ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

मदिराको लतले वनका राजाको अस्तित्व सङ्कटमा

News Desk by News Desk
१:०८ बिहान, पुस २७, २०८१
प्राकृतिक विपत्तिको मारमा राउटे
1.3k
सेयर
1.3k
VIEWS
ShareTweetSendShare

बाँके पुस २७ गते ।
जङ्गलमा फिरन्ते जीवन बिताउने र आफूलाई ‘वनको राजा’ भन्न रुचाउने राउटे पछिल्लो समयमा नेपालका नागरिक हौँ भनेर गर्व गर्न थालेका छन् । वनको राजा भन्ने र राज्यले स्थायी बसोबासका लागि पहल गर्दासमेत समुदायको छेउछाउमा बस्न नमान्ने समस्याका कारण पछिल्लो समय राउटे समुदाय सङ्कटोन्मुख छ । अत्यधिक मदिराको सेवन गर्नु, पोषणयुक्त खानाको कमी हुनु, नवजात शिशुको हेरचाहमा कमी जस्ता कारणले उनीहरूको अस्तित्व मेटिने खतरा बढेको हो ।

राउटेको जनसङ्ख्या बर्सेनि घट्दो क्रममा छ । मदिराको उच्च सेवनबाट युवादेखि वृद्धवृद्धासम्मले अकालमा ज्यान गुमाइरहेका छन् भने हेरचाह र खानपान नमिल्दा बालबालिकाले ज्यान गुमाएका छन् । हाल राउटे समुदाय सुर्खेतको गिरीघाटमा बस्दै आएका छन् । राउटे दैलेख, सुर्खेत, जाजरकोट, सल्यान आसपासका जङ्गलमा बस्छन् । उनीहरू कहिले जङ्गलका छेउ त कहिले पहाडको खोँच तथा टाकुरा र नदी किनारमा बसाइँ सरिरहन्छन् ।

नेपालको सम्पदा र कर्णालीको गहनाका रूपमा चिनिने राउटे फिरन्ते जाति हो । २०७२ सालमा राउटे युवा कपिल शाही जलेर सख्त घाइते हुनुभयो । उहाँको काठमाडौँसम्म पु¥याएर उपचार गरिएको थियो तर आगोले पोलिएको घाउ निको भएन । घाउको दुखाइ कम गर्न उहाँले मदिराको सहारा लिनुभयो । नियमित अत्यधिक मदिरा सेवनले उहाँलाई अन्य स्वास्थ्य समस्या देखियो । अन्ततः कपिलले २०७७ असार ३१ गते ज्यान गुमाउनुभयो ।

मदिराको अत्यधिक सेवनका कारण ज्यान गुमाउने समुदायका अर्का युवा हुन्, शिवराज शाही । बजारमा पाइने लिची जस्ता मदिराको लतमा फसेका शिवराजले २०७८ वैशाखमा ज्यान गुमाए । त्यसमध्ये धेरैजसो वयस्क उमेरका राउटे युवामा मदिरा सेवनको असर देखिएर मृत्यु हुने गरेको छ । जाँड खानु राउटे समुदायको मौलिक विशेषता बनेको छ । उनीहरू परापूर्वकालदेखि छाप्रोमा बचेको खानाबाट जाँड बनाउने र सेवन गर्ने गर्दै आएका थिए तर पछिल्ला वर्षमा भने बजारमा पाइने कमसल गुणस्तरको मदिराका पारखी बनेका छन् ।

सम्बन्धित समाचार

विश्व पर्यटन दिवसमा जमुनाहा नाकामा पर्यटकलाई स्वागत गरिने

कामको प्रलोभनमा भारत लैजाँदै गरेका दुई किशोरीको उद्धार, दुई जना पक्राउ

जलेर नष्ट भएका ३१ हजार बढी लालपुर्जाको स्रेस्ता कायम

बालबालिकादेखि बुढापाकामा मदिरा सेवनको लत बढ्दै गएको छ । अत्यधिक मदिरा सेवनका कारण भिरबाट लडेर मृत्यु हुने क्रम बढेको छ । राउटे प्रतिष्ठानकी अध्यक्ष सत्यदेवी अधिकारीले बजारको कमसल गुणस्तरको मदिराको प्रयोग पूर्ण रूपमा रोक्न नसके राउटेको अस्तित्व नामेट हुने बताए ।

उनी भन्छन्, “राउटेको मदिरा सेवनको लत बन्द गर्नु पर्छ । सामाजिक सुरक्षा भत्ता मदिरामै सक्ने प्रवृत्ति राउटे समुदायमा छ, यसले समुदाय नै लोप हुने अवस्था नआउला भन्न सकिँदैन, त्यसैले अब सामाजिक सुरक्षाभत्ता दिँदा सरकारले अन्य विकल्प खोज्नु पर्छ । पहिले राउटेहरू गिठा, भ्याकुर, तरुललगायतका जङ्गली कन्दमूलको भरमा बाँच्थे, अहिले अस्वस्थकर खानाले पनि उनीहरूको स्वास्थ्यमा असर पु¥याएको छ । त्यसका लागि राज्यले विशेष नीति अवलम्बन गर्न आवश्यक छ ।” संघीय सरकारले राउटे समुदायलाई आर्थिक वर्ष २०६५÷६६ देखि नै सामाजिक सुरक्षा भत्ता प्रदान गर्दै आएको छ ।

हाल राउटे समुदायमा प्रतिव्यक्ति मासिक चार हजार रुपियाँ भत्ता पाउँछन् । भत्ता बुझेको केही दिन उनीहरू मदिरा सेवनमा लट्ठ हुन्छन् । राउटे समुदायका नागरिकले भत्ताको रकम सबै रक्सी, सुर्ती र चुरोटमा खर्चिने गरेका छन् । राउटे महामुखिया सूर्यनारायण शाहीले आफ्नो समुदाय रक्सीको कुलतमा फसेको बताए । उनले भने, “पहिले हामी आफैँले बनाएको जाँड खान्थ्यौँ, अहिले त सबै बजारका रक्सी खान्छन् ।

ADVERTISEMENT

महिला र पुरुष दुवैले अत्यधिक रक्सी सेवन गर्ने समस्या छ, अहिले त बालबालिका पनि अभिभावकसँगै रक्सी खान थालिसके ।” बुवाआमा मदिराको लतमा फसेर भर्खर जन्मिएका बालबच्चाको हेरचाह नगर्दा सबै सन्तान जन्मिने बित्तिकै मर्न थालेको उनको भनाइ छ । राउटे समुदायमा पछिल्लो पाँच वर्षयता २७ शिशु जन्मिएका छन् । समुदायमा सोसेक नेपालले सञ्चालन गरेको राउटे परियोजनाले उपलब्ध गराएको तथ्याङ्कमा २०७५ साउनदेखि २०७८ मङ्सिरसम्म २६ जना शिशु जन्मिएका छन् ।

पाँच वर्षको अवधिमा जन्मिएका २७ शिशुमध्ये १४ जनाले ज्यान गुमाइसकेका छन् । यसले राउटे समुदायमा बाल मृत्युदर ५० प्रतिशतभन्दा बढी देखाउँछ । परियोजनाका जोडी शिक्षकको रूपमा राउटे बस्तीमा खटिएका लालबहादुर खत्रीले अभिभावकले मदिरा सेवन गरेर हेरचाह नगर्दा शिशुहरूले जन्मिएको एक हप्ताभित्रै ज्यान गुमाउने गरेको बताए । उनका अनुसार राउटेको बसाइँ नै त्यस्तै छ, चिसो भुइँमा सुत्ने गर्छन्, पोषणयुक्त खानपिन छैन, त्यसमाथि अभिभावक मदिराको लतमा फस्दा शिशुले अकालमै ज्यान गुमाइरहेका छन् ।

राज्यले वासस्थानको प्रबन्ध गर्छौं भन्दा नमान्ने कारण राउटे समुदायको जनसङ्ख्यासमेत घट्दै गएको छ । २०७५ सालमा राउटे परियोजना सुरु हुँदा राउटेको जनसंख्या १४७ थियो भने अहिले १३७ मा झरेको छ । गुराँस गाउँपालिकाका अध्यक्ष टोपबहादुर बिसीले गुराँस गाउँपालिका–८ का स्थायी बासिन्दाको परिचयपत्रसमेत दिएको र नियमित सामाजिक सुरक्षा भत्तासमेत वितरण गर्ने गरेकाले उनीहरूले मानेको खण्डमा गुराँसमै राख्न सकिने बताए । उनले अन्य समुदायको सहज पहुँच नहुने ठाउँमा राउटेको बस्ती राख्न तयार रहेको बताए ।

Share536Tweet333SendShare
Previous Post

रेडक्रस सदरलाईन उपशाखा आफ्नै भवनबाट सञ्चालन

Next Post

शीतलहरबाट बाँकेमा एक लाख ७८ हजार मानिस प्रभावित हुने प्रक्षेपण

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

विश्व पर्यटन दिवसमा जमुनाहा नाकामा पर्यटकलाई स्वागत गरिने
समाचार

विश्व पर्यटन दिवसमा जमुनाहा नाकामा पर्यटकलाई स्वागत गरिने

८:३३ बिहान, अशोज २, २०८३
कामको प्रलोभनमा भारत लैजाँदै गरेका दुई किशोरीको उद्धार, दुई जना पक्राउ
समाचार

कामको प्रलोभनमा भारत लैजाँदै गरेका दुई किशोरीको उद्धार, दुई जना पक्राउ

९:३८ बिहान, अशोज १, २०८३
बाँकेमा लालपुर्जा वितरणको काम अन्यौलमा
समाचार

जलेर नष्ट भएका ३१ हजार बढी लालपुर्जाको स्रेस्ता कायम

१:११ बिहान, अशोज १, २०८३
आज विश्वकर्मा पूजा, यन्त्र–औजारदेखि सवारीसाधनसम्म पूजाआजा
समाचार

आज विश्वकर्मा पूजा, यन्त्र–औजारदेखि सवारीसाधनसम्म पूजाआजा

१:०१ बिहान, अशोज १, २०८३
राप्ती नदीमा घडियाल गोहीको गणना सुरु
समाचार

राप्तीमा घडियाल संरक्षण चुनौतीपूर्ण

७:१० बिहान, भदौ ३१, २०८३
सशस्त्र प्रहरीद्वारा खजुराबाट ४३ हजार प्रतिबन्धित ट्रामाडोल क्याप्सुल बरामद
अपराध

सशस्त्र प्रहरीद्वारा खजुराबाट ४३ हजार प्रतिबन्धित ट्रामाडोल क्याप्सुल बरामद

९:२५ बिहान, भदौ ३०, २०८३
तिनाउ किनारका जोखिमयुक्त बस्ती पहिचान गर्दै बुटवल उपमहानगर
समाचार

तिनाउ किनारका जोखिमयुक्त बस्ती पहिचान गर्दै बुटवल उपमहानगर

३:०६ बिहान, भदौ ३०, २०८३
बाँकेमा नयाँ उद्योग र वाणिज्य फर्मबाट २ हजार ८ सयभन्दा बढी रोजगारी सिर्जना
समाचार

बाँकेमा नयाँ उद्योग र वाणिज्य फर्मबाट २ हजार ८ सयभन्दा बढी रोजगारी सिर्जना

२:४५ बिहान, भदौ २९, २०८३
Next Post
बाँकेसहित पश्चिम तराईमा चिसो बढ्यो, जनजीवन प्रभावित

शीतलहरबाट बाँकेमा एक लाख ७८ हजार मानिस प्रभावित हुने प्रक्षेपण

राप्ती सोनारी गाउँपालिकाले गर्यो वडागत बजेट विनियोजन

राप्तीसोनारीको १६ औं गाउँसभा आज

कर्णाली बैङ्कद्धारा करिब १० करोड निक्षेप फिर्ता

कर्णाली बैङ्कद्धारा करिब १० करोड निक्षेप फिर्ता

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?