ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

स्वर्गद्वारी गुठीपीडितको आन्दोलन यथावत्

News Desk by News Desk
११:०९ मध्यान्ह, फाल्गुन १८, २०८१
स्वर्गद्वारी गुठीपीडितको आन्दोलन यथावत्
376
सेयर
375
VIEWS
ShareTweetSendShare

काठमाडौं फागुन १९ गते ।
कानुनबमोजिम प्राप्त हुने अधिकार माग गर्दै प्युठानस्थित स्वर्गद्वारी गुठीपीडितले माइतीघर मण्डलामा धर्ना दिएको झन्डै एक महिना हुन लाग्यो । तर, सरकारले अझैसम्म उनीहरूको मागमा चासो देखाएको छैन । पुख्र्यौली जमिनबाटै गुठीले उठिवास लगाएपछि सिंहदरबारलाई पीडा सुनाउन उनीहरू गत २० माघमा काठमाडौं आएका थिए । तर, यतिका समय बितिसक्दा पनि सरकारले बेवास्ता गर्दा उनीहरू थप पीडामा परेका छन् ।

आफ्नो माग सरकारले सम्बोधन गर्नेमा उनीहरू अझै आशावादी छन् । धर्नामा भेटिएका स्वर्गद्वारी गुठीपीडित मोही किसान संघर्ष समितिका सहसचिव प्रवीण दहित चौधरीले पीडितको माग सम्बोधन गर्न सरकारले बेवास्ता गरेको बताए । ‘गुठीका कारण हामी पुख्र्यौली थातथलोमै सुकुमवासी भयौँ । हामीले सरकारसँग कानुनबमोजिम प्राप्त हुनुपर्ने अधिकारबाहेक अतिरिक्त केही माग गरेका होइनौँ । तर, पनि हाम्रो माग सुनुवाइ भइरहेको छैन । यसको कारण बुझ्न सकिएको छैन,’ उनले भने ।

गौशालास्थित धर्मशालामा बसिरहेका उनीहरूसँग यतिवेला बिहान–बेलुका खाने रासन छैन । काठमाडौंको वातावरणमा अनुकूलन हुन नसक्दा धर्नामा सहभागी भटाभट बिमारी हुन थालेका छन् । अस्पताल भर्ना र औषधि खरिद गर्न पनि आफूहरूसँग पैसा नभएको उनीहरूको गुनासो छ । धर्मशालाले डेरा सर्न पटक–पटक आग्रह गर्दै आएको छ । तर, जाने ठाउँ नहुँदा सयजनाको समूह कष्ट सहेर धर्मशालामै बस्न विवश छ ।

‘घरबाट ल्याइएका रासन सकियो । तरकारी खाने सिन्कीबाहेक केही छैन । साथीहरू बिरामी परेका छन् । कोहीलाई निमोनिया भएको छ । लहरे रुघाखोकी त प्रत्येकजसोलाई छ । उपचार गर्ने रकम छैन । धर्मशालाले पनि डेरा सर्न भनेको छ । तर, जाने ठाउँ नहुँदा कष्ट सहेरै भए पनि यहीँ बसिरहेका छौँ,’ चौधरीले भने । गुठीपीडितसँग वार्ता गर्न सरकारले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सहसचिव मदन कोइरालाको संयोजकत्वमा वार्ता टोली गठन गरेको छ । टोलीसँग उनीहरूको गत २ फागुनमा सिंहदरबारमै वार्ता भयो । उनीहरूले आफ्ना माग प्रस्टसँग राखे ।

सम्बन्धित समाचार

राप्ती नदीमा फसेका ३ जनाको सकुशल उद्धार

बाँकेमा लालपुर्जा वितरण तीब्र

असारे विकासः मध्यरातमा बन्यो कमसल कालोपत्रे

तर, निष्कर्षमा पुग्न सकेन । ‘सरकारसँग वार्ता भयो । कानुनबमोजिम प्राप्त हुनुपर्ने अधिकारको पक्षमा हामीले कुरा उठायौँ । उहाँहरूले यसैपटकको हिउँदे अधिवेशनबाट कानुन बनाएर तपाईंहरूको माग सम्बोधन गरिने भन्नुभयो । तर, स्पष्ट खाका आएन । त्यसो हुँदा वार्ता निष्कर्षमा पुगेन । हामी धर्नामा फर्कियौँ । अहिलेसम्म हामीलाई कसैले बोलाएको छैन,’ चौधरीले भने । सरकारी वार्ता टोलीका संयोजक सहसचिव कोइरालाले पुरानो गुठी संस्थान ऐन, ०३३ नै संशोधन गर्नुपर्ने भएकाले माग सम्बोधन गर्न केही समय लाग्ने बताए । ‘उहाँहरूको समस्या ‘जेन्युन’ छ । समाधान गर्नुपर्छ ।

सरकार त्यसैमा प्रयत्नरत छ । यसका लागि पुरानो ऐन नै संशोधन गरिनुपर्छ । यसको मस्यौदा तयार गर्न गुठी संस्थानलाई भनेका छौँ । सायद उहाँहरूले भोलि नै मन्त्रालयमा पेस गर्नुहुन्छ होला । कानुन नै संशोधन गर्नुपर्ने भएकाले यसले केही समय लाग्छ नै,’ कोइरालाले भने । भूमिसम्बन्धी ऐन, ०२१ का दफा २६ मा मोही र जग्गाधनीले हिस्सा छुट्याई लिन पाउने भनी उल्लेख गरिएको छ । उक्त दफामा भनिएको छ, ‘जग्गाधनी र मोही दुवैथरी आपसमा मञ्जुर हुन नसकी जग्गाधनी वा मोहीमध्ये कुनै एक पक्षले निवेदन दिएमा तोकिएको अधिकारीले जग्गाधनी र मोही झिकाई आवश्यक प्रमाण बुझ्नुपर्ने भएमा बुझी नरमगरम मिलाई जग्गाधनी र मोहीलाई आधा–आधा हुने गरी जग्गा बाँडफाँड गरी मोही लगतसमेत कट्टा गरी दिनुपर्नेछ ।’ त्यस्तै, गुठी संस्थान ऐन, ०३३ को दफा २६ मा तोकिएका रकम गुठी संस्थानलाई बुझाएर मोहीले गुठी रैतानी नम्बरीमा परिणत गर्न सक्ने भनी उल्लेख छ ।

दाङको घोराही र लमहीका स्थानीयले स्वर्गद्वारी गुठीको जग्गामा कमाइ गरेर जीविका चलाएको तीन पुस्ता बितिसक्यो । मोहियानी हक कायम गर्न उनीहरूले वर्षौंअघि निवेदन पनि दिए । तर, हालसम्म न मोहीबापतको जग्गा विभाजन भयो, न उनीहरूको नाममा जग्गाको लालपुर्जा नै बन्न सक्यो । लालपुर्जाकै कारण राज्यबाट प्रवाहित हुने न्यूनतम सुविधाबाट समेत वञ्चित हुनुपरेपछि उनीहरू आन्दोलन गर्न माइतीघर मण्डला आइपुगेका थिए ।लालपुर्जा नहुँदा सामाजिक बहिष्करणमा परेको पीडा अझ विकराल छ । स्वर्गद्वारी गुठीका मोहीलाई हेर्ने समाजको दृष्टिकोण घोराही र लमहीमा अलग छ ।

ADVERTISEMENT

मोही भएकै कारण उनीहरूलाई अन्य समुदायले सामाजिक कार्यबाट समेत अलग गरेका छन् । स्थानीय मोहीले वर्षौँदेखि भोग्दै आएको पीडा सुनाउँदै प्रवीणले भने, ‘हामीसँग न कोही विवाह गर्न चाहन्छन्, न कसैले सामाजिक कार्यमै सहभागी गराउँछन् । हामी सामाजिक बहिष्करणमा परेका छौँ । हामीलाई सबैले हेयका भावले हेर्छन् ।

हामीले भोग्दै आएको पीडा कतिजनासँग पोख्दै हिँडौँ ।’ माग सम्बोधन गर्न आलटाल भएपछि स्वर्गद्वारी गुठीपीडित २० फागुनबाट आन्दोलनको स्वरूप बदल्ने निर्णयमा पुगेका छन् । उनीहरूले माइतीघर मण्डलासहित सत्तारूढ एमाले र कांग्रेस तथा प्रतिपक्षी दल माओवादी र राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय कार्यालयमा समेत धर्ना दिने भएका छन् । ‘पटक–पटकको आन्दोलन र दबाबपछि पनि माग सम्बोधन भएन ।

अब हामी कांग्रेस, एमाले, माओवादी र रास्वपाको केन्द्रीय कार्यालयमै धर्ना दिने मनस्थितिमा पुगेका छौँ । २० फागुनबाट हाम्रो दोस्रो चरणको आन्दोलन सुरु हुन्छ,’ स्वर्गद्वारी गुठीपीडित मोही किसान संघर्ष समितिका सहसचिव प्रवीण दहित चौधरीले भने । ७ फागुन ०८० मा उनीहरूले जिल्ला प्रशासन कार्यालय दाङ घेराउ गरेका थिए । चरणबद्ध आन्दोलनपछि सरकारसँग वार्ता भयो । त्यसपटक पनि विशेष ऐन ल्याएरै भए पनि समस्या समाधान गरिने आश्वासन भूमि, व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले दिएका थिए । तर, आश्वासन अहिलेसम्म पूरा हुन सकेन ।

Share151Tweet94SendShare
Previous Post

बाँके प्रहरीको एक्सन : १५ दिनमा १० जना लागु औषध ओसार पसारकर्ता पक्राउ

Next Post

लुम्बिनी कप महिला फुटबल अब बैशाखमा हुने

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

राप्ती नदीमा फसेका ३ जनाको सकुशल उद्धार
समाचार

राप्ती नदीमा फसेका ३ जनाको सकुशल उद्धार

७:५० बिहान, असार २६, २०८२
बाँकेमा लालपुर्जा वितरणको काम अन्यौलमा
समाचार

बाँकेमा लालपुर्जा वितरण तीब्र

२:४९ बिहान, असार २६, २०८२
असारे विकासः मध्यरातमा बन्यो कमसल कालोपत्रे
समाचार

असारे विकासः मध्यरातमा बन्यो कमसल कालोपत्रे

२:४६ बिहान, असार २६, २०८२
बच्चाहरुले घर छोडेर जाउँ भन्छन्, जाने ठाउँ छैन
समाचार

बच्चाहरुले घर छोडेर जाउँ भन्छन्, जाने ठाउँ छैन

२:३९ बिहान, असार २६, २०८२
बर्दियामा पर्यटकीय क्षेत्रमै सडक निर्माण अलपत्र
समाचार

बर्दियामा पर्यटकीय क्षेत्रमै सडक निर्माण अलपत्र

४:२० बिहान, असार २५, २०८२
पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावः सुदूरपश्चिबाट वर्षा भित्र्दै, चिसो बढ्ने
समाचार

देशभर मनसुनी वायुको प्रभाव, चार प्रदेशमा भारी वर्षाको सम्भावना

११:४० मध्यान्ह, असार २३, २०८२
प्रधानमन्त्री रोजगार कार्यक्रमलाई प्राकृतिक स्रोत संरक्षणमा उपयोग
समाचार

प्रधानमन्त्री रोजगार कार्यक्रमलाई प्राकृतिक स्रोत संरक्षणमा उपयोग

१२:०० बिहान, असार २३, २०८२
प्रतिनिधिसभा बैठक बस्दै, के छ कार्यसूची ?
समाचार

प्रतिनिधिसभा बैठक बस्दै, के छ कार्यसूची ?

१२:०० बिहान, असार २३, २०८२
Next Post
लुम्बिनी कप महिला फुटबल अब बैशाखमा हुने

लुम्बिनी कप महिला फुटबल अब बैशाखमा हुने

लुम्विनीमा वन उपभोक्ता महासंघसँग वार्ता गर्न उच्चस्तरीय समिति गठन

लुम्विनीमा वन उपभोक्ता महासंघसँग वार्ता गर्न उच्चस्तरीय समिति गठन

कारबाहीको पत्रपछि किरण नालामा पुल निर्माण तीव्र

कारबाहीको पत्रपछि किरण नालामा पुल निर्माण तीव्र

Discussion about this post

मौसम रिपोर्ट

Nepalgunj
◉
27°
Partly Cloudy
5:28 am7:19 pm +0545
Feels like: 33°C
Wind: 5km/h E
Humidity: 93%
Pressure: 1001.36mbar
UV index: 0
SatSunMon
35/28°C
35/27°C
34/27°C
Weather forecast Nepalgunj, Nepal ▸
Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?