल तराजु पाएपछि बैजनाथका किसान उत्साहित

८:०९ बिहान, जेष्ठ २८, २०८३
प्रधानमन्त्रीको अभिव्यक्तिप्रति अध्यक्ष यादवको टिप्पणी, सरकारलाई काम गर्ने अवसर दिनुपर्नेमा जोड
मुख्य समाचार

प्रधानमन्त्रीको अभिव्यक्तिप्रति अध्यक्ष यादवको टिप्पणी, सरकारलाई काम गर्ने अवसर दिनुपर्नेमा जोड

३:४६ बिहान, जेष्ठ २६, २०८३
Next Post
बाँकेमा बढ्दो तस्करी प्रति गृह मन्त्रीको चासो, तस्करी नियन्त्रण नभए कारवाही

बाँकेमा बढ्दो तस्करी प्रति गृह मन्त्रीको चासो, तस्करी नियन्त्रण नभए कारवाही

उच्च अदालतले भन्यो–कोहलपुर शवदाह गृह निर्माणको काम नरोक्नु

उच्च अदालतले भन्यो–कोहलपुर शवदाह गृह निर्माणको काम नरोक्नु

लोप हुँदै आगुन्तक पन्छीहरु

लोप हुँदै आगुन्तक पन्छीहरु

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?