बाँके माघ १४ गते ।
पहाडी क्षेत्रको मौसम आंशिक बदली भएको छ । मौसम बदली भए पनि पानी पर्ने सम्भावना नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज पनि हिजोजस्तै पूर्वदेखि लुम्बिनी प्रदेशसम्मको पहाडी भेगमा आंशिक बदली हुनेछ ।
कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भेगमा भने मौसम मुख्यतया सफा रहनेछ । तराईका धेरै ठाउँमा आज पनि बाक्लो हुस्सु र कुहिरो लागेको छ ।
Discussion about this post