ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

स्मार्ट लाइसेन्स छपाइमा ढिलाइ

News Desk by News Desk
१०:५९ मध्यान्ह, भदौ २०, २०८२
लाइसेन्सको नयाँ आवेदन अनिश्चितकालका लागि बन्द
382
सेयर
381
VIEWS
ShareTweetSendShare

काठमाडौं भदौ २१ गते ।
सुरक्षण मुद्रण केन्द्रले छाप्ने भनेको ३० लाखप्रति सवारीचालक अनुमतिपत्र (स्मार्ट लाइसेन्स) पनि ढिलाइ हुने भएको छ । असार मसान्तदेखि छाप्ने भनेर यातायात व्यवस्था विभाग र केन्द्रबिच जेठमा सम्झौता भए पनि अहिलेसम्म छपाइ सुरु भएको छैन । केन्द्रले छाप्ने समय असारबाट असोज १ गते पु¥याएको छ ।

असार मसान्तमा नमुना प्रिन्ट गरेर विभागलाई दिए पनि नमुना पास भएको छैन । छलफलमै रहेको विभागले जनाएको छ । केन्द्रका कार्यकारी निर्देशक देवराज ढुङ्गानाले भन्नुभयो, “लाइसेन्सको नमुना प्रिन्ट गरेर दिएका छौँ । नियमित छपाइ भने असोज १ गतेदेखि गर्ने तयारीमा छौँ । त्यसपछि छपाइको काम निरन्तर हुन्छ ।”

सम्झौता अनुसार यातायात व्यवस्था विभागमा बर्सौंदेखि छाप्न बाँकी रहेका ३० लाख लाइसेन्स केन्द्रले छाप्ने हो । केन्द्रले सेक्युरिटी प्रिन्टरले छाप्ने तयारी गरेको छ । ढुङ्गानाले भन्नुभयो, “हामीसँग उपलब्ध मेसिनले छाप्ने हो । फिचरमा केही घट्न सक्छ तर गुणस्तर घट्दैन ।”

निर्देशक ढुङ्गानाका अनुसार केन्द्रले दैनिक तीन हजार प्रति छाप्ने छ । महिनामा एक लाखप्रति छपाइ हुने छ । विभागले हाल अत्यावश्यक मात्र छपाइ गर्दै आएको छ । ३० लाख प्रति लाइसेन्स केन्द्रले छाप्ने र नियमित लाइसेन्स प्रदेश सरकारबाट छपाइ हुने भएकाले विभागले थप पहल नगरेको विभागका सूचना अधिकारी गणेशमानसिं राईले जानकारी दिनुभयो ।

सम्बन्धित समाचार

सिक्टा सिँचाइको नियमित पानीले बाँकेका किसान उत्साहित

बाल सुधारगृहको दयनीय अवस्थाविरुद्ध सर्वोच्चमा सार्वजनिक सरोकारको रिट

रास्वपा बाँकेको सभापतिमा विवेककुमार श्रेष्ठ निर्वाचित, जनता र पार्टीको हितमा काम गर्ने प्रतिवद्धता

२०७२ सालदेखि लागु भएको स्मार्ट लाइसेन्स लागु भएदेखि छाप्ने काम बाँकी रहँदै आएको थियो । समस्या समाधानका लागि गत भदौमा कर तिरेको रसिदमै क्युआर कोड र फोटो राखिने भनिए पनि कार्यान्वयन हुन सकेको छैन ।

लाइसेन्सलाई नागरिक एपमा संलग्न गरी छुट्टै कार्ड प्रिन्ट नगर्ने व्यवस्था पनि गरिएको थियो तर त्यो पनि प्रभावकारी रूपमा कार्यान्वयन हुन नसकेको विभागले जनाएको छ । बागमती प्रदेश सरकारले काठमाडौँका यातायात कार्यालयबाट लाइसेन्स छाप्नका लागि मेसिन खरिद गरिसकेको छ । यातायात सेवा कार्यालय एकान्तकुनाका अनुसार उपत्यकामा तीन वटा मेसिन आएका छन् । यातायात कार्यालय गुर्जुधारा, भक्तपुर र एकान्तकुना कार्यालयबाट छपाइ गर्ने गरी तयारी भएको छ । प्रदेश सरकारले दसैँलगत्तै लाइसेन्स छापेर वितरण गर्ने तयारी गरेको एकान्तकुना कार्यालयका प्रमुख केशवकुमार जिएमले बताउनुभो । श्रम, रोजगार तथा यातायात मन्त्रालय बागमतीले चितवन, हेटौँडा र काठमाडौँ उपत्यका गरी पाँच स्थानबाट लाइसेन्स छपाइ तथा वितरणको तयारी गरेको छ ।

सवारीसाधनको विद्युतीय अभिलेख गतिहीन

ADVERTISEMENT

सवारीसाधनको विद्युतीय अभिलेखीकरण (डिजिटाइजेसन) ले गति लिन सकेको छैन । श्रम, रोजगार तथा यातायात मन्त्रालय बागमतीले दुई वर्षमा सम्पन्न गर्ने गरी सुरु गरेको डिजिटाइजेसन पाँच महिनामा जम्मा एक लाख ५४ हजार ८९६ वटा सवारीमा सम्पन्न गरेको छ ।

मन्त्रालयका अनुसार बागमतीमा झन्डै २२ लाख सवारीसाधन छन् । यही गतिमा काम भयो भने वर्षमा पाँच लाख सवारी पनि डिजिटाइजेसन गर्न गाह्रो छ । मन्त्रालयका अधिकृत खगेन्द्र पौडेलले भन्नुभयो, “दुई वर्षमा सम्पन्न गर्ने उद्देश्य हो । सुरुका दिनमा भन्दा गति बढेको छ । बानी पर्दै गएपछि बढ्छ नै । थप जनशक्तिको व्यवस्थापन पनि हुन्छ ।”

डिजिटाइजेसनको काम काठमाडौँ उपत्यकामा यातायात व्यवस्था कार्यालय एकान्तकुनाले सानाठुला सवारी र यातायात व्यवस्था कार्यालय गुर्जुधाराले मोटरसाइकलको गरिरहेका छन् । गुर्जुधाराले हालसम्म ७६ हजार ४४ सवारीको डिजिटाइजेसन गरेको छ । एकान्तकुना कार्यालयले ५२ हजार ८४५ सवारी गरेको छ ।

हेटौँडा र भरतपुरबाट पनि डिजिटाइजेसनको काम भएको पौडेलले जानकारी दिनुभयो । यातायात सेवा कार्यालय भरतपुरले १९ हजार ५७३ र हेटौँडा कार्यालयले सात हजार ४३४ सवारी डिजिटाइजेसन गरेका छन् । ज्यालादारी कर्मचारी राखेर डिजिटाइजेसनलाई तीव्रता दिइएको एकान्तकुना कार्यालयका प्रमुख पवित्र कुँवरले जानकारी दिनुभयो । गुर्जुधारा कार्यालयले पनि ५० जना ज्यालादारी कर्मचारी राखेर अभिलेखको काम गरिरहेको छ । गुर्जुधाराले दुईपाङ्ग्रे र एकान्तकुना कार्यालयले चारपाङ्ग्रे सवारीको अभिलेख राखेका छन् ।

अभिलेख नागरिक एपबाट पनि हेर्न सकिने छ । विद्युतीय अभिलेख भएपछि कर चुक्तालगायतका जानकारी अनलाइनमै उपलब्ध हुने छ । कागजात बोकिरहन पर्दैन । पौडेलले भन्नुभयो, “एकीकृत अनलाइन डाटा उपलब्ध हुन्छ । नियन्त्रण र नियमन अनलाइनबाट हुन्छ ।” लगत कट्टालगायत २० वर्ष पुराना सवारीलाई पत्रु बनाउनु पनि अनलाइन अभिलेखबाट सहयोग हुने मन्त्रालयको दाबी छ ।

Share153Tweet95SendShare
Previous Post

आजको पूर्वानुमान : देशका केही स्थानमा मध्यम वर्षाको सम्भावना

Next Post

अझै घरमै हुन्छन् सुत्केरी

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजनामा बजेट अभाव
समाचार

सिक्टा सिँचाइको नियमित पानीले बाँकेका किसान उत्साहित

७:३४ बिहान, असार ४, २०८३
बालसुधार गृहमा झडप के कारणले भयो ?
समाचार

बाल सुधारगृहको दयनीय अवस्थाविरुद्ध सर्वोच्चमा सार्वजनिक सरोकारको रिट

६:५७ बिहान, जेष्ठ २७, २०८३
रास्वपा बाँकेको सभापतिमा विवेककुमार श्रेष्ठ निर्वाचित, जनता र पार्टीको हितमा काम गर्ने प्रतिवद्धता
मुख्य समाचार

रास्वपा बाँकेको सभापतिमा विवेककुमार श्रेष्ठ निर्वाचित, जनता र पार्टीको हितमा काम गर्ने प्रतिवद्धता

११:३० बिहान, जेष्ठ २४, २०८३
जिल्लाको क्षतिपूर्तिको फैसला उच्चद्वारा सदर
समाचार

अदालत परिसरको सुरक्षा र व्यवस्थापन सुदृढ गर्न बाँके जिल्ला अदालतका नयाँ नियम लागू

८:४६ बिहान, जेष्ठ २३, २०८३
बाँके जिल्ला क्रिकेट संघको नेतृत्वमा सुफियान खान पठान, नयाँ कार्यसमिति निर्विरोध चयन
समाचार

बाँके जिल्ला क्रिकेट संघको नेतृत्वमा सुफियान खान पठान, नयाँ कार्यसमिति निर्विरोध चयन

७:३६ बिहान, जेष्ठ २३, २०८३
माटोका भाँडाको बिक्री घट्दा बाँकेका कसगर समुदाय चिन्तित ( फोटो फिचर)
समाचार

गर्मी बढेसँगै नेपालगन्जमा माटोका भाँडाको माग उच्च, कुम्हाल समुदायलाई माटो अभावको चुनौती

४:०९ बिहान, जेष्ठ २०, २०८३
सिक्टा सिँचाइ आयोजनाको बजेटमा उल्लेख्य वृद्धि, आगामी आवका लागि रु २ अर्ब ५५ करोड विनियोजन
समाचार

सिक्टा सिँचाइ आयोजनाको बजेटमा उल्लेख्य वृद्धि, आगामी आवका लागि रु २ अर्ब ५५ करोड विनियोजन

१:२६ बिहान, जेष्ठ १६, २०८३
वर्षायाम र नदी बहावका कारण सिधनियाघाटको वैकुण्ठधाम निर्माण अस्थायी रूपमा रोकियो
समाचार

वर्षायाम र नदी बहावका कारण सिधनियाघाटको वैकुण्ठधाम निर्माण अस्थायी रूपमा रोकियो

१:३२ बिहान, जेष्ठ ९, २०८३
Next Post
अझै घरमै हुन्छन् सुत्केरी

अझै घरमै हुन्छन् सुत्केरी

बाँकेका स्थानीय तहले ६ महिनामा कति गरे खर्च ?

लुम्विनीका ७ स्थानीय तहले अझै ल्याएनन् बजेट

एसियाली सुनौलो बिरालो जाजरकोटमा भेटियो  

एसियाली सुनौलो बिरालो जाजरकोटमा भेटियो  

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?