ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ शिक्षा/स्वास्थ्य

७० हजार परिवारको विवरण सङ्कलन गरेर पारिवारिक स्वास्थ्य प्रोफाइल तयार

News Desk by News Desk
१२:०० बिहान, जेष्ठ ८, २०८२
७० हजार परिवारको विवरण सङ्कलन गरेर पारिवारिक स्वास्थ्य प्रोफाइल तयार
380
सेयर
376
VIEWS
ShareTweetSendShare

बाँके जेठ ७ गते ।
महिला, बालबालिका तथा किशोरीको स्वास्थ्य तथा पोषणमा सुधार ल्याउने उद्देश्यले बाँकेमा पारिवारिक स्वास्थ्य विवरण सङ्कलन गर्ने कार्य तीव्र गतिमा चलिरहेको छ । स्वास्थ्य कार्यालय बाँकेले दिएको जानकारी अनुसार सो क्रममा हालसम्म जिल्लामा करिब ७० हजार परिवारको विवरण सङ्कलन गरेर पारिवारिक स्वास्थ्य प्रोफाइल तयार गरिसकिएको छ ।

परिवारिक स्वास्थ्य विवरण सङ्कलन गरेर स्वास्थ्य प्रोफाइल बनाउन तालिम प्राप्त स्वास्थ्यकर्मीहरू अहिले जिल्लाका आठवटै स्थानीय तहका घरघरमा पुगिरहेको स्वास्थ्य कार्यालय बाँकेका निमित्त प्रमुख नरेश श्रेष्ठले बताए । उनले गत वैशाख ३ गतेदेखि सुरु गरिएको पारिवारिक स्वास्थ्य विवरण सङ्कलन कार्य चलिरहेको जनाउँदै हालसम्म ६९ हजार ४९६ परिवारको स्वास्थ्य प्रोफाइल तयार भइसकेको बताए ।

तालिम प्राप्त स्वास्थ्यकर्मीहरूले ४० दिन लगाएर जिल्लाका एक लाख २९ हजार २३४ घरधुरीमा पुगेर पारिवारिक स्वास्थ्य विवरण सङ्कलन गर्ने योजना रहेको जनाउँदै श्रेष्ठले जिल्लामा समुदाय स्तरको पारिवारिक स्वास्थ्य प्रोफाइल बनाउने अभियान सुरु गरेर मोबाइलमार्फत नागरिकलाई स्वास्थ्यसम्बन्धी जानकारी दिने लक्ष्यका साथ स्वास्थ्य प्रोफाइल बनाउने कार्य भइरहेको बताए । प्रदेश सरकारको आयोजनामा लुम्बिनी प्रदेशका बाँकेसहित पाल्पा र अर्घाखाँची जिल्लामा पारिवारिक स्वास्थ्य विवरण सङ्कलनको काम भइरहेको छ ।

स्वास्थ्य कार्यालयका अनुसार हालसम्म कोहलपुर नगरपालिकाका १३ हजार ९०३, बैजनाथ गाउँपालिकाका ११ हजार १९५, राप्तीसोनारीका ११ हजार १४३, खजुराका आठ हजार २३३, डुडुवाका छ हजार ५५५, नरैनापुरका छ हजार ३३६, नेपालगन्ज उपमहानगरका छ हजार २५९ र जानकी गाउँपालिकाका पाँच हजार ८७२ परिवारको स्वास्थ्य प्रोफाइल तयार भइसकेको छ । घरघरमा पुग्ने स्वास्थ्यकर्मीहरूले घरमुलीको विवरणसहित मुख्यगरी गर्भवती, सुत्केरी र दुई वर्षमुनिका बालबालिकालाई बढी प्राथमिकता दिएर प्रोफाइल तयार गर्ने कार्य गरिरहेको स्वास्थ्य कार्यालय बाँकेकी नर्सिङ अधिकृत विष्णु श्रेष्ठले बताइन् ।

सम्बन्धित समाचार

बाँकेमा एम्बुलेन्सलाई व्यवस्थित गरिँदै

बाँकेमा ‘लम्पी स्किन’ रोग नियन्त्रणमा

मौसम परिवर्तनको असर : बाँकेमा भाइरल ज्वरोका बिरामी बढ्न थाले

उनले उनीहरूको समयमै पहिचान गरी स्वास्थ्य तथा पोषण अवस्थामा सुधार ल्याउने र मातृ तथा शिशु मृत्युदर रोक्ने यो अभियानको मुख्य उद्देश्य रहेको बताइन् । अधिकृत श्रेष्ठका अनुसार दुई वर्ष मुनिका बालबालिकाको पोषणको अवस्था, खोपको अवस्था, गर्भवतीको स्वास्थ्य परीक्षण, त्यस क्रममा स्वास्थ्य परीक्षण, सुत्केरी र सो पछिको अवस्थामा स्वास्थ्य चेकजाँच लगायतका विषयमा विवरण सङ्कलन गर्ने काम भइरहेको छ ।

ADVERTISEMENT
Share154Tweet94SendShare
Previous Post

बर्दियामा २२ किमि सडक र पुलको शिलान्यास

Next Post

शहरलाई कुरुप बनाउँदै उपमहानगर : ल्याण्डफिल साइटमा फाल्ने फोहोर धोवी तालमा फालेर दुर्गन्ध फैलाउँदै

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

बाँकेमा एम्बुलेन्सलाई व्यवस्थित गरिँदै
मुख्य समाचार

बाँकेमा एम्बुलेन्सलाई व्यवस्थित गरिँदै

१२:०० बिहान, मंसिर १६, २०८२
बाँकेमा पनि फैलियो पशुमा ‘लम्पी स्किन’को सङ्क्रमण
शिक्षा/स्वास्थ्य

बाँकेमा ‘लम्पी स्किन’ रोग नियन्त्रणमा

१२:०० बिहान, मंसिर ५, २०८२
बाँकेमा स्क्रब टाइफस र डेंगुको सङ्क्रमण बढ्दै
शिक्षा/स्वास्थ्य

मौसम परिवर्तनको असर : बाँकेमा भाइरल ज्वरोका बिरामी बढ्न थाले

६:३३ बिहान, अशोज २२, २०८२
बालबालिकालाई आज पनि जुकाको औषधी र भिटामिन ‘ए’ खुवाइँदै
शिक्षा/स्वास्थ्य

कात्तिक २० र २१ गते भिटामिन ए खुवाइँदै

११:३८ मध्यान्ह, अशोज २०, २०८२
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा बिरामीको संख्या ह्वात्तै बढ्यो
शिक्षा/स्वास्थ्य

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा बिरामीको संख्या ह्वात्तै बढ्यो

११:२८ मध्यान्ह, अशोज २०, २०८२
सात हजार बढीको कानको उपचार
शिक्षा/स्वास्थ्य

ब्रिनोज कान स्वास्थ्य स्याहार केन्द्रद्वारा ४० हजार बिरामीको उपचार

१०:२७ मध्यान्ह, अशोज ७, २०८२
शुल्क नतिरेको बहानामा बालबालिकालाई घाममा उभ्याएर सजाय दिँदै गोल्डेन एबीसी
शिक्षा/स्वास्थ्य

शुल्क नतिरेको बहानामा बालबालिकालाई घाममा उभ्याएर सजाय दिँदै गोल्डेन एबीसी

९:५४ बिहान, अशोज ६, २०८२
बाँकेमा स्क्रब टाइफस र डेंगुको सङ्क्रमण बढ्दै
शिक्षा/स्वास्थ्य

भेरी अस्पतालको सिटी स्क्यान विग्रिदा बिरामीलाई उपचारमा समस्या

११:२८ मध्यान्ह, अशोज २, २०८२
Next Post
शहरलाई कुरुप बनाउँदै उपमहानगर : ल्याण्डफिल साइटमा फाल्ने फोहोर धोवी तालमा फालेर दुर्गन्ध फैलाउँदै

शहरलाई कुरुप बनाउँदै उपमहानगर : ल्याण्डफिल साइटमा फाल्ने फोहोर धोवी तालमा फालेर दुर्गन्ध फैलाउँदै

हावाहुरीले विद्युत टावर ढल्दा बाँकेमा सेवा अवरुद्ध

हावाहुरीले विद्युत टावर ढल्दा बाँकेमा सेवा अवरुद्ध

पाँच लाख पर्ने अवैध सामान नेपालगन्जबाट बरामद

पाँच लाख पर्ने अवैध सामान नेपालगन्जबाट बरामद

Discussion about this post

मौसम रिपोर्ट

Nepalgunj
◉
11°
Fair
6:57 am5:24 pm +0545
Feels like: 11°C
Wind: 2km/h E
Humidity: 97%
Pressure: 1016.26mbar
UV index: 0
ThuFriSat
24/10°C
24/10°C
24/10°C
Weather forecast Nepalgunj, Nepal ▸
Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?