ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

बर्दियामा आहारको खोजीमा वस्ती पस्न थाले चितुवा

News Desk by News Desk
३:०७ बिहान, बैशाख २२, २०८२
बर्दियामा आहारको खोजीमा वस्ती पस्न थाले चितुवा
489
सेयर
482
VIEWS
ShareTweetSendShare

बर्दिया बैशाख २२ गते ।
बैशाख १५ गते गुलरिया नगरपालिका–८ स्थित सर्यु सामुदायिक वनमा ९ वर्षीया मेलिना खड्कालाई चितुवाले आक्रमण गर्दा मृत्यु भयो । गेरुवा गाउँपालिका–६ बस्ने मेलिना गुलरियास्थित काकीको घर आएकी थिइन् । घाँस, दाउरा बटुल्न काकीसँगै वन गएका बेला उनले ज्यान गुमाउनुप¥यो । पछिल्लो पटक चैत ३० गते बारबर्दिया नगरपालिका–४ की ४० वर्षीया उर्मिला थारु पनि चितुवाको आक्रमणमा परिन् । दाउरा संकलनका लागि जिराहा सामुदायिक वनमा काठ संकलन गर्न जाँदा चितुवाले आक्रमण गरेको थियो ।

चैत २० गते गुलरिया नगरपालिका–५ बालापुरका ७ वर्षीय सर्जन चौधरी हजुरआमासँग मकैबारीमा गएका थिए । उनी पनि चितुवाको आक्रमणमा परे । उनको नेपालगन्जस्थित शिक्षण अस्पतालमा उपचार भइरहेको छ । गहुँ काट्न गएका गुलरिया–४ का ६४ वर्षीय विखु थारुलाई पनि चितुवाले आक्रमण गरी घाइते बनायो । उनलाई चैत ३१ गते खेतमा चितुवाले आक्रमण गरेको थियो । यस्तै, चैत ९ गते मधुवन नगरपालिका–४ गमक्कामा आँगनमा खेलिरहेका ४ वर्षीय शिवम थारु पनि चितुवाको आक्रमणबाट घाइते भए ।

यी दुवै घटनामा परिवार अन्य सदस्यले प्रतिकार गरेपछि घाइते बनाएर चितुवा भागेको थियो । मंसिरयता चितुवाको आक्रमणमा दुईको मृत्यु र ११ जना घाइते भएका छन् । डिभिजन वन कार्यालय बर्दियाका प्रमुख विजयराज सुवेदीले गत माघ २५ गते मधुवन–९ गंगा बस्तीमा चितुवाको आक्रमणबाट बाँके डुढुवा गाउँपालिका–६ का रिहान चौधरीको मृत्यु भएको थियो । साँझपख आँगनमा खेलिरहेको अवस्थामा रिहानलाई चितुवाले मारेर खेतमा छाडेको थियो ।

माघ २५ गते मधुवन–७ की जुनाकुमारी लामिछाने क्षेत्रीको चितुवाको आक्रमणमा परी मृत्यु भएको उनले बताए । गत माघ १० गते राजापुर–८ पुरैना गाउँमा चितुवा पसेर ५९ वर्षीय विललु थारुलाई घाइते बनायो । गत मंसिरमा मात्रै चितुवा आक्रमणमा चार घटना भएका थिए । शिव सामुदायिक वन क्षेत्रमा गएका मधुवन–८ का ४६ वर्षीय महम्मद अली, मंसिर २९ मा ठाकुरबाबा–४ की झुठरी थरुनी, राजापुर–८ पुरैनाका ६४ वर्षीय लाटा थारु, मंसिर १३ मा शिवनगर टोलकी ३४ वर्षीया ममता तिरुवा चितुवाको आक्रमणबाट घाइते भएको डिभिजन वन कार्यालयको तथ्यांक छ ।

सम्बन्धित समाचार

निर्वाचन खर्चको विवरण ३५ दिनभित्र सार्वजनिक गर्न आयोगको आग्रह

सांसदको तलबमा दलको ‘कैँची’, हातमा पर्ने रकम झन् न्यून

यी स्थानमा हुनेछ आज मेघगर्जन र चट्याङसहित वर्षा

बर्दियामा चितुवा आक्रमणका अधिकांश घटना नेपाल–भारत सिमावर्ती क्षेत्रको मधुवन नगरपालिका आसपासमा भएको छ । मधुवन, गुलरिया र राजापुर नगरपालिकासँग जोडिएको भारतीय सीमा कतरनियाघाट वन्यजन्तु आरक्ष पर्छ । दुई वर्षयता गुलरिया र मधुवन क्षेत्रमा चितुवा आक्रमणका घटना बढ्दै गएका छन् । भारतीय सीमासँग जोडिएको कतरनियाघाट आरक्ष भएका कारण गुलरियाको टेपरीलगायत क्षेत्रमा दिनहुँ चितुवा देखिन थालेको स्थानीय बताउँछन् । टेपरीका धनेश गोडियाका अनुसार चितुवाले बाख्रा, कुकुरलगायत जनावर समेत मार्ने गरेकोले स्थानीय त्रसित भएका छन् ।

बर्दिया राष्ट्रिय निकुञ्ज, मध्यवर्ती क्षेत्र र सामुदायिक वनमा आहारा कम हुँदै गएकाले चितुवा बस्तीमा प्रवेश गर्न थालेको संरक्षणकर्मी बताउँछन् । प्रमुख सुवेदीले चितुवाको स्वभाव, आहारको कमी र वन क्षेत्रमा बाघका कारण बाहिर निस्कन गरेको बताए । बर्दियामा चितुवाको संख्या यकिन छैन । यसको गणना पनि गरिएको छैन । बर्दिया निकुञ्जमा १ सय २५ वटा बाघ छन् । राष्ट्रिय प्रकृति संरक्षण कोष बर्दियाका प्रमुख अजित तम्बा हाम्फेले आहाराको कमी सँगै भारतीय वन कर्मचारीले कतरनियाघाट आरक्षमा समस्याग्रस्त चितुवा छाडेकाले पनि बर्दियाका गाउँबस्तीमा पसेको एक अध्ययनले जनाएको बताए ।

दुर्लभ वन्यजन्तु कृष्णसार संरक्षण क्षेत्रनजिक रहेको सामुदायिक वनमा ३ देखि ४ वटा चितुवा रहेको अनुमान छ । ती चितुवाले बर्सेनि दर्जन बढी कृष्णसारलाई मार्ने गरेको छ । पाँच वर्षअघि बर्दिया निकुञ्जले एउटा चितुवा यस क्षेत्रबाट डार्ट गरी निकुञ्जमा छाडिएको थियो । बर्दिया निकुञ्जका प्रमुख अशोक रामले आहाराकै कारण चितुवा वन छाडेर बस्ती क्षेत्रमा प्रवेश गर्ने गरेको बताए । डिभिजन वन कार्यालयले बाख्रासहित खोर राखी चितुवा नियन्त्रणमा लिने प्रयास गरेको छ । एक महिनादेखि राखिएको खोरमा चितुवा नियन्त्रणमा आउन सकेको छैन । कान्तिपुर

ADVERTISEMENT
Share200Tweet121SendShare
Previous Post

मुस्लिम समुदायका महिलाहरुलाई प्रजनन स्वास्थ्य सम्वन्धी तालिम

Next Post

नेकपा एकीकृत समाजबादी अध्यक्षमा दिपक जिएम

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

निर्वाचन प्रयोजनका लागि आजदेखि दल दर्ता
समाचार

निर्वाचन खर्चको विवरण ३५ दिनभित्र सार्वजनिक गर्न आयोगको आग्रह

११:३५ मध्यान्ह, फाल्गुन २८, २०८२
सांसदको तलबमा दलको ‘कैँची’, हातमा पर्ने रकम झन् न्यून
समाचार

सांसदको तलबमा दलको ‘कैँची’, हातमा पर्ने रकम झन् न्यून

११:२८ मध्यान्ह, फाल्गुन २८, २०८२
‘मोन्था’को प्रभाव सकियो, यी स्थान आज हल्का वर्षाको पूर्वानुमान
समाचार

यी स्थानमा हुनेछ आज मेघगर्जन र चट्याङसहित वर्षा

११:१७ मध्यान्ह, फाल्गुन २८, २०८२
पश्चिम एसियामा द्वन्द्व : ६५ हजार नेपाली नागरिकले गरे विवरण दर्ता
समाचार

पश्चिम एसियामा द्वन्द्व : ६५ हजार नेपाली नागरिकले गरे विवरण दर्ता

५:३३ बिहान, फाल्गुन २८, २०८२
लुम्बिनी प्रदेशमा समानुपातिकतर्फ रास्वपा पहिलो दल
मुख्य समाचार

लुम्बिनी प्रदेशमा समानुपातिकतर्फ रास्वपा पहिलो दल

१:२० बिहान, फाल्गुन २८, २०८२
सिरहा जिल्ला अदालत बारको कार्यालयमा विस्फोट घटनाबारे बारले माग्यो छानबिन र सुरक्षा
समाचार

सिरहा जिल्ला अदालत बारको कार्यालयमा विस्फोट घटनाबारे बारले माग्यो छानबिन र सुरक्षा

१:०३ बिहान, फाल्गुन २८, २०८२
समाचार

यस्तो छ आजको मौसम पूर्वानुमान

१२:१८ बिहान, फाल्गुन २७, २०८२
लुम्बिनीमा राष्ट्रियसभा सदस्य निर्वाचन आज हुँदै
समाचार

राष्ट्रियसभाका नवनिर्वाचित सदस्यको आज शपथ

१:०१ बिहान, फाल्गुन २५, २०८२
Next Post
नेकपा एकीकृत समाजबादी अध्यक्षमा दिपक जिएम

नेकपा एकीकृत समाजबादी अध्यक्षमा दिपक जिएम

विद्यालयले पोशाक किन्न भारत पठाए कारवाहीको भागिदार बन्नुपर्ने सिडिओको चेतावनी

विद्यालयले पोशाक किन्न भारत पठाए कारवाहीको भागिदार बन्नुपर्ने सिडिओको चेतावनी

नेपालगन्जका स्वास्थ्यकर्मीले नै खाँदैनन् हात्तिपाइले रोग विरुद्धको औंषधी

नेपालगन्जका स्वास्थ्यकर्मीले नै खाँदैनन् हात्तिपाइले रोग विरुद्धको औंषधी

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?