ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ कृषि

सिस्नेमा मौरीपालन व्यवसायमा बढ्यो आकर्षण

News Desk by News Desk
१२:४१ बिहान, माघ ९, २०८१
मौरीलाई गर्मीबाट बचाउन रुखको छहारी
381
सेयर
380
VIEWS
ShareTweetSendShare

रुकुम माघ ९ गते ।
रुकुम पूर्वको सिस्ने गाउँपालिका–३ का कमलाल खड्काले मौरीपालन गर्न थालेको नौ वर्ष भयो । दसवटा गोलाबाट मौरीपालन सुरु गरेका खड्कासँग हाल एक सय २३ वटा मौरी गोला छन् । सोही मौरी गोलाबाट यस ‘सिजन’मा दुई सय २५ केजी मह उत्पादन भयो । उत्पादित मह पनि बिक्री भइसकेको छ । प्रतिकेजी रु एक हजार दुई सयका दरले यो सिजनको महबाट खड्काले रु दुई लाख ७० हजार आम्दानी गर्छन् । गत वर्षभन्दा यो वर्ष भने मह उत्पादन घटेको उनले बताए ।

गत वर्ष उहाँले ७० वटा मौरी गोलाबाट दुई सय करिब ३८ केजी मह उत्पादन गरेका थिए । उक्त वर्ष मह बिक्रीबाट रु छ लाख ४० हजार आम्दानी भएको उनको भनाइ छ । गत वर्षको तुलनामा यस वर्ष मह उत्पादनमा ६० प्रतिशतसम्म कमी आएको मौरीपालक कृषकहरूको भनाइ छ । “महको माग बढिरहको छ, मह उत्पादन घटेका कारण ग्राहकलाई मागअनुसारको मह पु¥याउन सकिएको छैन्”, खड्काले भने । सोही वडाका ओमप्रकाश खड्का पनि पुराना मौरीपालक कृषक हुन् । उनीसँग हाल एक सय ५१ वटा मौरी गोला छन् ।

उक्त गोलाबाट एक पटकमा उहाँले तीन सय सय १२ केजी मह उत्पादन गरे । उत्पादित मह बिक्रीबाट रु तीन लाख ७५ हजार आम्दानी भएको छ । विसं २०५५ देखि मौरीपालन सुरु गरेका ओमप्रकाशको पनि यस वर्ष मह उत्पादन घटेको छ । गत वर्षको तुलनामा यस वर्ष आधाभन्दा बढी मह उत्पादनमा कमी आएको उनको भनाइ छ । गत वर्ष एक सय ४५ वटा मौरी गोलाबाट सात सय ४२ केजी मह उत्पादन भएको थियो । सोही वर्ष उत्पादित मह बिक्री गरेर रु आठ लाख ६१ हजार आम्दानी गरेको ओमप्रकाशले बताए । यस वर्षको यो सिजनमा कमलाल र ओमप्रकाशको मात्र नभई जिल्लाका अधिकांश मौरीपालक कृषकको मह उत्पादन घटेको छ । चिउरीको फूल फुल्ने समयमा पानी परेका कारण मह उत्पादनमा कमी आएको मौरीपालक कृषकले बताएका छन् । कात्तिकदेखि मह निकाल्न सुरु गरिन्छ । अधिकांश कृषकले मह निकाली सकेका छन् ।

तीन स्थानीय तह रहेको यस जिल्लामा सबैभन्दा बढी सिस्ने गाउँपालिकामा मह उत्पादन हुने गरेको छ । सिस्ने गाउँपालिकामा प्रायः सर्वसाधारणले मौरीपालन गर्ने गरेका छन् । भूमे र पुथाउत्तरगङ्गा गाउँपालिकामा सिस्नेको तुलनामा मौरीपालन कम हुन्छ । मह बिक्री गरेर यहाँका कृषकले राम्रो आम्दानी गर्ने गरेका छन् । यस क्षेत्रको मह रुकुम पश्चिम, सल्यान, जाजरकोट, दाङ, पोखरा तथा काठमाडौँसम्म पुग्ने गरेको छ । रुकुम पूर्वमा तीन आर्थिक वर्षमा २४ दशमलव आठ मेट्रिक टन मह उत्पादन भएको छ । तीन स्थानीय तह रहेको रुकुम पूर्वमा उक्त परिमाणमा मह उत्पादन भएको हो ।

सम्बन्धित समाचार

बाँकेमा तरकारीमा विषादी अवशेष घट्दो, किसान सचेत

कृत्रिम जलाशयले कर्जाहीका किसानको आम्दानीमा वृद्धि

बाँकेमा गहुँबाली भित्र्याउने चटारो : मेहनत, आशा र मौसमको चिन्ता सँगै

जिल्लाभर आर्थिक वर्ष २०७८–७९ मा छ दशमलव सात मेट्रिक टन मह उत्पादन भएको एकीकृत कृषि तथा पुशपन्छी विकास कार्यालय रुकुम पूर्वका प्रमुख डिल्लीराज पौडेलले जानकारी दिए । उनका अनुसार आव २०७९–८० मा अघिल्लो आवको भन्दा महको उत्पादन घटेर छ मेट्रिक टन उत्पादन भयो भने आर्व २०८०–८१ मा महको उत्पादन दोब्बर बढेर १२ दशमलव एक मेट्रिक टन मह उत्पादन भएको थियो । चालु आवको भने किसानहरूले मह निकाल्दै रहेका मह उत्पादनको विवरण प्राप्त नभएको प्रमुख पौडेलले जानकारी दिए । जिल्लामा किसानले प्रतिधार्नी मह (दुई दशमलव पाँच केजी) रु तीन हजारमा बिक्री गर्दै आएका छन् ।

रुकुम पूर्वमा तीन आर्थिक वर्षमा मह बिक्रीबाट मात्रै किसानले रु दुई करोड २५ लाख २४ हजार आम्दानी गरेका छन् । जिल्लामा व्यावसायिक मौरीपालन गर्ने किसानले रु दुई लाखदेखि सात लाखसम्म आम्दानी गर्ने गरेका छन् । एकीकृत कृषि तथा पुशपन्छी विकास कार्यालय रुकुम पूर्वका अनुसार आव २०७८–७९ मा छ दशमलव सात मेट्रिक टनबाट रु ८० लाख ४० हजार आम्दानी गरेका छन्भने आव २०७९०–८० मा महको उत्पादन घटेर छ मेट्रिक टन उत्पादन हुँदा रु ७२ लाख किसानले आम्दानी गरेका थिए ।

गत वर्ष भने मह उत्पादन दोब्बर उत्पादन भएर १२ दशमलव एक मेट्रिक टन मह उत्पादन हुँदा रु एक करोड ४५ लाख २० हजार रकम जिल्लामा भित्रिएको थियो । चालु आर्थिक वर्षको भने मह उत्पादनको विवरण आइसकेको छैन । विवरण प्राप्त नभए पनि यस वर्ष किसानले मह उत्पादनमा कमी आएको गुनासो गरिरहेकाले मह उत्पादनमा कमी हुनसक्ने कार्यालयले अनुमान गरेको छ । जिल्लाभर कृषकले चार हजार तीन सय ८० घारमा मह उत्पादन गरिरहेका छन् ।

ADVERTISEMENT

व्यावसायिक मौरीपानल गर्ने कृषकले एक सयदेखि एक सय ५० घारमा मौरीपालन गर्दै आएका छन् । जिल्लाभर आर्थिक वर्ष २०७८–७० मा एक हजार चार सय ८० घारबाट मह उत्पादन भएको थियो भने आव २०७९–०८० मा मह उत्पादन हुने घारको सख्या घटेर एक हजार दुई सयमा मात्र मह उत्पादन भएको थियो । गत आवमा भने घारको संख्या बढेर एक हजार सात सय पुगेको थियो । मह उत्पादन पनि सोही मात्रामा बढेर १२ दशमलव एक मेट्रिक टन उत्पादन भएको थियो । यस वर्ष भने मह उत्पादनको विवरण तथा घारको संख्याको विवरण प्राप्त हुन बाँकी रहेको कृषि तथा पशुपक्षी विकास कार्यालयका प्रमुख पौडलले जानकारी दिए ।

Share153Tweet95SendShare
Previous Post

भूकम्प प्रभावित ठाउँमा एक हजार शौचालय निर्माण

Next Post

नेपालगन्जमा प्रादेशिक महोत्सव, भोलि प्रचण्डले उद्घाटन गर्ने

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

बाँकेमा तरकारीमा विषादी अवशेष घट्दो, किसान सचेत
कृषि

बाँकेमा तरकारीमा विषादी अवशेष घट्दो, किसान सचेत

३:३३ बिहान, बैशाख १३, २०८३
कृत्रिम जलाशयले कर्जाहीका किसानको आम्दानीमा वृद्धि
कृषि

कृत्रिम जलाशयले कर्जाहीका किसानको आम्दानीमा वृद्धि

१०:५० मध्यान्ह, बैशाख ३, २०८३
बाँकेमा गहुँबाली भित्र्याउने चटारो : मेहनत, आशा र मौसमको चिन्ता सँगै
कृषि

बाँकेमा गहुँबाली भित्र्याउने चटारो : मेहनत, आशा र मौसमको चिन्ता सँगै

३:५१ बिहान, चैत्र २५, २०८२
बाँकेमा किसान मौर्यद्वारा ८०० क्विन्टल आलु बिउ उत्पादन
कृषि

बाँकेमा किसान मौर्यद्वारा ८०० क्विन्टल आलु बिउ उत्पादन

६:३६ बिहान, चैत्र २१, २०८२
दूधले चिनिएको हल्कारापुर्वा : परम्परा र आत्मनिर्भरताको उदाहरण, तर सरकारी पहुँच अझै टाढा
कृषि

दूधले चिनिएको हल्कारापुर्वा : परम्परा र आत्मनिर्भरताको उदाहरण, तर सरकारी पहुँच अझै टाढा

१२:१५ बिहान, चैत्र २१, २०८२
नेपालगञ्जमा १९ हजार क्विन्टल चामल र १० हजार क्विन्टल धान मौज्दात
कृषि

नेपालगञ्जमा १९ हजार क्विन्टल चामल र १० हजार क्विन्टल धान मौज्दात

१२:२९ बिहान, चैत्र ४, २०८२
लामो समयपछि बाँकेमा वर्षा, किसानलाई राहत
कृषि

निर्वाचनको एजेन्डामा मल, खेतमा भने अभावकै चिन्ता

१०:०६ मध्यान्ह, फाल्गुन ११, २०८२
पशुपालक किसानका लागि राप्तीसोनारीको नयाँ पहल : पशु सुत्केरी भत्ता
कृषि

पशुपालक किसानका लागि राप्तीसोनारीको नयाँ पहल : पशु सुत्केरी भत्ता

१०:३५ मध्यान्ह, माघ २, २०८२
Next Post
नेपालगन्जमा प्रादेशिक महोत्सव, भोलि प्रचण्डले उद्घाटन गर्ने

नेपालगन्जमा प्रादेशिक महोत्सव, भोलि प्रचण्डले उद्घाटन गर्ने

बाक्लो हुस्सुले नेपालगन्जबाट हुने विहानी उडान प्रभावित

बाक्लो हुस्सुले नेपालगन्जबाट हुने विहानी उडान प्रभावित

कोहलपुरबाट ब्राउनसुगरसहित एक जना पक्राउ

ब्राउन सुगरसहित बाँकेका तीन जना किशोर बर्दियामा पक्राउ

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?