ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ दुर्घटना

बाँके आगलागीको उच्च जोखिममा

News Desk by News Desk
१:२४ बिहान, जेष्ठ ५, २०८२
तेल ट्यांकरमा आगलागी हुँदा एक जनाको मृत्यु
463
सेयर
462
VIEWS
ShareTweetSendShare

बाँके जेठ ५ गते ।
गर्मि बढेसंगै बाँके जिल्ला आगलागीको उच्च जोखिममा रहेको पाइएको छ । जिल्लाको नेपालगन्ज, कोहलपुर र नरैनापुरमा सबैभन्दा बढी आगलागीका घटना हुने गरेका छन् । विपत् व्यवस्थापन समिति बाँकेले खास गरी हावाहुरी र गर्मीको मौसममा सबैभन्दा बढी आगलागीका घटना हुने हुँदा सोबाट जोगिन विभिन्न उपाय पनि अपनाइएको जनाएको छ तर पनि आगलागीका घटना धेरै हुने गरेको र तीमध्ये सबैभन्दा बढी आगलागी विद्युत् सर्ट भएर हुने गरेको पाइएको वारुणयन्त्र नियन्त्रण शाखा नेपालगन्जले जनाएको छ ।

सो शाखाका अनुसार वैशाखमा मात्र बाँकेमा विभिन्न २२ स्थानमा आगलागीका घटना भएका छन् । तीमध्ये सबैभन्दा बढी १६ वटा घटना विद्युत् सर्ट हुँदा भएको पाइएको छ । वारुणयन्त्र नियन्त्रण शाखा नेपालगन्जका प्रमुख झैनबहादुर खड्काले वैशाखमा डुडुवा गाउँपालिकामा दुई, जानकी गाउँपालिकामा दुई, राप्तीसोनारी गाउँपालिकामा एक र कोहलपुर नगरपालिकामा एक आगलागीका घटना भएका जानकारी दिँदै यी जिल्लामा भएका ठुला घटना रहेको उल्लेख गरे ।

उनले विद्युत्का कारण अधिकांश ठाउँमा आगलागीका घटना भएको पाइएको उल्लेख गर्दै मानवीय क्षति भने नभएको बताए । नेपालगन्ज उपमहानगरपलिका–२२, पुरैनामा भएको उक्त आगलागीमा करिब ५० लाख रुपियाँ बराबरको सिरक तथा डसना जलेर नष्ट भएको थियो । वारुणयन्त्र शाखाका प्रमुख खड्काले सो आगलागी नियन्त्रणमा ल्याउन करिब पाँच घण्टा लागेको बताए । नेपालगन्जस्थित भेरी अस्पतालका अस्पताल विकास समितिका सदस्य डा. डक्टप्रसाद धितालले मेडिकल स्टोरमा भएको आगलागीबाट ३४ लाख रुपियाँ बराबरको औषधीजन्य सामग्री जलेर क्षति भएको जानकारी दिए ।

पर्याप्त मात्रामा वर्षा नहुनु, हावाहुरी र सुक्खा बढ्नुलगायत विद्युत्को भोल्टेज कम वा बढी हुनु र अन्य विभिन्न लापर्बाहीले बाँकेमा आगलागीको जोखिम बढ्दै गएको वारुणयन्त्र शाखाका प्रमुख खड्काले बताए । उनले घटनाको खबर हुनासाथ दमकल घटनास्थलतर्फ पुग्ने गरेकाले मानवीय क्षति नभएको बताए । बैशाखमा मात्रै भएका विभिन्न आगलागीका घटनामा आगो नियन्त्रणमा ल्याउन एक घण्टा ४५ मिनेटदेखि पाँच घण्टासम्म समय लागेको वारुणयन्त्र शाखाले जनाएको छ ।

सम्बन्धित समाचार

बाँकेमा ६२ वटा अतिरिक्त सिट र मुढा हटाइयो, ३५ सवारी कारबाहीमा

दोधारा–चाँदनी जोड्ने झोलुङ्गे पुलको पिल्लर भाँचिएपछि आवागमन बन्द

सुमो दुर्घटनामा वृद्धाको मृत्यु, १० जना घाइते

कार्यालयले पानी भरेर तीन वारुणयन्त्र तयारी अवस्थामा राखेको जनाउँदै एउटा फायर बाइकसमेत तयारी अवस्थामा रहेको जनाएको छ । वैशाखमा भएका केही आगलागीका घटना गहुँ बालीमा समेत भएको जानकारी दिँदै वारुणयन्त्र शाखाले आगलागी हुन नदिन सबैले सचेत भएर सजगता अपनाउन आग्रह गरेको छ ।

ADVERTISEMENT
Share186Tweet116SendShare
Previous Post

बबई सिँचाइ आयोजनामा ७६.५ प्रतिशत काम सम्पन्न

Next Post

राप्तीसोनारीको बैँसामा पार्क शिलान्यास

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

बाँकेमा ६२ वटा अतिरिक्त सिट र मुढा हटाइयो, ३५ सवारी कारबाहीमा
दुर्घटना

बाँकेमा ६२ वटा अतिरिक्त सिट र मुढा हटाइयो, ३५ सवारी कारबाहीमा

८:५८ बिहान, अशोज १५, २०८३
दोधारा–चाँदनी जोड्ने झोलुङ्गे पुलको पिल्लर भाँचिएपछि आवागमन बन्द
दुर्घटना

दोधारा–चाँदनी जोड्ने झोलुङ्गे पुलको पिल्लर भाँचिएपछि आवागमन बन्द

३:२१ बिहान, अशोज १४, २०८३
सुमो दुर्घटनामा वृद्धाको मृत्यु, १० जना घाइते
दुर्घटना

सुमो दुर्घटनामा वृद्धाको मृत्यु, १० जना घाइते

२:१२ बिहान, अशोज ४, २०८३
दुर्घटना न्यूनिकरण गर्न ट्राफिक प्रहरीको अभियान : छड्के जाँचमा ६ जनालाई कारवाही
दुर्घटना

बाँकेमा बढ्दै सवारी दुर्घटना : तीव्र गति र चालकको लापरवाही मुख्य कारण

१:५० बिहान, भदौ २८, २०८३
मोटरसाइकल दुर्घटनामा दुईको मृत्यु, एक जनागम्भीर घाइते
दुर्घटना

रुकुम पश्चिममा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु, १० घाइते

१:०५ बिहान, भदौ २८, २०८३
भोटेकोशी बाढी : १ हजार ३५१ जनाको शव फेला
दुर्घटना

भोटेकोशी बाढी : १ हजार ३५१ जनाको शव फेला

३:३८ बिहान, भदौ २२, २०८३
भोटेकोशी बाढी प्रभावित १३ हजारभन्दा बढीको उद्धार
दुर्घटना

भोटेकोशी बाढी प्रभावित १३ हजारभन्दा बढीको उद्धार

७:३३ बिहान, भदौ १९, २०८३
आर्थिक

भोटेकोशी बाढीमा कोहलपुरका १ जनाको मृत्यु, ११ बेपत्ता : मृतक परिवारलाई ५० हजार राहत

२:०६ बिहान, भदौ १३, २०८३
Next Post
राप्तीसोनारीको बैँसामा पार्क शिलान्यास

राप्तीसोनारीको बैँसामा पार्क शिलान्यास

कृषि यान्त्रिकीकरणमा अनुदान दिँदै कोहलपुर नगरपालिका

कृषि यान्त्रिकीकरणमा अनुदान दिँदै कोहलपुर नगरपालिका

रुकुम पूर्वलाई ‘हिमालय टुरिस्ट हब’ बनाउँदै लुम्बिनी प्रदेश सरकार

रुकुम पूर्वलाई ‘हिमालय टुरिस्ट हब’ बनाउँदै लुम्बिनी प्रदेश सरकार

Discussion about this post

मौसम रिपोर्ट

Nepalgunj, NP
22°
Clear
6:17 am5:53 pm +0545
Feels like: 22°C
Wind: 3km/h NNE
Humidity: 93%
Pressure: 1014.9mbar
UV index: 0
TueWedThu
32°C / 21°C
32°C / 21°C
32°C / 21°C
powered by Weather Atlas
Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?