ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ खेल

आइसिसी टी–२० विश्वकप छनोट : सन्दीपले जिताए नेपाललाई

News Desk by News Desk
१२:५२ बिहान, अशोज २८, २०८२
आइसिसी टी–२० विश्वकप छनोट : सन्दीपले जिताए नेपाललाई
386
सेयर
376
VIEWS
ShareTweetSendShare

काठमाडौं असोज २८ गते ।
सन्दीप लामिछानेले करिअरमै दोस्रोपटक पाँच विकेट लिएपछि सोमबार नेपालले आइसिसी टी–२० विश्वकपअन्तर्गत एसियन छनोटमा कतारलाई ५ रनले हराएको छ । सुपर सिक्समा आफ्नो दोस्रो खेलमा पहिलो ब्याटिङ गरेको नेपालले २० ओभरमा नौ विकेट गुमाएर १४७ रनको मध्यम योगफल बनाएको थियो ।

प्रत्युत्तरमा कतारले १९.५ ओभरमा सबै विकेट गुमाएर १४२ रन बनाउँदा नेपाल रोमाञ्चक खेलमा ५ रनले विजयी भयो । जितसँगै नेपालले सुपर सिक्समा ६ अंक जोडेको छ । शीर्ष स्थानमा रहेको ओमानको पनि ६ अंक रहेको छ । ओमान रनरेटमा अगाडि छ ।

नेपाल र ओमान अर्को वर्ष भारत र श्रीलंकाले संयुक्त रूपमा आयोजना गर्ने आइसिसी टी–२० विश्वकपनजिक पुगेका छन् । नेपालले अब बुधबार ओमानसँग खेल्नेछ । ओमानलाई हराउँदा नेपालले लगातार दोस्रो र समग्रमा तेस्रोपटक विश्वकपमा स्थान बनाउनेछ । १४८ रन पछ्याएको कतारको ब्याटिङमा ओपनर लियानागे तथा जुबेर अलीले पहिलो विकेटका लागि उत्कृष्ट प्रदर्शन गरे ।

दुवैले पहिलो विकेटका लागि १० ओभरमा ७९ रनको साझेदारी गरी कतारलाई बलियो स्थितिमा राखे । इनिङ्सको दसौँ ओभरमै सन्दीपले लियानागेको विकेट लिँदै नेपाललाई खेलमा फर्काउने प्रयास गरेका थिए । इनिङ्सको १३औँ ओभरमा नेपालले कतारका दुई ब्याट्सम्यानलाई लगातार बलमा रनआउट गरेको थियो । मिर्जा मोहमद र मुहमद तन्भिर रनआउटको सिकार भए । दुई रनआउटसँगै नेपालले खेलमा पकड बनाएको हो । इनिङ्सको एक समय कतार ९२, २ को बलियो स्थितिमा थियो ।

सम्बन्धित समाचार

सचिव पौडेलद्वारा नेपालगन्ज रंगशालाको निरीक्षण, दसौं राष्ट्रिय खेलकुदका ६ खेल गराउने तयारी

नेपालगन्ज रंगशालामा फ्लडलाइट जडान गरिने

पहिलो राष्ट्रिय प्रतियोगिता सफल, श्रेष्ठ भन्छन्– ‘आगामी वर्ष पनि बाँकेमा पावरलिफ्टिङ गर्छौं’

तर, कतारले महत्वपूर्ण क्षणमा अन्तिम आठ विकेट केवल ४५ रनमा गुमायो । यद्यपि, क्रिजमा जुबेर अली रहँदासम्म कतार खेलमा माथि नै थियो । उनी इनिङ्सको १८।१ ओभरमा आउट भए । लियानागेले ३५ बलमा पाँच चौका र तीन छक्का प्रहार गरी ५६ रन बनजाए । अलीले ५५ बलमा दुई चौका र एक छक्का प्रहार गरी ५२ रन जोडेका थिए ।

नेपालमाथि सनसनीपूर्ण जित निकाल्न कतारलाई अन्तिम ओभरमा १० रन आवश्यक थियो । उत्कृष्ट फर्ममा देखिएका लेग स्पिनर सन्दीपले नै अन्तिम ओभर गरेका थिए । उनले पहिलो दुई बल डट फ्याँके । त्यसपछि १९.३ ओभरमा उनले विकेट लिए । कतारले त्यसपछिका दुई बलमा ३ रन जोडेको थियो । कतारलाई खेल सुपर ओभरमा पु¥याउन अन्तिम बलमा ६ रन चाहिएको थियो ।

खेलकै अन्तिम बलमा सन्दीपले वाइड फ्याँके । तर, मुजिब उर रहमान क्रिज छाडेर छक्का प्रहार गर्ने चक्करमा शेखबाट स्टम्पिङ भए । यससँगै नेपालले कतारमाथि रोमाञ्चक ५ रनको जित निकाल्यो । अर्कोतिर सन्दीपले टी–२० करिमरमै दोस्रोपटक पाँच विकेट लिए । उनले खेलमा ३।५ ओभर बलिङ गर्दै १८ रन खर्चेका थिए ।

ADVERTISEMENT
Share160Tweet94SendShare
Previous Post

लुम्बिनी प्रदेश सरकारद्वारा मितव्ययिता अपनाउन निर्देशन

Next Post

गाजा युद्धविरामले संसारलाई सान्त्वना, विपिनको परिवार स्तब्ध, शव हस्तान्तरण

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

सचिव पौडेलद्वारा नेपालगन्ज रंगशालाको निरीक्षण, दसौं राष्ट्रिय खेलकुदका ६ खेल गराउने तयारी
खेल

सचिव पौडेलद्वारा नेपालगन्ज रंगशालाको निरीक्षण, दसौं राष्ट्रिय खेलकुदका ६ खेल गराउने तयारी

६:४० बिहान, अशोज १२, २०८३
नेपालगन्ज रंगशालामा फ्लडलाइट जडान गरिने
खेल

नेपालगन्ज रंगशालामा फ्लडलाइट जडान गरिने

८:३१ बिहान, अशोज १०, २०८३
नेपालगन्जमा पहिलो राष्ट्रिय पावरलिफ्टिङ च्याम्पियनसिप सम्पन्न, संगम र कुस्मा च्याम्पियन
खेल

पहिलो राष्ट्रिय प्रतियोगिता सफल, श्रेष्ठ भन्छन्– ‘आगामी वर्ष पनि बाँकेमा पावरलिफ्टिङ गर्छौं’

४:१३ बिहान, अशोज ६, २०८३
नेपालगन्जमा पहिलो राष्ट्रिय पावरलिफ्टिङ च्याम्पियनसिप सम्पन्न, संगम र कुस्मा च्याम्पियन
खेल

नेपालगन्जमा पहिलो राष्ट्रिय पावरलिफ्टिङ च्याम्पियनसिप सम्पन्न, संगम र कुस्मा च्याम्पियन

४:५३ मध्यान्ह, अशोज ३, २०८३
नेपालगञ्जमा सुरु भयो प्रथम मेयर राष्ट्रिय पावरलिफ्टिङ च्याम्पियनसिप
खेल

नेपालगञ्जमा सुरु भयो प्रथम मेयर राष्ट्रिय पावरलिफ्टिङ च्याम्पियनसिप

४:२८ बिहान, अशोज २, २०८३
खेलकुदलाई सामाजिक रूपान्तरणको माध्यम बनाउन जोड
खेल

खेलकुदलाई सामाजिक रूपान्तरणको माध्यम बनाउन जोड

७:११ बिहान, असार २८, २०८३
नेपालगन्ज रंगशालालगायत खेलकुद संरचनाको मन्त्री यादवद्वारा निरीक्षण
खेल

नेपालगन्ज रंगशालालगायत खेलकुद संरचनाको मन्त्री यादवद्वारा निरीक्षण

२:३७ बिहान, असार ८, २०८३
राम–श्यामको उत्कृष्ट साझेदारीमा नेपालगन्ज–१२ लाई टी–१० वडा कपको उपाधि
खेल

राम–श्यामको उत्कृष्ट साझेदारीमा नेपालगन्ज–१२ लाई टी–१० वडा कपको उपाधि

१:५६ बिहान, असार ८, २०८३
Next Post
गाजा युद्धविरामले संसारलाई सान्त्वना, विपिनको परिवार स्तब्ध, शव हस्तान्तरण

गाजा युद्धविरामले संसारलाई सान्त्वना, विपिनको परिवार स्तब्ध, शव हस्तान्तरण

नेपालगन्जमा ९४ हजार बराबरको अबैध लत्ताकपडा बरामद

नेपालगन्जमा ९४ हजार बराबरको अबैध लत्ताकपडा बरामद

कुवेतलाई हराउँदै विजयी सुरुवात गर्ने सोचमा नेपाल

बिश्व कप छनौट भइसकेको नेपालले ओमानमाथि निकाल्यो शानदार जित, पुग्यो शीर्षस्थानमा

Discussion about this post

मौसम रिपोर्ट

Nepalgunj, NP
18°
Sunny
6:24 am5:41 pm +0545
Feels like: 18°C
Wind: 2km/h ENE
Humidity: 94%
Pressure: 1011.51mbar
UV index: 0
SunMonTue
30°C / 17°C
31°C / 17°C
32°C / 18°C
powered by Weather Atlas
Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?