ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

बस्तीबाट विद्युत् प्रसारण लाइन निर्माणविरुद्ध स्थानीयको प्रदर्शन

News Desk by News Desk
६:०९ बिहान, बैशाख २५, २०८२
बस्तीबाट विद्युत् प्रसारण लाइन निर्माणविरुद्ध स्थानीयको प्रदर्शन
394
सेयर
393
VIEWS
ShareTweetSendShare

बाँके बैशाख २५ गते ।
बाँकेको बैजनाथ गाउँपालिका ४ बानियाभारका स्थानीयले नेपाल विद्युत् प्राधिकरणले कोहलपुर–सुर्खेत (कर्णाली प्रदेश) जोड्ने १३२ केभी राष्ट्रिय प्रसारण लाइन आफ्नो बस्तीबाट लैजान लागेको भन्दै त्यसको विरोधमा नेपालगन्ज–सुर्खेत जोड्ने रत्न राजमार्ग अवरुद्ध गर्दै विरोध प्रदर्शन गरेका छन् ।

बिहीबार बिहान ११ बजेदेखि उहाँहरुले बानियाभार पानीट्याङ्की नजिक सडक अवरुद्ध पार्दै विरोध प्रदर्शन गरेका हुन् । उनीहरुले बानियाभार बस्तीबाट उक्त प्रसारण लाइन लैँजादा एक सयभन्दा बढी स्थानीय घरबारविहीन हुने भन्दै उक्त कार्यलाई तत्काल रोकी वैकल्पिक मार्ग प्रयोग गर्न माग गरेका हुन् ।

“हामी विकासविरोधी होइनौँ, यसअघि विद्युत् प्राधिकरणले दुई तीन पटकसम्म डीपीआर गरेको छ, पहिलो डीपीआर अनुसार काम गर्ने हो भने बस्ती पनि बच्छ, क्षति पनि कम हुन्छ, हामीले पहिलेको डीपीआर अनुसार काम गर्न अवरोध गरेका छैनौँ ।” स्थानीय नगेन्द्रबहादुर शाहले भन्नुभयो, “खोई कस्को र के इन्टेसन हो ? बढी क्षति हुनेगरी बस्ती बिचबाटै लाइन लैजान जबरजस्ती गरिँदै छ, यहाँबाट लाइन विस्तार भएमा एक सयभन्दा बढी स्थानीयको उठीवास लाग्छ ।” उहाँले वस्तीको पूर्वउत्तरबाट पहिलाको डीपीआरअनुसार लाइन विस्तार भएमा मानववस्ती पनि क्षति नहुने, जङ्गलको पनि क्षति कम हुने र टावरको सङ्ख्या पनि कम लाग्ने बताउनुभयो ।

अर्का स्थानीय केशव शाहले वस्तीनै हटाउने भए चलनचल्तीको दररेट दिएर स्थानीयलाई अन्त स्थानान्तरण गराउन सरकारसँग माग गर्नुभयो । उहाँले भन्नुभयो, “हामीले विकासको अवरोध गरेका छैनौँ, जति पीडित जनता छन् सबैलाई स्थानीय चलनचल्तीको दररेट अनुसार मुआब्जा दिए हुन्छ, सरकारी दररेट अनुसार मूल्यांकन गरेर २० प्रतिशत मात्रै मुआब्जा दिने रे १ अनि हामी कहाँ गएर बस्ने, बालबच्चालाई कसरी पाल्ने ? सरकारले जनतालाई किन सास्ती दिन खोजेको हो ?”

सम्बन्धित समाचार

नरैनापुर गाउँपालिका पूर्णखोप सुनिश्चितता तथा दिगोपना पालिका घोषित

सिक्टा सिँचाइको नियमित पानीले बाँकेका किसान उत्साहित

बाल सुधारगृहको दयनीय अवस्थाविरुद्ध सर्वोच्चमा सार्वजनिक सरोकारको रिट

“मेरो नौ कट्ठा जमिन छ, सबै जग्गा विद्युत्को प्रसारण लाइनमुनि पर्दछ, तीन भाई छोरा, बुहारी र ७ जना नातिनातिना छन्, अब सरकारले उठीवास लगाए कहाँ गएर बाँच्ने हामी ? जीवनभर दुःखले कमाइ गरेको सबै जमिन सकिन्छ । सरकारले गरेको मूल्यांकनको २० प्रतिशत मुआब्जा लिएर कहाँ गएर बस्ने ? हाम्रो वस्ती जोगाएर अन्तैबाट सरकारले लाइन लैजाओस्,” स्थानीय ६८ वर्षीया भीमकली वलीले भन्नुभयो ।

बस्तीमा तीन वटा टावर निर्माण हुने आयोजनाले जनाएको छ । केही दिनअघि बस्ती नजिकको जङ्गल क्षेत्रमा प्रहरीको सुरक्षा घेरामा कामको सुरुआत गरिएको थियो र त्यहाँ केही टावरहरु समेत निर्माण भइसकेका छन् । अब बस्तीको नजिक टावर निर्माण गर्ने क्रममा रहेको छ ।

नेपाल विद्युत् प्राधिकरण कोहलपुर–सुर्खेत–दैलेख १३२ केभी प्रसारण लाइन आयोजनाका प्राविधिकका अनुसार बस्ती नजिक पर्ने सुर्खेत साइडतिरको तीन वर्षदेखिको जङ्गलमा रुख कटान गर्न रोकिएकोे विवादित काम केही दिनअघि मात्र सुरक्षाकर्मी परिचालन गरेर १७० वटा रुखहरु कटान गरी केही टावर निर्माणका काम सकिएको र बाँके साइडतिरको वस्ती नजिक पर्ने बाँके राष्ट्रिय निकुञ्जको मध्यवर्ति सामुदायिक वन क्षेत्रमा पनि टावर निर्माण भइसकेको छ। अब बस्तीभित्र पर्ने तीन वटा टावर मात्र निर्माण हुन बाँकी छ ।

ADVERTISEMENT

प्राविधिकका अनुसार भारतीय कम्पनी आरएस इन्फ्रा कम्पनी लिमिटेडले ७० करोड रुपियाँ लागतमा टेण्डर पारेको थियो । हालसम्म कम्पनीसँग तीन पटकसम्म म्याद थप भइसकेको छ । गोरखापत्र 

Share158Tweet98SendShare
Previous Post

जानकीमा भूमिहीनलाई लालपूर्जा वितरण गर्न जग्गा नापजाँच सुरु

Next Post

नेपालगन्ज नाकामा कडाई, परिचय खुल्ने कागजात अनिवार्य

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

नरैनापुर गाउँपालिका पूर्णखोप सुनिश्चितता तथा दिगोपना पालिका घोषित
समाचार

नरैनापुर गाउँपालिका पूर्णखोप सुनिश्चितता तथा दिगोपना पालिका घोषित

३:२४ बिहान, असार ९, २०८३
राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजनामा बजेट अभाव
समाचार

सिक्टा सिँचाइको नियमित पानीले बाँकेका किसान उत्साहित

७:३४ बिहान, असार ४, २०८३
बालसुधार गृहमा झडप के कारणले भयो ?
समाचार

बाल सुधारगृहको दयनीय अवस्थाविरुद्ध सर्वोच्चमा सार्वजनिक सरोकारको रिट

६:५७ बिहान, जेष्ठ २७, २०८३
रास्वपा बाँकेको सभापतिमा विवेककुमार श्रेष्ठ निर्वाचित, जनता र पार्टीको हितमा काम गर्ने प्रतिवद्धता
मुख्य समाचार

रास्वपा बाँकेको सभापतिमा विवेककुमार श्रेष्ठ निर्वाचित, जनता र पार्टीको हितमा काम गर्ने प्रतिवद्धता

११:३० बिहान, जेष्ठ २४, २०८३
जिल्लाको क्षतिपूर्तिको फैसला उच्चद्वारा सदर
समाचार

अदालत परिसरको सुरक्षा र व्यवस्थापन सुदृढ गर्न बाँके जिल्ला अदालतका नयाँ नियम लागू

८:४६ बिहान, जेष्ठ २३, २०८३
बाँके जिल्ला क्रिकेट संघको नेतृत्वमा सुफियान खान पठान, नयाँ कार्यसमिति निर्विरोध चयन
समाचार

बाँके जिल्ला क्रिकेट संघको नेतृत्वमा सुफियान खान पठान, नयाँ कार्यसमिति निर्विरोध चयन

७:३६ बिहान, जेष्ठ २३, २०८३
माटोका भाँडाको बिक्री घट्दा बाँकेका कसगर समुदाय चिन्तित ( फोटो फिचर)
समाचार

गर्मी बढेसँगै नेपालगन्जमा माटोका भाँडाको माग उच्च, कुम्हाल समुदायलाई माटो अभावको चुनौती

४:०९ बिहान, जेष्ठ २०, २०८३
सिक्टा सिँचाइ आयोजनाको बजेटमा उल्लेख्य वृद्धि, आगामी आवका लागि रु २ अर्ब ५५ करोड विनियोजन
समाचार

सिक्टा सिँचाइ आयोजनाको बजेटमा उल्लेख्य वृद्धि, आगामी आवका लागि रु २ अर्ब ५५ करोड विनियोजन

१:२६ बिहान, जेष्ठ १६, २०८३
Next Post
नेपालगन्ज नाकामा कडाई, परिचय खुल्ने कागजात अनिवार्य

नेपालगन्ज नाकामा कडाई, परिचय खुल्ने कागजात अनिवार्य

आज ७३औँ कानुन दिवस मनाइँदै

आज ७३औँ कानुन दिवस मनाइँदै

एमसीसी प्रतिनिधिसभाबाट अनुमोदन

प्रतिनिधिसभाको बैठक बस्दै, नीति तथा कार्यक्रममाथिको छलफल जारी रहने

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?