बाँक बैशाख २६ गते ।
ट्राफिक प्रहरी पोष्ट नेपालगन्जले शुक्रवार नेपालगन्जको धम्बोझिमा सचेतना कार्यक्रम गरेको छ । ट्राफिक नियम लेखेको प्ले कार्ड सहित ट्राफिक लाइटको पालना, जेब्राक्रसिङ्ग गर्ने तरिकाको बारेमा जानकारी गराइएको ट्राफिक प्रहरी पोष्ट नेपालगन्जका इन्चार्ज प्रहरी वरिष्ठ नायब निरीक्षक नन्दकुमार पोखरेलले जानकारी दिए ।
नेपालगन्जको अति ब्यस्त धम्बोझी चोकमा प्ले कार्ड सहित गाडी चालक र पैदल यात्रीलाई ट्राफिक नियमको जानकारी दिइएको उनले बताए । ’मादक पदार्थ सेवन गरि र तिब्र गतिमा सवारी साधन नचलाउन तथा पैदल यात्रीलाई सडक पेटीबाट मात्र हिडडुल गर्न सिकाएका छौं,’ उनले भने ।
उनले सडक दुर्घटना न्युनीकरण गर्न नियमित रुपमा सचेतना अभियान संचालन गरिने बताए । ’सचेतना अभियान नियमित रुपमा संचालन गरिने छ,’ उनले भने ।
धम्बोझी चोक जस्तै अन्य चोक र ठाउँमा समेत सचेतना अभियान संचालन गरिने बताए । ’नेपालगञ्जका व्यस्त सडक र चोकमा अभियान संचालन गरि दुर्घटना न्युनीकरण गर्ने योजना छ,’ उनले भने ।
उनले ट्राफिक सचेतनाका साथै सवारी साधन व्यवस्थापन समेत गरिने बताए । सडक छेउमा लामो समयसम्म पार्किङ्ग गर्ने र जथाभावि पार्किङ्ग गर्ने परिपाटी अन्त्य गर्न विशेष अभियान थालिने उनको भनाइ छ ।













Discussion about this post