ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

News Desk by News Desk
११:४१ मध्यान्ह, पुस १५, २०८२
391
सेयर
389
VIEWS
ShareTweetSendShare

काठमाडौं पुस १६ गते ।
हिउँदे वर्षाको ढिलाइले नेपालमा वायु प्रदूषण अकासिँदै गएको छ । पुस आधाआधी हुँदा पनि वर्षाको छनक देखिएको छैन । जल तथा मौसम विज्ञान विभागका अनुसार एक–दुई दिनका लागि पश्चिमी वायुले नेपालमा पातलो बादल भित्र्याए पनि त्यसले राम्रो पानी पार्ने छैन ।

मौसमविद् गोविन्द झा भन्छन, “उच्च पहाडी भेगका एक दुई ठाउँमा फाट्टफुट्ट पानी झर्ला, अन्यत्र खासै वर्षा हुँदैन ।” यस पटकको पश्चिमी वायुु सुक्खा आउँदा त्योसँगै धुलोका कण आउने भएकाले नेपालमा प्रदूषण थपिने सम्भावना बढेको छ । तथापि यस वायुले उच्च हिमाल छुने गण्डकी र कर्णाली भेगका हिमालमा थोरै हिमपात भने गराउने छ ।

पूर्वी भेगका हिमाल भने सुक्खा रहने छन्, जसका कारण त्यही बाटो हुँदै भारतबाट नेपालका अन्य भूभागमा थप प्रदूषणयुक्त वायु आउन सुरु भएको छ । नेपालमा यति बेला त्यसै पनि आन्तरिक प्रदूषण उच्च रहेको छ, जसका कारण काठमाडौँ उपत्यकासहित देशका विभिन्न भूभागमा साँझ बिहान तुवाँलो लाग्ने, घाम राम्रो नदेखिने व्रmम बढ्दो अवस्थामै रहेको मौसमविद् झा बताउँछन् ।

सुक्खा चिसोसँगै तराईमा हुस्सु अझ बढेर जनजीवन थप प्रभावित हुने सम्भावना रहेको उनले जानकारी दिए । झाले थपे, “हुुुुस्सु र तुवाँलोको तह बङ्गलादेश, भारत हुँदै नेपालसम्म नै आकाशमा टाँगिएको अवस्थामा छ ।” यति बेला ठिक्क हिउँदे वर्षा हुनुपर्ने हो । वर्षाको प्रवृत्ति जलवायु परिवर्तनका कारण बदलिँदै गएकाले पनि हिउँदे वर्षा पछाडि सरेको अनुमान मौसमविद्हरूको रहेको छ । समयमा वर्षा नहुँदा केही वर्षयता लगातार हिउँदमा वायु प्रदूषण उच्च हुने व्रmम जारी रहेको वातावरण विभागका वातावरण निरीक्षक गोविन्द्र लामिछाने औँल्याउँछन् ।
वर्षा नहुँदा तल्लो वायुमण्डलमा तैरिएका धुलो र धुवाँ जमिनमा खस्दैन । त्यसमाथि थपिँदै जाँदा सूर्यको किरण सहजै धर्तीमा आइपुग्दैन ।

सम्बन्धित समाचार

दुई वर्षदेखि थन्किएको भेरीको सिटी स्क्यान मेसिन सञ्चालनमा

स्थायी तटबन्धले राप्ती किनारका बस्तीमा घट्यो बाढीको त्रास

सामाजिक सद्भाव र राष्ट्रिय एकताका लागि सबै दल एकै ठाउँमा उभिनुपर्छ : रवि लामिछाने

उनले भने, “जसले गर्दा हुस्सु र तुवाँलो बाक्लो हुन्छ र प्रदूषित चिसोले जनजीवन प्रभावित हुने गर्छ । प्रदूषित चिसोका कारण आममानिसको दैनिकी मात्र हैन, स्वास्थ्यमा समेत गम्भीर असर पर्ने गरेको विभिन्न देशीय तथा अन्तरदेशीय अध्ययनले देखाएका छन् ।”
विगत २४ घण्टाको वायु प्रदूषण अनुगमन रेकर्ड अनुसार काठमाडौँको रत्नपार्क स्टेसनले अति खतरनाकतर्फ लक्षित रहँदै १६२ सूचकबाट माथि चढ्दै छ । त्यस्तै शङ्खपार्कमा १५८, भक्तपुरमा १५६ तथा खुमलटारमा ११५ सूचकबाट प्रदूषण माथि उठ्दै छ । देशका अन्य भूभागमा पनि प्रदूषणको मात्रा सयभन्दा माथि नै छ ।

त्यस्तै प्रतिघण्टाको प्रदूषण दर हेर्ने हो भने मङ्गलबार साँझ ८ बजे सबैभन्दा बढी सुर्खेतमा १७० सूचकमा प्रदूषण देखिएको छ । त्यसपछि काठमाडौँको रत्नपार्कमा १६०, शङ्खपार्क र भक्तपुरमा १५४ प्रदूषित वायुको सूचक देखिएको छ । यो भनेको अति हानिकारक वायु रहेको मापक हो ।
घना बस्तीयुक्त सहर प्रदूषणको चपेटामा बढी पर्ने वातावरण विभागले जनाएको छ ।

काठमाडौँ उपत्यका खाल्डो यतिखेर सबैभन्दा बढी प्रदूषणयुक्त रहेको छ । थप प्रदूषण बढ्न नदिन विभागले यहाँ डिजेल तथा पेट्रोलबाट चल्ने आन्तरिक सवारी साधनको सडक परीक्षण तीव्र पारेको छ । प्रदूषण बढाउने कृषिजन्य वस्तुको व्यवस्थापनका लागि सचेतना बढाउने खालका काम पनि गरिरहेको लामिछानेले बताए ।

ADVERTISEMENT

जाडोको समयमा तराईमा घुर तथा दाउराको आगो ताप्ने, सहरमा टायर बालेर आगो ताप्ने चलन निरुत्साहित गर्नुपर्नेमा विभागले जोड दिएको छ । जाडो भएमा सकेसम्म घरभित्रै न्यानो भएर बस्ने वातावरण मिलाउनुपर्नेमा विभागको सुझाव छ ।

सहरहरूमा पुराना सवारी विस्थापित गर्ने नीति राम्ररी कार्यान्वयन नहुँदा पनि त्यसले बढी धुवाँ र धुलो वायुमण्डलमा फैलाउने गरेको वातावरणविद्हरू औँल्याउँटन् । वातावरण प्रदूषणसँगैको चिसोले बालबालिका, गर्भवती, वृद्धवृद्धा, दीर्घरोगीहरूलाई बढी सकस पर्ने गरेको चिकित्सकहरूले बताउँदै आएका छन् ।

Share158Tweet97SendShare
Previous Post

बाँकेमा शीतलहरले सर्वसाधारणको दैनिकी कष्टकर

Next Post

नेपालगञ्ज भन्सारबाट पाँच महिनामा ७ अर्ब ६५ करोड राजस्व, मासिक लक्ष्य भने पूरा भएन

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

दुई वर्षदेखि थन्किएको भेरीको सिटी स्क्यान मेसिन सञ्चालनमा
मुख्य समाचार

दुई वर्षदेखि थन्किएको भेरीको सिटी स्क्यान मेसिन सञ्चालनमा

४:१३ बिहान, साउन १९, २०८३
बाढीको बहाव रोक्न खल्ला झगडियास्थित राप्ती नदिमा सिमेन्ट पाइलिङ जारी
समाचार

स्थायी तटबन्धले राप्ती किनारका बस्तीमा घट्यो बाढीको त्रास

१:१२ बिहान, साउन १६, २०८३
सामाजिक सद्भाव र राष्ट्रिय एकताका लागि सबै दल एकै ठाउँमा उभिनुपर्छ : रवि लामिछाने
समाचार

सामाजिक सद्भाव र राष्ट्रिय एकताका लागि सबै दल एकै ठाउँमा उभिनुपर्छ : रवि लामिछाने

१:३७ बिहान, साउन १३, २०८३
नरैनापुर इलाका प्रशासनबाट ११ सय ५१ जनाले लिए नागरिकता
समाचार

दाङमा एक वर्षमै १८ हजारलाई नयाँ नागरिकता, १७ हजारलाई राहदानी

१:२० बिहान, साउन १३, २०८३
बर्दियामा संयुक्त व्यवस्थापन बैठक, परियोजना कार्यान्वयन थप प्रभावकारी बनाइने
समाचार

बर्दियामा संयुक्त व्यवस्थापन बैठक, परियोजना कार्यान्वयन थप प्रभावकारी बनाइने

१०:४६ बिहान, साउन १२, २०८३
संवैधानिक पदाधिकारी नियुक्ति विरुद्धको मुद्दाको सुनुवाइ आज
समाचार

सांसदलाई पीए राख्न दिने निर्णयविरुद्ध सर्वोच्चको ‘कारण देखाऊ’ आदेश

६:४१ बिहान, साउन ११, २०८३
बाँकेमा नवरोपित बिरुवा जोगाउन २० किलोमिटरभन्दा बढी क्षेत्रमा तारजाली घेराबार
समाचार

बाँकेमा नवरोपित बिरुवा जोगाउन २० किलोमिटरभन्दा बढी क्षेत्रमा तारजाली घेराबार

३:०९ बिहान, साउन ११, २०८३
सुनसरी घटनाबारे साँझ ५ बजे केन्द्रीय सुरक्षा समितिको बैठक बस्दै
समाचार

सुनसरी घटनाबारे साँझ ५ बजे केन्द्रीय सुरक्षा समितिको बैठक बस्दै

२:५८ बिहान, साउन ११, २०८३
Next Post
नेपालगन्ज भन्सारमा लक्ष्यभन्दा कम राजस्व सङ्कलन

नेपालगञ्ज भन्सारबाट पाँच महिनामा ७ अर्ब ६५ करोड राजस्व, मासिक लक्ष्य भने पूरा भएन

बाँकेमा मतदाता नामावली दर्तामा युवाको भीड

बाँकेमा साढे तीन लाखभन्दा बढीले मतदान गर्ने

नेपालगञ्ज वितरण केन्द्रद्वारा डेढ करोडभन्दा बढी महसुल असुली

नेपालगञ्ज वितरण केन्द्रद्वारा डेढ करोडभन्दा बढी महसुल असुली

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?